दोधारा चाँदनीको रामलिला भेलामा बिबाद : पत्रकारलाई हातपात गर्ने प्रयास

भदौ ७, २०७३ मा प्रकाशित | 1210 views

<p>पप्पु गुरुङ्, ६, भदौ, दोधारा चाँदनी । दोधारा चाँदनी क्षेत्रमा संचालनको तयारीमा रहेको भेलामा बिबाद भएको छ् । आज साबिकको दोधारा गाबिस कार्यालयको सभा कक्षमा भएको भेलामा बिबाद श्रजना भएको हो । भेलामा गत वर्षको आर्दश रामलिला समितिलाई पुर्णता दिएर सकेर कार्यक्रम सकिएपछि पछि आएर बिबाद श्रजना भएको हो । स्थानियहरुले गत वर्ष समितिले उठाउनु पर्ने रकममा पारदर्शी नभएको बताउदै आपत्ती जनाएपछि बिबाद श्रजना भएको हो । रामलिला समितिका पुर्व उपसमिति सदस्य डम्मर गुरुङ्गले ्रामलिला समितिको बैठक रजिष्ट्र नै च्यातेर फ्याकेका थिए । दोधारा चाँदनीका लागी बिकल्प दैनिकका दोधारा चाँदनीका सम्बाददाता पप्पु गुरुङ्गलाई हातपात गर्ने प्रयास समेत भएको हो । सामाजिक संजालमा पत्रकार गुरुङ्गले नेपाली काग्रेंसका तर्फबाट अध्यक्ष, एमालेको तर्फ देखि उपाध्यक्ष तथा सचिवमा नेकपा माओबादी केन्द्रका कार्यकर्तां राखेर रामलिलामा राजनितिक कार्यकर्ता राखेको लेखेको बिषयलाई लिएर श्री आदर्श रामलिला समितिका उपाध्यक्ष तथा श्री लक्ष्मी उच्च माध्यमिक बिद्यालयका शिक्षक टिका राम शर्माले पत्रकार गुरुङ्गलाई हातपात गर्ने गर्ने प्रयास गरेका हुन् । पत्रकार गुरुङ्गले सामाजिक संजालमा राखेको बिषयमा आपत्ती जनाउदै गुरुङ्ग माथी हातपात प्रयास भएको जनाईएको छ् । टिका राम शर्मा एमाले सम्बद्ध दोधारा चाँदनी नगरकमिटि सदस्य समेत हुन् । बिगत केही महिना देखि सामजिक संजालमा रामलिलाको बिषयमा कलम चलाउदै आएका पत्रकार गुरुङ्गले गत वर्ष रामलिलामा १७ हजार हिनामिना भएको बिषयमा समाचार लेखेपछि समितिका केही सदस्य पत्रकार प्रति पुर्वाग्रही भएको बताईएको छ् । तत्कालिन दोधारा गाबिस कार्यालयका अध्यक्ष&nbsp; तथा माधिबेसन प्रतिनिधी बेल बहादुर राना अनुसार रामलिलाको उपाध्यक्ष जस्तो जिम्मेवारी पदमा बसेको तथा शिक्षक जस्तो गरिमामय पदमा बसेको ब्यक्तीले पत्रकारलाई कुरै नसुनि अनाहकमा हात पात गर्नु आपत्तीजनक भएको बताउदै आफु पनि उक्त भेलाको प्रत्यक्षर्दी रहेको हुदा उक्त क्रियाकलाप प्रति दु:ख मानेको बताएका छन् । “कुनै अन्याय भएको या समाचारका विषयमा कुनै असहमति भए लिखित रुपमै आफ्ना धारणा राख्न सक्ने र न्यायका लागि कानूनले तोकेका निकायहरु सम्म जाने बाटो खुल्ला हुँदाहुदै अमर्यािर्दत र असभ्य तरिकाले पत्रकार माथी हात पात गर्ने प्रयास गर्नु आपत्ती जनक हो” तत्कालिन गाबिस अध्यक्ष तथा नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधि बेल बहादुर रानाले भने । पत्रकार पप्पु गुरुङ्ग प्रेस चौतारी जिल्ला कमिटि सदस्य तथा बिकल्प दैनिकका दोधारा चाँदनी सम्बाददाता तथा टप नेपाल न्युज डटकमका कञ्चनपुर प्रतिनिधी हुन् । आज भएको बिषयलाई लिएर पुर्वाग्रही भएर पत्रकार माथी हातपात गर्न खोज्नु गलत भएको श्री आदर्श रामलिला समितिका कोषध्यक्ष निर्मल गिरीले बताएका छन् । &nbsp;<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web