बेलायतमा मुद्धा खेपिरहेका कर्णेल लामालाई सफाई

भदौ २१, २०७३ मा प्रकाशित | 872 views

काठमाडौं,भदौ २१ । बेलायतमा यातनासम्बन्धी मुद्धा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाई पाएका छन् । लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामालाई सफाइ दिएको हो । न्यायाधीश जस्टीस स्वीनीको इजलासमा ब्रिटिश अभियोक्ताको कार्यालय सिपिएसका एकजना वकीलले राउतलाई यातना दिएको भन्ने अभियोगमा पनि महासेनानी लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएकाले उनी विरुद्धको मुद्दा अगाडी नबढाउने निर्णय गरेको जनाएका थिए।

दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला  छुट्टीमा आफ्नो परिवार भेटन ब्रिटेन गएका लामालाई सन् २०१३ को जनवरी महिनामा लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । ब्रिटिश प्रहरीले महासेनानी लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारण लाई यातना दिएको अभियोग लगाएको थियो । तर, लामाले ती आरोपहरु अस्वीकार गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web