महिलाको ओछ्यानमा जाने भारतिय नागरिक प्रहरीको खोरमा

भदौ २१, २०७३ मा प्रकाशित | 800 views

पप्पु गुरुङ्, २१ भदौ / कञ्चनपुर । नेपाली महिलाको ओछ्यानमा जाने भारतिय नागरिक प्रहरीको खोरमा परेको छ् । आज बिहान ३ बजे स्थानियले भारतिय नागरिक अन्ताजी ३५ बर्षिय सरद राँयलाई पक्राउ गरि स्थानियहरुले प्रहरीलाई बुझाएका हुन् । विहान ३ बजे श्रीमान तथा एक नानी संग आफ्नै घरमा सुतिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर बस्ने कल्पना सुनार (नाउ परिवर्तन गरिएको) लाई मदिरा सेवन गरेर आएका उत्तर प्रदेश, नौजलीया, बंगाली कलौनी निवासी सरद राँयले अध्यारोमा गलत नियतले शरिरै भरी छामेर कपडा खोल्ने प्रयासमा उनि पक्राउ परेका हुन् । कल्पनाको घर र भारतिय नागरिक सरद राँयको पसलको दुरी करिब अन्ताजी २५ मिटरको रहेको छ् । कल्पनाले आफ्नो बचाउमा भारतिय नागरिक सरदलाई डन्डाले प्रहार समेत गरेको कल्पनाले बताईन् । डन्डाको प्रहारबाट सरदको टाउकोमा सामान्य रगत आएको छ् । “अध्यारो तथा सुतिरहेको अवस्थामा गलत नियतले मेरो शरिरमा हात सल्बलायो अनि कपडा खोल्न थाल्यो” रुदै कल्पनाले बिकल्प दैनिकलाई बताईन् । कल्पनाको प्रहार पछि भारतिय नागरिक नजिकै रहेको आफ्नो पसलमा दौडिएर सुतेको बहाना काढेको पिडित कल्पनाले बताईन् । भारतिय नागरिक बिगत २ वर्ष देखि नेपाल/भारत सिमा स्तम्भको दशगजा भुमीमा पर्ने स्थानमा मदिरा उत्पादन तथा बिक्रि बितरण गर्दै आएका छन् । स्थानियहरुको सहयोगमा बिहान कुटपिट पछि बाधेर प्रहरीलाई खबर गरेका थिए । “म कानुन अनुसार जान्छु” कल्पनाले भनिन् । सिमा क्षेत्र नजिक घर रहेको हुदा आफुलाई थप समस्या पर्न सक्ने कल्पनाले डर मानिरहेको बताईन् । “सिमानामा आँगन छ भारतिय पक्षको दबाब पक्कै आउछ” उनले थपिन् । भारतिय नागरिक सरद राँय अनुसार सिमा क्षेत्रमा मदिरा पसल राम्रो बिक्री हुने भएको हुदा आफुलाई फसाउन सो कार्य भएको बताएका छन् । “मलाई फसाउने कार्य भएको छ्” सरदले भने । स्थानियले खबर गरेपछि बाबाथान चौकीको एक प्रहरी टोली पुग्दा रुखमा डोरीले बाधेको तथा टाउकोबाट सामन्य रगत बगेको अवस्थामा रहेको थियो भने भारतिय नागरिक सरद राँय हाफ पेन्टमा मात्रै रहेको बताईएको छ् । समाचार तयार पारुन्जेल कल्पना र उनका श्रीमान मुद्धा लेख्न महेन्द्रनगर गएका छन्, भने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कार्यालयमा भारतिय नागरिक सरद राँय थुनामा रहेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले घट्नाको छानबिन गरिरहेको समाचार श्रोतले जानकारी दिएको छ् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web