काठमाडौं,भदौ २१ । एसियन पब्लिक स्कुल र द चाँदबाग स्कुलले सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । एसियन ब्वाइज तथा चाँदबाग गल्र्समा च्याम्पियन बने ।

मैतीदेवीस्थित मार्भलस इङलिस स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा एसियनले चाँदबागलाई ५७–४२ ले पराजित ग¥यो । विजेताका रजिन तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ३१ अंक जोडे । तेश्रो स्थानमा चित्त बुझाएको मार्भलसले मार्टियर्सलाई ४०–१९ ले हरायो । मार्भलसका प्रवीण लामाले १९ अंक जोडे ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स उपाधि भिडन्तमा चाँदबागले बृहस्पति विद्या सदनलाई २२–१२ ले पाखा लगायो । विजेताकी अन्सु गुरुङले ८ अंक जोडिन् । तेश्रो स्थानका लागि भएको खेलमा हेम्सले स्याबलाई १५–१० ले पन्छायो । हेम्सकी सुस्मिता सुर्मेलीइले १० स्कोर गरिन् ।

ब्वाइजमा एसियनका रजिन तामाङ तथा गल्र्समा हेम्सकी सुस्मिता सुर्मेली सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिताभर रजिनले ८७ तथा अन्सुले २१ अंक जोडे । ब्वाइजमा काठमाडौं इङलिस स्कुल (केईएस) र गल्र्समा स्याबले अनुशासित टिमको उपाधि हात पारे । विजेतालाई केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजक प्याब्सन मध्य क्षेत्रीय समितिका अध्यक्ष सुकुमार थपलियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १६ गतेदेखि सुरु प्रतियोगताको ब्वाइजमा १२ तथा गल्र्समा १० टिम सहभागी थिए ।

20.12¡ÆC