काठमाडौं,असोज १५ । तीन वर्षीया बालिकाको अद्भुत कला क्षमता आइतबार प्रदर्शन हुँदैछ । नेपाल कला परिषद् (आर्ट काउन्सिल)मा हुने एकल चित्रकलामार्फत तीन वर्षीय बालिका विदेहा रञ्जनको कला हेर्न पाइने भएको छ । विदेहाको तेस्रो जन्मदिनको अवसर पारेर ‘सिर्जनाको बिहानी’ नामक चित्रकला प्रदर्शन गर्न लागिएको हो ।

सो प्रदर्शनीमा तीन वर्षीया विदेहाले कोरेकी कलात्मक चित्रहरू प्रदर्शन हुनेछन् । सो प्रर्दशनीको उद्घाटन उनकै ७० वर्षीय हजुरआमा प्रिती दाहालले गर्ने कार्यक्रम छ । स्पाइनी ब्याबलरको आयोजनामा हुन लागेको प्रर्दशनीमा विदेहाको ८० ओटा कलाकृति प्रदर्शन गरिनेछ । प्रर्दशनी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ भने अवलोकनका लागि कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।

नेपाली कला प्रर्दशनीको इतिहासमै पहिलोपटक सानो उमेरकी बालिकाले कोरिएको चित्रकला प्रर्दशनी गर्न लागिएको हो । उक्त कार्यक्रममा विदेहाको २२ वटा अङ्ग्रेजी तथा नेपाली गीतको भिडियो सार्वजनिक हुने उनको बुबा पल्लव रञ्जनले जानकारी दिएका छन् । १४ महिनाको उमेरमै चित्र कोर्न सुरु गरेकी विदेहाको आधा कलाकृतिहरू सिसाकलमको माध्यमबाट कोरिएका छन् । त्यस्तै मार्करले बोर्डमा कोरिएका चित्रहरू पनि रहेका छन् ।

त्यसैगरी श्याम–स्वेत सिर्जना बाहेक चुम्बकीय बोर्डमा बनाईएका कृति तथा पेस्टलका माध्यमबाट बनाईएका चित्रकला पनि प्रर्दशनीमा राखिनेछन् ।

चित्रकलामा शेषनारायणको मन्दिर, टौदह, सिद्धीपोखरी, नागदह, जनकपुरमा देखिएको माछा, पात, भित्तामा देखिएको माकुरो, झुसेलकिरा, हिरण्यवर्ण महाविहार, कछुवा, घरमा पालेको खरायो उनको कलामा समेटिएका छन् । त्यस्तै बालबालिकाको संसारमा आउने भूतप्रेत, कार्टुनमा देखेको मासा, भालू र व्वाँसो पनि उनको कलामा परिणत भएका छन् । उनको सिर्जनामा उडिरहेको पुतली, लुगा सुकाउँदै गरेको मानिस, भक्तपुर सहर, आकाशमाथि उडेको बादल, धान रोपार्इं, हाँस, कुखुरा, मःमः, मादल र बाँसुरी परेका छन् ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझं' सानै उमेरदेखि प्रतिभाको धनी विदेहाको दिनर्चया चित्रकला तथा संगीत मै तल्लिन हुने गरेको छ । आफ्ना अभिभावकसँग कतै घुम्न गयो भने त्यस ठाँउमा देखेको वस्तुस्थितिलाई चित्रमा उर्ताने उनको स्वभाव हो । कुनैदिन आफूहरू नउठ्दै एकाबिहानै उठेर उनी चित्र कोर्न थालिसकेको हुने उनको अभिभावकहरू बताउँछन् । उनले आफुले देखेको र घुमेको ठाँउको चित्र एक–दुई दिनदेखि पाँच छ महिनापछि पनि कोर्ने गरेकी छिन् । एक वर्षअघि कोरेको चित्र कुन ठाँउको हो भनेर उनले सम्झन सक्ने क्षमता उनमा रहेको पाईन्छ । सानै उमेरमा यस्तो चमत्कार देखेर अभिभावक साथै उनलाई चिन्ने साथीभाई, आफन्त, छरछिमेक समेत चकित परेका छन् ।

सरल, नम्र स्वाभावकी विदेहाको प्रर्दशनीले बाल मनमस्तिष्क भित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिर्वतन, बौदिकता, सिर्जनशिलता, शारिरीक समन्वन र रचनात्कम क्षमता अभिवृद्धि सम्बन्धि दर्शकहरूमा चेतनाको विकास गर्ने उनकी आमा भगवती सापकोटा बताउँछिन् । विदेहा ‘माया माई लभ’,‘सन अन द माउन्टेन’ अंग्रेजी श्रीस्वस्थानी जस्ता पुस्तक प्रकाशित गरेका पल्लव रञ्जनकी छोरी हुन् । प्रदर्शनीमा कलाप्रति मोह राख्ने स्रोता, विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, कवि, लेखक र विभिन्न संघ संस्थाका व्यक्तिहरूको सहभागीता रहने बताइएको छ ।

15.33¡ÆC