Senior citizens should be respected: Minister KC

Minister for Urban Development Arjun Narshing KC has said the government is committed to ensure the social justice to the senior citizens.

Speaking a programme organized by the Senior Citizens Fund on the occasion of 26th International Senior Citizens Day today Minister KC opined for utilizing the skills and experience of senior citizens for social development and prosperity. He further said the government is committed to ensure such rights for the dignified life of the senior citizens.
NC's presence in govt remained weaker: leader Sing

Nepali Congress leader and former Prime Minister Prakash Man Singh has said the party leadership should be serious for holding local bodies' election and restructuring the local units.

At a festive greetings exchange programme organized by the Nepali Congress Kathmandu District Committee today, leader Singh said though NC is the largest party, its role in the government remained weaker which caused the pessimism among the cadres.

In a separate note, Leader Singh expressed dissatisfaction over dillydally in giving full shape to the office bearers and central working committee of the party.

Nepal to initiate for holding 19th SAARC Summit: FM Mahat

Minister for Foreign Affairs, Dr Prakash Sharan Mahat, today said Nepal will take necessary initiative and hold discussions with the member countries to press for holding 19th South Asian Association for Regional Cooperation (SAARC) Summit, which has been postponed after India-Pakistan relations soured in wake of terrorist attacks and cross-border conflicts.

Speaking to journalists at the Tribhuvan International Airport (TIA) upon his arrival back home from the 71st Session of the United Nations General Assembly (UNGA), Minister Mahat said the SAARC member states must be sensitive towards holding the Summit by insuring the participation of everyone.

The 19th SAARC was scheduled to take place in Islamabad, the capital of Pakistan, from November 10 to 11.

On the sidelines of the UNGA, Foreign Minister Mahat had met with US President Barack Obama, UN Secretary General Ban Ki-moon and Pakistani Prime Minister Nawaz Sharif among other dignitaries.

जापानमा अर्का एक नेपालीको निधन

१५ साउन, टोकियो ।
दशैंमा घर फर्कने तयारीमा रहेका एक नेपाली युवाको जापानमा निधन भएको छ ।

दक्ष कामदारको रुपमा कुक भिषामा जापान आएका स्याङ्ग्जा अर्जुनचौपार–९ केवरे लिडि घरभएका दिपक केसीको आज निधन भएको हो ।

जापान आएको १० महिना मात्र भएका दिपकको आज अचानक सुतेकै स्थानमा निधन भएको हो ।

टोकियोको सेतागाया कु गोतोजिमा बस्दै आएका दिपक शुक्रबार राती सामान्य अवस्थामा रहेपनि शनिबार विहान ४ बजे पिसाब फेर्न उठेको सँगै बस्दै आएका साथिहरुले बताएका छन् ।

शौचालय गएर आएर सुतेका दिपक बिहान काममा जाने बेलामा पनि नउठेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

उनी काम गर्दै आएको रेष्टुरेण्टका मालिक सुकबहादुर केसीले दिपकको निधनबारे बताएका हुन् । अचानक रक्तसञ्चार रोकिएर मृत्यु भएका भनिएका दिपकलाई विहान १२ बजेर ५८ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।

१० लाख बढी खर्च गरेर जापान आएपनि मुस्किलले दुई तिन लाख नेपाल पठाएको बताइएका दिपक यही दशैंमा घर गएर बिहे गर्ने तयारीमा रहेका थिए ।

उनको परिवारको आर्थिक अवस्था कमजोर रहेको र जापान आएको ऋण समेत तिर्न बाँकी रहेको उनका नजिककाहरुले बताएका छन् ।

मृतक दिपकको दाहसंस्कार तथा उनको परिवारलाई आर्थिक सहयोग गर्न स्याङ्जा समाज जापानले आर्थिक संकलनको अभियान थालेको छ ।

जसको लागि समाजको जेपी बैंकको खाता १०११०-६२२८६८९१ セン ザ サマーズ ジャパン मा जम्मा गरि सहयोग गर्न वा  ९०८०-३३६७-२५४७० मोबाइल नम्वरमा सम्पर्क गरेर सक्दो आर्थिक सहयो गर्न स्यागंजा समाजले जापानवासी नेपालीहरुसँग अनुरोध गरेको छ ।

महिना दिनदेखी दुई नेपालीको शव अलपत्र
जापानमा महिनादिन अघि झुण्डिएर आत्महत्या गरेकी नेपाली विद्यार्थी टिना गुरुगं र अध्ययनै लागि आएका शिव रोका मगरको शव आर्थिक अभावमा जापानमा अलपत्र अवस्थामा रहेको छ ।

गैर अवासिय नेपाली संघ जापान सहित दर्जन बढी संघसंस्था र विद्यार्थी आवद्ध संस्थाहरुले रकम सहयोगको अनुरोध र संकलन थालेपनि यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।

मृतकहरुको परिवारले शव कुरेर बसेपनि जापानमा शव अलपत्रजस्तै अवस्थामा परेको छ भने यसअघि यस्तै मृत्यु र घाइतेलाई उठाएका रकम बढी भएकाहरुले सहयोग गर्ने तत्परता देखाएका छैनन् ।

आज मृत्यु भएका दिपक केसीको शव शदगत वा नेपाल पठाउने भन्ने टुंगो लागिसकेको छैन भने उनको दाहसंस्कारको लागि रकम कहिलेसम्ममा जुट्ला र कहिले दाहसंस्कार होला भन्ने अन्योलता बढेको छ ।

जापानमा सामान्य स्वास्थ्य हेरचाहको ज्ञान तथा तनाव, अस्वस्थता आदिका कारण नेपालीहरुको मृत्युको घटना दिन प्रतिदिन बढिरहेको छ ।

तर जापानमा रहेका ६० हजार बढी नेपालीहरुको संरक्षक मानिएको नेपाली राजदूतावास जापान, गैर आवसिय नेपाली संघ जापान लगायतमा केही ठूला संघसंस्था र आर्थिक रुपमा सम्पन्न नेपालीहरुबाट अपेक्षा गरेअनुसारको तदारुकता, सक्रियता र सहयोग नपाउँदा जापानमा रहँदा त सहयोग नपाएका नेपालीहरु मृत्युपछि पनि लासको बेहाल अवस्थामा पुगेको भन्दै जापानमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

टिना र शिवको शव नेपाल पठाउन काभ्रेली समाजको सहयोग

पारा टेटेलाई राष्ट्रिय च्याम्पियन नविताको सहयोग

काठमाडौं, असोज १५ ।  पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई शनिबार खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेकी छन् । संघमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल ५ दर्जन, मल्टी बल २५ दर्जन, टिसर्ट ३४ थान, नेट ४ थान, रबर र रबर प्रोटेक्टर ८–८ थान, साइड टेप १२ थान, जुत्ता १ जोर, ¥याकेट कभर १२ थान र ब्याग ५ थान प्रदान गरिएको हो ।

नविताले संघका अध्यक्ष दीपक केसीलाई उक्त सामाग्री हस्तान्तरण गरिन् । करिब १ लाख २० हजार मूल्य बराबरको सामाग्री प्रदान गरिएको नविताका पति एवं टेबलटेनिस खेलाडी राकेश महर्जनले जनाएका छन् । नविताले विभिन्न कार्यक्रममा पाएको पुरस्कारको रकमबाट उक्त सामाग्री खरिद गरेर वितरण गरिएको रकेशले जानकारी गराए ।

नविता २०६७ सालदेखि निरन्तर च्याम्पियन छिन् । नविताले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला डबल्समा नन्द एलिनासंग मिलेर कांस्य जितेकी थिइन् । नविताकी अर्की नन्द एरिका पनि टेबलटेनिस खेलाडी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड– २०७२ को उपाधि पनि जितेकी थिइन् । अवार्ड जित्ने क्रममा नविताले १ लाख ५५ हजार मत पाएकी थिइन् ।

१२ औं सागको तयारीका लागि थाइल्यान्डमा रहेका बेला पारा टेबलटेनिस खेलाडीबाट प्रभावित भएर यहाँका पारा टेबलटेनिस खेलाडीलाई सहयोग गरेको बताइन् । ‘१२ औं सागको ट्रेनिङमा थाइल्यान्डमा गएको बेला मैले थाइल्यान्डका पारा टेबलटेनिस खेलाडीसंग खेल्ने अवसर पाएको थिए । पछि बुझ्दै जाँदा त्यो खेलाडी त पारा ओलम्पिकको स्वर्ण विजेता रहेछ । हाम्रोमा पनि पारा टेबलटेनिस खेलाडी छन् । हाम्रा खेलाडीले पनि सहयोग पाए भने अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पदक जित्ने सम्भावना छ । त्यो लक्ष्यलाई भेटाउन केहि सहयोग पुगोस् भनेर सहयोग गरेकी हुँ ।’– सामाग्री वितरण गुर्नको उद्देश्य प्रकाश पार्दै नविताले भनिन् ।

तीन वर्षीया बालिका विदेहाको एकल चित्रकला प्रदर्शनी आइतबार हुँदै

काठमाडौं,असोज १५ । तीन वर्षीया बालिकाको अद्भुत कला क्षमता आइतबार प्रदर्शन हुँदैछ । नेपाल कला परिषद् (आर्ट काउन्सिल)मा हुने एकल चित्रकलामार्फत तीन वर्षीय बालिका विदेहा रञ्जनको कला हेर्न पाइने भएको छ । विदेहाको तेस्रो जन्मदिनको अवसर पारेर ‘सिर्जनाको बिहानी’ नामक चित्रकला प्रदर्शन गर्न लागिएको हो ।

सो प्रदर्शनीमा तीन वर्षीया विदेहाले कोरेकी कलात्मक चित्रहरू प्रदर्शन हुनेछन् । सो प्रर्दशनीको उद्घाटन उनकै ७० वर्षीय हजुरआमा प्रिती दाहालले गर्ने कार्यक्रम छ । स्पाइनी ब्याबलरको आयोजनामा हुन लागेको प्रर्दशनीमा विदेहाको ८० ओटा कलाकृति प्रदर्शन गरिनेछ । प्रर्दशनी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ भने अवलोकनका लागि कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।

नेपाली कला प्रर्दशनीको इतिहासमै पहिलोपटक सानो उमेरकी बालिकाले कोरिएको चित्रकला प्रर्दशनी गर्न लागिएको हो । उक्त कार्यक्रममा विदेहाको २२ वटा अङ्ग्रेजी तथा नेपाली गीतको भिडियो सार्वजनिक हुने उनको बुबा पल्लव रञ्जनले जानकारी दिएका छन् । १४ महिनाको उमेरमै चित्र कोर्न सुरु गरेकी विदेहाको आधा कलाकृतिहरू सिसाकलमको माध्यमबाट कोरिएका छन् । त्यस्तै मार्करले बोर्डमा कोरिएका चित्रहरू पनि रहेका छन् ।

त्यसैगरी श्याम–स्वेत सिर्जना बाहेक चुम्बकीय बोर्डमा बनाईएका कृति तथा पेस्टलका माध्यमबाट बनाईएका चित्रकला पनि प्रर्दशनीमा राखिनेछन् ।

चित्रकलामा शेषनारायणको मन्दिर, टौदह, सिद्धीपोखरी, नागदह, जनकपुरमा देखिएको माछा, पात, भित्तामा देखिएको माकुरो, झुसेलकिरा, हिरण्यवर्ण महाविहार, कछुवा, घरमा पालेको खरायो उनको कलामा समेटिएका छन् । त्यस्तै बालबालिकाको संसारमा आउने भूतप्रेत, कार्टुनमा देखेको मासा, भालू र व्वाँसो पनि उनको कलामा परिणत भएका छन् । उनको सिर्जनामा उडिरहेको पुतली, लुगा सुकाउँदै गरेको मानिस, भक्तपुर सहर, आकाशमाथि उडेको बादल, धान रोपार्इं, हाँस, कुखुरा, मःमः, मादल र बाँसुरी परेका छन् ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझं' सानै उमेरदेखि प्रतिभाको धनी विदेहाको दिनर्चया चित्रकला तथा संगीत मै तल्लिन हुने गरेको छ । आफ्ना अभिभावकसँग कतै घुम्न गयो भने त्यस ठाँउमा देखेको वस्तुस्थितिलाई चित्रमा उर्ताने उनको स्वभाव हो । कुनैदिन आफूहरू नउठ्दै एकाबिहानै उठेर उनी चित्र कोर्न थालिसकेको हुने उनको अभिभावकहरू बताउँछन् । उनले आफुले देखेको र घुमेको ठाँउको चित्र एक–दुई दिनदेखि पाँच छ महिनापछि पनि कोर्ने गरेकी छिन् । एक वर्षअघि कोरेको चित्र कुन ठाँउको हो भनेर उनले सम्झन सक्ने क्षमता उनमा रहेको पाईन्छ । सानै उमेरमा यस्तो चमत्कार देखेर अभिभावक साथै उनलाई चिन्ने साथीभाई, आफन्त, छरछिमेक समेत चकित परेका छन् ।

सरल, नम्र स्वाभावकी विदेहाको प्रर्दशनीले बाल मनमस्तिष्क भित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिर्वतन, बौदिकता, सिर्जनशिलता, शारिरीक समन्वन र रचनात्कम क्षमता अभिवृद्धि सम्बन्धि दर्शकहरूमा चेतनाको विकास गर्ने उनकी आमा भगवती सापकोटा बताउँछिन् । विदेहा ‘माया माई लभ’,‘सन अन द माउन्टेन’ अंग्रेजी श्रीस्वस्थानी जस्ता पुस्तक प्रकाशित गरेका पल्लव रञ्जनकी छोरी हुन् । प्रदर्शनीमा कलाप्रति मोह राख्ने स्रोता, विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, कवि, लेखक र विभिन्न संघ संस्थाका व्यक्तिहरूको सहभागीता रहने बताइएको छ ।

सामान्य प्रशासन मन्त्री भन्छन्-‘छिमेकीसँग समन्ध सुधार सरकारको मुख्य काम’

१५ साउन, झापा ।
सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले छिमेकीसंगको सम्वन्ध सुधार वर्तमान सरकारको मुख्य काम भएको बताउनु भएको छ ।

झापाको शनिश्चरेमा आज मेरो रेडियो १०५ मेघाहर्जको उद्घाटनपछि समारोहमा बोल्दै  सामान्य प्रशासन मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनलाई सरकारले अर्जुन दृष्टि बनाएको समेत बताउनुभयो ।

स्थानीय तह निर्धारणबाट हुने भौगोलिक पुनर्संरचना संगै गाउँस्तरसम्म नागरिकलाई सेवा पुर्याउने कर्मचारीकको व्यवस्था गर्न   सामान्य प्रशासन मन्त्रालय यतिबेला प्रशासनिक पुनर्संरचनामा जुटेको मन्त्री बुढाथोकीले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका बुढाथोकीले संविधान कार्यान्वयन तथा सरकारका काममा एमालेले सघाउनु पर्ने बताउनु भयो ।

सांसद प्रेम गिरी लगायतले  संविधान कार्यान्वयनमा नागरिक खबरदारीमा जोड दिनुभयो ।

जापानीलाई ४० सकेण्डमा किक हानेर ढाल्ने एक बहादुर नेपाली ‘मोहन ड्रागन’ (फोटो/भिडियो)

टोकियो ।
प्रवासमा रहेर व्यवसायिक किक बक्सिगं खेल्दै आएमा मोहन महर्जन ‘ड्रागन’ ले जापानी खेलाडीलाई उसकै मैदानमा ४० सेकेण्डमा पछारेर किर्तिमानी जित रचेका छन् ।

शुक्रवार राजधानी टोकियोको सुइदोबासीस्थित टोकियो डोममा भएको क्रुस किक वक्सिगं प्रतियोगिताको रोमाञ्चक प्रतिस्प्रधामा मोहनको किक सहन नसकेर जापानी बक्सर ४० सेकेण्डमै ढले ।

जापानी खेलाडी साईतो ताकिहिको १५ मिनेटको खेलमा ५० सेकेण्डमै नकआउट हुँदा मोहन बिजयी बने ।

भिडियो हेर्नुहोस्

६७ किलो तौल समुहमा होक्काईदोका जापानी खेलाडी साईतोलाई सहज हराएका मोहनले जितपनि यो जित आफ्नो नभई जापानमा रहेका नेपालीहरुको हौसला र साथ भएको टपनेपालन्युजलाई प्रतिक्रिया दिए ।

प्रतिस्पर्धामा रिगं छिरेर खेल सुरु हुन नपाउँदै एकोहोरो किक प्रहार गरेका मोहनले लगातार किक प्रहार गर्दा जापानी खेलाडीले छेक्नुबाहेक प्रतिकार गर्न सकेनन् र उनि लगातारको किकपछि रिंगमा ढलेका थिए ।

खेल हेर्न पुगेका सयौं नेपालीहरु हलमा छिर्दा छिर्दै खेल सकिएको थियो । खेल सकिएको थाहा पाएपछि नेपाली खेलाडीले जितेको थाहा पाएर पुगेका नेपाली समर्थक तथा नेपालीहरुले बधाइदिएका थिए ।

यो जितपछि विभिन्न अन्र्तराष्टिय स्तरका प्रतिस्पर्धा खेल्न बाटो खुलेको भन्दै मोहनले जापान सहित, नेपालमा रहेका र विश्वभर रहेका नेपालीहरुको यो जित भएको भन्दै यसरी प्रतिक्रिया दिए ।

प्रहरी र स्थानियको सक्रियतामा पशुपतिनगर सरसफाइ

१५ असोज, इलाम ।
इलाका प्रहरी कार्यलय पशुपतिनगर र सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर एबं स्थानीय बासीको सक्रियतामा पुर्वी इलामको सिमावर्तित बजार पशुपतिनगर बजारमा हरेक महिनाको एक देखि दुईपटक सरसफाई गर्ने गरेको छ ।

बजार क्षेत्रमा हुने फोहोर सकलन गरी जल्नेलाई जलाउने नजल्नेलाई गाडने र पुन प्रयोग गर्न मिल्नेलाई पुन प्रयोग गर्ने गरीएको  सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कमल गदालले बताउनु भयो । सिमावर्तित बजार र भारतबाट नेपाल आउने एक नाका भएकोले नेपाल आउने पर्यटकहरुलाई सुरुमै सफा नेपाल देखाउन पाए पर्यटकहरु मा राम्रो प्रभाव पर्ने भएकोले पनि सफा र सुन्दर बजार निमार्णकोलागि घरअगाडी फोहोर नगर्न जनचेतना जगाउनको साथै फोहोर पनि सकंलन गर्ने गरेको गदालको भनाई छ ।

प्रहरी , सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि , उद्योग बाणिज्य सघँका प्रतिनिधि , होटल ब्यवसायी , बजार बासी ,  युवा बर्ग , सघँ सस्थाँका प्रतिनिधिको सहभागितामा बजार क्षेत्रमा भएको फोहोर सकंलन ,  फोहोर नगर्न सचेतना , डस्बीन ब्यवस्थापन लगायत गर्ने गरेको स्थानीय साबित्रा सिवाले बताउनु भयो ।

बिजयदशमीलाई मध्यनजर गर्दै यस पटक आजै घटस्थापनाको दिन सफा गरीएको र आगामी दिन पनि आवस्यक्ता हेरी दैनिक सफा गर्ने र दशैभर जनचेतना बिस्तार कार्यलाई जारी राखने उहाहरुको भनाई छ । दशैको अवसरमा पशुपतिनगरमा चहलपहल बढदैछ हरेक सोमबार हाट समेत लाग्ने गर्दछ ।

धुर्मुसले भक्कानिंदै माफी माग्दै भने-‘गिरान्चौर एकिकृत बस्ती हस्तान्तरण गर्न सकेनौं’ (भिडियोसहित)

१५ असोज, सिन्धुपाल्चोक ।
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै भक्कानिंदै माफी मागेका छन् ।

बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना मागेका हुन् ।

निरन्तरको झरीले काममा निकै बाधा पुर्याएकाले दशैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको धुर्मुस सुन्तली फाउण्डेशनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोप्रति दुख व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले दशैँ नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् ।
भिडियो हेर्नुहोस् ।

सिन्धुपाल्चोकको राम्चेमा पहिरो,एकको मृत्यु,दुई जना बेपत्ता

सिन्धुपाल्चोक,असोज १५ ।  अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा राम्चे-७ पुरानो गाउँमा एक जनाको मृत्यु भएको छ।  दुई जना बेपत्ता भएका छन्। पुरानागाउँमा राति साढे २ बजे माथिबाट खसेको ढुंगासहितको ढिस्कोले भूकम्पपछि बनाएको टहरो पुर्दा ३५ वर्षीय रामकुमार तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा चन्द्रकान्त तिमल्सिना र कमला तिमल्सिना छन्।

त्यस्तै बेपत्ता हुनेमा सम्झना तिमल्सिना र उद्वव तिमल्सिना छन्। बिहान साढे ३ बजेतिर राम्चे भीर ५० मिटर माथिबाट खसेको प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

विवादमा फस्यो ‘मधेस अयोग’

काठमाडौं,असोज १५ । तराई, मधेस, थरुहटलगायतका क्षेत्रमा भएको हिंसात्मक घटना छानविनका लागि गठित उच्चस्तरीय जाँचवुझ आयोगको अध्यक्षमा सर्वोच्चका पूर्वन्यायाधीशलाई राख्नुको संवैधानिक हैसियत प्रस्ट पार्न सर्वोच्च अदालतले गृह मन्त्रासँग माग गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सर्वोच्चका अवकाशप्राप्त न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय जाँचवुझ आयोग गठानको निर्णय गरेको थियो ।

सर्वोच्चको पत्रपछि लाल आयोग संवैधानिक विवादमा फसेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीसमक्ष आयोग अध्यक्ष रहेका लालको शपथ खुवाउने व्यवस्था गर्न गृह मन्त्रालयले बुधबार सर्वोच्चमा परिपत्र गरेको थियो । सवोच्चले, ‘संविधानको कुन धाराअन्तर्गत सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षतामा त्यस्तो आयोग गठन भएको हो ?’ भन्दै संवैधाननिक हैसियत प्रस्ट पार्न बिहीबार गृहलाई सोधेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

दशैंको नवरात्री सुरु, आज पहिलो दिन घटस्थापना

काठमाडौं,असोज १५ ।  आजदेखि हिन्दु धर्मावलम्बी नेपालीहरुको महान पर्व बडा दशैं सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदैछ । घटस्थापनासँगै आज घरघरमा जमरा राखिन्छ ।  आज हनुमान ढोकास्थित दशै घरमा बिहान जमरा राखिँदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जांै, मकैलगायतका अनाज छर्ने गरिन्छ ।

माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ ।

अनि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ ।

दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web