११ असोज, काठमाडौं ।
आफ्ना माग पूरा नभएको भन्दै सामाजिक अभियन्ता प्राध्यापक डा गोविन्द केसीले आजदेखि पुनः नवौँ आमरण अनशन सुरु गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी उहाँले सरकारले यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नु परेको बताउनुभयो ।

यसअघि यही असोज ३ गते नै अनशनको घोषणा गर्नुभएका उहाँले शिक्षा स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गर्नुभएको थियो ।

डा. केसी सोमबार अपराहृनबाट अनसनमा बस्नुभएको हो । डा. केसीले भन्नुभयो ‘लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया सुरु नभएसम्म अनसन तोड्दिन ।’

सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै सामाजिक अभियन्ता केसीले अब लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रक्रिया सुरु नभइ अनसन नरोकिने प्रष्ट पार्नुभएको छ ।

डा. केसीले सरकार माफियाले चलाएको भन्दै आईओएमको एउटा डिन नियुक्त गर्न नसक्नेले अरु के गर्नसक्छ रु भन्दै सरकारमाथि प्रश्न समेत गर्नुभयो ।

डा. केसीले आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, विवादीत अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने माग राख्दै आउनुभएको छ ।

डा.केसीले यसअघि लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग राख्दै आउनुभएकोमा नवौं अनसनमा अर्का विवादीत आयुक्त सिंहमाथि पनि महाअभियोग लगाउन माग गर्नुभएको छ ।

19.12¡ÆC