२१ भदौ, उदयपुर ।
४ बर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरको खाँबु गाबिसका ४८ बर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले ५ बर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश राजकुमार कोईरालाको इजालासले सोमबार मगरलाई कैद फैसला सुनाएको हो ।

मगरले ०७१ चैत्र १६ गते घरमा खेलीरहेकी बालिकालाई बलात्कारको प्रयास गर्नुभएको थियो ।

उहाँविरुद्ध पीडित परिवारले चैत्र १७ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

पीडितको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।

चैत्र १७ गते पक्राउ परेका मगरलाई अदालतले ०७२ बैशाख १० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

17.12¡ÆC