सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा

काठमाडौं,असोज १२ । थ्रीस्टार क्लब भारतको गुवाहाटीमा चलिरहेको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतको सिक्किम युनाईटेडलाई ४–१ ले हराउँदै थ्री स्टार फाइनल पुगेको हो ।

समूह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले समूह ‘बी’को उपविजेता घरेलु टिम सिक्किमलाई हराएको हो । गुवाहाटीको नेहरु स्टेडियममा बुधबार भएको पहिलो सेमिफाइनल जितेको थ्रीस्टारले फाइनलमा इस्ट बंगाल र सिलोङ लाजोङ फुटबल क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि समूह चरणका खेलमा थ्री स्टारले दुई खेल बराबरी र एक खेल जितेको थियो । प्रतियोगिताको विजेताले १६ लाख रुपैयाँ र उपविजेताले आठ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

भारत-पाकिस्तान द्वन्द्वले अन्यौलमा सार्क शिखर सम्मेलन

काठमाडौं,असोज ११ । भारतले आगामी महिना हुने १९ औ‌ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेको छ । मंगलबार नयाँ दिल्लीमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारत शिखर सम्मेलनमा सहभागी नहुने बताएका हुन्। सार्क शिखर सम्मेलनमा आफू सहभागी नहुनुको कारणबारे भारतले भनेको छ, ‘सीमाक्षेत्रमा भइरहेका आतंककारी गतिविधि बढिगएको तथा एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सफलतापूर्वक सार्क सम्मेलन सम्पन्न गर्ने वातावरण छैन।’

भारतले सार्कको वर्तमान अध्यक्ष नेपाललाई १९ औँ सार्क शिखर सम्मेलन इस्लामावादमा सफलतापूर्वक सम्पन्न गर्न नसकिने वातावरण सिर्जना भएको जानकारी समेत दिएको छ। यस विषयमा सार्कको अध्यक्ष नेपालको आधिकारिक धारणा सार्वजनिक भएको छैन। सेप्टेम्बर १८ मा भारत प्रशासित जम्मु कास्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ। यो आक्रमणमा ८५ जना सर्वसाधारणको मृत्यु भएको थियो।

विश्व च्याम्पियनसिका लागि जोरखाने छनोट सुरु

काठमाडौं, असोज ११  । इन्डोनेसियाको जकार्तामा हुने दोश्रो जोरखाने स्पोर्ट्स तथा कुस्ती विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट मंगलबारदेखि त्रिपुरेश्वरमा सुरु भएको छ ।

पहिलो चरणमा ९ पुरुष खेलाडीलाई १० दिने बन्द प्रशिक्षणमा राखिएको छ । ९ मध्ये ७ खेलाडीको अन्तिम छनोट गरिने अन्तर्राष्ट्रिय जोरखाने स्पोर्ट्स महासंघका अन्तर्राष्ट्रिय निर्णायक एवं प्राविधिक कमिटीका सदस्य रविन घिमिरेले जनाएका छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा मिलन राना मगर, कमल श्रेष्ठ, अरुणप्रसाद सापकोटा, अनन्त अर्याल, सुमिर साह, अनुजसिंह श्रेष्ठ, मुकेशकुमार साह, कुन्दन सतुवा र ब्रम्हदेवप्रसाद यादव रहेका छन् ।

छनोटको अवलोकन गर्न इरानबाट अन्तर्राष्ट्रिय जोरखाने स्पोर्ट्स महासंघबाट फर्सिद जलाइली काठमाडौं आएका छन् । विश्व च्याम्पियनसिप अक्टोबर ६ देखि १२ तारिखसम्म हुनेछ ।

धादिङमा भएको बस दुर्घटनाबारे छानविन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौं,असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्ले स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको छ । बैठकले आइतबारको प्रमूख तीन दलको बैठकमा भएको सहमतिअनुसार पुराना इलाकीय संरचनालाई आधार मानेर स्थानीय तह पूनर्संरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भन्नुभयो, ‘आजको बैठकले पुराना इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको पूनर्संरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको छ ।

पुराना इलाका नगरपालिकामा गाभिइसकेको भए त्यस्ता इलाकामा थप गाविस समेटेर नगरपालिकामा राखिने छ । अबका अतिरिक्त स्थानीय आवश्यकता, सघनता र अनुकूलता हेरेर आयोगले थप निर्णय लिन सक्नेछ ।’

बैठकले पूर्व गृहमन्त्री माधव घिमिरेको दुर्घटना र धादिङमा भएको बस दुर्घटनाबारे छानविन गर्न पूर्व महानिरीक्षक कुवेर रानाको नेतृत्वमा पाँच सदस्यीय आयोग गरेको छ । आयोगलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न र सडक दुर्घटना रोक्ने दीर्घकालीन उपायहरुबारे सुझाव पेश गर्न कार्यदेश दिइएको छ ।

धादिङमा बस दुर्घटना मृत्युहुनेको संख्या १४ पुग्यो

धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ मृत्यु गुनासो संख्या १४ पुगेको छ ।भने ठूलो संख्यामा घाइते भएका छन् ।

(आज)मंगलबार बिहान धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११:३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ ।

बसको छत र सीटमा टनाटन यात्रु भएको प्रहरिले बताएको छ।

पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो ।

घटनास्थलमा हाल प्रहरी पुगिसकेको छ । दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार गरेको स्थानीय उद्दारकर्ताहरुले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सरकारले झुलाउने काममात्र गरेपछि डा केसी नवौँ पटक आमरण अनशनमा

११ असोज, काठमाडौं ।
आफ्ना माग पूरा नभएको भन्दै सामाजिक अभियन्ता प्राध्यापक डा गोविन्द केसीले आजदेखि पुनः नवौँ आमरण अनशन सुरु गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी उहाँले सरकारले यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नु परेको बताउनुभयो ।

यसअघि यही असोज ३ गते नै अनशनको घोषणा गर्नुभएका उहाँले शिक्षा स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गर्नुभएको थियो ।

डा. केसी सोमबार अपराहृनबाट अनसनमा बस्नुभएको हो । डा. केसीले भन्नुभयो ‘लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया सुरु नभएसम्म अनसन तोड्दिन ।’

सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै सामाजिक अभियन्ता केसीले अब लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रक्रिया सुरु नभइ अनसन नरोकिने प्रष्ट पार्नुभएको छ ।

डा. केसीले सरकार माफियाले चलाएको भन्दै आईओएमको एउटा डिन नियुक्त गर्न नसक्नेले अरु के गर्नसक्छ रु भन्दै सरकारमाथि प्रश्न समेत गर्नुभयो ।

डा. केसीले आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, विवादीत अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने माग राख्दै आउनुभएको छ ।

डा.केसीले यसअघि लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग राख्दै आउनुभएकोमा नवौं अनसनमा अर्का विवादीत आयुक्त सिंहमाथि पनि महाअभियोग लगाउन माग गर्नुभएको छ ।

मायांका र माहिकालाई उपाधि

काठमाडौं, असोज १०  । जुम्ल्याहा दिदी मायांका र बहिनी माहिका राणाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्स उपाधि सोमबार जितेका छन् । तीन जोडी सहभागी राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।

राउन्ड रोविनको समाप्तिसंगै इरा रावत र अभिलाषा विष्टको जोडी दोश्रो भए । अघिल्लो दिन उक्त जोडीले विभूति र विजिशालाई नै हराएका थिए । ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधिका लागि मायांका र इरा भिड्ने भएका छन् । सेमिफाइनलमा मायांकाले बहिनी माहिकालाई ६–०, १–६ र ६–० ले हराइन् भने इराले भगवती विकलाई ६–२ र ६–१ ले पाखा लगाइन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले सन्तोष खत्री र आत्माराम कार्कीको जोडीलाई ७–६ र ६–४ तथा महेश श्रेष्ठ र संरक्षकभूषण वज्राचार्यको जोडीले अनिल शाही र शक्ति शर्माको जोडीलाई ६–३ र ६–४ को सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।

पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले श्रीराम मगरलाई ६–७, ६–२ र ६–१, सन्तोष खत्रीले रेन्जन लामालाई ६–३, ३–६ र ६–४, कमल भण्डारीले अनिल शाहीलाई ६–३ र ६–२ तथा नवीन मगरले प्रणव खनाललाई ६–४ र ६–३ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एन्टीभाइरसको नयाँ संस्करण नेपाली बजारमा

काठमाडौं,असोज १० । क्यास्परस्की  एन्टीभाइरसको नयाँ संस्करण नेपाली बजारमा आएको छ ।  सागर ट्रेडलिंकले क्यास्परस्की  एन्टीभाइरसको नयाँ संस्करण सार्वजनिक गरेको हो ।  सोमबार काठमाडौमा एक समारोहबीच

सार्वजनिक गरिएका क्यास्परस्की टोटल सेक्युरिटी, क्यास्परस्की इन्टरनेट सेक्युरिटी र क्यास्परस्की एन्टीभाइरसले व्यक्तिगत एवं पारिवारिक डिजिटल सम्पतिको संरक्षणमा उल्लेखनीय सहयोग गर्ने सागर ट्रेडलिंकले जनाएको छ ।  तीन वटै एन्टीभाइरस कम्प्युटर, ल्यापटप र  म्याक कम्प्युटरका अतिरिक्त एन्ड्रोइड स्मार्टमाफोन, आइफोन र आइप्याडमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

राजेशपायल राइको ‘दर्शन नमस्ते ३’ सार्वजनिकसँगै १५ लाखमा विक्री

काठमाडौं । हरेक क्षेत्रमा गायनको पाटोबाट अब्बल मानिने गायक राजेश पायल राइको दर्शन नमस्ते -३ सार्बजनिक भएको छ । राजधानीको होटल इन्देणीमा एक भब्य समारोहका साथमा सम्पन्न कार्यक्रममा सुगम देखि लोक /पप,चलचित्र  सम्मका कलाकारहरुको बाक्लो उपस्तिथिमा सम्पन्न कार्यक्रममा गायक राइले आफ्नै माता पिताको हातबाट एल्बम सार्बजनिक गरेका हुन् ।

फरक-फरक स्वादका गीत समावेश गरिएको एल्बमलाई विन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो । कार्यक्रममा विन्धवासिनीले गायक राइलाई १५ लाखको चेक हस्तान्तरण गरेको थियो ।१५ लाखमा एल्बमको सर्बाधिकार  किनिएको हो । नेपाली सांगीतिक क्षेत्रको व्यापारिक बजारमा खस्किरहेको समयमा राइलाई विन्धवासिनीले मोटो रकम दिएर नयाँ प्रथाको सुरुवात गरेको छ ।

संगीत ब्यबासायी सुबास रेग्मीले कार्यक्रमको बिसर्जन गर्दै भने "हामी सिंगो नेपाली संगीत जगतको संरक्षणमा लागि पर्दै आएका छौ ।श्रष्टाको सृजना यो खडेरीको समयमा किन्नु  आफ्नै ज्यान किस्ताबन्दीमामा राखे सारा हो "।सोहि क्रममा बोल्दै रेग्मीले भने "मैले  आफैले भोगेको छु मेरी धर्मपत्नी लिना रेग्मी शर्माको गहना बेचेर श्रष्टाको सृजनालाई बजारमा ल्याएको छु ।

कमाउन भन्दा पनि गुमाउन म अग्रसर छु । फाइदा छैन भनौ भने यही ब्यबासायी गर्नेहरुको ५ तले घर छन् ,चिल्लो कारमा हिड्छन तर त्यो सपना मैले देखिन किनकि म कलाकारको लागि सोच्ने व्यक्ति त्यसैलाई निरन्तरता दिने छु"। सोहि क्रममा बिभिन्न संगीतकर्मीहरुले राजेश पायल राइलाई शुभकामना व्यक्त गरे ।गीतको म्यूजिक भिडियो भने केहि समय पछी बजारमा आउने विन्ध्यवासिनीका प्रबन्धक निर्देशक सुबास रेग्मीले जानकारी दिएका छन ।

अझै भेटिएनन् पूर्व गृहमन्त्री घिमिरे,मंगलबार काठमाडौं र पोखराबाट गोताखोर लगिने

काठमाडौं, असोज १० । मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किदै गरेको पूर्व गृहमन्त्री सवार जिप आइतबार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका माधव घिमिरे अझै भेटिएका छैनन् । पूवमुख्यसचिवसमेत रहेका माधव घिमिरेसँगै उनका दुई भाइहरूसमेत सो घटनामा परी वेपत्ता भएका छन् ।

घिमिरेसहित हराइरहेका भाइ मोहन र प्रकाशको खोजीका लागि प्रशासनले प्रहरी, सशस्त्र तथा नेपाली सेना त्रिशूली नदीमा खटाइरहेको छ । चिवतनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार नेपाली गोताखोरले त्रिशूली नदीको २६ मिटरसम्म खोजी गरेको थियो । तर, नदीमा पानी अत्यधिक रहेका कारण २६ मिटर तल पस्दा पिँधसमेत फेला पार्न नसकेको उनले जानकारी दिएका छन् ।

आइतबार बेलुकादेखि नै खोजी कार्य जारी राखेको भए पनि सोमबार राती अबेरसम्म पनि फेला नपरेपछि मंगलबार काठमाडौं र पोखराबाट  थप गोताखोरको टिमले खोजी गर्ने सशस्त्र प्रहरीका एसपी गणेश बहादुर थापाले जानकारी दिए ।

“हामीले दुई दिनदेखि खोजी जारी राखेका छौं,” थापाले भने,“अहिलेसम्म फेला पार्न सकेनौं । मंगलबार काठमाडौं र पोखराबाट पनि गोताखोर झिकाएर खोजी गर्ने तयारीमा छौं ।” उनका अनुसार घोप्टेभीरदेखि मुग्लिनसम्मको दुई किलोमिटर क्षेत्रमा खोजी भइरहेको छ । बाढी र उच्च बहावका कारण खोजीमै समस्या भइरहेको बताइएको छ ।

कुरिनटार र मुग्लिनको बीचमा पर्ने घोप्टेभीरबाट घिमिरेसहित परिवार चढेको बा ९ च १५३१ जीप खसेको  थियो । आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले, निजी सुरक्षाकर्मी रामचन्द्र कार्की मृत फेला परेका थिए । हाम फालेर बाँचेका चालक विष्णु राईको उपचार भइरहेको छ ।

माओवादीले खोलाले बनाएको भनेको गोलीको पोको जाजरकोटको जंगलमा भेटियो (फोटो फिचर)

१० असोज, जाजरकोट ।
तत्कालिन नेकपा माओवादी नेतृत्वले १० बर्षे युद्धका क्रममा सुरक्षाकर्मीबाट लुटेको र भारतबाट किनेको ठूलो परिमाणको हतियार सरकारलाई बुझाउँदा खोलाले बगाएको बताएपनि आज जाँजरकोटमा प्रहरीले ठूलो मात्रामा गोलीको पोको जंगलमा फेला पारेको छ ।

जाजरकोट प्रहरीले भेरीमालिका ३ स्थित स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारेको छ ।

जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीभरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनु भयो । जाजरकोट डोल्पा सडकको दक्षिण तर्फ १ सय मीटर तल उक्त परिमाणको गोली फेला परेका निरीक्षक बोहराले बताउनु भएको छ ।

सडकममा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखे पछि प्रहरीलाई खबर गरेको बोहराको भनाइ छ । फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा नलाग्ने खालको भएको बोहराले बताउनु भयो । ३ राउण्ड मात्र एस एमजीमा प्रयोग  हुने खालको छ ।

सशस्त्र द्वन्द कालमा लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपरस्ट पारेर भागेको अनुमान गरीएको निरीक्षक बोहराले बताउनु भयो ।

२ बर्ष अघि प्रहरीले नगरपालिकाकै रिम्ना स्थित रानीबनमा ठुलो मात्रामा हतियार फेला पारेको थियो ।

सुजाता कोइराला भन्छिन्-‘तत्काल संविधान संशोधन आवश्यक छैन’

१० असोज, विराटनगर ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल संविधान संशोधन आवश्यक नभएको बताएकी छिन् ।

नेपाल प्रेश युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा वोल्दै कोइरालाले संविधान संशोधनभन्दापनी संविधान कार्यान्वयनतर्फ दलहरु लाग्नुपर्ने बताइन् ।

उनले संविधान हेरफेर गर्दै जानेहो भने मुलुकका ७५ वटै जिल्लामा असन्तुष्टि वढने र  अस्थिरता छाउने बताइन् ।

नेपाली कांग्रेस नेतृ समेत रहेकी कोइरालाले संविधान सशोधनगर्न सवैदलको सहमती आवश्यक भएकाले प्रतिपक्षी दललाइ सहमतीमा नल्याई संविधान संशोधन हुन नसक्ने स्पष्ट पारिन् ।

कोइरालाले नया संविधानले सातवटा प्रदेश कायम गरिसकेकाले यसैलाई कार्यान्वयन गर्नुपर्ने र पछि समय अनुकुल संविधान कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिइन् ।

नेतृ कोइरालाले राष्ट्रको अहित हुने काम आफुहरुलाई कुनैपनी हालतमा स्विकार्य नहुने भन्दै कांग्रेसको नेतृत्वले पनी मुलुकको हित विपरित काम गर्छ भने त्यसलाई स्वइकारगर्न नसकिने स्पष्ट पारिन् ।

कोइरालाले नेतृत्वले गलत निर्णय गरे वैठक छाडेर जाने तर त्यसता कुरामा सम्झौता नर्गने भनाइ राखिन् ।

कोइरालाले आफु मात्रै होइन काग्रेसको ठुलो समुह राष्ट्र हित विपरित काम गर्ने पंक्षमा छैनन त्यसलाइ नेतृत्व तहले गंभिरता पुर्वक लिनुपर्ने बताइन् ।

पार्टी भित्र देखिएको गुट उपगुटका कारण नेपाली कांग्रेसको भविष्य समेत अन्यौल वन्दै गएको भन्दै कोइरालाले पार्टी नेतृत्वले मिलाउ सक्नु पर्ने नभए पार्टीको छवी समेत धमिलिदै जाने अवस्था आएको बिचार राखिन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web