६ भदौ, काठमाडौं ।
ललितपुर पुल्चोकको साझा पेट्रोल पम्पले तेलको पुरा पैसा लिएपनि तेल भने कम दिनेगरेको भेटिएको छ ।

पुल्चोकको साझाबाट बेचिंदै आएको डिजेल मेसिनले कम तेल दिने गरेको पाइएपछि सिल गरिएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट खटिएको सरकारी टोलीले डिजेल मेसिनको नाप गर्दा एकलिटर डिजेलको मापनमा २ सय मिलिलिटरसम्म कम परिमाण दिनेगरेको पाइएको हो ।

सोही पम्पको पेट्रोल नोजलमा भने समस्या नदेखिएकाले डिजेलको नोजलमात्रै बन्द गराइएको अनुगमन संयोजक कमल ओझाले जानकारी दिए ।

पम्पको मेसिनमा नै गडबडी देखिएको भन्दै सबै पटक उत्तीकै कम मात्र नभई फरक फरक देखिएको भन्दै दुरासय भावनाले भए नभएको अनुसन्धान गरिने भन्दै छानविन टोलीले पम्प सिल गरेको हो ।

अनुगमन टोलीले लगनखेलकै महायान पेट्रोल पम्पले पनि उपभोक्ता ठग्ने गरेको पाइएपछि सिल गरेको छ । सो पम्पबाट विक्रि हुने इन्धनमा उपभोक्तालाई कम परिमाण दिने गरेको पाइएपछि सिल गरिएको छ ।

23.14¡ÆC