६ भदौ, काठमाडौं ।
चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मुलुकको राजश्व संकलन गत बर्षको यसै अवधीको तुलनामा ३८ प्रतिशतले बढेको छ ।

साउनमा राजश्व संकलनको लक्ष्य ३९ अर्ब रहेकोमा ४१ अर्ब ७७ करोड राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गतबर्ष साउनमा ३० अर्ब १९ करोड राजस्व असुली भएको भएको थियो ।

मुलुकमा आर्थिक गतिविधि बढेको,समयमा बजेट आएको जस्ता काराणले साउनमा राजस्व संकलन बढेको अर्थमनत्रालय राजस्व महाशाखाका प्रमुख लक्ष्मण अर्यालले जानकारी दिनु भयो ।

24.52¡ÆC