६ भदौ, टोकियो ।
विवादका बिच केही स्थानमा मतदात समेत भइसकेको नेपाली जनसम्पर्क समिति जाापनको निर्वाचन रोक्न नेपाली काँग्रेस पार्टी कार्यालयले निर्देशन दिएको छ ।

पार्टी केन्द्रिय कार्यालयले काटेको पत्रमा नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन तत्कालका लागि स्थगित गर्न भनिएको छ ।

नेपाली जनसम्पर्क समिति जापानको निर्वाचनका संयोजक महेश श्रेष्ठलाई तत्काल निर्वाचन रोक्न निर्देशन दिइएको छ ।

सो पत्रको बोधार्थ जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण सुवेदीलाई पठाएको छ । हिजो मात्र नेपाली जनसम्पर्क समितिको निर्वाचन केही स्थानमा भएको थियो ।

केही स्थानमा भने निर्वाचन पुरै बहिस्कार गरेको अध्यक्षका प्रत्यासि लालबहादुर केसी 'रोशन' पक्षिय प्यानलले मतपत्रनै च्यातेको थियो ।

पार्टी केन्द्रिय कार्यालयले प्रवासको सन्दर्भमा उठेको क्रियाशिल सदस्यता विवादबारे स्पष्ट नबोली पत्र पठाउँदा निर्वाचन गर्न कुनै रोक नभएको भन्दै निर्वाचन समितिले निर्वाचन तोकीएकै समयमा गराउने निर्णय गरेको थियो ।

तर केही ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि पुन निर्वाचन रोक्न निर्देशन दिएको भन्दै मतदान सफल गराउन लागि परेको अध्यक्षका प्रत्यासी डिपी कँडेल समुह पार्टी केन्द्रिय कार्यालयसँग रुष्ट बनेको छ ।

यसअघि हिजो भएको नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन कान्साई, क्युशु, हिरोसिमा र कान्तोमा मतदान भएको थियो भने निगाता, किता कान्तो, सिजुओका, तोकाई 'नागोया' र तोहोकु क्षेत्रहरुमा निर्वाचन बहिस्कार गरेको केसी पक्षले स्थगित गराएको थियो ।

17.16¡ÆC