सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार अर्थ सचिव शान्तराज सुवेदीलाई

काठमाडौं,भदौ २२ । यस वर्षको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार अर्थ सचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको छ । १३ औं निजामती सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेका हुन् । १३ औं निजामती सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि रु दुई लाख रहेको छ । मुख्य सचिव डा।सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको हो । यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई प्रदान गरिएको छ ।

जस अन्र्तगत किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोक सेवा आयोग गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय रहेका छन् ।

यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ रहेका छन् । उनीहरुलाई रु एक लाख पुरस्कारको राशि जनही प्रदान गरिएको हो ।

महिलाको ओछ्यानमा जाने भारतिय नागरिक प्रहरीको खोरमा

पप्पु गुरुङ्, २१ भदौ / कञ्चनपुर । नेपाली महिलाको ओछ्यानमा जाने भारतिय नागरिक प्रहरीको खोरमा परेको छ् । आज बिहान ३ बजे स्थानियले भारतिय नागरिक अन्ताजी ३५ बर्षिय सरद राँयलाई पक्राउ गरि स्थानियहरुले प्रहरीलाई बुझाएका हुन् । विहान ३ बजे श्रीमान तथा एक नानी संग आफ्नै घरमा सुतिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर बस्ने कल्पना सुनार (नाउ परिवर्तन गरिएको) लाई मदिरा सेवन गरेर आएका उत्तर प्रदेश, नौजलीया, बंगाली कलौनी निवासी सरद राँयले अध्यारोमा गलत नियतले शरिरै भरी छामेर कपडा खोल्ने प्रयासमा उनि पक्राउ परेका हुन् । कल्पनाको घर र भारतिय नागरिक सरद राँयको पसलको दुरी करिब अन्ताजी २५ मिटरको रहेको छ् । कल्पनाले आफ्नो बचाउमा भारतिय नागरिक सरदलाई डन्डाले प्रहार समेत गरेको कल्पनाले बताईन् । डन्डाको प्रहारबाट सरदको टाउकोमा सामान्य रगत आएको छ् । “अध्यारो तथा सुतिरहेको अवस्थामा गलत नियतले मेरो शरिरमा हात सल्बलायो अनि कपडा खोल्न थाल्यो” रुदै कल्पनाले बिकल्प दैनिकलाई बताईन् । कल्पनाको प्रहार पछि भारतिय नागरिक नजिकै रहेको आफ्नो पसलमा दौडिएर सुतेको बहाना काढेको पिडित कल्पनाले बताईन् । भारतिय नागरिक बिगत २ वर्ष देखि नेपाल/भारत सिमा स्तम्भको दशगजा भुमीमा पर्ने स्थानमा मदिरा उत्पादन तथा बिक्रि बितरण गर्दै आएका छन् । स्थानियहरुको सहयोगमा बिहान कुटपिट पछि बाधेर प्रहरीलाई खबर गरेका थिए । “म कानुन अनुसार जान्छु” कल्पनाले भनिन् । सिमा क्षेत्र नजिक घर रहेको हुदा आफुलाई थप समस्या पर्न सक्ने कल्पनाले डर मानिरहेको बताईन् । “सिमानामा आँगन छ भारतिय पक्षको दबाब पक्कै आउछ” उनले थपिन् । भारतिय नागरिक सरद राँय अनुसार सिमा क्षेत्रमा मदिरा पसल राम्रो बिक्री हुने भएको हुदा आफुलाई फसाउन सो कार्य भएको बताएका छन् । “मलाई फसाउने कार्य भएको छ्” सरदले भने । स्थानियले खबर गरेपछि बाबाथान चौकीको एक प्रहरी टोली पुग्दा रुखमा डोरीले बाधेको तथा टाउकोबाट सामन्य रगत बगेको अवस्थामा रहेको थियो भने भारतिय नागरिक सरद राँय हाफ पेन्टमा मात्रै रहेको बताईएको छ् । समाचार तयार पारुन्जेल कल्पना र उनका श्रीमान मुद्धा लेख्न महेन्द्रनगर गएका छन्, भने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कार्यालयमा भारतिय नागरिक सरद राँय थुनामा रहेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले घट्नाको छानबिन गरिरहेको समाचार श्रोतले जानकारी दिएको छ् ।

बेलायतमा मुद्धा खेपिरहेका कर्णेल लामालाई सफाई

काठमाडौं,भदौ २१ । बेलायतमा यातनासम्बन्धी मुद्धा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाई पाएका छन् । लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामालाई सफाइ दिएको हो । न्यायाधीश जस्टीस स्वीनीको इजलासमा ब्रिटिश अभियोक्ताको कार्यालय सिपिएसका एकजना वकीलले राउतलाई यातना दिएको भन्ने अभियोगमा पनि महासेनानी लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएकाले उनी विरुद्धको मुद्दा अगाडी नबढाउने निर्णय गरेको जनाएका थिए।

दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला  छुट्टीमा आफ्नो परिवार भेटन ब्रिटेन गएका लामालाई सन् २०१३ को जनवरी महिनामा लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । ब्रिटिश प्रहरीले महासेनानी लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारण लाई यातना दिएको अभियोग लगाएको थियो । तर, लामाले ती आरोपहरु अस्वीकार गर्दै आएका थिए ।

प्याब्सन अन्तरविद्यालय बास्केटबल: एसियन र चाँदबागलाई उपाधि

काठमाडौं,भदौ २१ । एसियन पब्लिक स्कुल र द चाँदबाग स्कुलले सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । एसियन ब्वाइज तथा चाँदबाग गल्र्समा च्याम्पियन बने ।

मैतीदेवीस्थित मार्भलस इङलिस स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा एसियनले चाँदबागलाई ५७–४२ ले पराजित ग¥यो । विजेताका रजिन तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ३१ अंक जोडे । तेश्रो स्थानमा चित्त बुझाएको मार्भलसले मार्टियर्सलाई ४०–१९ ले हरायो । मार्भलसका प्रवीण लामाले १९ अंक जोडे ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स उपाधि भिडन्तमा चाँदबागले बृहस्पति विद्या सदनलाई २२–१२ ले पाखा लगायो । विजेताकी अन्सु गुरुङले ८ अंक जोडिन् । तेश्रो स्थानका लागि भएको खेलमा हेम्सले स्याबलाई १५–१० ले पन्छायो । हेम्सकी सुस्मिता सुर्मेलीइले १० स्कोर गरिन् ।

ब्वाइजमा एसियनका रजिन तामाङ तथा गल्र्समा हेम्सकी सुस्मिता सुर्मेली सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिताभर रजिनले ८७ तथा अन्सुले २१ अंक जोडे । ब्वाइजमा काठमाडौं इङलिस स्कुल (केईएस) र गल्र्समा स्याबले अनुशासित टिमको उपाधि हात पारे । विजेतालाई केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजक प्याब्सन मध्य क्षेत्रीय समितिका अध्यक्ष सुकुमार थपलियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १६ गतेदेखि सुरु प्रतियोगताको ब्वाइजमा १२ तथा गल्र्समा १० टिम सहभागी थिए ।

प्रथम माफ अन्तरविद्यालय:बास्केटबल क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं, भदौ २१ । प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । क्वाटरफाइनल ज्ञाननिकेतन र रिभेरा, कन्स्टिलेसन र भेनस, न्यु अरुणोदय र जगतमन्दिर तथा ल्यान्डमार्क र गोल्डेनपिकबीच हुनेछ ।

लिगको अन्तिम दिन मंगलबार भएको खेलमा कन्स्टिलेसनले गोल्डेनपिकलाई १२–१०, जगतमन्दिरले सम्भावीलाई ७–४ तथा गोल्डेनपिकले बेबिलनलाई २५–१० ले पराजित गरे । कन्स्टिलेसनकी माया शेर्पाले ८, जगतमन्दिरकी मन्जिला शेर्पाले ५ तथा गोल्डेनपिककी दावा छिनजुमले १० अंक जोडे ।

स्वास्थ्य र शैक्षिक विकाशको लागि धौलागिरी सांगीतिक सौगात भाग ३ हुँदै

रञ्जन कुँवर-सउल । बाग्लुङ जिल्लाको दुर्गम क्षेत्रको स्वास्थ्य र शैक्षिक विकाशको लागि दक्षिण कोरियामा सांगीतिक कार्यक्रम हुने भएको छ । ‘प्रवासमा हाम्रो एकता सबैको प्रतिबद्धता,समृद्ध समाजको लागि सामूहिक लगानिको आवश्यकता’ भन्ने नाराको साथ सेक्टेम्बर १५ तारिखका दिन बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम फिगो जुन्योम, किन्योम ग्वान दिँउसो १ बजे सुरु हुने जनाईएको छ । कार्यक्रमको लागि हल र कलाकारहरुकको ब्यबस्थापन भइसकेको छ। कलाकारहरुमा चर्चित आधुनिक तथा पप गायक अनिल सिंह, चर्चित हांस्य कलाकार जितु नेपाल मुन्द्र, गायिक मेलिना राई, लोक दोहोरि गायिका प्रिती आले, लगायतको सहभागिता रहनेछ । साथै साथमा स्थानिय कलाकारको पाि सहभागिता रहने छ । उक्त कार्यक्रमा नुवाकोट समाजको भाग्यशाली चिठ्ठा पनि खोलिनेछ ।

दशैँ पछि शसक्त आन्दोलन गर्ने कर्णाली जनअधिकार मञ्चको चेतावनी

काठमाडौं,भदौ २१ । कर्णाली जनअधिकार मञ्चले कर्णाली अञ्चललाई स्वायत्त कर्णाली प्रदेशको रुपमा घोषणा गर्न सकार समक्ष माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा मञ्चले पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायाले राज्यले बर्षौदेखि कर्णाली अञ्चललाई सौतेनी व्यवहार गर्दै आएको आरोप लगाउदै भने,‘ फेरि पनि ६ नं. प्रदेशको नाममा अन्यायमा पार्न लागिएको छ, कर्णालीलाई स्वायत्त प्रदेश घोषणा गर्नुपर्छ ।’उनले अघि भने “कर्णालीका केही दलाल र सिँहदरवारका दलालहरूले कर्णालीको मालिक बन्ने सपना देखेका छन् भने त्यो केवल कोरा कल्पना मात्र हो, यदि कर्णालीलाई अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणा गर्दैनन् भने उनीहरूको एउटै चिहान हुन्छ ।”

अर्को प्रसँगमा उनले निर्वाचन आयोगले कालिकोटमा ५, जुम्लामा ७, हुम्लामा ५, मुगुमा ४ र डोल्पामा ६ संख्या छुट्याएकोमा आफूहरूको कडा आपत्ति रहेको जानकारी दिए । यस सम्बन्धमा नेपालको संविधान कुरानजस्तो ग्रन्थ नभएको बताउँदै उनले कालिकोटमा १०, जुम्लामा १०, हुम्लामा १०, मुगुमा १०, र डोल्पामा ९ संख्या हुनुपर्ने आफूहरुको माग रहेको दावी गरे । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कर्णालीको बारेमा पत्रकारहरू जहिलेपनि सकारात्मक रहेको बताउँदै भने,‘जागरुक भएर स्वायत्त पर्देशको मागलाई अघि बढाउनुपर्छ, कर्णालीको साँच्चिकै विकास र त्यहाँका जनताको जीवन चोला फेर्ने हो भने राज्यले कर्णालीलाई स्वायत्त प्रदेशको नाममा घोषणा गर्नुपर्ने यति बेलाको आवश्यकता हो ।”

अघि थपे,‘सरकार गम्भिर हुनुपर्छ ।’कर्णाली जनअधिकार मञ्चका महासचिव कमल खत्रीले कर्णालीका दिन फिरे भन्ने लागेको थियो तर दुःखको कुरा उही पुरानो केन्द्रिकृत राज्य व्यबस्थाको जस्तो आफूहरुमाथि राज्यले फेरिपनि शत्रुताको नजरले हेरेको आरोप लगाए । उनले एनजियो र आईएनजिको लागि कमाई खाने भाँडोको रुपमा कर्णाली प्रयोग भईरहेको उल्लेख गर्दै त्यहाँको सम्भावना र जनशक्तिको मूल्याङकन राज्यले गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘प्रधानमन्त्रिलाई ध्यानाकार्षण पत्र बुझाउँछौँ, त्यसपछि स्थानीय पुर्नसंरचना आयोगलाई खाकासहितको सचेत पत्र बुझाउछौँ, यही भदै २६ गते काठमाण्डौमा बृहत अन्तरक्रिया गर्छौँ ।’

उनले मञ्चले भदौ महिनाभित्र निर्वाचन आयोगसँग छलफल गर्ने, दशैँ अगावै सुर्खेत र कर्णालीका जिल्लामा अन्तरक्रिया गर्ने, यति गर्दा पनि यो राज्यले सुनेन भने, अधिकार सहितको स्वायत्त प्रदेश घोषणा गरिएन भने दशैँपछि दोस्रो चरणको शसक्त आन्दोलन गर्ने जानकारी दिए ।

‘संशोधन नगरी संविधान कार्यान्वयन हुन सक्दैन’ -मन्त्री यादव

काठमाडौं,भदौ २१ । शान्ति तथा पूर्ननिर्माणमन्त्री सितादेवी यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएकीछिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले अयोजना गरेको साक्षात्कारमा बोल्दी मन्त्री यादवले भनिन्,‘संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुने सम्भावना म देख्दिन्, कार्यान्वयन गर्ने हो भने तत्काल संशोधन गर्नुपर्छ ।’  उनले मधेशी मोर्चाले संविधानका ८३ वटा बुँदामा संशोधन गर्नुपर्ने भनेपनि तत्काल तीन चारवटा बुँदामा संशोधन गरेर भएपनि अघि बढ्नुपर्ने बताउँदै थपिन्,‘संविधान संशोधन विना मुलुकमा शान्ति आउन सक्दैन् ।’ उनका अनुसार उक्त बुँदाहरुमा प्रदेशको सिमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक–समावेशी र नागरिकताको विवाद टुँगो लगाउने रहेका छन् ।

साक्षात्कारमा नेपाली काँग्रेसकी कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले संविधान संशोधनेको लागि दुईतिहाई आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्षी दल एमालेले पनि सहयोग गर्नुपर्ने बताईन् । उनले अघि थपिन्,‘दलहरु मिल्नुको विकल्प छैन, एक–अर्काको आलोचना गरेर कसैको हित हुँदैन, सबै मिलेर सुन्दर, शान्त र समृद्धि मुलुक बनाउनुपर्छ ।’ यादवले संविधान संशोधनमा एमालेलाई मनाउनको लागि आफ्नो पार्टी र नेतृत्व लागिपरिरहेकोले संशोधन प्रक्रिया अघि बढ्नमा केही ढिलाई भएको स्पष्ट पारिन् ।

दलहरुवीच सहमति नभए चुनाव हुन नसक्ने बताउँदै मन्त्री यादवले भनिन्,‘छिट्टै संविधान संशोधन गरेर स्थानीय निकाय लगायत तीन वटै निकायको चुनाव गराउनुपर्छ, अनि संविधान कार्यान्वयनमा लाग्नुपर्छ ।’ उनले मधेशमा दुई प्रदेश हुनुपर्नेमा आफूले पहिलादेखि नै अडान लिँदै आएको बताउँदै भनिन्,‘झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश हुनैपर्छ ।’

नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गर्ने स्पष्ट पारेका छन् । पण्डितले अघि भने,‘संविधान ढुँगाको शिलालेखजस्तो होईन, तर संवैधानिक व्यवस्था अनुसार नै संशोधन हुन्छ, गैरसंवैधानिक बाटोबाट संविधान संशोधन हुन सक्दैन ।’

उनले विगतमा संविधानसभाको चुनाव हुन दिन्नौं भन्नेहरुपनि प्रशस्तै रहेको तर अहिले आएर तीनीहरु हराएको उल्लेख गर्दै भने,‘अहिले आएर संविधान समाप्त गर्छु भन्नेहरुपनि ठाउँठाउँमा छन्, यो संविधानले देशलाई विभाजित गर्ने होईन, एकिकृत गर्ने हो ।’

कतिपय मित्रहरुले मधेशलाई अलग राष्ट्र बनाई छोड्ने कुरा गरेको उल्लेख गर्दै पण्डितले भने,‘अलग राष्ट्र बनाउँछु भन्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दै छन् ।’ संविधान जारी गर्ने नेताहरुले खुट्टा कमाउने र नाँगै हिड्न थाले भोलि के हुन्छ भन्दै उनले प्रश्न गरे ।

पण्डितले छिमेकीले जे भन्यो त्यही नै जस्तातस्तै संशोधन गर्न नसिकने बताउँदै भने,‘उसले जे भन्यो र जस्तातस्तै गर्ने हो, आज छिमेकीले भन्दैछ कि मधेश शान्त चाहियो भनेर, अनि छिमेकीले भन्नेछ कि अलग मधेश, स्वतन्त्र मधेश, लटपटाउनेछ, भोलि भन्नेछ कि स्वतन्त्र मधेश नै मेरो मान्यता हो भन्यो र संविधान संशोधन गर्ने कुरा गरियो भने भोलि नेपालको सार्वभौमिकता के हुन्छ ?, स्वतन्त्रतातर्फ सोचौं, नेपाली भएर सोचौं ।’

उनले संविधान संशोधन गर्नै नुहने भन्ने पक्षमा एमाले नभएर तर अहिले वेला नभएको भन्ने आफूहरुको भनाई रहेको दाबी गरे ।

माओवादी केन्द्रका नेता मणि थापाले आफ्नो पार्टी नेतृत्वको सरकार संविधान संशोधन गर्दै संविधान कार्यान्वयन गर्ने कुरामा जुटेको बताउँदै भने,‘तीन वटै निकायको चुनाव गर्नुपर्ने अहिलेको राष्ट्रिय आवश्यकत्ता हो, सबै दल त्यसमा तयार हुनुपर्छ, काँग्रेस, माओवादी र मधेशवादी दल तयार छन्, अब एमालेपनि तयार हुनुपर्छ, एमाले बाधक बन्नुहुँदैन् ।’

उनले एमालेले संविधान संशोधनमा सहयोग गरेन भने ईतिहासको आवश्यकत्ता राम्रोसँग नबुझेको अर्थ लाग्ने संविधान संशोधनमा एमालेले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

थापाले संविधानमा असन्तुष्टि राख्ने आन्दोलनरत पक्षहरुसँग छलफल गरेर प्रदेश सिमांकन, नागरिकता, राष्ट्रियता लगायतका विषयमा प्याकेजमै छलफल गर्नुपर्ने कुरामा आफ्नो पार्टी नेतृत्वको सरकार तयार रहेको स्पष्ट पारे ।

उनले अघि थपे,‘सिमांकनको विषयमा हाम्रो पार्टी उदार छ, अब चाँडै संशोधन प्रक्रिया अघि बढ्छ ।’ उनले मधेशी लगायत आदिवासी, जनजाति र थारुहरुले गरेको आन्दोलनप्रति सरकार गम्भिर रहेको बताए ।

मधेशी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधानका ८३ वटा बुँदामा आफूहरुको असन्तुष्टि रहेको भन्दै तत्काल संशोधन गर्नुपर्ने माग गरे ।

यादवले आफूहरुले अघि सारेका मागहरुमा प्रदेशको सिमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, न्यायलय, भाषा, नागरिकता, राज्यश्रोतको बाँडफाँडका मागहरु मुख्य मागहरु रहेको भन्दै ती बुँदाहरुमा संशोधन नगरिए मोर्चाले सहयोग नगर्ने स्पष्ट पारे ।

उनले एमालेपनि संविधान संशोधनको पक्षधर पार्टी भएको बताउँदै भने,‘ठूलो पार्टी हुने सपना देख्ने एमालेले संशोधनमा सहयोग गर्छ, संशोधन प्रक्रियामा आउँछ, अहिले काँग्रेसको ढिलासुस्तीका कारणले संशोधन प्रक्रिया अघि बढ्न सकेको छैन, मुल विषयमा काँग्रेस प्रवेश गरिरहेकै छैन् ।’ यादवले अघि थपे,‘काँग्रेस कहिले नेविसंघको महाधिवेशनमा त, कहिले सभापति बाहिर जाँदा मुल विषयमा प्रवेश गर्न पाईएको छैन् ।’

उनले काँग्रेस, माओवादी र मधेशवादी दलले संविधान संशोधन प्रक्रिया अघि बढाए एमालेले पनि नैतिक रुपमा सहयोग गर्ने विश्वास व्यक्त गरे । यादवले मधेशी, आदिवासी, जनजाति लगायतको भावना र अन्तरिम संविधानको मर्म र भावना अनुसार देशको निकासको लागि पनि संशोधन आवश्यक रहेको बताए ।

उनले पहिले केन्द्रको चुनाव गरेरमात्रै प्रदेश र स्थानीय निकायको चुनाव गर्नुपर्ने बताए ।

क्लबका अध्यक्ष ऋषि धमलाले दलहरुवीच सहमति, सहकार्य र एकता अहिलेको अनिवार्य आवश्यकत्ता रहेको बताउँदै दलहरुले संविधान संशोधनमा पनि सहमति खोज्नुपर्ने बताए ।

अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने सरकारको निर्णय

काठमाडौं,भदौ २१ ।  स्पेनको सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेता बन्न सफल विश्व चर्चित अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने भएको छ ।   मन्त्रीपरिषद बैठकले औपचारिक निर्णय गरेपछि राईले सरकारको तर्फवाट उपचार खर्च पाउनेछिन् ।  खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीराको उपचारका लागि ५ लाख प्रदान गर्न सैद्धान्तिक सहमति दिइएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

किन ओझेल पर्‍यो विज्ञान र प्रविधिको आविष्कार नेपालमा ?

भरतराज उप्रेती – आइसिटी खोज पत्रकारीतामार्फत हाइटेक रिसर्च एण्ड इनोभेसन सेन्टरको रुपमा विकास गराउने अभियानमा आइसिटी पत्रकार विकास मञ्चले शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगका लागि मिडिया दबाब अभियान आइसिटी पत्रकार विकास मञ्चले शुरु गरिसकेको छ । सरकारको नीतिलाई पछ्याउँदै पब्लिकको दायित्व रहने गरी हाइटेक पायोनयर रिसर्च एण्ड डेभलपमेन्टर सेन्टरको विकासका लागि सबैको एकता र हातेमालो गर्दै नेपालमा ग्रीन प्रविधिको कम्प्युटरको प्रयोगलाई स्थापित गराउदै टेलिहेल्थ सेन्टरको विकासलाई समेत यस अभियानसँग जोडिनेछ । यसका लागि सबैको सहयोग साथ सल्लाह र सुझावको अपेक्षा आइसिटी पत्रकार विकास मञ्चले अपेक्षा गरेको छ ।

सन् १९७९ मा मुनि बहादुर शाक्यले नेपालमा पहिलोपटक माइक्रो कम्प्युटर बनाएर विश्वलाई नै चकित पारिदिएका थिए । आइबिएम कम्पनीले माइक्रो कम्प्युटर बनाउनु २ वर्ष अगाडी नै नेपालमा माइक्रो कम्प्युटर बनाएर विश्वलाई छक्क पार्नु भएको शाक्यको कामको केही समय चर्चा भए पनि यसलाई कसैले पनि राष्ट्रिय हितको प्रयोगमा ल्याउने कोशिस नगरेको उहाँकै गुनासो छ ।

मुनि बहादुर शाक्यले हिम्मत हार्नुभएको छैन आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म गरेरै देखाउन । मान्नै पर्छ उहाँको साहस र धैर्यतालाई ।  धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनि बहादुर शाक्यले अहिले ग्रीन प्रविधिको कम्पयुटर बनाएर सफल प्रयोग गरिसक्नुभएको छ । जम्मा ३५ वाट क्षमतामा चल्लने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ । उमेर झण्डै ७० पुगेका शाक्यले धन सम्पत्तिको कुनै मतलव नराखी एउटा पूरै घरमा आफूले बनाएका विज्ञान तथा सूचना प्रविधिका आविष्कारहरु जुन विश्वका अरु देशमा बनाएका कुनै पनि प्रविधिभन्दा फरक छैनन्, जसलाई राष्ट्रव्यापी प्रयोगका लागि सरकारले ध्यान दिनु प¥यो या त संग्राहलयमा लगेर राखिदिने ब्यवस्था गरिदिनुप¥यो भन्नुहुन्छ मुनि शाक्य ।

नेपालमा पनि कम्प्युटर बन्छ भन्दा तपाइलाई अचम्म लाग्छ होला तर यो सत्य हो । सन् १९७९ मा मुनि बहादुर शाक्यले नेपालमा पहिलोपटक माइक्रो कम्प्युटर बनाएर विश्वलाई नै चकित पारिदिएका थिए । उनको यो साहसी काम र सिर्जनाको बारेमा चीनियाँ र जापनीज सञ्चार माध्यमहरुले बिशेष चासो दिएर विश्वभर समाचार एकैसाथ प्रसार गरेका थिए । शाक्यको यो इनोभेटिभ प्रविधि क्षमतालार्ई नेपालका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ महत्व दिएका थिए ।

तर पनि अहिले उहाँको प्रविधि क्षमता, इनोभेटिभ आइडिया, अपार ज्ञान र अनुभव अहिलेसम्म पनि ओझेलमा नै परिरहेको छ कारण उहाँले सञ्चालनमा ल्याउनुभएको १ करोड मूल्य बराबरको कम्प्युटर बनाउने मेशीन एउटा कोठामा अलपत्र अवस्थामा रहेको छ । उत्पादन बिभागमा नै २५ जना दक्ष इन्जिनियर (प्राविधिक) र त्यसको साथमा सयौं प्राविधिकहरुले काम पाउने यो मेशीन अहिले कोठा ओगटेर मात्र बसेको मात्र छैन, शाक्यले आविष्कार गरेका थुप्रै रोचक प्रविधिहरु जस्तैः मानव सरहको रोवट, सेक्युरिटी यन्त्र उपकरण र अरु कम्प्युटरका पार्टसहरुले पूरै घर ओगटेर बसेको छ ।

एउटै कम्प्युटरमा भएको कामलाई २ सय भन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने प्रणालीको विकास र सयौ कम्प्युटर अमेरिकामा बनाएर चर्चा कमाइसक्नु भएका शाक्यको असाधारण प्रतिभालाई नेपाल सरकारले भने उपयोगमा ल्याउन र प्रतिभाको कदर गर्नु नसक्नु नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि दुर्भाग्य बनेको छ । आइबिएम कम्पनीले माइक्रो कम्प्युटर बनाउनु २ वर्ष अगाडी नै नेपालमा माइक्रो कम्प्युटर बनाएर विश्वलाई छक्क पार्नु भएको शाक्यको कामको केही समय चर्चा भए पनि यसलाई कसैले पनि राष्ट्रिय हितको प्रयोगमा ल्याउने कोशिस नगरेको उहाँकै गुनासो छ । सरकारले सहयोग नगरे पनि आफ्नै लगानीमा कम्प्युटर बनाउने उपकरण ल्याएर काम शुरु गरेको कम्प्युटर मेशीन पनि अहिले यत्तिकै कोठामा ठाउँ ओगटेर बसेको छ । मुनि शाक्यको हाइटेक पायोनियर सेन्टरबाट बनाएका सयौं कम्प्युटरहरुमा अहिलेसम्म त्यस्तो जटिल खराबी समेत भेटिएको छैन ।

युरोप अमेरिका बेलायतबाट शाक्यलाई थुप्रै अवसरहरु आए तर देश र जनताका लागि आइटि विकासमा समर्पित हुने एउटै उद्देश्य उहाँको भएकोले ती सबै अवसरहरुलाई शाक्यले महत्वपूर्ण ठान्नुभएन र निरन्तर आफ्नो प्रयासमा नयाँ प्रविधिको खोज अनुसन्धानतर्फ लाग्नुभयो । तर उनको यी सबै प्रयासलाई राज्य वा सरकारले कुनै चासो दिएको पाइदैन । रोनाष्टले देवनागरीमा कम्प्युटर बनाएको कामलाई कदर गर्दै सम्मान एवं कदर गरेर क वर्गको वैज्ञानिक मान्यता दिए पनि सरकारले भने उहाँको दक्षता, क्षमता, सीप, उत्पादनलाई सम्बोधन गर्न तथा प्रयोगमा ल्याउन कुनै चासो देखाएको पाइएन । सन् १९८० को बेला विश्वमा कम्प्युटर बनाउने कुरा भर्खर शुरु भएको बेला नेपालमा नै कम्प्युटर बनाउन सक्ने ब्यक्ति नेपालले पाउनु सबैभन्दा खुशीको कुरा भए पनि यसलाई सम्बन्धित निकायले महत्वपूर्ण नठान्नु र अवसर नदिनु उत्तिकै दुःखपूर्ण रहेको छ । कतिपयलाई नेपालमा कम्प्युटर बन्थ्यो भन्ने कुरा एकादेशको कथा जस्तै छ । किनकी उनीहरुलाई केही थाहा छैन कसले नेपालमा कम्प्युटर बनाए भन्ने कुरा किनकी शाक्यको यो कमलाई राज्यले प्रयोगमा ल्याउन सकेन र कुनै महत्व पनि दिएन ।

तर पनि शाक्यले बिना सरकारी सहयोग आफ्नै लगानीमा हाइटेक पायोनियर खोलेर कम्प्युटर बनाउने मेशीन नै नेपालमा ल्याउनु कम्प्युटर बनाउने कामलाई निरन्तरता दिनुभयो । आफूले कार्ययोजना बनाउनु त कता हो कता एउटा सामान्य नागरिकले प्रविधिको क्षेत्रमा हासिल गरेको यति ठूलो दक्षतालाई नबुझेको सरकारले शाक्यले कम्प्युटर बनाउने प्रयोगशालाका लागि आवश्यक उपकरणहरु विदेशबाट आयात गर्दा ५ प्रतिशत सहुलियत माग्दा समेत कुनै चासो नदेखाएको शाक्यको गुनासो छ । आवश्यक अन्य उपकरणहरुका आयातका लागि सहुलियतको त कुरै छाडौ उचित मूल्यांकन नै गर्न सकेको छैन राज्यले । देश विकासका लागि प्रभावकारी नीति नियम ल्याउने भन्ने सरकारी निकायको रणनीति र मन्त्रि नेताको खोक्रो भाषण त केवल गधाले भारी बोक्न छोड्छु भन्नु जस्तै हो । नेपालले कम्प्युटर प्रविधिको क्षेत्रमा ४० वर्ष इतिहास बोकेको एउटा प्रतिभावान व्यक्ति, प्रविधि क्षमता र ज्ञानको भण्डार सूचना प्रविधिको इनोभेटिभ सेन्टर पाउनु नेपालको लागि प्रविधि क्षेत्रका ठूलो आयाम भए पनि त्यसलाई सञ्चालन र प्रयोगमा ल्याउन राज्य, राजनीतिज्ञ, सरोकारावालाहरुले कुनै चासो नदेखाउनु नेपालको प्रविधि विकासलाई लंगडो बनाउनु बाहेकको अर्को उपममा छैन भन्दा फरक पर्दैन ।

पच्चीस वर्ष अघि मात्र एडिबीबाट २० औ अर्ब आर्थिक सहायता लिने देश दक्षिण कोरिया अहिले विश्वकै सम्पन्न राष्ट्रमा पर्दछ । कारण कोरियाले आइटी क्षेत्रलाई राष्ट्रिय नीतिको रुपमा अख्तियार ग¥यो । आज जति पनि कम्प्युटर प्रविधिका उत्पादनहरुले मूर्त रुप पाउँछन् र विश्व बजारमा आउँछन् यसमा दक्षिण कोरियाकै प्रमुख हात छ । अमेरिकामा अवधारणा र प्रारम्भिक काम मात्र हुने गर्दछ । त्यसपछिका सबै काम कोरियामा हुने गर्दछन् । आज मुनि बहादुर शाक्य जस्ता प्राविधिक एवं बिज्ञहरुको नेपालमा कदर हुँदो हो नेपाल अन्य विकसित मुलुकको दा“जोमा पुग्न कुनै गा¥हो थिएन होला नि । हुनत आइटीको बारेमा अनभिज्ञ रहेका सरकारी पदाधिकारी र नेता तथा मन्त्रिहरले यसको उपयोगितालाई पनि कसरी बुझुन् त ? विडम्बना नै यही छ नेपालको । आइटी विकासका लागि आउने विदेशी सहयोगलाईृ सरकारका जिम्मेवार मन्त्रिहरुले कार्यान्वयन गर्न नसकिने भन्दै अस्वीकार गरेका उदाहरणहरु पनि नभएका भने होइनन् । यसबाट के स्पष्ट हुन्छ भने नीति नियम तर्जुमा र कार्यान्वयन पक्षमा सरकार कति असक्षम छ भन्ने कुराको । राजनीतिक खिचातानी र शक्ति हत्याउन कुर्सीको भागवण्डामा लागेका राजनीतिक नेताहरुलाई कम्प्युटरको महत्व थाहा र्नै छैन भन्दा पनि हुन्छ । नत्र किन त आइटी क्षेत्रलाई सरकारले उपेक्षा गरिहेको छ त ? यो प्रश्न हामी सचेत नागरिकको तर्फबाट सरकारलाई । भाषणमा ठूला ठूला गफ हाक्नेहरुले आइटी विकासका लागि मौन रहिरहे नेपाल सधै अन्य देशको उत्पादनमा भर पर्नुपर्नेहुन्छ । अनि मुनि बहादुर शाक्य जस्ता ब्यक्तिहरुको कदर र उहा“हरुको ज्ञानलाई उपयोगमा नल्याउने हो भने कहिल्यै देश र जनताको उन्नति तथा प्रगति हुन सक्तैन । आइटी क्षेत्रको विकासका लागि सुतिरहेको सरकारको निद्रा हट्नुप¥यो अनि ६० वर्ष नाघिसकेका शाक्यको जस्तै नयाँ जोस र जाँगर हरेक नेपालीहरुमा आउनुप¥यो । अनि मात्र देशको विकास सम्भव छ ।

सानैदेखि इलेक्ट्रोनिक्समा बिशेष रुची राख्ने स्वभाव भएका शाक्यले भारतको कलकत्तामा इन्जिनियरिङ्ग अध्ययन पूरा गरी बेलायतबाट सन् १९७३ मा बेलायतबाट सी.इन्जिनियरिङ्ग (C.Engineering) सम्मको अध्ययन सक्याउनुभएको हो । कम्प्युटर सम्बन्धी इलेक्ट्रोनिक्स विषयको खोज र अनुसन्न्धानका लागि बेलायत युरोप अमेरिका र फ्रान्सको कम्प्युटर उत्पादन गर्ने ठाउहरुमा गहिरो अध्ययन गरेर सन् १९८३ मा नेपाली माध्यममा चलाउन मिल्ने कम्प्युटर बनाएका थिए । यी बाहेक सुपर कम्प्युटर, नेवारी भाषामा चलाउन सक्ने बाहेक अन्य थुप्रै कम्प्युटरहरु मुनि बहादुर शाक्यले नेपालमै बनाउनुभयो ।

मुनि बहादुर शाक्यले हिम्मत हार्नुभएको छैन आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म गरेरै देखाउन । मान्नै पर्छ उहाँको साहस र धैर्यतालाई ।  धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनि बहादुर शाक्यले अहिले ग्रीन प्रविधिको कम्पयुटर बनाएर सफल प्रयोग गरिसक्नुभएको छ । जम्मा ३५ वाट क्षमतामा चल्लने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ । उमेर झण्डै  ७० पुगेका शाक्यले धन सम्पत्तिको कुनै मतलव नराखी एउटा पूरै घरमा आफूले बनाएका विज्ञान तथा सूचना प्रविधिका आविष्कारहरु जुन विश्वका अरु देशमा बनाएका कुनै पनि प्रविधिभन्दा फरक छैनन्, जसलाई राष्ट्रव्यापी प्रयोगका लागि सरकारले ध्यान दिनु प¥यो या त संग्राहलयमा लगेर राखिदिने ब्यवस्था गरिदिनुप¥यो भन्नुहुन्छ मुनि शाक्य ।

खाली राजनीतिक दाउपेचका आधारमा शक्ति हत्याउने खेल र राजनीतिक आधारमा जिम्मेवार निकायहरुमा कर्मचारी नियुक्त गर्ने काम बाहेक भरमा ध्यान नै छैन देशको शासन सत्ता सम्हाल्नेहरुको । राजनीतिक आधारमा नियुक्त हुनेहरुले कसरी देशको आइटी क्षेत्रको विकास गर्लान् ? भन्नै गा¥हो छ । सरकारी निकायमा यस्तो प्रणलीको अन्त नभएसम्म आइटी क्षेत्रको विकास सम्भव छैन । यसतर्फ सरकारले अब सोच्नुपर्ने बेला आएको छ । देशकै विकास र हजारौ ब्यक्तिले रोजगार पाउन सक्ने यस्ता महत्वपूर्ण प्रविधिहरुलाई अब पनि सरकारले वेवास्ता गर्ने हो भने नयाँ नेपालको निर्माण हुन सक्तैन । यदि साँच्चै नयाँ नेपालको निर्माण गर्ने हो भने सरकार र राजनेताहरुको यस्ता देशका सष्टाहरुको पहिचान गर्दै उनीहरुको सीप र सिर्जनालाई प्रयोगमा ल्याउन तर्फ ध्यान दिनुपर्ने देखिन्छ भने नया संविधानमा आइटी क्षेत्रको छुट्टै संयन्त्रको गठन गरी राष्ट्रिय मुद्दाको रुपमा यसलाई अगाडी ल्याउनुपर्ने खाँचो पनि उत्तिकै जरुरी छ ।

शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगका लागि मिडिया दबाब अभियान आइसिटी पत्रकार विकास मञ्चले शुरु गरिसकेको छ । सरकारको नीतिलाई पछ्याउँदै पब्लिकको दायित्व रहने गरी हाइटेक पायोनयर रिसर्च एण्ड डेभलपमेन्टर सेन्टरको विकासका लागि सबैको एकता र हातेमालो गर्दै नेपालमा ग्रीन प्रविधिको कम्प्युटरको प्रयोगलाई स्थापित गराउदै टेलिहेल्थ सेन्टरको विकासलाई समेत यस अभियानसँग जोडिनेछ । यसका लागि सबैको सहयोग साथ सल्लाह र सुझावको अपेक्षा आइसिटी पत्रकार विकास मञ्चले अपेक्षा गरेको छ ।

गल्स होटल सञ्चालकको बोरामा शरिर गिँडेर विभत्स हत्या

२१ भदौ, विराटनगर ।
मोरङको विराटनगरमा गल्स होल्सेल सञ्चालन गर्दै आएका बिनोद यादवको विभत्स हत्या भएको छ ।

२१ बर्षिय यादवले अक्सफोर्ड गल्स होस्टेल सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार विराटनगर–१३ तीनटोलियास्थित ओमकार श्रेष्ठको घरमा हत्या गरेर फ्यालेको अवस्थामा मंगलबार बिहान यादवको शव फेला परेको हो ।

घरधनी श्रेष्ठ धनकुटामा रहेका बेला घटना भएको हो । सुनसरी औरावनी घर भएका यादव श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएका थिए ।

प्रहरीले हत्या गरेर बोरामा हालेको अवस्थामा शव भेटिएको बताएको छ । बोराभित्र यादवको शरिबाट टाउको, जीउ र खुट्टा काटेर अलग अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हत्यापछि शव फाल्न गाडि बोलाएपछि गाडी चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए । प्रहरीले चालक र गाडी नम्वर गोप्य राखेको छ भने हत्या आशंका गरिएकाहरुको खोजि भइरहेको बताएको छ ।

आपसी झगडापछि रिसइबीमा हत्या भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी पुगेपछि गाडी बोलाउने ती युवाहरु फरार भएको प्रहरीले जानकारी दिएको छ ।

४ बर्षिया बालिका बलात्कार गर्न खोज्नेलाई ५ बर्ष जेल

२१ भदौ, उदयपुर ।
४ बर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरको खाँबु गाबिसका ४८ बर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले ५ बर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश राजकुमार कोईरालाको इजालासले सोमबार मगरलाई कैद फैसला सुनाएको हो ।

मगरले ०७१ चैत्र १६ गते घरमा खेलीरहेकी बालिकालाई बलात्कारको प्रयास गर्नुभएको थियो ।

उहाँविरुद्ध पीडित परिवारले चैत्र १७ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

पीडितको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।

चैत्र १७ गते पक्राउ  परेका मगरलाई अदालतले ०७२ बैशाख १० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web