अझै भेटिएनन् पूर्व गृहमन्त्री घिमिरे,मंगलबार काठमाडौं र पोखराबाट गोताखोर लगिने

अशोज १०, २०७३ मा प्रकाशित | 900 views

काठमाडौं, असोज १० । मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किदै गरेको पूर्व गृहमन्त्री सवार जिप आइतबार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका माधव घिमिरे अझै भेटिएका छैनन् । पूवमुख्यसचिवसमेत रहेका माधव घिमिरेसँगै उनका दुई भाइहरूसमेत सो घटनामा परी वेपत्ता भएका छन् ।

घिमिरेसहित हराइरहेका भाइ मोहन र प्रकाशको खोजीका लागि प्रशासनले प्रहरी, सशस्त्र तथा नेपाली सेना त्रिशूली नदीमा खटाइरहेको छ । चिवतनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार नेपाली गोताखोरले त्रिशूली नदीको २६ मिटरसम्म खोजी गरेको थियो । तर, नदीमा पानी अत्यधिक रहेका कारण २६ मिटर तल पस्दा पिँधसमेत फेला पार्न नसकेको उनले जानकारी दिएका छन् ।

आइतबार बेलुकादेखि नै खोजी कार्य जारी राखेको भए पनि सोमबार राती अबेरसम्म पनि फेला नपरेपछि मंगलबार काठमाडौं र पोखराबाट  थप गोताखोरको टिमले खोजी गर्ने सशस्त्र प्रहरीका एसपी गणेश बहादुर थापाले जानकारी दिए ।

“हामीले दुई दिनदेखि खोजी जारी राखेका छौं,” थापाले भने,“अहिलेसम्म फेला पार्न सकेनौं । मंगलबार काठमाडौं र पोखराबाट पनि गोताखोर झिकाएर खोजी गर्ने तयारीमा छौं ।” उनका अनुसार घोप्टेभीरदेखि मुग्लिनसम्मको दुई किलोमिटर क्षेत्रमा खोजी भइरहेको छ । बाढी र उच्च बहावका कारण खोजीमै समस्या भइरहेको बताइएको छ ।

कुरिनटार र मुग्लिनको बीचमा पर्ने घोप्टेभीरबाट घिमिरेसहित परिवार चढेको बा ९ च १५३१ जीप खसेको  थियो । आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले, निजी सुरक्षाकर्मी रामचन्द्र कार्की मृत फेला परेका थिए । हाम फालेर बाँचेका चालक विष्णु राईको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web