१८ असोज, मकवानपुर ।
वनमन्त्री शङ्कर भण्डारीले संविधान पूर्ण कार्यान्वयनका लागि सबै दलको सहकार्य आवश्यक रहेको बताएका छन् ।

नजिकिँदै गरेको नेपालीहरुको महान पर्व बडा दशैँ, तिहार तथा छठको पूर्व सन्ध्यामा हनेपाली काँग्रेस मकवानपुरले मङ्गलबार बिहान हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान जारी गर्ने क्रममा एक भएका नेपालका प्रमुख राजनीतिक दलहरु संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने बेला आएको बताए ।

‘हालसम्म प्राप्त उपलब्धी कतै गुम्ने त हैन भन्ने आशंका बढ्दै गएको छ’, मन्त्री भण्डारीले भने, ‘उपलब्धीको संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि सबै दल फेरि एक ठाउँमा हुने बेला भएको छ ।’

संविधान कार्यान्वयनको क्रम सुरु भएपनि त्यो पर्याप्त नभएको भन्दै उनले २०७४ माघ ७ गतेसम्म संविधान कार्यान्वयन नभए मुलुक खतरामा जाने धारणा राखे । ‘संविधान जारी भएपछि मुलुक आर्थिक रुपमा समृद्ध हुनेछ, देशको विकास हुनेछ भन्ने विश्वास रहेको थियो, तर त्यो हुन सकिरहेको छैन’, भण्डारीले भने ।

तराई मधेशको आन्दोलनलाई राजनीतिक व्यवस्थापन गर्न नसकेको भन्दै उनले त्यसलाई दीर्घकालिन व्यवस्थापन गर्नु आवश्यक रहेकोमा जोड दिए ।

सांसद् एवम् नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्र बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडालगायतले चाडपर्वलाई खर्चिलो र भड्किलो नबनाउनको निम्ति अनुरोध गरे ।

धनकुटाले पहिलो पटक पशु दिवस मनायो

१८ साउन, धनकुटा ।
पशु सेवा कार्यालय धनकुटाको अगुवाईमा धनकुटाले पहिलो पटक बिश्व पशु दिवस मनाएको छ ।

दिवसको अबसरमा कार्यालयले १७ गते पशु स्वास्थ्य जाँच कार्यक्रम र १८ गते ‘पशुको स्हार,हाम्रो संस्कार’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्दै दिवसको समापन गरेको छ ।

उक्त २ दिन कार्यक्रमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रतीले वातावरण अतिक्रमणका कारण गाउँमा मात्र नभएर शहरमा पनि जंगली पशुप्राणीहरुले दुःख दिएको यसको व्यबस्थापनमा लाग्नु पर्ने बताउनु भयो ।

सो अबसरमा कार्यक्रमका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी गणेश प्रसाद दाहालले पशु,वन र कृषि कार्यालयले पशुपंक्षीका बिषयमा मिलेर योजना बनाएर काम गरे त्यस सम्बन्धि देखिएका समस्याहरु न्यूनिकरण भएर जाने बताउनु भयो ।

कार्यालयका पशु चिकित्सक झविन्द्र मरासिनीले प्रस्तुत गर्नुभएको कार्यक्रम माथि धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धिताल,पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे,नेपाल आदिवासी जनजाति जिल्ला समन्वयन समितिका अध्यक्ष सन्जय सन्तोषी राई,धनकुटा २ का अगुवा कृषक लाखमान घिसिङ्ग लगाएतले पशुपंक्षी उचित बध र ब्यबस्थापन गर्नुपर्ने बिषयमा बिचार राख्नु भएको थियो ।

पशु सेवा कार्यालय धनकुटाको तथ्यांक अनुसार हाल धनकुटामा स्थिर संख्या रहने पशुको संख्या २ लाख ६५ हजार ९ सय ५३ रहेको छ ।

ताथली भयो गजलमय

ताथली-भक्तपुर ।
भक्तपुरको पूर्वी भेगमा रहेको ताथली गजलमय बनेको छ । गजलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ भएको गजल महोत्सवले ताथली गजलमय बनेको हो ।

ताथलीमा पनि साहित्यिक गतिविधि अघि बढाउने तथा स्रष्टाहरुको साझा मञ्च बनाउने उद्देश्यले गठन भएको ताथली साहित्य समाजको आयोजनामा भएको गजल महोत्सवमा ताथलीका मात्र नभएर भक्तपुर जिल्लाका स्थापित तथा नवोदित गजलकारहरुले गजल वाचन तथा गायन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गजलकार एवं भक्तपुरको गजल प्रणेता रोशनकुमार राजभण्डारीले ताथलीमा भएको गजल महोत्सवले सिंगो भक्तपुरलाई साहित्यको क्षेत्रमा सक्रिय हुन घच्घच्याएको बताउँदै गजल महोत्सवलाई निरन्तरता दिन अनुरोध गरेका थिए । विशेष अतिथिद्वय गजलकार रामबहादुर पहाडी र प्रा. डा. चुडामणि बन्धुले भक्तपुरको ताथलीका नवोदित गजलकार तथा स्रष्टाहरुको प्रयासका कारण ताथली गजल ग्राम बनेको बताउँदै गजलको क्षेत्रमा ताथलीले अग्रणी भूमिका खेल्ने बताएका थिए ।

विजया दशमीलाई थप सिर्जनशील बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ भएको उक्त महोत्सवमा सहभागी गजलकारहरुले देशले अहिले भोगिरहेको विभिन्न समस्यालाई विषयवस्तु बनाएर गजल वाचन गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुले आफ्नो गजल प्रस्तुत गर्दै व्यक्तिको सिर्जनशीलता र अभिव्यक्तिलाई अझ मजबुत बनाउन गजलले भुमिका खेल्ने गरेको बताएका थिए ।

सोही कार्यक्रममा अनाममण्डलीका विकास प्रहर, गजलकार प्रदिप मैनाली, स्रष्टा राजेन्द्र कोजू, सागर समीर,आरती ढकाल, सञ्जिता पन्थ,,दिलकुमार बाला, सिर्जना बस्नेत, अमृत थुयाजु, रमेश घिमिेर ‘कर्मशील मान्छे’, इच्छा इरानी, शितल मैनाली ‘दा¥ही भाइ’, आशिष तामाङ, प्रशान्त तामाङलगायतले समसामयिक विषयमा गजल वाचन गरेका थिए ।

सोही अवसरमा गजल गायक राजसागरले पनि गजल प्रस्तुत गरेका थिए । आयोजक समाजका अध्यक्ष राष्ट्रपुकारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम गजलकार खोजक हरिले सञ्चालन गरेका थिए ।

रोम्बसमा शिक्षक, विद्यार्थी र अभिभावक एकजुट

हरिसुन्दर छुकां-भक्तपुर ।
लगनशील शिक्षक, मिहिनेती शिक्षक र सहयोगी अभिभावकहरुबीचको सहकार्य, समन्वय र समझदारीले मात्र कुनै पनि विद्यालय अघि बढ्न सक्तछ ।

अझ अहिलको बदलिँदो समयमा त विद्यालयका मुख्य तीन अंगका रुपमा रहेका शिक्षक, विद्यार्थी र अभिभावकहरु आपसी अन्तरसंवादविना शिक्षाको उद्देश्य पूरा हुन सक्तैन, विद्यार्थीको लक्ष्य र सपना पनि साकार हुँदैन । सोही कुरालाई मध्यनजर गरी भक्तपुरको रोम्बस नेशनल सेकेन्डरी स्कुलले शिक्षक, अभिभावक र विद्यार्थीलाई एकै ठाउँमा सहभागी गराउने कार्यक्रम गरेको छ ।

शिक्षक, विद्यार्थी र अभिभावकहरुमा रहेको प्रतिभालाई एकआपसमा परिचित गराउन दशैंलाई एक अवसरका रुपमा बुझेर भक्तपुरको कमलविनायकस्थित उक्त स्कुलले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरुले आआफ्नो प्रतिभा देखाउँदै शुभकामना आदान प्रदान गरे ।

कार्यक्रममा रोम्बस नेशनल सेकेन्डरी स्कुलका प्रिन्सिपल राजेन्द्र कोजूले लेखेको ‘मेरो सपनाको अर्को कुनै गाउँ छैन÷सजाउन तिमीलाई कुनै ठाउँ छैन ।’ गजललाई अभिभावक प्रभात थापाले श्वर र संगीत दिएर त्यहाँ उपस्थित विद्यार्थी, शिक्षक र अभिभावकहरु र कार्यक्रमका अतिथिहरुकोे मात्र ध्यान एकचित्त गरेनन, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप परिभाषित पनि गरेका थिए ।

अभिभावक थापाले विद्यार्थीलाई सुसंस्कृत, सभ्य र मिहिनती बनाउने काम विद्यालयका शिक्षकहरुको मात्र नभएर अभिभावकहरुको पनि उत्तिक्कै भूमिका रहेको बताउँदै शिक्षक तथा विद्यार्थीहरुलाई अभिभावकहरुबीच रहेको प्रतिभा चिनाउने काम गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालय निरीक्षक विमल निरौलाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको अन्तरसम्बन्धले नै विद्यालय बनाउने उल्लेख गर्दै तिनै पक्षको सम्बन्धलाई थप मजबुत बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

‘अहिले कतिपय अभिभावकहरु पैसा तिरेकै छौं, बच्चा पठाएकै छौं भनेर आफ्नो दायित्वबाट पन्छिरहेका छन्, शिक्षकहरु पनि आफ्नो मात्र नभएर अभिभावकहरुको पनि भूमिका रहेको भन्न थालेका छन्, यस्तो परिस्थितिमा अभिभावक र शिक्षकको सम्बन्धलाई अझ कसिलो बनाउने उपाय खोज्नुपर्छ ।’ विनि निरौलाले भने ।

विद्यालयको मुखपत्रको रुपमा प्रकाशित रोम्बस दर्पणको पनि संयुक्त रुपमा विमोचन गरिएको कार्यक्रममा गायक तथा संगीतकार राजसागर, गायिकाहरु दीपा पन्त, निशा योञ्जनले पनि विद्यार्थी, शिक्षक र अभिभावकहरुका लागि सन्देशमूलक गीत प्रस्तुत गरेर दशैंलाई तडकभडक बनाउन नहुनेमा जोड दिएका थिए ।

कार्यक्रममा विद्यार्थीले विभिन्न गीतमा नृत्य, शिक्षक तथा अभिभावकहरुले पनि विभिन्न साहित्यिक अभिव्यक्तिमार्फत् एकले अर्कोलाई शुभकामना आदानप्रदान गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिता कोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रिन्सिपल राजेन्द्र कोजू, अभिभावक जिना रञ्जितकार, शिक्षक अम्बिका ढकाल, जयराम कार्की, गजलकार विकास प्रहर, भक्तपुर साकोस्का अध्यक्ष बलराम प्रजापति र कक्षा १० का छात्राहरु मेरिट कोजू र सिर्जना बस्नेतले पनि दशैंलाई उपयोग गर्ने तरिकाबारेमा चर्चा गरेका थिए ।

दशैंको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आरधना गरिदै

१८ असोज, काठमाडौ । नेपालीहरुको महान पर्व बडा दशैं अन्तर्गत नवरात्रीको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आरधना गरी मनाइदै छ । कुष्माण्डा देवीको पूजागर्न देशभरका देवी मन्दिरहरुमा श्रद्धालुको बिहानैदेखि चहलपहल सुरु भइसकेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने गरिएको छ ।
घटस्थापनादेखि दशैंको टीकाको नौं दिनसम्म हरेक दिन छुट्टा छुट्टै देवीका स्वरुपको पूजा गरिने भएकाले दशैंलाई नवरात्रीको रुपमा मनाइने गरिएको छ । प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं पर्व दुर्गा पूजाको नामले पूज्ने गरिएको छ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा समेत हिन्दुधर्मालम्वीहरुले पूज्ने गरेका छन् । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको हिन्दु धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।
उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्तिको रुपमा समेत कुष्माण्डा देवीमा महिमा गर्ने गरिएको छ । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएर त्यसबाट नै सृष्टिका आधार वस्तु भएको समेत शास्त्रहरुमा बर्णन गरिएको छ । उहँको एक हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा र अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमालाको रुपमा बुझिने गरिएको छ ।
देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो ताप शक्ति दिएर प्रज्ज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
कुष्माण्डाको लौकिक अर्थको रुपमा कुभिण्डोलाई लिने गरिएको छ । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा बलीको सट्टामा पूजा बली समेत चढाउने प्रचलन रहेको छ । आजको दिन कुष्माण्डा देवीको पूजा पाठ, भक्ति तथा आरधना गर्नाले आयु, यश, बल एवं आरोग्यको समेत बृद्धि हुने हिन्दुधर्मालम्वीहरुको जनविश्वास रहेको छ ।

दशैं किनमेल किन्न बजार गएका चढेको जिप पल्टंदा तीनजना घाइते

१७ असोज, ताप्लेजुङ ।
ताप्लेजुङको सुकोटारबाट –सदरमुकाम फुङलिङ आउदै गरेको बलेरो जिप दुर्घटाना तिन जना घाइते बनेको छ ।

सकेटारबाट चारजान यात्रु लिएर नगरपालिका आउदै गरेको मे १ ज ३६० नम्बरको बलेरो जिप सुकेटारको सकिरा होटल छेउमा दुर्घटना भएको हो ।

दुर्घटनामा छोराको उपचारमा जिल्ला आउदै गरेकी लिङखिम गाविस ६ निवासी विपना लिम्बु,इलाम जमना निवासी प्रविन खतिवडा र चालक तुलसी भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले बताउनुभयो ।

घाइते विपनको टाउको,अन्यको अनुहार लगायतमा चोट लागेको प्रहरकिो भनाइ छ । तिन जनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

फरार कैदी पक्राउ

१७ असोज, धनकुटा ।
एक महिना अघि धनकुटा कारागारबाट भागेका संखुवासभा मावादीनका मिलन खड्कालाई प्रहरीले पक्डिएर कारागार चलान गरेको छ ।

२०६२ साल देखि डाँका मुद्दामा सजाय भोगिरहेका खड्कालाई १५ गते संखुवासभाकै मादीमुलखर्क ७ बाट पक्डाउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई कारागार ऐन २०१९ बमोजिम कार्वाहीको लागी जिल्ला कारागार धनकुटामा पठाईएको प्रहरी उपरीक्षक बिभुतिराज पाण्डेले जानकारी दिनु भयो ।

चौकीदार रहेका दोषी खड्का गएको असार ५ धनकुटा बजारको मदनचोकमा किनमेल गर्न गएको अवस्थामा प्रहरीको आँखा छलेर फरार भएका थिए ।

बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिदै

१७ असोज, काठमाडौं ।
नेपालीहरुको महान् चाड बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिंदैछ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा रहिआएकोछ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

यस बाहेक सबैजसो जिल्लामा रहेका देवी भगवतीहरुको मन्दिरहरुमा पनि भक्तजनहरुले बिहानैबाट पुजाआजा गरिरहेका छन् ।

बेइमाल व्यवसायी । दशैंको टिकट बुकिङ आजबाट फेरी खुल्यो

१७ असोज, काठमाडौं ।
बसमा चाहे अनुसार यात्रु कोच्न पाउनुपर्ने, पुरानो बस चलाउन पाउनुपर्ने, प्रहरीले कुनै कारवाही गर्न नपाउने जस्तो खराब मनसायका माग राखेर महान चाड दशैंको टिकट बुकिङ रोकेका व्यवासयीहरुले आजबाट फेरी दशैंमा थप बस चलाउने भन्दै बुकिङ सुरु गरेका छन् ।

नागरिक स्तरबाट चर्को बिरोध तथा सरकारले समेत उनिहरुका मागको वेवास्ता गरेपछि यातायात व्यवसायी दशैंमा थप बस चलाउन तयार भएका हुन् ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा आजदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा र्पुयाउन व्यवसायीहरु सहमत भएका थिए ।

यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसामू व्यक्त गरेका छन् ।

आजबाट थप टिकट बुकिङ खुलेसँगै सरकारले स्कुलका तथा सुरक्षा निकायको बस चलाउने तयारी तत्कालको लागि स्थगित भएको छ ।

गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन अटेर गर्दै दशैंको लागि थपिने थप बस चलाउँदाको एक तर्फी भाडा सरकारले तिनुपर्ने माग गर्दै आएका थिए ।
उनिहरुले काठमाडौंबाट फर्कने यात्रु मात्र पाउने भन्दै पुन काठमाडौं आउँदा यात्रु नपाउने भएकाले एकतर्फी भाडा सरकारले तिनुपर्ने र अर्को तर्फबाट अटेजति बसमा यात्रु राख्न पाउनुपर्ने नाजायज माग राखेका थिए ।

प्रचण्ड सरकारको संविधान संशोधन योजना दशैं पछि सर्यो

१७ असोज, काठमाडौं ।
मधेशी मोर्चाको माग संवोधन गराउने नाममा बिववादीत विषय राखेर संविधान संशोधन तयारी गरिरहेको सरकारले दशैंअघि यो पक्रिया अघि नबढाउने भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार सरकारले निर्वाचन कानुन सम्बन्धी तीन वटा विधेयक संसद सचिवालयमा दर्ता गराएपनि संशोधनको बिधेयक तयार नै पार्न सकेको छैन । ति तीन विधयक भने भोलिको संसद बैठकमा पेश हुँदैछ ।

सरकारले संविधान संशोधन प्रक्रिया दशैं पछि अघि बढाउने बताएपछि मधेसी मोर्चाले भने सरकार बिरुद्ध आक्रोश पोखेको छ ।

आफूहरुलाई ढाँटेको भन्दै मोर्चाले सरकारलाई विश्वास गर्ने आधार सकिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अवस्थामा पुगेको बताएका छन् ।

सत्ता घटक काँग्रेस एमालेभित्र संविधान संशाधनमा कुरा नमिलेपछि विधेयक तयार पार्न नसकेको सरकारले गर्ने संविधान संशोधन अनुपयुक्त भएको भन्दै प्रतिपक्षि दल नेकपा एमाले, राप्रपा नेपाल लगायतले पहिलेदेखीनै संविधान संशोधनको बिरोध गर्दै आएका छन् ।

संविधान शंसोधनमा रदेशहरुको सीमांकन पुनरावलोकनमा सबैदलहरुबिच गम्भिर मतभेद रहँदै आएको छ ।

बैतडीमा एक बृद्ध मृत फेला

१७ असोज, बैतडी ।
बैतडीको गिरेगाडा गाबिसमा आज एक बृद्घ मृत फेला परेका छन । गिरेगाडा ५ जेबलकट्टेका ६५ बर्षिय जय बहादुर चन्द मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक बालनरसिंह राणाले बताउनुभयो ।

चन्दलाई स्थानियले आज घर नजिकै मृत देखेपछी प्रहरीलाई खबर गरेका थिए । बृद्घको के कति कारणले मृत्यु भयो भनेर खुल्न नसकेको प्रहरीले बताएको छ ।]

घटनाको थप अनुसन्धान गर्न प्रहरीको एक टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल सदरमुकामवाट १ दिनको पैदल दुरीमा पर्दछ ।

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष (विज्ञप्ती सहित)

काठमाडौं,असोज १६ । भारतको काश्मिर प्रशासित उरीमा भएको आतंकवादी हमलाबारे नेपाल सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको हो । आइतवार एक विज्ञप्ती जारी गर्दै परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेना मारिएका थिए। सो विषयमा विज्ञप्तिमा केही पनि उल्लेख छैन। परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि आतंकवादलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ।

परराष्ट्रको विज्ञप्तिको शीर्षक नै ‘१९ औं सार्क समिट स्थगनबारे’ भन्ने उल्लेख छ । जसमा भनिएको छ- ‘नोभेम्बर ९ र १० मा इस्लामावादमा आयोजना गरिएको १९ औं सार्क शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण निर्माण हुन नसकेकोमा नेपाल खेद प्रकट गर्दछ ।’

वक्तव्यमा अर्थपूर्ण क्षेत्रीय सहकार्यका लागि शान्ति र स्थायीत्व अनिवार्य भएको नेपालले बताएको छ । साथै यसका लासगि वातावरण बन्ने र सबै सार्क राष्ट्रको सहभागितामा १९ औं शिखर सम्मेलन आयोजना गर्न नेपालले पहल गर्ने वक्तव्यमा उल्लेख छ ।

15.25¡ÆC