पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन जोडियो

भदौ ६, २०७३ मा प्रकाशित | 1183 views

६ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले सवैतिरबाट बिरोध भएपछि महेन्द्र मञ्जिलमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ ।

प्राधिकरणले २०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि विद्युत महसुल नतिरेको भन्दै आइतबारमात्रै पूर्व वडामहारानी रत्न राज्यलक्ष्मि देवि शाह बस्ने महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो ।

लोडसेडिङको समयमा पनि बत्ती नजाने महेन्द्र मञ्जिलमा सरकारले नै पूर्व वडामहारानीलाई बस्न पाउनेगरि छुट दिएको थियो । सरकारी स्वामित्वमा रहेको सो भवनको सबै अधिकार नेपाल सरकारसँग रहेको छ ।

सँस्कृति तथा पर्यटन मन्त्रालयले विद्युत महसुल भुक्तानीका लागि अर्थ मन्त्रालयबाट रकम निकासाका क्रममा रहेको भन्दै महेन्द्र मञ्जिलको लाइन जोडिदिन प्राधिकरणलाई पत्र पठाए पछि लाई जोडिदिएको प्राधिकरण बताएको छ ।

मन्त्रालयले केही समयभित्रै बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएकाले लाइन जोडिएको भन्दै विद्युत प्राधिकरण हप्तादिन भित्रमा सबै बक्यौता तिर्न ठूला विद्युत महशुल नतिर्नेहरुलाई सूचित गराएको छ ।

सरकारले नारायणहिटी संग्रहालय अन्तरगतका सबै संरचनामा बालिने बत्तिको महसुल आफैंले तिर्दै आएको छ । तर, पूर्व बिशिष्टको हैसियतले सरकारले उपलब्ध गराएको महेन्द्र मञ्जिलको महसुल पनि सरकारले तिर्ने प्रतिवद्धता जनाएको थियो ।

प्राधिकरणका अनुसार विद्युतको ६ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । जसमा सडक बत्तिको हिस्सा मात्रै ३ अर्ब रुपैयाँ रहेको बताइएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर'को निर्देशनअनुसार भदौ १ गतेदेखि आजसम्म प्राधिकरणले देशभर ५ करोड ६८ लाख रुपैयाँ बक्यौता भएका ४ सय ६४ ग्राहकको लाइन काटेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web