ईपिएल टि-२० क्रिकेट एभरेस्टको जित, गोर्खाज बाहिरियो

१३ असोज, काठमाडौं ।
एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेटमा पञ्कन्या तेजले लगातार चौथो जित हात पार्न सफल भएको छ ।

त्री वि क्रिकेट मैदान कीर्तिपुरमा बिहिबार भएको दोस्रो खेलमा पञ्कन्या तेजले सगरमाथा लेजेन्डस्लाई ४९ रनले पराजित गरेको थियो ।

पञ्चकन्या तेजका लागि करन केसीले ३१ बलमा ४ चौका र ४ छक्काको मद्दत्तमा ५१ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

पञ्कन्या तेजले यो समेत गरेर लगातार तिन खेल जित्दै ८ अङ्कका साथ लिग तालिकामा शिर्ष स्थान कायम राख्न सफल भएको छ ।

कीर्तिपुर मै भएको पहिलो खेलमा वशाल वारियर्स संग १५ रनले पराजित भए संगै कान्तिपुर गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ

विशाल वारियर्सले प्रस्तुत गरेको १ सय २५ रनको विजयी लक्ष्ये पछ्यउने क्रममा कान्तिपुर गोर्खाज १ सय ९ रनमा समेटिएको थियो ।

श्रम मन्त्रीले कर्मचारीलाई इमान्दारी बन्न मन्त्रि आग्रह गरे

१३ असोज, पाँचथर ।
नेता र मन्त्री भ्रष्ट भएको आम जनआक्रोस रहि रहेका बेलामा श्रम तथा रोजगार मन्त्रि सुर्यमान गुरुङले सम्पुर्ण कर्मचारीहरुलाई इमान्दा भएर जनताको सेवा गर्न आग्रह गरेका छन् ।

श्रम मन्त्रि गुरुङले आज पाँचथर जिल्लाका कार्यालय प्रमुख कर्मचारीहरुलाई निर्देशन दिंदै सो कुरा बताएका हुन् ।

उनले कर्मचारी र राजनितिक नेता तथा कार्यकर्ता इमान्दार भए देश बिकास गर्न समय नलाग्ने बताए ।
अहिले सर्ब साधरणले नेता तथा कर्मचारीहरु लाई गालि गर्न थालेकाले सो गाली गर्ने ठाउँ दिन नहुने उनको भनाई छ ।

मन्त्री गुरुगंले यसअघि नेपाली कांग्रेस पाँचथरद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली जनताले दुख गरेर ल्याएको संबिधान कार्यन्वयन गर्न सम्पुर्ण पक्ष लागि पर्ने बताए ।

उनले खाडी मुलुकमा सेकुरेटीमा जाने कामदारको लागि खतरा भएकोले त्यहाँको अवस्था बुज्न संसदिय टोली गएर रिर्पोट दिएपछि सुरक्षित भए त्यसतर्फ कामदार पठाउने बताए ।

मन्त्रि गुरुङले फ्रि टिकेट फ्रि भिसाको बिषयमा बिभिन्न लफडा देखिएकोले त्यसको चाडै समाधानको बाटोमा लाग्ने बताए ।

मोहनप्रसाद बराल कृषि तथा जलस्रोत समितिको सभापतिमा निर्वाचित

१३ असोज, काठमाडौं ।
संसदको कृषि तथा जलस्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद मोहनप्रसाद बराल निर्विरोध निर्वाचित हुनुभएको छ ।

सभापति पदका लागि वरालको मात्र उम्मेदवारी परेको थियो ।

वरालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रकी सीता नेपाली र समर्थकमा नेकपा एमालेका काशीनाथ अधिकारी रहनुभएको ससद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

जुवा खेल्ने र खेलाउने महिलामाथि प्रहरीको विशेष निगरानी

१३ असोज, सुर्खेत ।
नजिकिँदै गएका चाडवार्डमा हुन सक्ने सम्भावित घटनाका लागि भेरी प्रहरीले दशै तिहार लक्षित विशेष सुरक्षा योजना ल्याएको छ ।

नेपालीको महान चाड दशै, तिहार तथा छठ जस्ता चाडवार्डका बेला हुन सक्ने लुटपाट, चोरी डकैती, राजमार्ग सुरक्षा, सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, जुवातास, कालाबजारी, लागूऔषध मदिराजस्ता विकृतिको रोकथामका लागि प्रहरीले विशेष सुरक्षा योजना ल्याएको हो ।

समग्र भेरीमा आपराधिक गतिविधि न्यूनिकरण ल्याउन विहीबार वीरेन्द्रनगरमा भेरी अञ्चल प्रहरी प्रमुख धिरु बस्नेतले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ ।

अञ्चल प्रहरी कार्यालय भेरीको मातहतमा रहेका सुर्खेत, दैलेख, जाजरकोट, बाँके र बर्दियाको स्थलगत निरीक्षण तथा अनुगमन गर्न सुर्खेत आईपुगेका एसएसपी बस्नेतले शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि रोक्ने प्रतिवद्धता जनाउनु भएको हो ।

पत्रकार भेटघाटको क्रममा एसएसपी बस्नेतले सुर्खेत, बाँके र बर्दियाका १ सय २३ कुख्यात जुवाडेको पुरै वायोडाटा प्रहरीसंग रहेको बताउनु भयो । उहाँले विगतका वर्षमा १ जना २३ जना जुवाडेबाट २८ लाख रुपैयाँ जफत गरिएको समेत जानकारी दिनु भयो ।

चाडवाड नजिकिँदै गर्दा तीन जिल्लाका १४ स्थानमा जुवा खेलाउने र १ सय २३ जना जुवाडेप्रति निगरानी समेत बढाएको उहाँले बताउनु भयो । उहाँका अनुसार जुवा खेल्ने र खेलाउने कार्यमा महिलाको पनि समूह समेत रहेको छ ।

सर्जिकल ‘स्ट्राइक्स भारत’को भ्रम प्रचार, गोली हानेर दुई पाकिस्तानी सेनाको हत्या

१३ असोज, एजेन्सी ।
सर्जिकल स्ट्राइक्स अर्थात् अर्को देशमा छिरेर जमिन वा हवाई जुनसुकै रुपमा सैनिक कारवाही गर्नु । तर यही शब्दको सहारा लिएर भारतले बिहिबार सिमा क्षेत्रबाट गोली हानी दुई पाकिस्तानी सैनिकको हत्या गरेको छ ।

भारतद्वारा पाकिस्तानसंगको एलओसी क्षेत्रमा गोली प्रहार गर्दा अन्य ९ आफ्ना सैनिक घाइते भएको पाकिस्तान सरकारले पुष्टि गरेको छ ।

भारतीय सेनाले कश्मिरस्थित पाकिस्तानसंगको सीमा क्षेत्रमा आत‌ंकवादी विरुद्ध कारवाही गरेको भन्दै तीन पाकिस्तानी सैनिक मारिएको दाबी यसअघि गरेको थियो ।

भारतीय सैन्य अधिकारीहरुले बुधबार राति उक्त कारवाहीमा गरेको दाबी गरिरहँदा पाकिस्तानी टेलिभिजनले भने रातमा नभएर दिनमा भारतीय सेनाले लुकेर गोली प्रहार गरि आफ्ना दुई सेना मारेको त्यहाँ राखिएको सिसिटीभिको फुटेज समेत बाहिर ल्याएको छ ।

भारतको कश्मिरस्थित उरी क्षेत्रमा यसै साता १८ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिंदै गएको छ ।

भारतले उक्त हमलामा पाकिस्तानको हात रहेको दावी गर्दै अगामी नोवेम्भरमा इस्लामावादमा हुने भनिएको सार्क सम्मेलनमा भाग नलिने बताएको छ ।

पाकिस्तानले मिथ्या आरोप भारतको प्रोपोगाण्डा भएको भन्दै बिहिबार भारतीय सर्वदलिय बैठकमा समेत उसले भने सर्जिकल स्ट्राइक्सको कुनै प्रमाण दिन नसकेको र छिट्टै दिने भनेर टारेको भन्दै सिमा क्षेत्रमा घुसेर र लुकेर गरिएको यो आक्रमणको डटेर जवाफ दिने बताएको छ ।

पाकिस्तानले भारतले गर्ने कुनैपनि कारवाही वा आक्रमणको सामना गर्न आफुहरु तयार रहेको भन्दै भारत सिमा क्षेत्रमा उग्र बनेर युद्ध निम्त्याएर एसिया र पुरै विश्वमा अशान्ति फैलाउन सक्रिय रहेको र त्यसको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको आरोप लगाएको छ ।

‘जय स्वाभिमान’का प्रेम बानियाँ सपरिवार अमेरिका पलायन

१३ असोज, काठमाडौं ।
न्युज ट्वान्टीफोर टेलिभिजनमा कार्यरत चर्चीत टेलिभिजन कार्यक्रम जय स्वाभिमानका प्रस्तोता पत्रकार प्रेम बानियाँ सपरिवार अमेरिका पलायन भएका छन् ।

पुष्टि नभइसकेपनि अमेरिकी डिभी चिट्ठा परेर अमेरिका प्रस्थान गरेका प्रेम बानियाँलाई नेपाली टेलिभिजनमा राष्टियताको बारेमा आफुलाई खरो रुपमा प्रस्तुत गर्ने पत्रकारका रुपमा चिनिने गरिन्थ्यो ।

एभिन्युज टेलिभिजनको खबर भित्रको खबर कार्यक्रमबाट चर्चीत बन्दै १ दशक बढी नेपाली पत्रकारीतामा चर्चीत पत्रकारको रुपमा गनिने बानियाँको अमेरिका पलायनलाई विश्वभर रहेका नेपालीहरुले सामाजिक सञ्जालमो विभिन्न टिप्पणी गरेको पाइएको छ ।

गुपचुप अमेरिका पलायन भएका बानियांले आफ्ना अति निकटहरुलाई समेत अमेरिका जाने कुरा नबताएको पाइएको छ ।
देशभित्रै केही गरेर देखाउनुपर्ने र सबै संभव भएको बताउने गरेका पत्रकार बानियाँको पलायनपछि नेपाली पत्रकारितामा पत्रकारहरुको अवस्था र पलायनको विषयमा समेत सामाजिक सञ्जालहरुमा चर्चा भएको छ ।

कतिपयले खोक्रो देशभक्तीका कुरा गरेर मौकामा चौका हान्ने व्यक्तिका रुपमा बानियाँलाई टिप्पणी गरेको पाइन्छ भने कतिपयले अवसरलाई बुझेर बिदेश गएको भन्दै व्यक्तिगत अधिकार र कदम भएको भन्दै यसमा धेरै टिप्पणी आवश्यक नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा नेपाली पत्रकारीतासँग आवद्ध व्यक्तिहरुले नेपालमा पत्रकारिता गरेर मिडिया मालिकहरुमात्र मोटाउने भन्दै पत्रकारको अवस्थाको नाजुक अवस्थाको प्रतिक बानियाँको बिदेश पलायन भएको बताएका छन् ।

अमेरिकामा कुन ठाउँमा रहने र उनले के पेशा अपनाउने खुलीसकेको छैन । अति निकटका मित्रहरुलाई ५ ७ बर्ष बसेर नेपाल फर्कने बताएको भनिएका पत्रकार बानियाँले केही समयअघि नेपाल फर्कीएका अर्का चर्चीत टेलिभिजन प्रस्तोता नारायण श्रेष्ठसँगको सल्लाह र छलफलपछि अमेरिका प्रस्थानको निर्णय गरेको बताइन्छ ।

स्मरणीय छ पत्रकार श्रेष्ठपनि बिबिसी नेपाली सेवामा कार्यरत रहेकै अवस्थामा अमेरिका लागेका थिए । उनी हाल अमेरिकामै सपरिवार बस्दै आएका छन् ।

दशैंको शुभ साइतमा डिउटी सुरुहुँदा गायक खड्का रोए धुरुधुरु (भिडियो)

टोकियो ।
लोकप्रिय लोक दोहोरी गायक सुर्य खड्का दशैंको शुभ साइतमा डिउटी सुरुहुँदा धुरुधुरु रोएका छन् ।

आफुलाई परदेशी गायकको रुपमा चिनाउनुहुने गायक खड्का वास्तविक जिवनमा यसरी रोएका भने होइनन् ।

कर्मले जापानमा रहेर कामसँगै गायन क्षेत्रलाई निरन्तरता दिंदै आएका यि गायकले परदेशीएका लाखौं नेपाली युवाको वेदना समेटेर दशैं तिहारलाई सम्वोधन गरेर म्युजिक भिडियो रोएं धुरुधुरु सार्वजनिक गरेका छन् ।

हाल गायन कार्यक्रमको लागि बेलायतमा रहेका गायक खड्काको आफ्नै लय, शब्द, संगित र स्वर रहेको म्युजिक भिडियोमा गायक स्वयंपनि अभिनयमा देखिएका छन् ।

बिनोद भण्डारीको निर्देशनमा जापानमा खिचिएको म्युजिक भिडियोलाई नेपाल र जापानको देखाउन जापानकै ग्रामिण क्षेत्रको भिडियो समेत कुशल ढंगल कैद गरिएको छ ।

भिडियो हेर्नुहोस् ।

साहिल भन्छन्-‘तिम्रो मनमा मेरो लागि कुनै दिन माया पलाउनेछ’ (भिडियो सहित)

काठमाडौं ।
आफ्नो दोस्रो एल्बमको तयारीमा रहेका युवा पप गायक साहिल खड्काले तिम्रो मनमा बोलको नयाँ गित भिडियो सहित सार्वजनिक गरेका छन् ।

अष्ट्रेलियामा छायांकन गरिएको गितको भिडियोमा सम्झना तामाङ र केदार बरुवालको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । भिडियोमा गायककै रुपमा साहिललाई पनि आक्कलझुक्कल देखाइएको छ ।

पहिलो एल्बम 'प्रियसी' को सफलता पछि 'प्रियसी २' एल्बमको तयारीमा रहेका साहिलका अनुसार तिम्रो मनमा बोलको यो गित प्रियसी एल्ममा समावेश एक गित हो ।

तिम्रो मनमा बोलको गितको शब्द रचना र संगीत साहिल आफैंले भरेका हुन् । जुन गितको शब्द र संगितमा साहिलको आफ्नो कुशलता देखाएका छन् ।

संगीत संयोजन टंक बुढाथोकीको रहेको गितमा प्रेमीको एकतर्फी मायाँलाई गरिएको वेवास्ता र बिछोडको पिडा र सम्झनालाई देखाउन खोजिएको छ ।

भिडियोलाई सन्तोष गुरुङले निर्देशन गरेका हुन् भने सन्तोष र अनिल के मानन्धरले छायांकन गरेको भिडियोको सम्पादन सिलन लम्सालले गरेका हुन् ।

म्याग्दी घर भएका साहिल राजधानीमा रहेर नेपाली संगित क्षेत्रमा क्रियाशिल छन् । प्रियसी २ एल्बममा ४ गित समावेशको तयारी गरिरहेका साहिलले बाँकी तिन गितको पनि भिडियोको सोच बनाएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्ने यातायात व्यवसायीको अडान

काठमाडौं,असोज १३ ।यातायात व्यवसायीले दसैंको मुखमा गाडीको अभाव सिर्जना गरी क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने माग राखेका छन् । गाडीको सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने भए आफूहरूलाई सित्तैमा इन्धन दिन व्यवसायीले सरकारसँग माग गरेका हुन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई बुधबार भेटेर यस्तो माग राखेका हुन् ।

आफूहरूका यी माग पूरा नभए दसैंमा थप गाडी नचलाउने भन्दै व्यवसायीले दसैंको अग्रिम टिकट बुकिङ पनि बन्द गरेका छन् । अहिलेको अवस्थामा थप गाडी चलाउन सडकै नभएकाले अग्रिम टिकट काट्न स्थगित गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताएको अाजको राजधानी दैनिकमा समाचार छ ।

‘सरकारले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने भनेको छ, दसैंमा एकतर्फी यात्रु मात्रै हुने भएकाले सिट क्षमताअनुसार मात्रै यात्रु बोकेर गाडी चलाउन सकिँदैन भन्ने माग व्यवसायी साथीहरूबाट आएको छ, नारायणघाट–मुग्लिन सडक खण्ड विस्तार कार्य नरोक्ने हो भने गाडी चलाउन सकिँदैन, अन्यत्रका खाल्डाखुल्डी नपुरी गाडी चल्न सक्ने अवस्था छैन, अनि यस्तो अवस्थामा कसरी गाडी चलाउनु र अग्रिम टिकट बुकिङ गर्नु ?’ महासचिव सिटौलाले भने ।

व्यवसायीले सिट क्षमताभन्दा कम्तीमा पनि २० जना बढी यात्रु बोक्न पाउनुपर्ने माग सरकारसँग गरेका छन् । यति संख्यामा बढी यात्रु बोक्दा पनि व्यवसायीलाई थप नाफा नहुने र खर्च मात्रै उठ्ने भएकाले त्यस्तो माग गरिएको व्यवसायीको भनाइ छ ।

‘काठमाडौंबाट भैरहवा पुगेर काठमाडौं फर्कदा सिट क्षमताअनुसार मात्रै यात्रु बोक्ने हो भने ४५ हजार रुपैयाँ खर्च हुन्छ, तर सिट क्षमताअनुसार मात्रै पैसा लिँदा ३८ हजार रुपैयाँ उठ्छ, प्रतिटिप ७ हजार रुपैयाँ नोक्सानी बेहोरेर व्यवसायीले गाडी चलाउन सक्दैनन्,’ सिटौलाले भने । सिट क्षमताअनुसार मात्रै यात्रु बोक्नुपर्ने भए सरकारले आफूहरूलाई सित्तैमा पेट्रोलियम पदार्थ दिनुपर्ने माग गरिएको सिटौलाले बताए ।

प्रधानमन्त्री प्रचण्डलाई ‘सेक्युरिटी थ्रेट’ !

काठमाडौं,असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ ।  मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ । प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीसकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधान चलाउन नदिएको आजको अन्नपूर्णमा समाचार छ ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट निस्केपछि मात्रै सवारी साधन राजमार्गमा गुड्न दिइएको थियो । उनी सहभागी सबै कार्यक्रममा प्रहरी र प्रधानमन्त्रीका सुरक्षाकर्मीले कडा सुरक्षा दिएका थिए । सुरक्षाकै कारण प्रधानमन्त्री प्रचण्ड बास बस्न साँझ चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा पुगेका छन् ।  यसअघि जिल्ला जादा उनी होटेलमा बास बस्ने गरेका थिए । चितवनमा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डलजे चैतमै चुनाव हुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पञ्चकन्या र विशाल विजयी

काठमाडौं ।
एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेटमा पञ्कन्या तेज र विशाल वारियर्स टिम विजयी भएका छन् ।

त्री वि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको पहिलो खेलमा पञ्कन्या तेजले कान्तिपुर गोर्खाजलाई ३४ रनले पराजित गरेको थियो ।

जितको लागि १ सय ३० रन पछ्याउने क्रममा कान्तिपुर २० ओभरमा ८ विकेट गुमाएर ९५ रनमा समेटिएको थियो ।

पञ्कन्या तेजका लागि ४ ओभरमा २१ रन दिएर ४ विकेट लिन सफल बलर दिपेन्द्र सिंह ऐरी यस खेलको प्लेएर अफ द म्याच घोषित भएका  थिए ।

पञ्कन्या तेजका ब्याट्स् म्यान अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान गरेका थिए ।

पञ्कन्या तेजले यो समेत गरेर लगातार तिन खेल जित्दै ६ अङ्क प्राप्त गर्दै अङ्क तलिकामा शिर्ष स्थानमा रहेको छ ।

कीर्तिपुर मै भएको दोस्रो खेलमा विशाल वारियर्सले जगदम्बा राईनोजलाई ७ विकेटले पराजित गरेको थियो ।

वर्षाका कारण खेललाई १६ ओभरमा छोट्टाईएको थियो ।

जगदम्बा राईनोजले दिएको १ सय १५ रनको विजयी लक्ष्ये विशाल वारियर्सले १३।३ ओभरमा ३ विकेटको क्षेतिमा भेट्टाएको थियो ।

यो जित संगै विशाल वारियर्स ५ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको   छ ।

विशाल वारियर्सको तर्पmबाट कप्तान पारश खड्काले ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

३८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अविजित ५६ रन बनाएका कप्तान पारश खड्का यस खेलमा प्लेएर अफ दि म्याच घोषित भएका  थिए ।

नेपाल वायुसेवा निगमले पोखरा, भैरहवा र सिमरा उडान थाल्यो

काठमाडौं ।
नेपाल वायुसेवा निगमले बुधबारदेखि पोखरा, भैरहवा र सिमरामा पुनः उडान सुरु गरेको छ ।

दसैं, तिहारका अवसरमा यात्रुहरुको सुविधालाई लक्षित गरी निगमले पोखरा, भैरहवा र सिमरामा उडान शुरु गरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

निगमले काठमाडौंबाट हरेक दिन बिहान ६ः३० बजे पोखरा, ८ः३० बजेट सिमरा र १०ः३० बजे भैरहवा उडान भर्ने तालिका रहेको छ ।

हवाई भाडा काठमाडौं–पोखराको दुई हजार ५५०, काठमाडौं–भैरहवाको तीन हजार २५ र काठमाडौं–सिमराको दुई हजार २२५ रुपियाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web