२१ भदौ, विराटनगर ।
मोरङको विराटनगरमा गल्स होल्सेल सञ्चालन गर्दै आएका बिनोद यादवको विभत्स हत्या भएको छ ।

२१ बर्षिय यादवले अक्सफोर्ड गल्स होस्टेल सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार विराटनगर–१३ तीनटोलियास्थित ओमकार श्रेष्ठको घरमा हत्या गरेर फ्यालेको अवस्थामा मंगलबार बिहान यादवको शव फेला परेको हो ।

घरधनी श्रेष्ठ धनकुटामा रहेका बेला घटना भएको हो । सुनसरी औरावनी घर भएका यादव श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएका थिए ।

प्रहरीले हत्या गरेर बोरामा हालेको अवस्थामा शव भेटिएको बताएको छ । बोराभित्र यादवको शरिबाट टाउको, जीउ र खुट्टा काटेर अलग अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हत्यापछि शव फाल्न गाडि बोलाएपछि गाडी चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए । प्रहरीले चालक र गाडी नम्वर गोप्य राखेको छ भने हत्या आशंका गरिएकाहरुको खोजि भइरहेको बताएको छ ।

आपसी झगडापछि रिसइबीमा हत्या भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी पुगेपछि गाडी बोलाउने ती युवाहरु फरार भएको प्रहरीले जानकारी दिएको छ ।

18.16¡ÆC