काठमाडौं,असोज १३ । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा रेफ्री कुट्ने श्री कुमारीक्लबका अफिसियल र क्लबलाई एन्फाले निलम्बन गरेको छ । न्युरोड टिम एनआरटी सँग १–० ले पराजित भएपछि रेफ्रिमाथि जाई लागेका तीन अफिसियललाई एन्फाले निलम्बन गरेको हो । निलम्बन हुनेमा नकुल हमाल, रवी खड्का र अर्का एक जना रहेका छन् । साथै क्लबलाई ५० हजार जरिवान समेत तिराईएको छ ।

खेलको दौरान एक फल नदिएको निहुँमा फिफा रेफ्री सुदिश पाण्डे, फिफा असिस्टेन्ट रेफ्री पदम भुजेल र युनल मल्ललाइ उनिहरुले हातपात गरेका हुन्। श्री कुमारी क्लबका टिम म्यानेजर अनुप अधिकारी लगायतका टिम बेन्चमा रहेका अफिसियलले रेफ्रीलाइ खेल सकिएलगत्तै मैदान भित्रनै कुटेका थिए।

टोकियो ।
अध्ययनका लागि आएका विद्यार्थी पनि एनआरएनए बन्न सक्नेगरि गैरआवासीय नेपाली संघ जापानले बिधान सच्याउने भएको छ ।

ओकिनावामा सम्पन्न वार्षिक साधारणसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनआरएन जापान अध्यक्ष सुदन थापाले आगामी नयाँ कार्यकालमा विद्यार्थी सहित सवै क्षेत्रका नेपालीहरुलाई समान रुपले समेटने गरि विधान संशोधन गर्न लागेको बताए ।

१सय ८२ दिन बढी नेपाल बाहिर बसेका सबै नेपाली गैरआवासीय हुन पाउने भएकाले आगामी कार्यकालबाट कुटनीतिक क्षेत्रका बाहेक विद्यार्थी, कामको लागि आएका लगायतलाई गैरआवासीय नेपाली संघमा आवद्ध गराउने उदेश्य सहित बिधानमा संशोधन गर्न लागिएको थापाको भनाई छ ।

प्रस्ताव गर्न लागिएको बिधान संशोधनमा विद्यार्थी सहित सवै क्षेत्रमा आवद्ध विद्यार्थीको हकमा भने पदाधिकारी पदमा उम्मेदवारी दिन नपाउने तथा आईसीसी सदस्यलाई समेत भोट दिन नपाउने गरि समेट्न लागिएको छ ।

प्रस्तावित नयाँ विधानमा अबदेखी हरेक अधिवेशन अँग्रेजी महिनाको पाँचौ महिना अर्थात मेमा हुने र सदस्यता लिएकाहरुले मात्र निर्वाचनमा भाग लिन पाउने नियम थपिंदैछ ।

यस्तै एनआरएनए जापानको अध्यक्ष लगायतका कार्य समिति सदस्य वाहेकको पदमा उम्मेदवारी दिनका लागि कुनैपनि पदमा एक कार्यकाल विताएको मात्र उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ । यसैगरि अध्यक्ष बन्नका लागि समेत सोही व्यवस्था प्रस्ताव गरिएको छ ।

आगामी कार्यकाल देखि लागुहुने गरि एनआरएनए जापानको १२ वटा क्षेत्रिय तथा केन्द्रको कनैपनि निर्वाचनमा भाग लिएर पराजित भएको व्यक्तिले अन्यकुनैपनि निर्वाचन ‘एनसीसी(आईसीसी’मा भाग लिन नपाउने संशोधित विधान ओकिनावा बैठकले पारित गरेको छ ।

निर्वाचन मात्र नभई निर्वाचन बाहेक मनोनितको हकमा समेत सो व्यवस्था लागुहुने विधानमा प्रस्ताव छ ।
विधानमा आगामी नयाँ कार्यकालबाट लागुहुने गरि केन्द्रको हकमा अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्ष एक जना, उपाध्यक्ष दुईजना, नयाँ थप महिला उपाध्यक्ष एक जनाको व्यवस्था गरिने भएको छ ।

महासचिव, सचिव र कोषाध्यक्ष एक जना सहित एक जना सहकोषाध्यक्षको पद थप गरिएको छ । प्रवक्ता सहित चार जना सदस्य सहित महिला सदस्य एक गरि कार्यसमितिले मनोनित गर्ने छ जना सदस्य सहित २१ जनाको कार्यसमिति विधानमा प्रस्ताव गरिएको छ

हाल कायम रहेको ३ जना उपाध्यक्षलाई एक महिला उपाध्यक्ष सहित एक वरिष्ठ उपाध्यक्ष पद थप गरिने भएको छ ।

यसैगरि क्षेत्रीय समितिको हकमा कुल १३ जनाको सख्या रहने गरि एक जना संयोजक दुईजना उपसंयोजक, सचिव सहित थप गरिएको एक जना सहसचिव, कोषाध्यक्ष एक सहित सात जना सदस्य सख्या मात्र रहने प्रस्ताव गरिएको छ। हालसम्म सदस्यमा ८ जना रहेको थियो ।

पत्रकार सम्मेलनमा एनआरएन जापानले स्थापना गरेको आपतकालिन कोषलाई मजबुत र सवैको पहुचमा पुर्याउन सवै नेपालीलाई समेटिने योजना अनुरुप विधान मै संशोधन गर्न लागेको बताइएको छ ।

१३ असोज, एजेन्सी ।
अमेरिकामा भएको रेल दुर्घटनामा परि कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि सय बढी व्यक्ति घाइते भएको र घाइते मध्ये कयौंको अवस्था चिन्ताजनक रहेको अमेरिकी प्रहरी अधिकारीहरुले बताएका छन् ।

न्यु जर्सी राज्यको होबोकेनको शहरमा भएको दुर्घटनामा तिब्र गतिमा आएको रेल दुर्घटना हुँदा रेल स्टेशनमा अनेर होबोकेन स्टेशन नै भत्काइदिएको छ ।

दुर्घटना पछि उद्दारको काम भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

रेल दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेपनि अमेरिकी अधिकारीहरुले यो प्राविधिक कारण भएको हुनसक्ने भन्दै यसमा कुनै आतंकवादी संलग्नता नरहेको विश्वास गरेका छन् ।

१३ असोज, चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले पानीमा कालोबजारी गर्ने पाँच जना व्यवसायीलाई पक्राउ गरेको छ ।

एक बोतलको अधिकतम मूल्य रु १८।–को पानीलाई रु २५।– लिई बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्युएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालीगण्डकी कोल्ड स्टोर्स र आर बिसी फुड एन्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।]

उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने भएको छ ।

१३ असोज, नवलपरासी ।
नवलपरासीका गण्डक बाँध प्रभावित समुदायले गण्डक सम्झौताको बिरोधमा यसको पुनरावलोकनको माग राख्दै जनजागरण अभियान सुरु गरेका छन् ।

गण्डक सम्झौताअनुसार भारतीय पक्षले ३२ हजार क्युसेक पानी लैजाने तर नेपाली पक्षले एक हजार २१६ क्युसेक मात्र पानी पाउने उल्लेख छ ।

यसैगरी जलविद्युत्तर्फ नवलपरासीमा तीन मेगावाट मात्र विद्युत् उत्पादन गर्ने विद्युत् उत्पादन गृह छ तर भारतीय पक्षले पूर्व नहरबाट मात्र ३५ मेगावाट विद्युत् उत्पादन गर्ने विद्युत् उत्पादन गृह चलाउँदै आएको छ ।

यसरी नेपाली पक्षलाई क्षति हुने गरी भएको सम्झौताको तत्काल पुनरावलोकन गरी नेपाली पक्षलाई हित हुने गरी नयाँ सम्झौता गर्नुपर्ने जलअभियानकर्मी बद्री सुवेदीले बताउनुभयो ।

गण्डक बाँधबाट प्रभावितको सङ्गठन गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिको अगुवाइमा प्रभावितले जिल्लाबाट सुरु गरेको जनजागरण अभियान नारायणी नदीका जलाधार क्षेत्र रहेका मुख्य स्थानमा गरी यही असोज १६ गतेसम्म चल्ने छ ।

नवलपरासीबाट सुरु गरिएको अभियान मुस्ताङको जोमसोम, कास्कीको पोखरा, बागलुङ, म्याग्दी र पर्वतको कुश्मामा हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताउनुभयो ।

१३ असोज, पाँचथर ।
दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।

वर्षादका कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो ।

पाँचथर जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरु मेमेङ, प्राङ्बुङ, दक्षिणी गाविसहरु सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बीलगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यापारीहरु बताउँछन् । मेमेङ–४ ताङ्लेपाका व्यापारी मित्र सापकोटाले अहिले त्यस ठाउँमा चामल, चिउरा, तेल, चिनी, दाललगायतका सामग्रीको अभाव हुन थालेको बताउनुभयो ।

यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ । राँके रवि सडकको ट्र्याक खोलिएको तीस वर्ष भएपनि स्तरोन्नतिसमेत हुन नसक्दा अहिले सो सडक ठप्प जस्तै रहेको छ ।

झापाबाट सामान लिएर राँके हुँदै सप्तमी, रवि, मौवा, आङ्नालगायतका ग्रामीण बजारमा हिँडेको ट्र्याक्टर राँकेबाट झन्डै एक हप्तापछि मात्रै पुग्ने गरेको त्यहाँका व्यवसायी बताउँछन् ।

सप्तमी बजारका व्यवसायी सन्तोष शेर्माले अहिले त्यस क्षेत्रमा समेत दसैँका लागि चाहिने खाद्यान्न, चामल, चिउरा, दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा झापाको दमकबाट रतुवाको दोभान हुँदै इलामको लारुम्बा रवि, सप्तमी, आङ्ना, मौवा, कुरुम्बातिर सवारी साधान सञ्चालन हुने गर्छन् ।

अहिले यो सडक पनि रतुवाखोलामा पानीको बहाव बढेपछि चार महिनाअघिदेखि नै बन्द छ ।

१३ असोज, काठमाडौं ।
औषधि व्यवस्था विभागको कार्यालयमा लागुऔषध फेला परेपछि पानस फर्मास्युटिकल्स संस्थाका सम्पर्क अधिकृत सुनिल गुप्तालाई प्रहरीले लागुऔषध अपराधअन्तर्गत मुद्दा चलाएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले विभागमा रहेका ७० वटा दराज औषधि कम्पनीहरुले प्रयोग गर्दै आएको बताउनुभयो ।

उहाँले त्यसमा १७ हजार दर्ता भएका फाइल र २१ हजार औषधि फर्म दर्ता भएको जानकारी दिँदै औषधि कम्पनीलाई औषधिको नमुना राख्न छुट्टाछुट्टै दराज उपलब्ध गराइएको बताउनुभयो ।

बुधबार नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले विभागबाट पानस फर्मास्युटिकल्सको दराजको भित्री लकरमा २२ ग्राम लागुऔषध हेरोइन फेला पारेको थियो ।

१३ असोज, काठमाडौं ।

उपत्यकाका तीनै जिल्लामा भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान वितरण गर्न केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका २२ नगरपालिका र १९ गाविसमा सर्वेक्षणको स्थलगत काम सम्पन्न गरेको छ ।

सर्वेक्षणको प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बुझाएपछि प्राविधिक अध्ययन गरी प्राधिकरणले लाभग्राहीको सूची सार्वजनिक गर्ने छ ।

विभागले यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवाको सर्वेक्षण सकी सम्झौताका साथ पहिलो किस्ताको अनुदान वितरण भइरहेको छ ।

एघार जिल्लामा बिहीबारसम्म तीन लाख ९६ हजार ८११ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार(प्रतिव्यक्ति) वितरण गरिएको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले बताउनुभयो । रासस

President Bidya Devi Bhandari has said the Buddhism is not just a religion, but a way of life dedicated to spiritual advancement of entire humanity.

In a message of best wishes for all success of the 28th general conference of the world fellowship of Buddhists, the 19th general conference of the world fellowship of Buddhist youths and the 10th meeting of the world Buddhist university council being held in Seoul from September 26-30, the President said Lord Buddha, an immortal son of our country born in Lumbini in southern Nepal was a staunch advocate of world peace, fraternity and non violence.

Prime Minister Pushpa Kamal Dahal has said implementing the constitution together with concluding the remaining task of the peace process is the topmost priority of the government.

Inaugurating the South Asian Association for Regional Cooperation (SAARC) Effectiveness Conference in Kathamandu today, the Prime Minister said a process to amend the constitution has been initiated with the political consent to find a ground for the meaningful enforcement of the country's main law.

The government has started preparations for holding the three-tier elections, he added.

The Prime Minister expressed his hope that the Nepal's new constitution would prove a milestone in attaining economic progress with establishing political stability.

Admitting that the SAARC, a regional bloc of eight South Asian countries, has yet to prove its effective presence in the socio-economic development of the region's people as envisaged in its charter, the Prime Minister insisted on the restructuring of the SAARC mechanism.

The 19th SAARC Summit is to be held in Pakistan's capital, Islamabad.

On the occasion, the Prime Minister said poverty, terrorism and climate change impact are the common challenges for development facing the SAARC countries and such issues should be addressed through collective efforts.

Also speaking on the occasion, Speaker Onsari Gharti expressed her hope that the conference would be successful in furnishing recommendations to the SAARC heads of the governments to make the 19th SAARC Summit successful.

Former Prime Minister Madhav Kumar Nepal said though the South Asia is rich in human and natural resources, the region is still under the extreme poverty in the absence of the proper utilisation of such property.

Former Deputy Prime Minister Sujata Koirala expressed her confidence that the conference would be successful in meeting its goal.

In the inaugural session, Committee President Prabhu Saha said the working papers on different five topics will be presented during the conference.

India's army says it has carried out "surgical strikes" against suspected militants along the de-facto border with Pakistan in Kashmir.

The operation was aimed at preventing attacks being planned by Pakistan-based militants, a senior army official said.

He said "significant casualties have been caused to the terrorists and those who are trying to support them".

Pakistan denies India carried out any strikes and says two of its soldiers were killed in cross-border shelling.

The notion of surgical strike linked to alleged terrorists' bases is an illusion being deliberately generated by India to create false effects, the Pakistani military said in a statement.

Pakistan said its soldiers died in "unprovoked" firing along the Line of Control dividing the disputed region.

A territorial dispute between the two countries over Muslim-majority Kashmir has been running for decades, but tensions flared earlier this month after a militant attack on an Indian army base in Kashmir left 18 soldiers dead.

India blamed the attack on Pakistan, which denied the claim.

१३ असोज, काठमाडौं ।
चाडपर्व भित्रिने क्रमसंगै वीरगंज नाकाबाट दैनिक उपभोग्य सामानको आयात दोब्बरले बृद्धि भएको छ ।

मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयबाट नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै भारत लगायत तेश्रो मुलुकबाट दैनिक उपभोग्य सामानहरु ठूलो परिणाममा आयात भएको छ ।

विगत एक साता यता लत्ता कपडा, चामल, दाल, तेल, सुख्खा फलफुल, मसला लगायतका झण्डै २ अर्ब रुपैया भन्दा बढीको सामाग्रीहरु भित्रिएको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताउनु भयो ।

यसैगरी दशै तिहारमा सवारी साधनमा हुने छुटका कारण मोटर साईकल, जिप, कार, भ्यान लगायतका हलुका सवारी साधनहरु अरु समयको तुलनामा दोब्बरले भित्रिएको पोखरेलले बताउनुभयो ।

चाडवाडमा दैनिक उपभोग्य सामान भित्रिने क्रम बढे संगै त्यसलाई छिटो भन्दा छिटो उपभोक्ता सम्म पुर्याउन भन्सार प्रणालीलाई सहज र पारदर्शि बनाईएको प्रमुख पाखरेलले बताउनुभयो ।