बझाङमा १७ जुवाडे पक्राउ

२१ भदौ, बझाङ ।
बझाङको भाँडे बजार बाट प्रहरीले आज जुवाखेलमा संलग्न १७ जना लाई नियन्त्रणमा लिएको छ । उनिहरु वाट ५४ हजार नगद समेत बरामद गरेको छ ।

स्थानियहरुको गोप्य सुचनाका आधारमा भाँडेबजारका नवराज गिरीको पसलमा जुवाखेल्दै गरेको अवस्थामा जुहाडेहरु लाई प्रकाउ गरेको प्रहरी नायब निरिक्षक नरेन्द्र चन्द्रले जानकारी दिए ।

उनका अनुसार १७ जनालाई नै प्रहरी हिरासतमा राखेको छ उनिहरु लाई जुवाऐन अनुसार कार्वाही गरिने वताए ।

गोप्यरुपमा जुवाखेल भई रहेने बझाङमा यसलाई नियन्त्रण गर्न प्रहरीले कडाइ गर्दै आएके छ ।

चीन कोरला नाका खोल्न हल्ला बढी काम न्युन

२१ भदौ, मुस्ताङ ।
मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ ।

नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थिति लगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको हो ।

सम्भाव्यता अध्ययनका लागि पछिल्लो समयमा व्यवस्थापिका–संसदको विकास समितिका सदस्यहरुबाट भएको स्थलगत अवलोकन भ्रमणपछि कोरला नाका सञ्चालनमा ल्याइनुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवम् पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याउने विषय राज्यको प्राथमिकतामा परेको प्रस्ट हुन्छ ।

पछिल्लो समयमा नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने कामलाई पनि अघि बढाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार नाका सञ्चालनमा ल्याउन अत्यावश्यकीय भन्सार कार्यालय एवम् सुरक्षा निकायका लागि जग्गा सीमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको छ ।

भन्सारसहित क्वारेन्टाइन, अध्यागमन, सीमा सुरक्षालगायतका कार्यालयका लागि छोनुप गाविसस्थित नेचुङमा १०० रोपनी जग्गा सिमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, नेपाली सेनाका लागि लोमान्थाङमा एक हजार रोपनी जग्गा सीमाङकन गरिएको छ । कोरला नाका जाने मुख्य मार्ग जोमसोमदेखि कोरलासम्मको १०९ किलोमिटर बाटो स्तरोन्नति एवम् निर्माणका लागि बोलपत्र भैसकेको छ । मौसमको अनुकूलताका आधारमा आगामी फागुनदेखि काम सुरु हुने सम्भावना छ ।

पोखराबाट म्याग्दीको बेनीसम्म कालोपत्रे सडक र जोमसोम–लोमान्थाङ कच्ची मार्ग हुँदै चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका पुग्न सकिन्छ । नाकाबाट ३० किलोमिटरको दूरी पार गरेपछि ढोङ्वासेन पुगिने र त्यहाँबाट केही पर शिगात्सेबाट आएको चाइना नेसनल हाइवे भेटिने भएकाले प्रदेश नं ४ का लागि उत्तरी सम्पर्कको यो एक उपयुक्त मार्ग हुने देखिन्छ ।

नाका सञ्चालनको विषय लामो समय अघिदेखि पटक पटक चर्चाका आइरहेको भए पनि त्यसले गति नपाएको स्थानीयबासीले बताएका छन् ।
नाका खोल्न सडकको सहज पहुँच, भन्सार, सुरक्षा लगायतको विषयमा प्राथमिकता दिनुपर्ने बताइएको छ ।

जाजरकोटमा जागरण बिरुवा रोपौं बन जोगाउ

२१ भदौ, जाजरकोट ।
क्षेत्रीय बन निर्देशक राजबहादुर राउतले बिरुवा रोपेर बन हरियाली बनाउनु पर्ने बताउनु भएको छ । निजामती सेवा दिबसको अवसरमा जिल्ला बन कार्यालय जाजरकोटले गरेको बृक्षा रोपन कार्याक्रममा यस्तो कुरा बताउनु भएको हो ।

देशभरी बन अतिक्रमणले बिकराल रुप लिएको भन्दै यसलाई सबैले रोक थाप गर्नु पर्ने बताउनु भयो । सुकुमबासीको नाउमा गैर सुकुमबासीले बन क्षेत्र अतिक्रमण गरेको बताउनु भयो ।

बनको आयोजनामा जिल्ला अस्पतालको हाता भित्र पारिजात, चिउरी, बकान्नो, रिठा, सिसौं, मसला, अमला लगाएत विभिन्न जातका दुइ सय बिरुवा बृक्षा रोपन गरिएको जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटेलले बताउनु भयो ।

बृक्षा रोपन कार्याक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्थानीय विकास अधिकारी इन्द्र गौतम, योजना अधिकृत टेकबहादुर खत्री, बरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकाय, निमित्त जिल्ला स्वास्थ्य प्रमुख डा. चाँदनी जैसवाल, घरेलु अधिकृत शेरबहादुर शाही, जिल्ला शिक्षा अधिकारी ललीत विक्रम सिंह, त्रिउमावि खलंगाका प्र.अ हेरम्बबहादुर शाह, अनुसन्धान अधिकृत गोपाल पन्थी, निमित्त पशु विकास अधिकृत कपिल प्रसाद उपाध्या, पत्रकार, लगाएत कार्यालय प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गाली गरेपछि ओबामाले फिलिपिन्सका राष्ट्रपतिलाई भेट्न मानेनन्

२१ भदौ, काठमाडौं ।
आफुलाई गाली गलौज गरेपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेसँग भेट्न अस्वीकार गरेका छन् ।

लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनमा भेट्ने कार्यक्रम रद्दगर्दै ओबामाले आफुमाथि गरेको गालि गलौजको जवाफ दिएका हुन् ।

उक्त सम्मेलनमा जानु अघि डुटेर्तेले ओबामाको नाम लिंदै लाओसमा भेट्दा मानवअधिकारको प्रवचन नदिओस् । तपाईले सम्मान गर्नुपर्छ । मात्र प्रश्न गर्ने र बयान लिएर काम चल्दैन । यदि वेश्यापुत्र’ सँग यस्तो गरियो भने जवाफ दिन्छु । ’

उनले फिलिपिन्स एक सम्प्रभु देश भएको भन्दै यसको मालिक केवल फिलिपिन्सको जनता मात्र भएको बताएका थिए ।

डुटेर्ते राष्ट्रपति भएपछि लागू औषध तस्करविरुद्ध कडा रवैया अपनाएका छन् । अचम्मको कुरा के भने फिलिपिन्स लागू औषध तस्करको केन्द्र भएको भन्दै अनेक आलोचना गरेको अमेरिकाले नै तस्कर बिरुद्ध कडा नीति लिएपछि मानव अधिकार हनन भएको भन्दै बिरोध र आलोचना गर्न थालेको छ ।

डुटेर्तेले फिलिपिन्सको राष्टपति ३० जुनमा सम्हालेदेखि अहिलेसम्म २ हजार ४ सय भन्दा बढी लागू औषध तस्कार मारिएका छन् ।

राष्ट्रपति डुटेर्तेले ६ महिनामा एक लाख लागू औषध तस्करलाई समाप्त गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

म्यानपावरको शाखा अब जिल्लामा पनि

२१ भदौ, काठमाडौं ।
म्यानपावर व्यवसायीकै दवामा सरकारले म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन भन्दै जिल्लामा पनि शाखा कार्यालय रहन सक्ने व्यवस्था गर्ने भएको छ ।

सरकारले म्यानपावर एजेन्सीहरुले शाखा कार्यालय खोल्न अनुमति नपाउने हालको व्यवस्था तोड्दै नयाँ व्यवस्था गर्न लागेको हो ।

एजेन्ट अर्थात म्यानपावर दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ बनेको भन्दै सरकारले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिने तयारी गरेको हो ।

वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख भएपनि सरकारले ठगी बढ्नुका साथै अनुगमन र नियमनमा समस्या हुन सक्ने भन्दै शाखा खोल्न रोकेको थियो ।

तर अब केही समयभित्रै म्यानपावरहरुलाई शाखा विस्तार गर्न इजाजत दिने प्रक्रिया सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

एजेन्टका कारण वैदेशिक रोजगारीका जाने कामदार ठगिने क्रम झनै बढेकाले म्यानपावरको शाखा विस्तारलाई खुला गर्नु पर्ने तर्क अघि सारिएको हो ।

म्यानपावरलाई शाखा खोल्ने अनुमति दिनुअघि श्रम तथा रोजगार मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि जारी गर्ने भएको छ । अहिले मस्यौदा भइरहेको कार्यविधिलाई छिट्टै अन्तिम रुप दिएर मन्त्रीस्तरीय निर्णयबाट पारित गरिन लागिएको छ ।

‘मस्यौदामा कतिवटासम्म शाखा खोल्न दिने, के९के शाखा खोल्न पुरा गर्नुपर्ने, शाखाको सञ्चालन कसरी गर्ने, के९के नियम पालनना गर्ने रु लगायतका विषयहरु समेटिने बताइएको छ ।

आज ऋषि पञ्चमी, सप्तर्षिको पूजा आराधना गरिंदै

२१ भदौ, काठमाडौं ।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा आराधना गरींदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

परम्परा अनुसार रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइन्छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रहृमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय विश्वास रहि आएको छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ ।

सप्तषिर्को पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु, दुई गम्भिर

२१ भदौ, चितवन ।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान पौने चार बजे पृथ्वीराजमार्ग अन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक  त्रिशूलीमा खसेको हो ।

ट्रकमा रहेका अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो ।

मृत्यु भएकाको परिचय खुल्न सकेको छैन भने मृतक दुवै पुरुष रहेको र उनीहरु क्रमश २८ र ३५ वर्षका देखिन्छन् ।

घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह रहेका छन् ।

गम्भिर घाईते दुवै जनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ ।

राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने,किन ल्याउँदै छ डलर ?

काठमाडौं,भदौ २१ । डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ ।  विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउादा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो । निजी बैंकले राष्ट्र बैंक समक्ष डलर ल्याउने प्रस्ताव गरिसकेका छन् । बजारमा देखिएको डलर अभाव पूर्ति गर्नका लागि राष्ट्र बैंक आफैंले पहल थालेको छ । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ ।

बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एकरुपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्गो गरेर ल्याउन् प्रक्रिया थालेको हो । डलरको खोजीमा भौतारिदा पनि उपभोक्ता रित्तै हात फर्किनु परेपछि स्टान्र्डर्ड चार्टर्ड बैंक नेपालको नेतृत्वमा नविल बैंक, इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले सिंगापरबाट कार्गौ गरेर डलर ल्याउने आन्तरिक तयारी गरिरहेका छन् ।

उपमहानगरपालिकाको नमूना भवनै अवैधानिकः कार्यकारी अधिकृतको कार्यकक्ष पोखरीमाथि !

सुनसरी ,भदौ २१ ।  इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवन । त्यस्तै, पूर्वपट्टि सांस्कृतिक भवन छ । तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ । कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन् नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तर, यो भवन नक्सापास बिना नै निर्माण गरिएको हो । ०५४ मा नगरपालिका बनेको इटहरी ०७१ मा उपमहानगरमा स्तरोन्नति भयो । इटहरी उपमहानगर भएपछि पशुपति खतिवडा कार्यकारी अधिकृत भएर आए र अहिले महेशराज तिम्सिना कार्यकारी अधिकृत छन् ।

पोखरीमाथि भएकाले गर्मी मौसममा पनि कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवनमा शीतल हावा चल्छ । त्यही शीतल वातावरणमा केही तातो निर्णय भइरहेको हुन्छ उपमहानगरमा । अघिल्ला र अहिलेका दुवै कार्यकारी अधिकृतले केही तातो निर्णय गरिसकेका छन् यस भवनबाट । तर, अलिहेसम्म भवन नक्सापास नगरी बनाइएको भन्ने विषयमा भने दुवैजनाको ध्यान गएको देखिएन ।

उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले आफ्नो कार्यकक्ष रहेको भवन नक्सापासविना नै बनेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘तपाईँले यस विषयमा जानकारी दिनुभयो, अब म कार्यालयपरिसरका अवैधानिक भवनहरूलाई वैधानिक बनाउन विशेष पहल गर्नेछु । उपमहानगर कार्यालय परिसरमा ०५८ मा निर्माण भएको तीनतले सांस्कृतिक भवन पनि नक्सापास नगरी बनाइएको पाइएको छ । लक्जेम्बर्ग सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवन जग्गा विवादका कारण नक्सापास नगरी बनाइएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले बताए । बहुसांस्कृतिक संग्रहालय बनाउने उद्देश्यले निर्माण गरिए पनि भवनको दुईवटा कोठा सभाहलका रूपमा प्रयोग हुँदै आएको छ भने भुइँतलाको उत्तरतर्फको कोठा इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्दै आएको छ ।

उपमहानगरको नाममा जग्गा

इटहरी उपमहानगरपालिकाको नाममा इटहरीमै जग्गा नभएको भने होइन । सो जग्गामा कार्यालय सञ्चालनका लागि भवन निर्माण गर्न पहल मात्र नगरिएको पाइएको छ ।  सातामा दुई दिन आइतबार र बुधबार बजार लाग्ने वडा नम्बर २ मा उपमहानगरको नाममा दुई बिघा जग्गा छ । सो जग्गाको लालपुर्जा भने उपमहानगरकै नाममा रहेको वरिष्ठ इन्जिनियर दाहालले बताए । त्यस्तै टेंग्रा खोलाको पुलदक्षिणमा पनि उपमहानगरको नाममा दुई कट्ठा जग्गा छ । लालपुर्जा भएकै जग्गामा कार्यालय भवन निर्माणका लागि वेला–वेलामा पहल गरिए पनि सार्थक नभएको वरिष्ठ इन्जिनियर दाहालले बताए ।

नक्सापास नगरी कार्यालय भवन

इटहरी उपमहानगरपालिका कार्यालय परिसरले चर्चेको दुई बिघा जमिन अझै पनि उपमहानगरको नाममा छैन । पञ्चायतकालमै दुई बिघा १० धुर जग्गा प्राप्त भएको थियो । पञ्चायतकालमै १० धुर जग्गा इटहरी पञ्चायतको नाममा आएको थियो । तर, बाँकी दुई बिघा जग्गा गणतन्त्र आएपछि नगरपालिका उपमहानगरमा स्तरोन्नति हुँदासम्म पनि कार्यालयको नाममा आएको छैन ।

भोगाधिकारबाहेक इटहरी उपमहानगरसँग यस जग्गाको लालपुर्जा छैन । पञ्चायतकालमा तत्कालीन प्रधानपञ्च रामकुमार सुब्बाले स्थानीय चौधरी समुदायबाट जग्गा प्राप्त गराएका हुन् । जग्गा प्राप्त भएको केही समयपछि एकतले भवन बनाइएको थियो । गाविस हुँदासम्म नक्सापास गर्नुपर्ने चलन थिएन । भवन नक्सापास नगरी पिल्लर र रडविना नै बनाइएको थियो । इटहरी ०५४ मा नगरपालिका बन्यो र नक्सापास गर्नुपर्ने व्यवस्था लागू भयो । तर, ०५६ मा माथिल्लो तला थप गरिए पनि नक्सापासको प्रक्रिया भने अगाडि बढाइएन ।

नक्सापास हुन आफ्नै नाममा जग्गा हुनुपर्ने भएकाले अहिलेसम्म नक्सापास नभएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले जानकारी दिए । जग्गा नगरपालिका हुँदादेखि नै आफ्नो नाममा ल्याउन पहल भए पनि अहिलेसम्म ल्याउन नसकिएको उनले बताए । उनले जग्गा सरकारको नाममा भएकाले नक्सापास नभएको भन्दै बाध्यतालाई सबैले बुझिदिनुपर्ने बताए ।

‘स्वतन्त्र गुट’ अस्तित्व खोज्दै सिटौला,तरुण दल र महिला संघमा एक्लै चुनाव लड्ने

काठमाडौं,भदौ २१ । भदौको अन्तिम साता हुने महिला संघ र असोज पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ । कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थापित गर्न सिटौला पक्षले तरुण दल र महिला संघमा एकलै निर्वाचन लड्ने तयारी गरेको हो । त्यसका लागि सिटौला पक्षले तरुण दल र महिला संघको चुनावको गृहकार्यलाई निकै तीव्र बनाएका आजको राजधानी दैनिकमा समाचार छ । सिटौला पक्षधर नेताले तरुण दल र हिला संघको चुनावमा एक्लै लडेर आफ्नो शक्ति देखाउने तयारी गरेका छन् । सिटौला पक्ष्धर लनेताहरुले सोमबार काठमाडौंमा तरुण दलका महाविशन प्रतिनिधिहरुको बृहत् भेला गरेको थियो । यसैगरी सिटौला पक्षले केही दिनअघि महिला संघका महाधिवेशन प्रतिनिधिको भेला गरेको थियो । सिटौला पक्षधर नेताहरु नेविसंघ महाधिवेशनपछि उत्साहित भएका छन् । तरुण दल र महिला संघको चुनावमा नेविसंघमा झै शेरबहादुर देउवा पइासँग सहकार्य नगरी एकल रुपमा चुनाव लड्ने तयारी सुरु गरिएको सिटौला पक्षका एक नेताले बताए ।

प्रधानमन्त्रीको घोषणाले मुख्य सचिव नै अनविज्ञ,थप अनुदान ‘कहाँबाट?

काठमाडौं,भदौ २१ । भूकम्प प्रभावित क्षेत्रमा प्रमाणित लाभग्राहीलाई निजी आवास अनुदानबापतको रकममा एक लाख रुपैयाँ थप्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणामा मुख्य सचिव सोमलाल सुवेदी अनभिज्ञ देखिएका छन्। संसदीय विकास समितिको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले एक लाख रुपैयाँ अनुदान थप्ने विषयलाई चाँडै मन्त्रिपरिषद्बाट निर्णय गराउने घोषणा गरेर हिँडेलगत्तै मन्त्रिपरिषद् बैठकका निर्णय माइन्युटमा लेख्ने मुख्यसचिव सुवेदीले अनभिज्ञता व्यक्त गरेको खबर आजको अन्नपूर्णमा समाचार छापिएको छ।

समितिका सभापति रवीन्द्र अधिकारीले भूकम्प प्रभावित क्षेत्रका लाभग्राहीलाई एक लाख रुपैयाँ अनुदान थप्ने प्रधानमन्त्री दाहालको घोषणा कार्यान्वयनमा लैजान लाग्ने करिब ८० अर्ब रुपैयाँसहित पुनर्निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउने क्रममा मुख्यसचिव सुवेदीले अनभिज्ञता प्रकट गरेका हुन्।

‘अर्थ मन्त्रालयले सम्भाव्यता अध्ययन नगरी ८० अर्ब रुपैयाँ हामीले कसरी दिन सक्छौं। यो कस्तो आदेश हो ? ’ सुवेदीले प्रश्न उठाए। जबाफमा सभापति अधिकारीले भने, ‘यो प्रधानमन्त्रीले भनिसक्नुभएको विषय हो।’ त्यसपछि मुख्यसचिव सुवेदी विषयलाई सैद्धान्तीकरण गर्न थाले। ‘क्यास ट्रान्सफरले रिजल्ट कम ल्याउँछ। अनफन्डेड म्यान्डेडमा निर्णय गर्दा समस्या आउँछ। अर्थले दिन्छ भने हामीलाई समस्या भएन तर त्यसलाई एक्सप्लोर त गर्नुप¥यो नि’, सुवेदीले भने।

सभापति अधिकारीले भने, ‘अर्थ मन्त्रालयले पटकपटक पैसा अभाव देखाएको छ। त्यो अभाव पूर्ति नगरेमा यो काम हुन सक्दैन। समग्र विषयमा हाम्रो गम्भीरतापूर्वक ध्यानाकर्षण र चासो हो। संसदीय समितिको चासो धेरै महत्वपूर्ण छ।’

समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमिसुधार मन्त्रालयका अधिकारीले अर्थ मन्त्रालयले बजेट नदिएका कारण आफूहरूले अगाडि सारेका सम्पदा पुनर्निर्माण र भूमि व्यवस्थापनसम्बन्धी कार्य अगाडि बढाउन नसकिएको गुनासो गरेका थिए। अर्थसचिव शान्तराज सुवेदीले ८० अर्ब रुपैयाँ उपलब्ध गराउन आफूलाई रुलिङ नगर्न आग्रह गरे।

‘८० अर्ब रुपैयाँ छुट्टै व्यवस्थापन गर्न बजेटको सिलिङलाई तोड्नुपर्ने हुन्छ। बजेट विनियोजन छैन। त्यसका लागि कतैको बजेट खोसिने हो। जहाँको बजेट खोसिन्छ, त्यस्तो अवस्थामा त्यो निकायले समर्थन गर्नुपर्ने अवस्था आउँछ’, अर्थसचिव सुवेदीले भने।

‘अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता व्यक्त भएको वास्तविक रकम करिब तीन सय ५० अर्ब रुपैयाँमात्रै देखिएको र पुनर्निर्माणसम्बन्धी पञ्चवर्षीय योजनाको खाकाले आठ सय ३८ अर्ब रुपैयाँ आवश्यक परेको परिपे्रक्ष्यमा प्रतिबद्धताअनुसारका रकम प्राप्त हुँदासमेत करिब चार सय ८८ अर्ब रुपैयाँ न्यून हुने देखिन्छ।

प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम थप एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदा करिब ८० अर्ब आवश्यक पर्ने भई कुल न्यूनता कबिर पाँच सय ६८ अर्ब हुन जान्छ। हाम्रो वास्तविकता यही हो’, समितिका सभापति अधिकारीले बैठकका निर्णय सुनाउँदै भने, ‘अतः एकातर्फ प्राप्त रकम द्रुतगतिमा खर्च गरेर अर्कोतर्फ आन्तरिक र बाह्य स्रोत परिचालन गर्न विशेष कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने देखिन्छ।’

पुनर्निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न पनि समितिले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ। अर्थले अघिल्लो वर्ष प्राधिकरणलाई ७४ अर्ब बजेट विनियोजन गरेको थियो भने त्यसमा ७२ अर्ब रुपैयाँको अख्तियारी दिएको थियो। त्यसमध्ये चार अर्ब ४८ करोड रुपैयाँमात्रै प्राधिकरणले खर्च गरेको थियो। चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले प्राधिकरणलाई ८३ अर्ब ८३ करोड रुपैयाँको अख्तियारी दिइसकेको छ।

भूकम्पपछिका अघिल्ला दुई सरकारले भूकम्प प्रभावित क्षेत्रका लाभग्राहीलाई दुई लाख रुपैयाँ अनुदान तीन चरणमा उपलब्ध गराउने घोषणा गरेका थिए। ‘एक लाख रुपैयाँ थप्ने तयारी भएको छ। केही दिनभित्र एक लाख थप्ने निर्णय गरिन्छ। अनुदान रकमलाई तीन लाख पुर्‍याइन्छ। निर्माण सामग्री र अन्य सहुलियत ऋण गरी पाँच लाख पुर्‍याउँदा मात्रै भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ’, प्रधानमन्त्री दाहालले बैठकमा भनेका थिए।

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक !

काठमाडौं,भदौ २१ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको हो ।

दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशका लागि सोही कार्यालयका कुनै न कुनै कर्मचारीको तोक नलगाई पस्न नपाउने व्यवस्था गरिएको अाजको राजधानी दैनिकमा समाचार छ । प्रधानमन्त्रीको नयाँ नीति तथा योजनाबारे बुझ्न सोमबार सिंहदरवार पुगेका एक पत्रकारले प्रधानमन्त्री कार्यालयको गेटबाट भित्र प्रवेश नै नपाएको गुनासो गरे ।

यसअघि प्रधानमन्त्रीको कार्यालय प्रवेशमा सर्वसाधारणलाई भने भित्रबाट तोक लगाउनुपर्ने अवस्था रहँदै आएको थियो । तर प्रेसलाई त्यस्तो कुनै रोकतोक नभए पनि नयाँ सरकार आएसँगै प्रेसलाई समेत सहज प्रवेश रोकिएको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web