टिकट बुकिङ भोलिबाट फेरि खुल्ने

काठमाडौं,असोज १६ । दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन यातायात व्यवसायीहरु तयार भएका छन् । परमिट, सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाउने , देशभरका सडकको अवस्था लगायत विभिन्न माग तथा सर्त राख्र्दै आएको यतायात व्यवसायीहरु र सरकारबीच विभिन्न चरणाको वार्ता पश्चात दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन सहमत भएका हुन् ।
सरकारसंग आफ्ना मागहरु केहि नमिलेकाले यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् भने असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको दाबी गरेका थिए । जसका कारण दशैंमा घर जान चाहने झण्डै ७ लाख मानिस टिकटबिहीन बनेका थिए ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन व्यवसायीहरु सहमत भएको कुरा यातायत व्यवसायी राष्ट्रिय महासंघद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट बाहिर जाने यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता समेत विज्ञप्ति मार्फत व्यक्त गरेको छ । महासंघका का.वा अध्यक्ष दोलनाथ खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ ।

महासंघले सरल तरिकाले सवारीसाधनको व्यवस्था गर्न, यात्रुहरुलाई सहजरुपमा गन्तव्यमा पु¥याउनका लागि देशभरका सम्पूर्ण व्यवसायी, संघ , समिति, प्रा.लि. हरुलाई व्यवस्थित रुपमा यातायात सञ्चालन गरि सबै यात्रुहरुलाई गन्तव्यस्म पु¥याउन समेत विज्ञप्तिद्वारा निर्देशित गरेकोे छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भोलिदेखि बसको टिकट बुकिङ खुल्ने बताएको छन् ।

नेपालको शान्ति प्रक्रिया माओवाद र गान्धिवाद बीचको नयाँ प्रयोग -प्रधानमन्त्री

काठमाडौं,असोज १६ । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया माओवाद र गान्धिवादको बीचबाट आएको नयाँ र मौलिक प्रयोग भएको बताउनु भएको छ । आइतबार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित शान्ति र राजनीतिक स्थायित्वका लागि आर्थिक समृद्धि विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘गान्धिवाद एउटा सोंच हो, दृष्टिकोण, दर्शन र आदर्श हो । त्यस्तै माओवादी पनि एउटा आलोक, सोंच, दृष्टिकोण, दर्शन र आदर्श हो ।

हामीले नेपालमा माओवाद र गान्धिवादको बीचबाट एउटा नयाँ र मौलिक प्रयोग गरेर शान्ति प्रक्रियामा आयौं । यो नेपालका लागि मात्रै नभएर विश्व इतिहास र राजनीतिका लागि अनुकरणीय प्रयोग र सिद्धान्त बन्न सक्छ ।’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जसले युद्धको मर्म बुझेको हुन्छ, शान्तिको मर्म र गहिराई पनि त्यसैले बुझेको हुन्छ ।

अशोक सम्राट युद्धका नायक थिए, पछि उनैले शान्तिको आवश्यकता बोध गरें र बुद्ध दर्शनका पक्षपोषण गरे । नेपालमा हामीले माओवादको आदर्श पछ्यायौं र जनयुद्ध ग-यौं । नेपाली कांग्रेसले गान्धिवादको पक्ष लियौं । अन्ततः गीरिजाबाबु र म मिलेर शान्ति प्रक्रियामा हस्ताक्षर ग-यौं र नेपाली राजनीति नितान्त मौलिक र नयाँ मोडमा आयो । यसलाई कसैले पनि सामान्य अर्थमा लिनु हुँदैन ।’

प्रधानमन्त्रीले थप्नुभयो, ‘हामी नयाँ प्रयोगमै छौं । हाम्रो प्रयोग संस्थागत भइसकेको छैन । यो दुर्घटना पनि हुन सक्छ । हाम्रो राजनीतिक प्रयोगका जोखिमहरु कायमै छन् । तर, यसलाई सफलतापूर्वक गन्तव्यमा पु-याउन सक्दा यो विश्वकै लागि अनुकरणीय हुन सक्छ । नेपालका बुद्धिजीवी मित्रहरुलाई माओवाद र गान्धिवादको बीचबाट नेपालमा भइरहेको नयाँ प्रयोगको अध्ययन, सैद्धान्तिकरण र दार्शनिकीकरण गरी विश्वस्तरमा स्थापित गर्न म विशेष अनुरोध गर्छु ।’

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले गान्धिवाद विश्वव्यापी स्थापित दर्शन भएको बताउँदै विश्वमा गान्धिवादको प्रयोग जरुरी रहेको बताउनुभयो । सो अवसरमा नेपालका लागि भारतीय राजदूत रञ्जित राय, बुद्धिजीवीहरु किशोर नेपाल, गोविन्द पोखरेल, होमनाथ दाहाल, रामचन्द्र प्रधान, पुरुषोत्तम दाहाल लगायतले नेपालको लोकतान्त्रिक आन्दोलन र समसामयिक राजनीतिबारे आफ्नो विचार राख्नुभएको थियो ।

चीनको लागि लीलामणि पौडेल सर्वसम्मत राजदूतमा सिफारिस, दीपकुमारको बिरोध

१६ असोज, काठमाडौं ।
असक्षम भएर फिर्ता बोलाइsएका काँग्रेस नेता दीपकुमार उपाध्यायको नाममा संसदीय सुनुवाई विशेष समितिमा बिरोध भएपनि समितिले सर्वसम्मत रुपमा चीनका लागि नेपाली राजदूतमा लिलामणी पौडेलको नाम अनुमोदन गरेको छ ।

नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका पौडेलमाथिको सुनुवाईका क्रममा सत्ता साझेदार दलहरु प्रस्तावक बन्दा बिपक्षि दल नेकपा एमाले र राप्रपा नेपालले सहि व्यक्ति भन्दै सहमती दिएका छन् ।

तर भारतका लागि राजदूत रहँदा भारतप्रति बफादार हुँदै नेपाल पक्षमा काम नगरेको पाइएपछि सरकारले यसअघि फिर्ता बोलाएपनि काँग्रेसको दवावमा वर्तमान सरकारले पुन सिफारिस गरेका दीपकुमार उपाध्यायको बिरोध भएको छ ।

सत्तासाझेदार माओवादी र काँग्रेसले उनको बचाउ र सर्वसम्मतको प्रयास गरेपनि नेकपा एमाले र राप्रपा नेपालले उपाध्यायको सिफारिसको बिरोध गरेको छ ।

संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत हुँदा उपाध्यायको नाममा सहमती जुट्न सकेन ।

समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएका हुन् ।

एमालेका सांसदहरुले भारतका लागि राजदूत सिफारिस भएका उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उनको नाममा सर्वसम्मति गर्न नसकिने बताएका थिए ।
तर बहुमतको आधारमा सरकारले चरम बिवादीत उपाध्यायको नाम बहुमतको आधारमा अनुमोदन भएको बताएको छ ।

राजदूतको नाम अनुमोदन गर्दा समिति नै बिभाजित भएको यो पहिलो पटक हो । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय सुनुवाइमै सर्वसम्मत हुन नसकेका व्यक्तिले समग्र देशको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पूर्वमन्त्री समेत रहेका उनी गत संविधानसभा चुनावमा कपिलबस्तु १ मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

हिमानीले पारसको हात समाएर नाचेपछि

१६ असोज, काठमाडौं ।
श्रीमती, छोरा छोरी र बुवा आमालाई छाडेर थाइ युवतीसँग बैंककमा बरालिएपछि परिवारबाट टाढिएका पारस शाहको सम्वन्ध श्रीमती हिमानीसँग सुधार भएको देखिएको छ ।

स्वदेश फर्कीएको बर्षदिनपछि एउटै कार्यक्रममा देखापरेका पारस र हिमानीले हात समातेर नाचेका छन् । त्यो पनि हिमानी शाहले आफ्नो संस्थाले गरेको कार्यक्रममा पूर्व युवराज दम्पत्ती नाचेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह दसैंको अवसर पारेर देशभरका मठमन्दिरमा पूजा आजामा सक्रिय हुन थालेकै बेलामा पूर्व राजपरिवारमा देखिएको पूर्नमिलनले राजसंस्थाको पतनपछि बिग्रमा देखिएको राजपरिवारले यो बर्षको दशैं विशेष खुशीका साथ मनाउने देखिएको छ ।

भूकम्प पीडितलाई राहत जुटाउन भन्दै पाँचतारे सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा पारस र हिमानीस दुवै खुशी र प्रफूल्ल देखिन्थे ।

जमरेऔंशीको भोलिपल्ट गणेश मन्दिरको पूजाआजाबाट पूर्वराजा ज्ञानेन्द्रको धार्मिक अभियान सुरु हुँदैछ ।

अष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा पूजा गर्ने कार्यक्रम बनाएका शाहले मैतीदेवी, ज्ञानेश्वर लगायत एक दर्जन शक्तिपीठ जाने तयारी गरेका छन् ।

राजसंस्था रहेको बेलामा जस्तै राजशी ठाँट देखाउँदै आएका पूर्वराजाले यस बर्षपनि दशैंको टिकामा निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने भएका छन् ।

खाद्यसंस्थानले जिउँदो खसीको मूल्य किलोको ४ सय ५० तोक्यो

१६ असोज, काठमाडौं ।
दशैं तिहारको लागि नेपाल खाद्य संस्थानले बेच्ने जिउँदो खसिको मूल्य २५ किलोको खसिको लागि प्रतिकेजी ४ सय ५० रुपैयाँ तोकेको छ ।

संस्थानले आइतबारदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्दै मूल्य तोकेको हो ।

मनाङबाट पहिलो लटमा ल्याइएको ७ सय ५० च्याङ्ग्रा र तराइबाट भित्रिएको ४ सय जिउँदो खसीबोकाको बिक्री मूल्य तोकेको संस्थानले काठमाडौंको थापाथलिस्थित बाग्मती अञ्चल खाद्य गोदामबाट दिउँसो २ बजेदेखि बिक्री सुरु गरेको छ ।

संस्थानले जिउँदो च्याङ्ग्रा र खसीबोकाको मूल्य तोक्दै २५ किलोसम्मको जिउँदो खसी किन्दा प्रतिकिलो ४ सय ४० रुपैयाँ पर्नेछ ।

यस्तै २५ किलो भन्दा माथिको जिउँदो खसीको मूल्य प्रतिकिलो ४ सय ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ राखिएको छ ।

गतवर्षभन्दा खसिमा १५ रुपैयाँ र च्याङ्ग्राको ३० रुपैयाँ किलोमा मूल्य बढाएको संस्थानले तराईबाट थप खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं आउँदै गरेको बताएको छ ।

हङकङमा नेपाली युवाहरुबिच खुकुरी हानाहान

१६ असोज, काठमाडौं ।
हङकङको जोर्डनमा नेपाली युवाहरुबिच खुकुरी हानाहान भएपछि त्यहँको प्रहरीले गोली हानेर दुईजनालाई नियन्त्रणमा लिएको  छ ।

नेपालीहरु आपसमा खुकुरी हानाहान गर्न थालेपछि प्रहरीले पाखुरा र खुट्टामा गोली हानेर दुई नेपालीलाई पक्रेको हो ।

आइतबार हङकङको जोर्डनमा जमघट भएका नेपाली युवाहरुबिच सामान्य हातहालतहालबाट सुरु भएको झगडा मारपिटसम्म पुगेको हो ।

खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका एक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै पाखुरा र खुट्टामा गोली हानेर दुईजना पीडकलाई पनि प्रहरीले समातेको छ । उनीहरुको नाम खुलिसकेको छैन ।

गोलीकाण्डको घटनापछि हङकङमा रहेका नेपालीहरुको गुण्डागर्दी र अवैध धन्धाको चर्चा हुन थालेको छ ।

अबैध रुपमा रेष्टुरेण्ट लगायत व्यवसाय गर्दै आएका धेरै नेपाली रहेको सो क्षेत्रमा हप्तैपिछेजस्तो नेपालीहरुबिच कुटाकुट हुने गरेको छ ।

अवैध रेष्टुरेण्टमा प्रहरीले छापा मारेपनि पछि फेरी त्यसै जरिवाना तिराएर छाडिदिंदा अवैध रेष्टुरेण्ट चलाउने र त्यस्तामा काम गर्नेहरुले दादागिरि देखाउँदै आएको बताइन्छ ।

यसरी गुण्डागर्दीमा लागेकाहरुलाई हगंकगंमा रहेका नेपाली व्यापारी, विभिन्न संघसंस्थाका नेताहरुले नै संरक्षण दिनेगरेको हंगकंगमा रहेका नेपालीहरुले आरोप लगाउने गरेका छन् ।

पाकीस्तानलाई चिनको साथ ! चीनले भारत बग्ने ब्रह्मपुत्र नदीमा बाँध लगायो

१५ असोज, एजेन्सी ।
भारतीय सेनाले दुई पाकीस्तानी सेनाको हत्या गरेपछि दुई देशबिच युद्धको सम्भावना बढ्दै गइरहेका बेलामा चीनको भारत जाने ब्रम्हपूत्र नदी रोकेको छ ।

भारतले पाकिस्तान बग्ने आफ्नो देशको सिन्धु नदि रोक्ने चेतावनी र सिंधु नदि सम्झौताको समिक्षा बैठक स्थगित गरेर पाकिस्तानलाई युद्धतर्फ उक्साउने काम गरिरहेका बेलामा चिनले आफ्नो देशबाट भारत बग्ने ब्रम्हपूत्र नजिको एक मुख्य सहायक नदिनै रोकिदिएको हो ।

चीनले बाँध बनाएर ब्रम्हपुत्रको पानी रोकेर जलविद्युतसँगै सिंचाईमा समेत प्रयोग गर्ने भएको छ । चीनको यो कदमपछि भारत मात्र नभई बंगलादेशको एक क्षेत्रमा खानेपानिको हाहाकार हुने देखिएको छ ।

चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजनाको रुपमा अघि बढिरहेको छ ।

चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिँचाईमा समेत प्रयोग गर्ने भएपछि भारत र बंगलादेशका उक्त नदिमा आश्रित लाखौं प्रभावित हुने भएका छन् । जसबाट भारत र बंगलादेशमा खानेपानीको हाहाकार मच्चिने भएको छ ।

७ सय ५० मिलियन युएस डलरको लगानीमा तिब्बतको यारलुंग जेंगबो नामको उक्त सहायक नदिबाट विद्युत उत्पादन गर्न लागेको चिनले यो आफ्नो देशकै महत्वपूर्ण परियोजना भएको बताएको छ ।

सिक्किमाबाट नजिक पर्ने उक्त नदिबाट बगेको पानीकै भरमा भारतको अरुणाञ्चल प्रदेश रहेको छ । यदी उक्त नदि चिनले भनेजस्तै गरि रोकिएमा भारतमा यसको गम्भिर असर पर्नेछ ।

भारतीय मिडियाहरुले भने यसलाई चीनले पाकिस्तानले भारत पाकिस्ताद युद्ध संभावनाको नजिक पुगेको बेलामा दिएको साथको रुपमा व्याख्या गरेका छन् । उनिहरुले चिनको यो कदमबाट भारत चिनबिचको सम्वन्धमा तिक्तता आउने भन्दै यसले भारत पाकिस्तान युद्ध सम्भावना झनै बढेको टिप्पणी गरेका छन् ।

शनिबार चीनको सरकारी समाचार एजेन्सीले सन् २०१४ देखि सुरु भएको चीनकै सबैभन्दा महँगो यो परियोजना सन् २०१९ मा निर्माण सम्पन्न गर्ने बताएको छ ।

चीनले भने पानी रोकेर भारत वा बंगलादेशलाई अप्ठेरो पार्ने आफ्नो कुनै उद्देश्य नरहेको भन्दै आफ्नो देशको नदिबाट विद्युत उत्पादन र लाखौं आफ्ना जनताको लागि सिंचाइमा सदुपयोग गर्न लागेको भन्दै यो चिनको आफ्नो अधिकार र आन्तरिक विषय भएको बताएको छ ।

लमजुङमा सेल्फी खिच्दा नदीमा खसेर युवक बेपत्ता !

१५ असोज, बेसीशहर ।
लमजुङको दोर्दी खोलामा मोबाइलबाट सेल्फी खिच्ने क्रममा एक युवा नदीमा खस्दा बेपत्ता भएका छन् ।

गोरखाको मनकामना घर भई हाल काठमाडौंमा बस्दै आएका २१ वर्षीय पवन श्रेष्ठ दोर्दी नदीमा फोटो खिच्नेक्रममा लडेर बेपत्ता भएका हुन् ।

शनिबारदेखि ढाडेनी–२, कै साइनो युवा क्लबले दशैंको अवसरमा आयोजनामा गर्न लागेको खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन आएका उनी सेल्फी खिच्दा झरेको भन्दै साइनो युवा क्लबका पूर्व अध्यक्ष धनलाल तामाङले बेपत्ता रहेका श्रेष्ठको खोजिकार्य जारी रहेपनी पत्तो लाग्न नसकेको प्रहरीले बताएको छ ।

डा केसीको आमरण छैटौं दिनमा, पक्षमा जन प्रदर्शन

१५ असोज, काठमाडौं ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी ६ दिनदेखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा स्वस्फूर्त जनप्रदर्शन भएको छ ।

डा. केसीको पक्षमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग राखेका छन् ।

केसीले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाटै पारित गरिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग लगाइनुपर्नेलगायत माग राखेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो । प्रदर्शनकारीहरूले औषधि नपाएका गाउँका बिरामीलाई स्ट्रेचरमा बोकिएको प्रतीकात्मक अभिनयसमेत गरेका थिए ।

‘हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डाक्टर केसीको साथमा’, ‘अख्तियारको मर्यादा बचाऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवा प्रदर्शनमा सहभागी भएका थिए ।

बाबुरामले भने-‘प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा मलाई रातभर निन्द्रा लागेन’

१५ असोज, भक्तपुर ।
माओवादीमा कम्युनिष्ट नेताहरुमा सबैभन्दा बढी भारत परस्त वा निकट मानिनेगरेमा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

प्रचण्ड नेतृत्वमो माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका उक्त पार्टीका संयोजक रहेका भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका हुन् ।

नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराइले प्रचण्डको दुई साता अघि भएको भारत भ्रमणमा भएको २५ बुँदे सम्झौता देशको हितविपरित भएको अभिव्यक्ति दिएका छन् ।

भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको भन्दै-‘प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’ बताएका थिए ।

सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कु-चक्रमा पर्ने भट्टराईको चेतावनी छ ।

भट्टराईले देशलाई गम्भिर कुचक्रबाट जोगाउन संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए ।

पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न नसक्ने भन्दै भट्टराईले त्यसो भएमा देश विकास र समृद्धितर्फ अगाडि बढ्ने दाबी समेत गरे ।

सो क्रममा भट्टराईले भने-'प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छ्रैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।’

सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित भएको भट्टराईको दाबी छ ।

Ghatasthapana marked nationwide

The Hindus across the country today planted 'Jamara' to mark the first day of "Navaratri Parba" or the nine nights of Bada Dashain, the great festival of the Nepalese people.

The first day of Bada Dashain festival is called "Ghatasthapana" that falls on Aswin Shukla Pratipada, the first day of the bright half of the lunar calendar in the month of Aswin.

On the day of Ghatasthapana, all Nepalis worship Diyo (an oil-fed lamp), Kalas (auspicious jar) and lord Ganesha in accordance with Vedic rituals and sow maize and barley seeds in a jar filled with soil and cow dung for germination of the auspicious Jamara (barley shoots).

Germination of the auspicious "Jamara" is also initiated at Hanumandhoka Dashain Ghar in accordance with Vedic rituals, today.

Dr Bhattarai slams PM Dahal for agreement with India

Naya Shakti Party Nepal's Coordinator Dr Baburam Bhattarai today charged Prime Minister Pushpa Kamal Dahal of sealing an anti-nationalist agreement during the state visit to India.

At a greetings exchange programme and tea reception organized by the Naya Shakti Party Nepal's District Council, Bhaktapur, leader Bhattarai, termed the 25-point agreement with India as being opposed to country's interest.

At the programme, Dr Bhattarai maintained that the government with 6 to 9 months' term is pushing the country into a serious crisis and stressed on the urgency for a stable government in the country.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web