काठमाडौं,असोज १५ । कांग्रेसमा उपसभापतिमा भन्दा पहिले महामन्त्री मनोनीत हुने भएको छ । आन्तरिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दशैंअगाडिसम्म मनोनित गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् ।

‘उपसभापति तत्काललाई थाती नै रहन्छ र दशैंअघि महामन्त्री मनोनीत गर्ने तयारी छ ।’ देउवा निकट स्रोतले भन्यो, ‘उपसभापतिको मनोनययन दुई चार महिनापछि मात्र हुने भएको छ ।’सहमाहामन्त्री पनि उपसभापतिभन्दा अघि नै मनोनीत गर्ने तयारी देउवाको रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

निर्वाचित भएको दुई महिनामा पार्टीका सवै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर, महाधिवेशन भएको सात महिनासम्म पनि देउवाले पदाधिकारीमासमेत पूर्णता दिएका छैनन् ।

काठमाडौं,असोज १४ । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा हाइवे फुटसल र रजनी फुटसलले विजय हासिल गरेका छन् ।

सामाखुसी फुटसलमा भएको पहिलो खेलमा होम टिम सामाखुसीलाई हाइवे फुटसलले अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ६–७ गोल अन्तरले पराजित गरेको छ ।

अवे मैदानमा हाइवेलाई जिताउन विकास लामाले ह्याट्रिक गरे भने अमित तामाङ र बसन्त गुरुङले दुई÷दुई गोल गरे । सामाखुसी फुटसलका नविन लामा र सन्तोष तामाङ दुवैले ह्याट्रिक गरे पनि आफ्नो टोलीलाई विजयी बनाउन सकेनन् । यस खेलको म्यान अफ द म्याच सामाखुसी फुटसलका नविन लामा चुनिए ।

चौर रिक्रियसन सेन्टरमा भएको दोस्रो खेलमा रजनी फुटसलले होम टिम चौर रिक्रियसनमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पा¥यो । रजनी फुटसललाई जिताउन सुशान केसीले ह्याट्रिक गरे भने विभोर गुरुङ र अविन थापाले एक-एक गोल गरे । एकतर्फी खेलमा चौरका रमेश गुरुङले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याचको उपाधि रजनी फुटसलका रुशान केसी घोषित भए ।

होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ । लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।

काठमाडौं,असोज १४ । ६ दिनअघि त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ । रातदिन गरेर खोजेपनि नभेटिएपछि परिवारले उनको अन्त्येष्टी गरेको हो । चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका घिमिरेको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर अन्तिम संस्कार सुरु गरेका छन् ।

चैतन्यकुमारीको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिएका थिए। उनैले कुशको शवमा पनि दागबत्ती दिए । पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो। घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप आइतबार त्रिशूली नदीमा खसेको थियो।

१४ असोज, काठमाडौं ।
मुख्य सचिवबाट अवकास पाएका स्वच्छ छवि भएका सरकारी कर्मचारीमा गनिने लिलामणि पौडेललाई चिनको राजदूतमा प्रस्ताव गर्दा सबैको समर्थन जुटेको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले संसदीय सुनुवाई विशेष समितिमा लिलामणिको नाममा कुनै बिरोध नभएको बताएपछि पौडेल सर्वसम्मत रुपमा चिनका लागि राजदूतमा नियुक्त हुने देखिएको छ ।

तर भारतका लागि राजदूत रहँदा काँग्रेस कोटाबाट राजदूत बनेका काँग्रेस नेता समेत रहेका दिपकुमार उपाध्यायको नाममा भने पुन बिरोध भएको छ ।

नेपाल सरकार भन्दा भारतप्रति बफादार बनेको भेटेपछि यसअघिको सरकारले फिर्ता बोलाइएका राजदूत उपाध्यायलाई पुन काँग्रेसले भारतकै लागि राजदूतमा प्रस्ताव गरेपछि सार्वजनिक रुपमा समेत उनको आलोचना र टिप्पणी भइरहेको छ ।

नेकपा एमालेले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको विपक्षमा मत दिने बताएको छ ।

राप्रपा नेपाल समेत उपाध्यायको बिपक्षमा देखिएको छ भने भारत केन्द्रित रहेको आरोप खेप्दै आएका मधेशी दलहरुले भने उपाध्यायको पक्षमा मतदान गर्ने भएका छन् ।

समिति सभापति रहेका कुलबहादुर गुरुङ विरामी भएपछि आजको बैठक भने स्थगित गरिएको छ ।
आइतबार बस्ने ठानिएको बैठकमा रादूतहरुका बिषयमा निर्णय हुने ठानिएको छ ।

१४ असोज, काठमाडौं ।
दशैंमा यात्रुहरुलाई जथाभावी थोत्रा बसमा कोचेर बोक्न पाउनुपर्ने र टीकट मूल्य बढाएर लिन पाउनुपर्ने माग सहित बस व्यवायिहरुले बस सञ्चालनमा अवरोध गरिरहँदा सरकार लाचार देखिएको छ ।

नुवाकोट, रसुवा, सिन्धुपाल्चोक लगायतका जिल्लामा चल्ने अरनिको यातायात लगायतका बस व्यवसायिहरुले बस सेवा अवरुद्ध गरि यात्रुहरुलाई दुख दिइरहेका छन् । तर ति जिल्लाका प्रशासन मुकदर्शक बसिरहेको छ भने उनिहरुले अन्य बस तथा माइक्रोबसहरु समेत चल्न दिएका छैनन् ।

यसैबिच नेकपा एमालेका नेता रविन्द्र अधिकारीले दशैको समयमा सवारी व्यवस्थापन गर्नुको सट्टा सरकार मुखदर्शक बनेको आरोप लगाएका छन् ।

शुक्रबारको संसद वैठकमा बोल्दै नेता अधिकारीले दशैंमा घर जानको लागि नागरिकहरु टिकट खोजिरहेपनि व्यवसायीको दादागिरीका कारण टिकट पाउन नसकेको बताए ।

नेता अधिकारीले सिटभन्दा धेरै यात्रु चढाउन नपाए गाडी नचलाउने भन्ने व्यवसायीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकार र व्यवसायीको मिलेमतो रहेको आरोप लगाए ।

उनले भने ‘जो व्यवसायीहरुले गाडी चलाउन मान्दैनन् उनीहरुको दर्ता र रुटपर्मिट खारेज गर्न सरकार किन सक्दैन ?’

नुवाकोट र रसुवामा यातायात ठप्प

पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज नुवाकोट र रसुवामा यातायात ठप्प बनाएको छ । नुवाकोट र रसुवामा एकतर्फी यातायात सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि केरुङ यातायातले थप वस सेवा सञ्चालन गरेपछि पासाङल्हामुका वस सञ्चालकहरु विरोधमा उत्रिएका हुन् ।

आज विहानैदेखि पासाङल्हामु यातायात सेवा समितिका एक सय ५० भन्दा धेरै वसहरु सदरमुकाम विदुरसहित आसपासको सडकमा वस तेस्र्याएर अवरोध गरिरहेका छन् मुख्य सडकमा अन्य यातायातका साधन सञ्चालन गर्नै नसकिने गरी भएको अवरोधलाई स्थानीय प्रशासनले हटाउनका लागि पहल गरेको छैन । ढुंगे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा वसहरु लाइन लगाएर खडा गरिएको छ ।

राजमार्ग नै अवरुद्ध हुने गरी वस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारी साधन, भाडाका र अन्य मालबाहक सवारीसमेत आवतजावत गर्न समस्या भएको एक व्यापारीले बताएका छन् ।

केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले पासाङल्हामुले एकाधिकार तोडिएको विरोधमा यात्रा गर्न पाउने सर्वसाधारणको अधिकारमाथि प्रहार गरेको बताउनुभयो ।

केरुङ यातायात समितिले भने आफ्नो सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । उहाँले जिल्लाका सुरक्षा निकायलाई आवश्यक सहयोगको लागि आग्रह गरिएकाले आफ्नो समितिका वसहरुले नियमित सेवा दिने बताउनुभयो ।

बर्षौदेखि पुराना र थोक्रा गाडी सञ्चालन गर्दै आएको पासाङल्हामुको एकाधिकार तोड्दै नयाँ डिलक्स वसको सञ्चालनपछि पासाङल्हामु विरोधमा उत्रिएको यात्रुहरुको गुनासो रहेको छ ।

१४ साउन, काभ्रे ।
बनेपा नगरपालिका–५ स्थित लहरमान कपालीको घरमा अबैध रुपमातास खेल्ने खेलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काशीखण्ड नगरपालिका–१३ घर भई बनेपा नगरपालिका–५ नयाँ बस्ती बस्ने २७ बर्षीय कृष्ण लामा, शिखर आम बाटो–५ घर भएका सुरेश लामा , काशीखण्ड–१३ घर भएका ४० बर्षीय काला तामाङ , बनेपा बस्ने ३७ बर्षीय दिपक थापा , ५० बर्षीय गोबर्धन भन्ने सिताराम दाहाल , ४६ बर्षीय सागर शाही, ६३ बर्षीय रामचन्द्र बजगाई , ६४ बर्षीय रामशरण पण्डीत र ६० बर्षीय लहरमान कपाली रहेका छन् ।

कपालीको घरमा जुवा तास खेली रहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार नगद ९१ हजार ८ सय १५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१४ असोज, टोकियो ।
नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले दशैंको अवसर पारेर यही अक्टोवर ९ तारिखमा जापानमा रहेका नेपालीहरुलाई नचाउने भएको छ ।

गोरेटो प्रोडक्सनको आयोजनामा हुन लागेको कन्सर्टको लागि सबै तयारी सकिएको आयोजकले जानकारी दिएको छ ।

अक्टोवर ९ तारिखका दिन हुने लाईभ कन्सर्टको लागि आधा बढी टिकट विक्रि भइसकेको बताएको आयोजकले टिकट सिमित रहेकाले समयमै बुकिगं गराउन जापानवासी नेपालीहरुलाई आग्रह गरेको छ ।

टोकियो इकेगामी काइखानमा साँझ ६ बजेबाट सुरुहुने कन्सर्टको लागि मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकार जापान आउने पक्का भएको छ ।

अग्रिम टिकट बुकिगं गराएमा ३५ सय जापानी येन मात्र तोकिएको टिकट कन्सर्ट स्थलमै लिएमा भने ४ हजार येन तोकिएको छ ।

फुकुओकाको लागि पनि कन्सर्ट गर्न लागेको आयोजकले ९ तारिखमा मिनामी सीमिन हल फुकुओकामा कन्र्सट हुने बताएको छ ।

कन्सर्टमा नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले केको साँचो 'डल्ली रेशम…', 'नहेर मलाई…', 'चौबन्दी चोलो…', 'कलंकीको जाम…' सहित आफ्ना दर्जन बढी लोकप्रिय गितहरु पस्कनेछ ।

अत्याधुनिक साउण्ड र लाईट सिस्टमको व्यवस्था सहित पहिलो पटक गर्न लागिएको लाईभ कन्सर्टको टिकटको लागि तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि टिकट बुकिंग गराउन सकिने आयोजकले बताएको छ ।

अनिस- ०८० ३२२२ १०२९
अमित- ०८० ४६५२ ७९९९
दिपेश- ०८० ३५५७ ३०५४
कृष्ण- ०९० ८३९३ ९१२७

१४ असोज, मुस्ताङ ।
मुस्ताङ जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । यस वर्षको उत्पादन भने गत बर्षभन्दा ४०० मेट्रिक टन कम हो

लामो समयसम्म खडेरी पर्नु र स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ

वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुनेगरेको बताउनुभयो ।

यस वर्ष मुस्ताङका किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो ८० देखि १०० रुपैयासम्ममा स्याउ बिक्री गरेका छन् ।

१४ असोज, काठमाडौं ।
सरकारले निर्यात व्यापार प्रवद्र्धनका लागि नेपाल एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक गरेको छ ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारको पाँच वर्षे एकीकृत व्यापार रणनीति सार्वजनिक गर्नुभयोे ।

रणनीति सार्वजनिक गर्दै वाणिज्यमन्त्री थकालीले व्यापार नीति समय समयमा परिमार्जन गरेर अन्तर्राष्ट्रियस्तरमा यहाँका स्थानीय वस्तु निर्यात गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले अघिल्लो सन् २०१० मा जारी गरिएको रणनीतिभन्दा अहिले कम वस्तु निर्यात गर्ने लक्ष्य लिए पनि ती वस्तुबाट धेरै निर्यात गरेर आर्थिक वृद्धिदर हासिल गर्ने बताउनुभयो ।

१४ असोज, ताप्लेजुङ ।

सातौ राष्टिय खेलकुदमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सबै ९ खेलका खेलाडिको आज टुङ्गो लाग्दैछ । आज फुटबल र भलिबलको खेलाडि छनौट गरिदैछ । बांकीको हिजै छनौट भइसकेको खेलकुद कार्यलयका सदस्यसचिव यज्ञनीधि पौडेलले जानकारि दिनुभयो ।

हिजो कराते, ताइक्वान्दो, र टेबलटेनिस खेलाडिको टुङ्गो लागेको थियो । ताइक्वान्दोमा पुरुषतर्फ निङ्माग्यावु शेर्पा, ज्ञानबहादुर गुरुङ, अनिस सावदेन र राजेश पालुङवा महिलातर्फ अनिता लिम्बु, संगिता लिम्बु, एञ्जिला सुब्बा र निसा गुरुङ छनौट भएको खेलकुद कार्यलयका सदस्यसचिव यज्ञनीधि पौडेलले जानकारि दिनुभयो ।

त्यस्तै टेबलटेनिसको लागि उत्सव श्रेष्ठ र ग्याजला लामा छनौेट भएको जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेश लामाले बताउनुभयो । उता करातेमा प्रतिस्पर्धा गर्ने ११ जना खेलाडिको पनि टुङगो लागेको छ । कराते कोचा रुपा नेयोङका अनुसार पुरुषतर्फ साइङ लिम्बु, दिमस सुन्दास, राजन सेञ्चुरि, दिपेन्द्र बराल, दिनेस खिम्दिङ र राजत लिम्बु तथा महिलातर्फ मनिसा लिम्बु, खिम्दिङ, संगिता बर्देवा, सनम शेर्पा र सम्झना तामाङ छनौट हुनुभएको छ ।

आज पनि जारि रहेको छ । फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते लगयत ९ वटा खेलको लागि छनौट गर्न लागिएको हो । भोलि सम्ममा अधिकांश खेलको फाइनल हुने खेलकुद कार्यलयका सदस्यसचिव यज्ञनीधि पौडेलले जानकारि दिनुभयो ।

१४ असोज, ताप्लेजुङ ।
ताप्लेजुङको फुलबारी गाउं विकास समितिमा घांस काट्न जादा लडेर १ जना बृद्धाको मृत्यु भएको छ ।

गाविसका वडा नं २ डांडाटोल निवासी ६० वर्षिय खड्क बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

मृतक श्रेष्ठ बुधवार घांस काट्न भनि घरबाट हिडेका र राती अवेस सम्म नफकिएपछि खोजी गर्दा हिजो बिहान मात्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

मृतवक श्रेष्ठको शवलाई पोष्ठमाटमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

१४ असोज, धनगढी ।
कैलालीको धनगढी स्थित सेती अंचल अस्पतालमा उपचार गर्न आएका ७४ जनामा स्क्रब टाइफस देखिएको छ ।

पछिल्लो दुइ महिनाको अवधिमा उपचार गर्न अस्पताल पुगेका १ सय २२ जना मध्ये ७४ जनामा स्क्रब टाइफस देखिएको सो अस्पतालले जनाएको छ ।

केन्द्रीय स्वास्थ्य प्रयोगशालामा गरिएको रगत परिक्षणबाट उनीहरुमा स्क्रब टाइफस देखिएको अस्पतालमा वार्ड इन्चार्ज यसोदा ढकालले जानकारी दिनुभयो ।

स्क्रब टाइफस देखिनेमा कैलाली, कचनपुर, डोटी, डडेल्धुराबाट उपचार गर्न आएका बिरामी रहेको बताइएको छ ।

चिकित्सकका अनुसार मुसाबाट सर्ने स्क्रव टाइफसका बिरामीमा कडा खाले टाउको दुख्ने, ज्वरो आउने, घाटीमा रातो बिमिरा देखिने, ग्रन्थी सुन्निने जस्ता लक्षण देखा पर्ने गर्दछन् ।

यस्तै यो रोगबाट बच्न घर आगनको घास, पतिकंर सफा गर्ने, मुसा मार्ने र शंका लागेमा तत्काल स्वास्थ्य संस्था पुगेर चेकजाज गराउने स्वास्थ्यक्रमीले सुझाव दिएका छन् ।