पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टी

अशोज १४, २०७३ मा प्रकाशित | 675 views

काठमाडौं,असोज १४ । ६ दिनअघि  त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ । रातदिन गरेर खोजेपनि नभेटिएपछि परिवारले उनको अन्त्येष्टी गरेको हो । चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका  घिमिरेको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर अन्तिम संस्कार सुरु गरेका छन् ।

चैतन्यकुमारीको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिएका थिए। उनैले कुशको शवमा पनि दागबत्ती दिए । पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो। घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप आइतबार त्रिशूली नदीमा खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web