दशैं नजिकिएपछि दैनिक उपभोग्य सामानको आयात दोब्बरले बृद्धि

अशोज १३, २०७३ मा प्रकाशित | 1048 views

१३ असोज, काठमाडौं ।
चाडपर्व भित्रिने क्रमसंगै वीरगंज नाकाबाट दैनिक उपभोग्य सामानको आयात दोब्बरले बृद्धि भएको छ ।

मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयबाट नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै भारत लगायत तेश्रो मुलुकबाट दैनिक उपभोग्य सामानहरु ठूलो परिणाममा आयात भएको छ ।

विगत एक साता यता लत्ता कपडा, चामल, दाल, तेल, सुख्खा फलफुल, मसला लगायतका झण्डै २ अर्ब रुपैया भन्दा बढीको सामाग्रीहरु  भित्रिएको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताउनु भयो ।

यसैगरी दशै तिहारमा सवारी साधनमा हुने छुटका कारण मोटर साईकल, जिप, कार, भ्यान लगायतका हलुका सवारी साधनहरु अरु समयको तुलनामा दोब्बरले भित्रिएको पोखरेलले बताउनुभयो ।

चाडवाडमा दैनिक उपभोग्य सामान भित्रिने क्रम बढे संगै त्यसलाई छिटो भन्दा छिटो उपभोक्ता सम्म पुर्याउन भन्सार प्रणालीलाई सहज र पारदर्शि बनाईएको प्रमुख पाखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web