६ भदौ, दोहा ।

कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट 'देश निकाला' गर्नका लागि पक्राउ गरेको छ। उनलाई घरफिर्ती केन्द्र 'डिपोर्टटेशन सेन्टर' मा राखिएको छ।

अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको खबर आजको कान्तिपुरमा खबर छ।

लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र 'डिपोर्टटेशन सेन्टर' मा राखिएको छ । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र 'एसएफडी'ले पक्राउ गरिसकेको थियो।

उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए।

अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन्।

गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी 'केन्द्र' का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन्।

त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।

११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ।

कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटेर एउटा सामान्य कामदारलाई डिपोर्ट नगर्न अनुरोध गरेको हो । ‘हामी नेपाली नगरिकको हितको लागि गर्नुपर्ने सबै पहल गरेका छौं,' कतारका लागि कार्यबाहक राजदूत मणिरत्न शर्माले भने,‘दूतावासले आवश्यक समन्वय काम भइरहेको छ ।’

22.27¡ÆC