पूर्वगृहमन्त्रीको दूर्घटनाग्रस्त गाडी भेटिएको अनुमान

अशोज १२, २०७३ मा प्रकाशित | 1501 views

काठमाडौं,असोज १२ । चितवनको दारेचोकस्थित घोप्टेभिरबाट आइतबार त्रिशुली नदीमा खसेर कारसहित वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप भेटिएको खोजीकर्ताले अनुमान गरेका छन् । चारदिनदेखि लगातार नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले बुधबार बेलुका पानीभित्र कुनै सवारी साधनजस्तो ठूलो वस्तु फेला पारेको अनुमान गरेको हो ।

त्यो बस्तु बाहिर निकाल्ने कार्य भइरहेको जनाएका छन् । बिहीबारसम्म त्यसलाई बाहिर निकालि सकिने, र संभवत सो वस्तु दूर्घटनाग्रस्त मोटर हुनसक्ने अनुमान गरिएको छ ।  बुधबार अबेर भएकाले करिब ३०–४० मिटर गहिरो त्रिशुली नदीबाट बाहिर निकाल्न नसकिएको उनीहरुको भनाई छ ।

शंकास्पद वस्तु पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जिप हो वा यसअघि खसेका ट्रक वा ग्यास बुलेट के हो अहल्यै एकिन भने हुन सकेको छैन । पूर्वमुख्य सचिव समेत रहेका घिमिरे सवार बा ९ च १५३१ नम्वरको स्कारपियो कार गत आइतवार साँझ ५ बजेतिर घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका घिमिरेका सवारी चालक विष्णु राईलाई पुरानो मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि मंगलबार काठमाडौं लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web