काठमाडौं,असोज १२ । थ्रीस्टार क्लब भारतको गुवाहाटीमा चलिरहेको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतको सिक्किम युनाईटेडलाई ४–१ ले हराउँदै थ्री स्टार फाइनल पुगेको हो ।

समूह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले समूह ‘बी’को उपविजेता घरेलु टिम सिक्किमलाई हराएको हो । गुवाहाटीको नेहरु स्टेडियममा बुधबार भएको पहिलो सेमिफाइनल जितेको थ्रीस्टारले फाइनलमा इस्ट बंगाल र सिलोङ लाजोङ फुटबल क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि समूह चरणका खेलमा थ्री स्टारले दुई खेल बराबरी र एक खेल जितेको थियो । प्रतियोगिताको विजेताले १६ लाख रुपैयाँ र उपविजेताले आठ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

27.12¡ÆC