काठमाडौं ।
श्रममन्त्री सूर्यमान गुरुङले खाडी मुलुकमा जेल जीवन बिताइ रहेका नेपाली नागरिकलाई सरकारले नेपाल फिर्ता ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले खाडीको कारागारमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा नेपाल फर्काउन समस्या भइरहेको बताउनुभयो ।

मन्त्री गुरुङले गैरकानुनी तरिकाबाट वैदेशिक रोजगारमा पठाउनेलाई सरकारले कडा कारबाही गर्ने बताउनुभयो ।

१२ असोज, काठमाडौं ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चौथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको आज काठमाडौंमा घोषणा गरिएको छ ।

राप्रपाले आज गरेको कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टीले संविधान संशोधनमार्फत् नेपाललाई सनातनधर्म सापेक्ष हिन्दू– राष्ट्र घोषणा गराउन पार्टीले अभियान चलाउने बताउनु भयो ।

उहाँले वर्तमान परिस्थितिमा परराष्ट्र नीतिका सञ्चालकले कुटनीतिक सिल्प, कलाकौसल र बुद्धिमता देखाउन सक्नुपर्नेमा जोड दिनु भयो ।

Minister for Urban Development, Arjun Narsingh KC, said the government is holding discussions with the political parties for amending the constitution soon.

Speaking to journalists in Birathnagar today, Minister KC shared that the government has already made preparations for amending the constitution before the Dashain with an agreement among the parties.

Nepal Telecom (NT), the state-owned telecommunications provider, has got authority to expand the 'optical fiber network' to 32 districts along the Mid-Hill (Pushpalal) Highway.

The Company and Nepal Telecommunications Authority today signed an agreement towards this end in the presence of Information and Communications Secretary Dinesh Kumar Thapaliya.

The agreement that will remain in force for the next two years has given permission to the NT to install high-speeding optical fiber on 2,376 kilometers of area stretching from Chiwabhanjyang of Panchthar to Salyantar of Dhading.

Authority Chair Digambhar Jha and NT Managing Director Kamini Rajbhandari signed on the agreement on behalf of respective sides.

Nepal is celebrating the 26th International Day of Older Persons on coming October 1 by organising various programmes for a week.

The theme for this year's International Day of Older Persons is ' Take a Stand against Ageism". This is set by the United Nations.

The latest statistics puts the number of older persons across the world at over 700 million and this is on the increasing graphs. The existing demographics of ageing makes up over 10 per cent of the total global census chart.

The government has formed a main celebration committee with the participation of representatives from various ministries and the National Senior Citizens Federation as well to make the celebrations successful.

Disseminations of media reports about the older persons, interaction programmes on the rights of aged people, radio and television programmes, best wishes messages from the President and the Prime Minister, public awareness programmes, and rally are among the part of the celebrations of the Day, according to Chhatra Bahadur Pradhan, Secretary General of the Federation.

Prime Minister Pushpa Kamal Dahal has said the government is preparing to register the proposal to amend the constitution before the Dashain festival.

He said constitution amendment proposal will be registered on the basis of a national consensus bringing main opposition party UML into confidence.

Speaking at a press conference in Chitwan, he informed that the Morcha was assured that the constitution implementation and the constitution amendment would go simultaneously.

He went on to say that the Cabinet decision to set up local units being based on ilaka (area) of the District Development Committee has eased the process to organise local poll on time.

The prime minister also said all three levels of elections would take place within the stipulated time.

९ असोज, काठमाडौं ।
तपाईलाई आफ्ना सभासद संसदमा भत्ता बुझ्न गएर कहाँ जान्छन् भनिराख्न नपर्ला । अधिकाशं विदेशी एनजिओका कार्यक्रम र दलका कार्यक्रममा भाग लिन जाने गरेका सांसदहरुले बिहिबार पनि भत्ता बुझ्न भनेर उपस्थिति देखाउन त पुगे तर बैठकमा एक चौथाई पनि नबसी फर्कीएको पाइएको छ ।

संसद सचिवालयका अनुसार बिहिबारको संसद बैठकमा ४ सय ५४ सांसद हाजिरि जनाएर भक्ता बुझ्न गएपनि बैठकमा भने १ सय २५ जना मात्र बसेका छन् ।

व्यवस्थापिका संसदको बिहिबारको पहिलो बैठकले विभिन्न ३ ओटा आयोग गठन सम्बन्धी विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रतुत गर्नुभएको राष्ट्रिय दलित आयोग विधेयक २०७३, राष्ट्रिय समावेशी आयोग २०७३, आदीवासी जनजाती आयोग विधेयक २०७३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले विधेयकलाई संविधानमा व्यवस्था भएका प्रावधान अनुसार निमार्ण गरिएको बताउनु भयो ।
मन्त्री पाण्डेले सांसदहरुले उठाएका सैद्धान्तिक र छुटेका विषयलाई समावेश गर्दै संविधानको मर्म र सवैका अधिकारलाई सुुनिश्चित गर्ने गरी विधेयकलाई संशोधन गर्न सरकार तयार रहेको बताउनु भयो ।

संसदमा आज प्रस्तुत गरिएका विधेयक माथिको सामान्य छलफलमा सांसदहरुले विधेयकले सवैलाई अधिकार दिने विषयलाई समेट्न नसकेको, संविधानको भावना अनुसार आयोगले सवैलाई समेट्नेमा शंका रहेको, समाजिक विभेदको अन्त्य गर्ने गरी विधेयकको शव्दावली चयन हुन नसकेको लगायतका विषय उठाउनु भएको थियो ।

बैठकमा सांसद डिल्ली काफ्लेले विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या नपुगेको भन्दै सभामुख ओनसरी घतीको ध्यानाकर्षण गराउनु भएको थियो । बैठकमा ४५४ जनाले उपस्थित जनाएको भएपनि गणपुरक संख्या एक चौथाई १४९ जना हुनु पर्नेमा जम्मा १२५ जना मात्रै उपस्थीत रहेकाले सभामुख घर्तीले संसदको पहिलो बैठक आधा घण्टाको लागि स्थगीत भएको जानकारी गराउनु भएको थियो ।

यसैगरी आजै गणपुरक संख्या नपुगेपछि आधी घन्टाको लागी स्थगित भएर पुन बसेको संसदको दोश्रो बैठकले कार्यसूचिमा रहेका थप ३ मधेसी आयोग विधेयक २०७३, थारु आयोग २०७३, मुस्लिम आयोग विधेयक २०७३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्बसम्मतीले स्विकृत गरेको छ ।

यस अघि व्यवस्थापिका संदको आजको बैठकमा सांसदहरुले सवै भूकम्प पिडितहरुलाई दशै अघि नै पहिलो किस्ताको रकम उपल्बध गराइसक्न सरकारसँग माग गर्नुभयो ।

बैठकमा भरतकुमार शाहा, कष्णभक्त पोखरेल लगायतले धादिङमा भुकम्प पिडित पहिलो किस्ताको अनुदान रकम लिएर फर्कदै गर्दा सडक दुर्घटना खेप्नु परेकाले देशका सडक सञ्चालमा सुधार गर्न र यस्ता दुर्घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्ष गराउनु भयो ।

सांसदहरु अमनलाल मोदी, गंगा चौधरीलगायतले सवै जनतालाई समान व्यवहार नगरिएको भन्दै यसमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

उहाँहरुले जनताका अधिकार प्राप्तिका लागि गरिएका विभिन्न आन्दोलनको नेतृत्व गरेकाहररु नै अहिले विभिन्न समयमा सरकारमा रहेको भएपनि अधिकारका लागि थारु लगायतले गरेका आन्दोलनलाई बेवास्ता गरिएको पनि आरोप लगाउनु भयो ।

सांसद कुन्तीकुमारी शाही, डिल्लिप्रसाद काफ् लगायतले राज्यको पुनर्सरचना गर्ने विषयमा तीन राजनीतिक दलले हस्तक्षेप गरेर संविधान विपरित काम गरेको आरोप लगाउनु भयो ।

उहाँहरुले स्थानिय निकायको संरचनाको विषयमा निर्णयमा पुग्न आयोग गठन भएकाले स्थानिय तह पुनरसंरचनाका विषयमा लामो छलफल र बहस गरेर मात्रै निर्णयमा पुग्नु पर्ने बताउनु भयो ।

उपत्यकाका विभिन्न विद्यालयमा बम राखिएको घटना सामन्य नभएकाले त्यसलाई राजनीतिक आवरणमा उन्मुक्ती दिन नहुने भन्दै विद्यालयमाथि विभिन्न वहानामा हुने आक्रमण अन्त्य गरिनु पर्नेमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले माथिल्लो निकायले नै संविधान कार्यान्वयनमा ध्यान नदिएको बताउनु हुदै अहिले न्यायाधीश, राजदुत लगायतको सिफारिष र सुनुवाईमा संविधान अनुरुप प्रक्रिया पुरा नभएको तर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

१२ असोज, लमही ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले आफु खुशी संविधान संशोधन गर्न खोजे एमालेलाई मान्य नहुने बताउनु भएको छ ।

एमाले दाङको १२औं जिल्ला अधिवेशनको आज दाङको तुलसीपुरमा उद्घाटन गर्नुहुँदै बरिष्ठ नेता नेपालले एमालेलाई निषेध गरेर मुलुक अघि बढ्न नसक्ने बताउनु भयो ।

नेता नेपालले स्थानिय, प्रादेशिक र केन्द्रको चुनाव समयमै नभए अहिले सम्मका सबै उपलब्धीहरु गुम्ने भएकाले सबै गम्भीर हुनु पर्ने बताउनु भयो ।

एकीकृत माओवादी र नेपाली काँग्रेसको व्यवहारले समयमै निर्वाचन हुनेमा शंका उब्जिएको उहाँले बताउनु भयो ।

१२ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव दशैंअघि संसदमा दर्ता गर्ने बताउनु भएको छ ।

आज चितवनमा पत्रकारहरुसंग कुराकानी गर्नु हुँदै प्रधानमन्त्री दाहालले मधेशकेन्द्रित दलहरुसंग सकारात्मक कुराकानी भरहेको र एमालेलाई पनि सहमतिमा लिएर अघि बढ्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले तराई मधेश लगायतका असन्तुष्ट क्षेत्र र पक्षको माग सम्बोधन गर्न एमालेसंग पटक पटक छलफल भएको भन्दै उहाँले निकासका लागि एमाले पनि सहमतिमा आउनु पर्ने बताउनुभयो ।

चैत्र भित्रमा स्थानीय निकायको निर्वाचन गर्नेुपर्ने बताउनु भयो । चैत्रमा चुनाव गर्न नसकिए अप्ठेरो स्थिति आउने हुनाले सबै यसमा गम्भीर हुनु पर्ने र सञ्चारमाध्यमले पनि त्यसबारे अवगत गराउनु पर्ने प्रधानमन्त्री दाहालले दाहालले बताउनु भयो ।

मधेशकेन्द्रित समस्या समाधानका लागि आफूले तराई मधेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम बनाएको प्रधानमन्त्रीले बताउनु भयो ।

सरकारले विकासका कार्यक्रम कसरी अघि बढाउँछ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले अहिलेसम्मको अनुभवको आधारमा आफूले विकास र जनताको हितमा काम गर्ने बताउनु भयो । कैलाली घटनामा संलग्न भएकालाई माफी दिने कुरामा कुनै निर्णय नभएको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आजै चितवनका कार्यलय प्रमुखहरूलाई जनतालाई गुनासो नआउने गरि काम गर्न निर्देशन दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको नयाँ भवनको उद्घाटनपछि कार्यालय प्रमुखहरुलाई निर्देशन दिदैं प्रधानमन्त्री दाहालले परिवर्तनको अनुभूति गर्ने गरि सेवा दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालद्वारा अस्पतालको निरीक्षण र कर्मचारीलाई निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

चितवनको भरतपुरस्थित अस्पताल परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा स्वास्थ्यमन्त्री गगन थापाले जनताको सेवामा कत्ति पनि विचलित नभई काम गर्न निर्देशन दिनुभयो ।

चीन सरकारले सहयोगमा निर्माण गरिदिएको बनको सो अस्पताल नेपाल र चीनबीचको मित्रताको प्रतीक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री थापाले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

१२ असोज, धरान ।
धरान ९ सब्जिमन्डी स्थित कबिन बिक्री केंद्र छेउको छाप्रीबाट सल्केको आगोको कारण करिब डेढ करोड देखि २ करोड सम्मको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक प्रकाश रिमालका अनुसार आगो बुधबार दिउँसो करिब साढे तीन बजेतिर लागेको थियो ।

सुचना प्राप्त गर्ने बितिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी, धरान उपमाहानगरपालिका तथा स्थानीयको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा ल्याएको थियो ।

आगो लाग्नुको कारण ग्यास लिक भएर हुन सक्ने रिमालले बताउनुभयो । आगलागीबाट सो क्षेत्रका छाप्रा घरहरु जलेको र विवरण संकलनको काम भइरहेको रिमालले जानकारी दिनुभयो ।

काठमाडौं, असोज १२ । संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए ।

ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा मायांकाले इरा रावतलाई ६–७, ६–२ र ६–३ को सेटमा हराइन् । उक्त फाइनल ३ घण्टा ५ मिनेट चलेको थियो । माहिका राणा र भगवती विक संयुक्त रुपमा तेश्रो भए ।

मायांकाले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । मायांकाले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर महिला डबल्स उपाधि पनि हात पारिन् । विभूति कार्की र विजिशा श्रेष्ठको जोडी तेश्रो भए ।

त्यस्तै पुरुष डबल्समा श्रीराम मगर र कमल भण्डारीको जोडी पहिलो भए । संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडी दोश्रो भए भने सन्तोष खत्री र आत्माराम कार्की तथा शक्ति शर्मा र अनिल शाहीको जोडी तेश्रो स्थानमा रहे ।

कूल नगद पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको प्रतियोगिताका प्रत्येक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुने खेलाडीले ५–५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल, अखिल नेपाल लनटेनिस संघका सदस्य समेत रहेका आयोजक ललितपुर जिल्ला लनटेनिस संघका अध्यक्ष कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

समानका अवसरमा विभिन्न विद्यालय र क्लब गरी १६ संस्थालाई जुनियर टेनिसको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) बाट प्राप्त ¥याकेट र बल हस्तान्तरण गरिएको थियो । लनटेनिस संघका केन्द्रीय महासचिव मनोहरदास मुलले सामाग्री हस्तान्तरण गरे ।

काठमाडौं,असोज १२ । चितवनको दारेचोकस्थित घोप्टेभिरबाट आइतबार त्रिशुली नदीमा खसेर कारसहित वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप भेटिएको खोजीकर्ताले अनुमान गरेका छन् । चारदिनदेखि लगातार नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले बुधबार बेलुका पानीभित्र कुनै सवारी साधनजस्तो ठूलो वस्तु फेला पारेको अनुमान गरेको हो ।

त्यो बस्तु बाहिर निकाल्ने कार्य भइरहेको जनाएका छन् । बिहीबारसम्म त्यसलाई बाहिर निकालि सकिने, र संभवत सो वस्तु दूर्घटनाग्रस्त मोटर हुनसक्ने अनुमान गरिएको छ । बुधबार अबेर भएकाले करिब ३०–४० मिटर गहिरो त्रिशुली नदीबाट बाहिर निकाल्न नसकिएको उनीहरुको भनाई छ ।

शंकास्पद वस्तु पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जिप हो वा यसअघि खसेका ट्रक वा ग्यास बुलेट के हो अहल्यै एकिन भने हुन सकेको छैन । पूर्वमुख्य सचिव समेत रहेका घिमिरे सवार बा ९ च १५३१ नम्वरको स्कारपियो कार गत आइतवार साँझ ५ बजेतिर घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका घिमिरेका सवारी चालक विष्णु राईलाई पुरानो मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि मंगलबार काठमाडौं लगिएको छ ।