दोधारा चाँदनीको बडवाल टोलमा हात्तीको त्राशद्धी कायमै

पप्पु गुरुङ्ग, १८ असोज÷ बडवाल टोल । कञ्चनपुरको दोधारा चाँदनीमा भारतिय जंगलबाट गाँउ छिरेको हात्तीले बथान आतंक मच्चाउन थालेपछि कृषकहरुले अन्नवाली जोगाउन धौ धौ परेको छ् । बिगतका दिनहरुमा हात्तीको बथानले त्रास मच्चाएउदै आएको डवाल टोलका बासिन्दालाई हात्तीको बथानले सताउन थालेको स्थानियहरुले बताएका छन् । समसा“झै हात्तीको बथान गा“उमा पस्न थालेपछि स्थानिय कृषकहरु रातभरी हात्तीलाई धपाउन मै रात बित्ने गरेको बताएका छन् । “हात्तीको बथान कहिले ओल्लो टोल र कहिले पल्लो टोल धपाउदा धपाउदै रात भरी सुत्न पाईदैन” स्थानिय लक्ष्मी रानाले विकल्प दैनिकलाई बताए । “गा“उमा फेरि हात्तीको त्राशद्धी बढेर गएको छ्” स्थानिय रानाले थपिन् । गएराती आशा राना क्षेत्री, अवतार महता, रोहित खत्री, गोल्मा सुतार लगाएत एक दर्जन कृषकले लगाएको धान बाली नष्ट गरेको स्थानियहरुले बताएका छन् । बिगत लामो समय देखि दोधारा चा“दनीनगरपालिकाको वडा नं. ३, बडवाल टोलमा स्थानियहरुका बाली नाली खाएर तथा दर्जनौ घर भत्काएर आतंक मच्चाउदै आएको थियो ।

“फेरी पनि समसा“झै हात्ती बथानले पाक्दै गरेको धान बाली अटेर गरेर नष्ट गर्छ” अर्का स्थानिय चन्द्र लोहारले भने– “जती प्रयास गरेपनि हात्तीको बथानले अटेर गरेर धान बाली नष्ट गर्दै, कहिले ओल्लो टोल कहिले पल्लो टोल जान्छ” समसा“झ देखि बिहान सम्म गा“उ पसेर भारतिय जंगलबाट आएको हात्तीको हुलले एक साता देखि साह्ै दुख दिदै आएको स्थानियहरु बताउछन् । शुक्ला फा“टा वन्य जन्तु आरक्ष कार्यालय मझगा“उले बिद्युतिय तारवार लगाएर बडवाल टोल सुरक्षा दिएको दाबी आएपनि बिद्युतिय तारवार तोडेर हात्ती गा“उ छिर्ने गरेको स्थानिय लक्ष्मी रानाले बताईनन् । “शुक्लाफा“टा वन्य जन्तु आरक्ष कार्यालयले बडवाल टोलमा बिद्युतिय तारवार लगाए पछि सुरक्षाको राम्रो अपेक्षा गरिएपनि हात्तीको बथानले बिद्युतिय तारवारलाई तोडेर गा“उ छिर्न थालेपछि असुरक्षित महसुस गर्न थालेका छौ” बडवाल टोलकी प्रियंका सुनारले भनिन् । उनका अनुसार आरक्ष कार्यालयले बडवाल टोलमा बिद्युतिय तारवार मेशिन खराव भएको हुदा हात्ती नरोकिएको हो । गएराती हात्तीले ५ वटा बिद्युतिय तारवारको लागी गाडिएको सिसौ तथा खयरका खम्बा सहित तार चुडाएको बताईएको छ् । दोधारा चा“दनीनगरपालिकाको बडुवाल टोलका स्थानियहरुको घर तथा कृषकले लगाएका बर्षै पिच्छे बाली नाली लाई भारतिय जंगलबाट आएका हात्तीले खाएर तथा उधनेर नष्ट गर्दै आएपनि सरकारले हात्तीको रोकथामको लागी दिर्घकालिन ब्यवस्थाको बारे सोच नगरेको स्थानियहरुको गुनासो स्थानियहरुले गर्दै अँएका छन् । दोधारा चा“दनीको बडवाल टोलमा १ सय २५ घरधुरीमा ३ सय ४४ महिला र ३ सय २५ पुरुष गरि जम्मा ६ सय ६९ मानिस बसोबास गर्दै आएका छन् ।

टीकापुर घटनाको मुद्दा फिर्ता प्रक्रिया सुरु, संसदबाटै विमलेन्द्र निधिले गरे घोषणा

काठमाडौं,असोज १८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कैलालीको टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन् । यसअघि मन्त्रालयमै पत्रकार सम्मेलन गरेर टीकापुर घटना राजनीतिक भएको भन्दै घटनाका अभियुक्तहरुको दसैअगाडि मुद्दा फिर्ता लिने घोषणा गरेका गृहमन्त्री निधिले  व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै संवैधानिक र कानुनी प्रक्रिया बमोजिम मुद्दा फिर्ता लिन सम्बन्धित निकायसँग राय सल्लाह लिइरहेको बताए ।

‘कैलालीको टीकापुर घटनामा संलग्नहरुको मुद्दा फिर्ता गर्ने सम्बन्धमा गृह मन्त्रालय र कानुन मन्त्रालयका साथै अन्य सम्बन्धित निकायसँग राय सल्लाह लिने काम भइरहेको छ,’ उनले भने( ‘टीकापुरसहित आन्दोलनमा जीवन गुमाएका सुरक्षाकर्मी र आन्दोलनकारीलाई सहिद घोषणा गरी सरकारले राहत र क्षतिपूर्ति दिइसकेको छ ।’

नेकपा एमालेसहितका दलका सांसदहरुले टीकापुर घटनाका अभियुक्तको कुनै हालतमा मुद्दा फिर्ता लिन नहुने भन्दै यसो गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएका बेला गृहमन्त्री निधिले मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेका हुन् ।गतवर्ष कैलालीको टीकापुरमा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

तेक्वान्दो सस्थापक गुरुङ र पुर्व राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौं,असोज १८ ।  नेपालमा तेक्वान्दोको सस्थापक दीपराज गुरुङ मगंलबार सम्मानित भएका छन् । नेपाल स्थीत सृजना ज्ञानसागर तेक्वान्दो डोजाङले नेपाल तेक्वान्दो संघका महासचिव समेत रहेका गुरुङ र तेक्वान्दोका पुर्व राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।  सृजना ज्ञान सागर स्कुलमा आयोजित दसैँलगायत चाडपर्वको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्र डोजाङले तेक्वान्दोका पुर्व राष्ट्रिय खेलाडी शकंर तामाङ,राजु नगरकोटी,प्रेम भुजेल,तेक्वान्दो प्रशिक्षक एवम् राष्ट्रिय टिमका डाइरेक्टर हेमन्त डाँगी, तेक्वान्दोकै पुर्व खेलाडी कृष्ण शरण कार्किलाई सम्मान गरिएको थियो । सम्मानित तेक्वान्दो कर्मिलाई सृजना ज्ञान सागरका स्कुलका प्रिन्सिपल राजेन्द्र फुयाँल,इन्जिनियर  अमन मास्के,डोजाङ प्रमुख तथा समाजसेवि फिरोज श्रेष्ठ लगायतले सम्मान गरे ।

त्यस्तै ३२ वर्षसम्म तेक्वान्दो खेलमा निरन्तर योगदान तेक्वान्दो गर्दै विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएवापत गुरुङलाई सम्मान गरिएको थियो । गुरुङ सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा हुने १८औँ एसियन गेम्सअन्र्तगत पहिलोपटक समावेश हुने तेक्वान्दोको पुम्से विधाका छनोट समितिका सल्लाहकारमा चयन भएका थिए । ०३९ सालदेखि राष्ट्रिय खेलकुद परिषद(राखेप)मा प्रशिक्षकको रुपमा काम गरेका उनी पछि प्रमुख प्रशिक्षक र राखेपको अतिरिक्त डेपुटी डाइरेक्टरसमेत भएका थिए ।

लामो समय तेक्वान्दोमा योगदान पु¥याएका गुरुङकै प्रशिक्षण दक्षिण कोरियाको सिओलमा भएको ओलम्पिकअन्तर्गत तेक्वान्दोको प्रदर्शनी खेलमा विधान लामाले नेपाललाई पदक दिलाएका थिए । गुरुङकै प्रशिक्षणमा सबिता राजभण्डारीले नेपाललाई एसियन गेम्सकै ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । जुन नेपालको खेलकुद ऐतिहासिकै सबैभन्दा सफल नतिजा हो । डोजाङ प्रमुख श्रेष्ठले देशका लागि योगदान दिएका पुराना सिक्कालाई नयाँ युवा पिढिमाझ परिचित गराउने र नयाँलाई प्रोत्सान गर्ने उदेश्यले सम्मान गरिएको बताए ।

२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्:परराष्ट्रमन्त्री डा. महत

काठमाडौं, असोज १८ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केहीले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले नक्कली राष्ट्रवाद देखाएर विरोध गरेको आरोप लगाएका हुन् । उनले भने,‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो, यो त विरोधको नाममा विरोध मात्रै हो ।’

पहिला पहिला भारतीय चलचित्र चल्नपनि दिनुहँुदैन भन्ने बाबुरामले आफू प्रधानमन्त्री हुँदा कुरा बुझेर भारतसँग विप्पा सम्झौता गरेको उल्लेख गर्दै महतले भने,‘हामी त समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक छ र लगानी सूरक्षित गर्नुपर्छ भन्ने पक्षमा हामी त पहिलादेखि नै थियौं ।’

साक्षात्कारमा मन्त्री महतले कुनै विवाद नै नभएको विषयलाई विवादित बनाउने, प्रोपागाण्डा बनाउने र जनतामा भ्रम पैदा गर्ने कुराले राष्ट्रिय स्वार्थ पूरा नहुने जिकिर गरे । उनले भने,‘नेपाल र भारतवीच धेरै विषयमा समान धारणा छ, अनि यसबारेमा बोल्दा नराम्रो कुरा के भयो र ?’ सार्क लगायत क्षेत्रिय संगठनलाई मजबुत बनाउने कुरा गर्दा किन यहाँ यत्रो हल्लाखल्ला, चीनसँग पनि हाम्रो अन्तर्राष्ट्रिय विषयमा धेरै समान धारणाहरु छन्, तर हामीले राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कुनै कम्प्रोमाईज गरेकै छैन् ।’

उनले अघि थपे,‘सूरक्षा परिषदको स्थायी सदस्यमा भारतलाई समर्थन गर्छौ भन्दा के नौलो विषय हो र, हामी जापान जाँदा जापानलाई सहयोग गर्छौ भन्छौं ।’

मन्त्री महतले जनताको भावनामा खेल्नको लागि हुँदै नभएको कुराको आरोप लगाईएकोप्रति कडा आक्रोश पोख्दै भने,‘एउटा बुँदापनि राष्ट्रिय स्वार्थको विरुद्धमा छैन, बरु २५ बुँदामा एक एक बुँदा नेपालको हितमा छन्, सत्ताबाट बाहिर जानेवित्तिकै विरोध गर्नुको कुनै अर्थ छैन् ।’ उनले अघि थपे,‘तिललाई पहाड बनाउने काम भयो, तर यहाँ २५ बुँदेमा तिल पनि छैन, सिन्को पनि छैन् ।’

मन्त्री महतले दलहरुवीच आन्तरिक विषयमा वादविवाद र बहस भएपनि परराष्ट्र नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिए ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भैसकेकोले आफूहरु उनलाई स्वागत गर्न आतुर रहेको मन्त्री महतले बताए । त्यस्तै चीनका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गर्दै महतले भने,‘भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा आएको छ, प्रधानमन्त्री र म त्यहाँ जाँदैछौं, त्यतिवेला द्धिपक्षीय हितका बारेमा कुराहरु हुन्छन, चीनीयाँ राष्ट्रपतिसँग पनि भेट हुन्छ ।’ भारत र चीनलाई नेपालले उच्च प्राथमिकतामा राखेको समेत उनले बताए ।

पाकिस्तानको ईस्लामवादमा आगामी नोभेम्बरमा हुने भनिएको सार्क सम्मेलन स्थगित् भएपछि सरकारले तीन तीन पटक प्रेस विज्ञप्ती जारी किन गरेको भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री महतले भने,‘तीनवटै वक्तव्यको आ–आफ्नै महत्व छ, यी सबै फरक सन्दर्भमा आएका हुन्, सार्क राष्ट्रको अध्यक्षको नाताले हामीले सबैलाई सहज वातावरण बनाउन आह्वान गरेका छौं ।’

उनले सार्कको चार्टरमै सबैको सहमतिमा मात्रै सम्मेलन हुने व्यवस्था भएकोले सबै सदस्य राष्ट्रहरुवीच सहमति हुनु अनिवार्य आवश्यक रहेको टिप्पणी गरे । उनले भने,‘चाँडो भन्दा चाँडो सबैको सहभागिता सुनिश्चितता हुनेगरि सम्मेलन गर्न वातावरण बनाउन हामी पहल गर्छौ ।’

नेपाल अन्र्तराष्ट्रिय आतंकवादको खिलाफमा रहेको भन्दै जुनसुकै देशमा यस्तो हुनुहुन्न भन्ने पक्षमा नेपाल सरकार रहेको बताउँदै भने,‘एउटाको भूमि अर्कोको विरुद्धमा प्रयोग हुनुहुँदैन, नेपाल सबै खाले आतंकवादको विरुद्धमा छ ।’

आफूले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदा नेपालको संविधान विश्वव्यापी मान्यतामा आधारित रहेको, सबैको प्रतिनिधित्व सुनिश्चित रहेको र समावेशी रहेको बारेमा पनि बोलेको उल्लेख गर्दै असन्तुष्टहरुको मागलाई पूरा गर्नेबारेमा सरकार गम्भिर रहेको मन्त्री महतको भनाई थियो । उनले संविधान संशोधनमार्फत असन्तुष्ट सबैको चित्त बुझाउने गरि गृहकार्य भैरहेको जनाए ।

संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ भित्रै तीन वटा निकायको चुनाव गर्नुपर्ने बाध्यता भएकोले सरकार निर्वाचनको तयारीमा जुटेको बताउँदै महतले भने,‘कानुनी व्यवस्थाको लागि काम भैरहेको छ, सबैभन्दा पहिले स्थानीय तहको निर्वाचन हुन्छ ।’ उनले प्रमुख तीन दलको सहमतिमा स्थानीय पूर्नसंरचना आयोगले थप कार्यदेश पाएको पनि बताए ।

उनले दशैंतिहारको लागि जनतालाई कुनै किसिमको सास्ती नहोस भनेर सरकार सचेत रहेको बताए । उनले भने,‘सहज आवातजावतको लागि बसको संख्या थप्न, कालोबजारी रोक्न र मुल्य घटाउन सरकार क्रियाशिल छ, हामी संवेदशनील छौं ।’

कीर्तिपुरमा खसी कप फुटबल

काठमाडौं,असोज १८  । कीर्तिपुर–७, गाम्चामा अवस्थित भगवानस्थान युवा क्लवको आयोजनामा सञ्चालन भएको तेस्रो खसी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आजबाट क्वाटरफाइनलका खेलहरु सञ्चालन हुने भएको छ । क्लवकै आफ्नो फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगितामा डेञ्जर म्यानसिटी, गोदाम टोल, भगवानस्थान युवा क्लव ‘ए’, सल्यानस्थान युवा क्लव, तामाङ ब्वाइज, बस्न्यात ब्वाइज, भगवानस्थान ‘बी’ र फ्युचर स्टार क्लव क्वाटरफाइनल पुग्न सफल भएका छन् ।

घटस्थापनाका दिनदेखि सुरु भएको प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो । आजबाट सुरु हुने क्वाटरफाइनल खेलमा आयोजक भगवानस्थान ‘ए’ले सल्यानस्थान क्लवसंग प्रतिस्पर्धा गर्ने छ भने तामाङ ब्वाइजले बस्न्यात ब्वाइजविरुद्ध अन्तिम चारमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी भगवानस्थान ‘बी’ ले फ्युचर स्टार र डेञ्जर म्यानसिटीले गोदाम टोलसंग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका विजयी टोलीलाई खसी र उपविजेतालाई बोका पुरस्कार वितरण गरिने भगवानस्थान युवा क्लवका सुनिल बस्नेतले जानकारी दिए ।

यसकार जिते यि जापानीले चिकित्साशास्त्रको नोबेल पुरस्कार

एजेन्सी ।
जापान टोकियोको इन्स्टिच्युट अफ टेक्नोलोजिका प्राध्यापक ओसुमीले सन् २०१६ को चिकिस्साशास्त्र तर्फको नोबेल शान्ति पुरस्कार जितेका छन् ।

नोबेल पुरस्कार छनोट समितिले ओसुमीलाई यस बर्षको शान्ति पूरस्कार दिने निर्णय गरेको हो ।

जापानका ओसुमीले अटोफेजीमा महत्वपूर्ण अनुसन्धान गरेको र उनको अनुसन्धानले क्यान्सर एवम् पार्किन्सनका बिरामीहरुको उपचारमा महत्वपूर्ण सघाउ पुगेको बताइएको छ ।

अटोफेजी मानव शरीरमा काम नलाग्ने कोषहरु नाश गर्ने संयन्त्र हो ।

नोबेल पुरस्कार पाएका ७१ वर्षीय ओसुमीले टोक्यो विश्व विद्यालयबात १९७४ मा विद्यावारिधि हासिल गरेका थिए ।

हाल अटोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर रहेका ओसुमीले नोबेल पुरस्कार संगै आठ मिलियन स्विडिस क्रोनर अर्थात् ९३६,००० डलर पनि पाउने भएका छन् ।

१० अक्टोवरमा नागायोमा ‘कालोपोथी’, ‘झुम्की’ २३ अक्टोवरमा टोकियो

१८ असोज, टोकियो ।
जापानको प्रमूख शहर नागोयामा यही अक्टोवर १० तारिखमा चलचित्र कालो पोथी प्रदर्शन हुने भएको छ । यसैगरि २३ अक्टोवरमा राजधानी टोकियोमा व्यवसायिक सफल चलचित्र झुम्की प्रदर्शन हुने भएको छ ।

राजधानी टोकियोमा ओस्कार मनोनित चलचित्र कालो पोथीको सफल प्रदर्शन गरेको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टको सहकार्यमा नागोया ब्रदर्शहुडले नागोयाको प्रदर्शन गर्न लागेको हो ।

नागोयामा १० अक्टोवरका दिन अपरान्ह १ बजे चलचित्र प्रदर्शन हुने भएको छ । नागोया आइचि प्रिफेक्चर हिगासी कु, हिगासीकुरा आइचि सेन्टरमा चलचित्र कालोपोजी प्रदर्शन हुनेछ ।

३ हजार जापानी येन तोकिएको टिकटको लागि सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । टिकटको लागि माथि तस्विरमा देखिएको नम्वरमा सम्पर्क गर्न सकिने बताइएको छ ।

यसैगरि टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले कालो पोथी चलचित्रको सफल प्रदर्शन भइरहेको बेलामा अर्को बहुप्रतिक्षित चलचित्र झुम्किको जापान प्रर्शन मिति तय गरेको छ ।

अपिल विस्ट फिल्म प्रोडक्सनमा बनेको चलचित्रलाई सिनेमा आर्टले निर्माण गरेको हो । चलचित्रमा दयाहांग सँगै नायिका रेश्मा गुरुगंको अभिनय रहेको छ ।

चलचित्र झुम्कि राजधानी टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिगं हल साँझ ६ बजे खुल्ने छ भने ठिक ६:३० बजेबाट चलचित्र प्रदर्शन सुरु हुने आयोजकले बताएको छ ।

अक्टोवर २३ तारिखका दिन प्रदर्शन हुने झुक्की चलचित्रको लागि २५ सय जापानी येन टिकट मूल्य तोकिएको छ । चलचित्र प्रदर्शन अयोजकले टिकट बुकिगं खुलिसकेको भन्दै समयमै टिकट लिन अनुरोध गरेको छ ।

माफ गर्नुस! तपाँई नेपालको माया पटक्कै गर्नुहुन्न !!

रामशरण घोरासैनी -

भान्छा सम्हाल्न कुनै दुर्गम जिल्लाबाट ल्याईने गरीब ‘बाहुनले’ पकाएको ‘भुजा’ ज्यूनार गर्ने वर्गकि तर ‘वर्ग‘ चटक्कै भुलेर जात, लिंग र समुदायको ‘मसिहा’ बनेकी सम्भ्रान्त पुर्व नेपाली महिलाले लेखेको ‘माईतिप्रेमले ओतप्रोत’ पत्र पढ्ने मौका मिलाईदिएकोमा कान्तिपुरलाई धनयवाद । वहाँको गन्थन पहिले पनि पढिआएकै हो । यहाँ एउटा नयाँ कुरा भन्नुभयो । क्यानेडियन नागरिक मन्जुश्री भन्नुहुन्छ देशप्रेम भनेको ‘राज्यपद्दतीलाई प्रेम गर्नु हो’ । अर्थात राज्यपद्दती सँग असहमत हुनेले देशलाइ प्रेम गर्ने सक्दैन ।

वहाँको यो वाक्य पढेपछि मेरो स्मृतीमा महात्मा गान्धी,  नेल्शन मन्डेला,  विपी कोईराला,  गणेशमान सिंह जस्ता ब्यक्तितवहरु आए जो कुनै न कुनै समय ‘राज्यपद्दती’ प्रति असहमत थिए । ति तमाम सहिदहरु आए जो राज्यपद्दती सँग असहमत भएकै कारणले काटिए,  झुन्ड्यार्ईए वा गोली दागीए । ‘देशप्रेम’ को यो परिभाषा शायद तिनीहरुलाई थाहा थिएनहोला । नत्र किन आफुले ‘प्रेम’ नै नगर्ने ‘देश’ को लागि निर्वासित हुन्थे,  जेल जान्थे,  मर्न तयार हुन्थे !

वहाँको यो वाक्य पढेपछि मेरो स्मृतीमा महात्मा गान्धी,  नेल्शन मन्डेला,  विपी कोईराला,  गणेशमान सिंह जस्ता ब्यक्तितवहरु आए जो कुनै न कुनै समय ‘राज्यपद्दती’ प्रति असहमत थिए । ति तमाम सहिदहरु आए जो राज्यपद्दती सँग असहमत भएकै कारणले काटिए,  झुन्ड्यार्ईए वा गोली दागीए । ‘देशप्रेम’ को यो परिभाषा शायद तिनीहरुलाई थाहा थिएनहोला । नत्र किन आफुले ‘प्रेम’ नै नगर्ने ‘देश’ को लागि निर्वासित हुन्थे,  जेल जान्थे,  मर्न तयार हुन्थे !

देशप्रेमको यो परिभाषा ति क्यानेडियन महिला ले आफ्नो ढिपी प्रमाणित गर्न दिएको ‘अन्तरिम’ परिभाषा हो भन्नेमा मलाई कुनै शंका छैन । त्यहि ढिपी जुन तिनको अनुपस्थितीमा यहाँ खगेन्द्र देखि युग सम्मले धानिरहेकै छन । राज्यपद्दती भनेको ‘अस्थायी’ कुरा हो । समयको माग अनुसार त्यो पद्दति परिवर्तन हुँदै जान्छ । ‘देशप्रेम’ भनेको करीब करीब निरपेक्ष कुरा हो ।

वास्तवमा मन्जुश्री जस्ता ‘आईएनजीओ प्रतिवेदन’ गाइडेड जमातले नै ‘वर्तमान नेपालको समस्या’ पहिचानमा कठिनाई उत्पनन गरेको छ । समाजको धरातलिय यथार्थ भन्दा यो जमातलाई ‘ठुला शहरको ठुला होटलहरुमा ठुला आर्ईएनजीओ हरुले ठुला ठुला प्रतिवेदनका ठेलीहरुमा देखाएको ‘समस्या’ बढी ‘ठुला’ लाग्छन ।

पुरानो राज्यसत्तााले ९५ प्रतिशत जनतालाई कुनै न कुनै रुपको विभेदमा राखेको कुरा सत्य हो । नेपालमा महिला र दलित मात्र त्यस्तो समुदाय हो जो राज्य र समाजको दोहोरो ‘विभेद’ मा परे । बाँकी त्यस्तो त कुनै पनि समुदाय छैन जसले सत्ता देखि प्रशासनको ‘तर’  नमारेको होस । अहिले त सब “बहेती गंगामे हाथ क्यों ना धोया जाए “ भनेका छन्, कुदेका छन् ।

उनि अगाडी तर्क गर्छिन – हरेक ब्यक्ति जो संयोगले कुनै देशको हुन्छ त्यस देशप्रति लगाव हुनु आवश्यक छैन । त्यसो भए संयागैले कुनै जातीको, लिंगको वा समुदायको भएपछि चैं किन ‘पहिचान’ को पुच्छर निमोठ्नै पर्ने ?  जसरि ‘को कुन देशको नागरिक हुने’ भन्ने कुरा पहिले संयोग हो अनि मात्र छनौट,  त्यहि नियम जात, धर्म वा समुदायमा आईपुग्दा किन यति कठोर ?  किन यति रक्तपिपासु?  किन यति अन्धो ?  के  तिनी रहरले सम्भ्रान्त परिवारमा जन्मिएकी हुन्?  के दिपक मलिक रहरले डोम भएर जन्मिएका हुन्?  अनि कथित प्रगतिशिलहरु नै किन जात धर्मको पछाडी कुदेका छन?  यो सवालमा चैं ‘संयोग’ हावा खान जान्छ हो ?

के ‘पहिचान’ भनेको अधिकार प्राप्तीको साध्य नै हो?  त्यो पनि घृणाको जगमा उभिएको पहिचान । फलाना जात अगाडी,  म किन पछाडी ?  फलाना धर्म अगाडी,  मेरो किन पछाडी ?  फलाना समुदाय अगाडी मेरो किन पछाडी ?

के नेपालमा अगाडी परेका भनिएका जात, धर्म समुदायको मानव विकाश सुचांक संसारकै उत्कृष्ट हो? अगाडी भएका भनिएका जात धर्म समुदायका जनता शत प्रतिशत एकै स्तरका हुन्छन? के पछि परिएका भनिएका जात धर्म सम्प्रदाय सबै पिछडिएका छन ? यो ‘वर्ग‘ को लडाँई हो भन्न को आईदिनुपर्ने?  कुन आइएनजिओले प्रतिवेदन तयार पारे बल्ल ‘वर्गसंघर्ष’ हुने?

‘पहिचान’ घृणाकै जगमा उभिएको हुन्छ कि हाम्रो देशमा मात्र यस्तो परिक्षण गरिएको हो?  “बाहुन क्षेत्री काटिन्छ, आलो रगत चाटिन्छ !”  यो कस्तो पहिचानको लाडाई ?  “टोपी उतारके पहरिया सबके खेदेके परी ! यो कस्तो पहिचानको आन्दोलन ?  डेढ बर्षे वालक मारेर पाईने, घाईते प्रहरि थुतेर मार्दा पाइने त्यो कस्तो ‘अधिकार’ ?  जिउँदै प्रहिरी जलाएर प्राप्त हुने त्यो कस्तो अधिकार?   गाई काटेर खान पाए मात्र पाईने त्यो कस्तो ‘निरपेक्षता’ ?

‘पहिचान’ घृणाकै जगमा उभिएको हुन्छ कि हाम्रो देशमा मात्र यस्तो परिक्षण गरिएको हो?  “बाहुन क्षेत्री काटिन्छ, आलो रगत चाटिन्छ !”  यो कस्तो पहिचानको लाडाई ?  “टोपी उतारके पहरिया सबके खेदेके परी ! यो कस्तो पहिचानको आन्दोलन ?  डेढ बर्षे वालक मारेर पाईने, घाईते प्रहरि थुतेर मार्दा पाइने त्यो कस्तो ‘अधिकार’ ?  जिउँदै प्रहिरी जलाएर प्राप्त हुने त्यो कस्तो अधिकार?   गाई काटेर खान पाए मात्र पाईने त्यो कस्तो ‘निरपेक्षता’ ?

नेपालमा पहिचानको सवाल स्वतस्पूर्त कम प्रायोजित र उक्साहट बढी हो। आदिबासी र जनजाती भन्ने छुट्टाछुट्टै पदावलीलाई मर्ज गरि ‘आदिवासी जनजाती’ बनार्ईएको छ । जब कि आदिबासी भनेको अलग कुरा हो,  जनजाती भनेको अलग । आदिबासी तथा जनजाति सम्बन्धि महासन्धि १९८९ (जसलाई नेपाल ले १४ सेप्तेम्बेर २००७ मा अगुमोदन गर्यो ) ले गरेको परिभाषाले  आदिबासी तथा जनजाति भनेर परिभाषित गरेको छ । सबै आदिबासी जनजाती हुन तर सबै जनजाती आदिबासी हैनन । एउटा थारु आदिबासी हो । तर यदि उ थात थलो छोडेर अन्यत्र पुग्छ भने उ आदिबासी रहिरहदैन। आदिबासी हुनको लागि आफ्नो थातथलोको निरन्तरता हुनुपर्छै । नेपालमा ‘पहिचान’को खिचडी कसरी पकाईएको छ त्यो सर्वविदित छ । बास्तवमा नेपालमा अस्तित्व संकटमा पर्नेगरि कुनै पनि जातिय वा भाषिक समुह पुगेको छैन । यदि राज्यको अभिप्राय अल्पसंख्यक हरुको संस्कृति भाषा आदि मास्ने हुन्थ्यो भने आज सम्म यति सानो देशमा १२५ जात जातीकको आफ्नो अलग्गै भाषा, संस्कृति अनि रहनसहन हुँदैनथ्यो होला । यहाँ त राउटे कुसुन्डा आदि सयको संख्यामा रहेका हरुको पनि भाषा र संस्कृति जिवित छन् । फेरिपनि आफ्नो भाषा, संस्कृति, रहनसहन, भेषभुषा आदिलाई जोगाई राख्नालाई नागरिक आफ्नो प्रयास बढी हुनै पर्दछ । राज्यले चाहेर मात्रै कुनै संस्कृतिलाई न जोगाउन नै सक्छ न  मास्न नै । राज्य सहायक मात्र हुन्छ ।

नेपालको जनसंख्याको वितरण हेर्दा एक तिहाई ब्राम्हण–क्षेत्री–दशनामी–सन्यासी,  एक तिहाई जनजाती र आदिबासी तथा बाँकी एक तिहाई थारु–मुश्लिम–मधेशी को रुपमा भएको छ । यि मध्ये ठुलो समूहमा रहेको थारु र स–साना समूहमा रहेका राउटे, कुसुण्डा, चेपांग  आदि जस्ता केहि आदिबासी बाहेक कुनै पनि समुदाय ‘आदिबासी’ हैनन । कोहि उत्तर बाट आए कोहि दक्षिणबाट, कोहि पुर्वबाट आए त कोहि पश्चिमबाट । हजारौं बर्षदेखि तिल चामल जसरि एक आपसममा मिसिएर बसेका समुदायहरुलाई के, कुन र कसको स्वार्थको लागि जुधाउने बजाउने गरिंदैछ अब प्रस्ट हुँदै जान थालेको छ ।

भाषाको सावालमा नेपाली भाषा सबैभन्दा ठुलो संख्याले बोल्ने भाषा भएको हुनाले स्वत  ‘सम्पर्क भाषा’ को रुपमा अगाडी आएको हो । कसैले नेपाली भाषा मन पराए पनि मन नपाराए पनि सत्य यहि हो । यदि नेपाली भाषा बराबर वा त्यो भन्दा बढि संख्याले बोल्ने अर्को भाषाको अस्तित्व हुन्थ्यो भने स्वाभाविक रुपमा नेपाली भाषाको यो दवदवा हुने थिएन । आज ‘सौताको रिसले पोईको काखमा सु सु’ भन्ने उखान चरितार्थ गर्न लागिपरेका हिन्दीका दासहरुले यो बुझ्नु आवश्यक छ ।

मन्जूश्रीहरुले अति सामान्य मानेर उपहार जसरि बाँड्ने प्रबन्ध खोजेको नागरिकताको सवालमा पुर्व प्रशासक, अनुसन्धाता तथा अध्यापक अयोध्या प्रसाद श्रीवास्तवको अत्यन्त महत्वपुर्ण छ । उनको यो विचारले नै प्रष्ट हुन्छ हामी कति भयावह भविष्यतिर लम्किरहका छौं । हामी फिजीकरणको कति नजिक आईसकेका छौं भनेर ।

श्रीवास्ताव भन्नुहुन्छ  यो देश बिना पर्खालको घर जस्तो छ । यहाँ कहाँबाट के गर्न को आयो र कति बस्यो र फर्केर गयो गएन र फर्कने हो कि होइन र कसैलाई केही थाहा छैन । आफ्नो र पराईको पहिचान नै छैन । कस्को र कस्तो देश उत्तर छैन । यस कारण नेपाल सरकारले घरको आवश्यक बारबेर गर्नुका साथै छिमेकीसँग निर्वाध आवागमन सुनिश्चित हुने ढोका भने बनाउनै पर्छ र स्थानीय निकायमा नागरिक र गैरनागरिकको अद्यावधिक पारिवारिक लगत राख्ने व्यवस्था हुनैपर्छ ।–

मुखियाजी भनिने धीरेन्द्र यादवले सुनसरी जिल्लाको कुसहवा गा।वि।स।बाट महेश यादवको नामबाट नेपाली नगारिकता लिएको
भारतीय अपराधी बमबम यादवले सोही जिल्लाको घुम्ती टोली मार्फत नागरिकता लिएको ।
आसाम नागल्याण्ड पृथकतावादी सशस्त्र आन्दोलनका कमाण्डर ईन चिफ निरन्जन होजाइले पनि सुनसरी जिल्लाबाट निर्मल राईको नामबाट नागरिकता लिएका छन् ।
बिहारको वीरपुरका भारतीय कुख्यात अपराधी सुभास झाले सुनसरीको श्रीपुरजब्दीबाट नागरिकता लिएका छन् ।
कुख्यात अपराधी भारतका मोहम्मद उमरडुसाले कपिलवस्तु जिल्लाको पुरुषोत्तमपुरबाट नागरिकता लिएका छन् ।
भारत उत्तर प्रदेशको देवरिया जिल्लामा जन्मेका मिर्जादिलसाद वेग विभिन्न अपराधिक क्रियाकलापमा संलग्न हुँदै २०२२ सालमा कपिलवस्तुको कृष्णनगर छिरेका हुन् । जो नेपालको मन्त्री बन्न सफल भए ।
भारतको अजमगढ उत्तर प्रदेशका नागरिक जसले सन् २००८ मा दिल्ली र बनारसमा भएको श्रृङ्खलाबद्ध बम बिस्फोट गराएका थिए र सो बिस्फोटमा परी १६६ जनाले ज्यान गुमाएका थिए । उनले पनि २०६६ सालमा सुनसरीको नरसिह–७ बाट नागरिकता लिएका छन् ।
२०६३ सालमा नागरिकता घुम्ती टोलीबाट नागरिकता लिने २६,१५,६१५ जना मध्ये तराईको १९ जिल्लाबाट मात्र १८,१३१५५ जनाले नेपाली नागरिकता लिएका थिए र ती प्रायजसो भारतीय मूलका मानिसहरु थिए ।

भारतीयहरुलाई नागरिकता दिँदा एक त उनीहरुको भोटले चुनाव जितिने र अर्कोतिर भारत पनि खुशी हुने कारणले मधिसे नेताहरुले चुनावको बेलामा नागरिकताको कुरा उठाउने गर्छन । जतिजति बेला नेपाल संक्रमण र अप्ठेरोमा हुन्छ । त्यतिबेला नागरिकता वितरण भएका छन् । यो सबै भारतको दवावमा हुने गरेको छ । ऊ नेपालमा जति धेरै भारतीय मान्छे आए, त्यति धेरै खुशी हुन्छ । किनभने नेपालीले पाउने सेवा सुविधा भारतीयले पनि पाउने भए । नेपाल उसको पक्षमा हुने भयो । यसरी नेपालका शासकहरुले भारतलाई खुशी पार्न र चुनाव जित्नकै लागि गैर नेपालीलाई नागरिकता दिई रहने हो भने भोलि नेपाल पनि ‘फिजि’ नहोला भन्न सकिँदैन । अतः भावी दिनमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई बचाउनु छ भने नियमित प्रक्रिया बाहेक यस्तो संवेदनशील घडीमा नागरिकता वितरण प्रक्रियालाई रोक्नु पर्दछ । नागरिकता प्रति संवेदनशील नभई विदेशीलाई जन्मको आधारमा नागरिकता वितरण गर्दै जाने र पछि उसको परिवारलाई वंशजको आधारमा नागरिकता बाड्न थालियो भने नेपालीको सक्कली जनसंख्या भन्दा भारतीय मूलका मधिसेको जनसंख्या बढी हुन जान्छ । अन्तत्वगत्वा बिना झगडा, बिना युद्ध जनमत संग्रहबाट नेपाल भारतको एउटा २९औं हिमाली प्रदेश नहोला भनेर कसरी भन्ने रु आफ्नो देशको नागरिकता जसलाई पायो उसलाई वितरण गर्छौं भने त्यो हाम्रो सुरक्षाको लागि ठूलो खतरा हुन सक्छ । यसप्रति सरकार संवेदनशील हुनु पर्दछ”  (श्रीवास्तवको वेबसाईटबाट)

यस्तो समस्याको बारेमा चुँ मात्र गर्यो भने ‘रोटीबोटी’ को रोईलो शुरु हुन्छ । अनि मन्जूश्री जस्ता प्रगतिशिल (?) हरु आगोमा घ्यु थप्न हरदम तयार हुन्छन ।

मन्जुश्री जी,  तपईले ‘ओ क्यानडा….’  गाईनैसकेपछि यता फर्केर ‘विषवमन’ चै नगरि दिनुहोला । तपाई नेपालको त बन्न सक्नुभएन । क्यानडाको चैं पक्कै बनेर देखाउनुहोला । मन्जुश्रीलाई एउटा प्रश्न सोध्न मन लाग्यो । यहाँ हुँदा ‘धर्मनिरपेक्षता’ को भजन निकै गाउनुहुन्थ्यो । तपाँईको धर्मदेशको राष्ट्रिया गान ‘ओ क्यानडा….’ को ] God keep our land glorious and free!  हरफ गाउ्रँदा तपाईलाई अलिकति पनि ग्लानी भयो कि भएन?  ए क्यानडा ! राज्यको कुनै धर्म हुँदैन,  १९०८ मा यो गीतको शब्द (वर्तमान क्यानेडियन राष्ट्रिय गान । १८०८ मा उक्त गान फ्रेन्चमा थियो) लेखिंदाको सामाजिक चेतनाले आजको युगलाई बोकेर हिंड्न सक्दैन भनेर कुनै क्यानेडियन पत्रिकामा छपाउनु भयो कि भएन ?  २०११ को जनगणनामै त्यहाँ रहेका करीब ११ लाख गैर क्रिश्चियन हरुले कसरी यो गान गाउने भनेर कहिं कुनै फोरममा बोल्नु भयो कि भएन ? कठै तपाईको नियति ! जातिय राज्य (?) त्यागेर धार्मीक राज्यमा पुग्नुभो ।

माफ गर्नुस , तपाई नेपाललाई पटक्कै माया गर्नुहुन्न । तपाई केवल नेपालमा छोडेर गएको आप्नो ‘रवाफ’ लाई माया गर्नुहुन्छ । त्यो रवाफ जुन तपाईँले तपाईको ‘धर्मदेश’ मा कदापी पाउनुहुन्न । त्यहाँ तपाईले भोमिट गरेको सोहोरेर छाप्न सिंगै पृष्ठ खर्चिने ‘सर्वाधिक विक्रि हुने दैनिक’ पाउनुहुन्न । फलानाको देशमा तिलाना तन्नेरी भन्ने नेपाली उखान याद त होला नै तपाईलाई ।।

Source :  माफ गर्नुस! तपाँई नेपालको माया पटक्कै गर्नुहुन्न !!

काँग्रेस सांसदले संसदमा विशेष समय लिएर तलब भत्ता बढाएर साउनदेखिको दिन माग गरेपछि

१८ असोज, काठमाडौं ।
संसदको प्रयोग गर्न माहिर काँग्रेस एमाले मात्र होइन नयाँ धारको बताउने माओवादी पनि संसदको प्रयोग गरेर तलब भत्ता र बजेट कुम्ल्याउन एक हुनेगरेको तथ्य पुष्टि भइसकेको छ ।

सांसदहरुको तलब भत्ता बढाउँदा एकजुट हुने सबै सांसद बाहिर देखिंदा बिरोध गरेजस्तो गरेपनि बुझ्ने बेलामा भने लामो हात गर्दै पुगिहाल्छन् ।

यस्तै एक सांसद व्यवस्थापिका संसदको बैठकमा देखा पर्दै तलब भत्ता बृद्धि गरी साउनदेखिकै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।

कांग्रेसका सांसद राम अयोध्या प्रसाद यादवले मंगलवारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सभामुखलाई बढेको तलब भत्ता खोइ त भन्दै प्रश्न गरेका छन् ।

यसअघि कांग्रेसकै सांसद प्रेमकिशोर प्रसाद साहले पनि सांसदहरुको तलब भत्ताले काठमाडौंमा बस्न नसकिने भन्दै बृद्धि हुनुपर्ने माग गरेका थिए ।

मिडियाले सांसदको तलब भत्ता बढेको भनेर लेखेपछि घरबेटीले २० देखी २५ हजारसम्म घरबाट बढाएको भन्दै काँग्रेस सांसदले मिडियाले पनि जथाभावी लेखेको भन्दै आक्रोश पोखे ।

‘मिडियाले पनि सही समाचार संप्रेषण गर्नुस् । ०५२ सालदेखि सांसदको भत्ता बढेको छैन । पत्रपत्रिका पढेर घरबेटीले भाडा बढाइसके । तर हामीले पाएका छैनौं । अबिलम्ब सरकारले नियमावली बनाएर सुबिधा बढाएर साउनदेखिकै बढेको तलबभत्ता देओस् ।’ उनले संसदमा विशेष समय लिएर बोले ।

नहरमा महिलाको शव भेटियो

१८ असोज, लहान ।
आज बिहान लहान नगर पालिका वार्ड नं.७ नेपाल बिधुत प्राधिकरणको छेउ स्थित नहरमा अन्दाजी ४०/४५ बर्षको देखिने आईमाई टाउको पानी मुनि भएको मृत अबस्थामा भेटिएको छ ।

अहिले सम्म प्रहरीको अनुसन्धानबाट मृत बेबारिसे लासको पहिचान खुल्न सकेको छैन ।

लास पोष्टमार्टमको लागि ईलाका प्रहरी कार्यालय , लहानले रामु उमा स्मारक अस्पताल , लहानमा पठाईएको छ ।

विद्यालय व्यवस्थापन समिति नबन्दा दशैंको समयमा शिक्षक तलब बिहिन

१८ असोज, सल्यान ।
सल्यानमा नयाँ विद्यालय व्यवस्थापन समिती गठन नहुँदा शिक्षकलाइ तलव खान समस्या हुने देखिएको छ । राजनीतीक दलहरुविच सहमती नहुँदा कतिपय विद्यालयमा व्यवस्थापन समिती गठन नै हुन सकेका छैनन् भने यसले शिक्षकलाइ तलव खान समस्या पर्ने देखिएको हो ।

शिक्षा ऐनको आठौं संशोधन अनुसार दसैं अगाडी नै समिती गठन गरिसक्नु पर्ने भएपनी पश्चिम क्षेत्रका एक दर्जन विद्यालय बाहेक अन्यमा गठन हुन नसकेको स्थानीय इन्द्र बहादुर बुढाथोकीले जनाए ।

क्रियाशिल राजनितिक पार्टीहरुले आफ्नो पक्षमा पार्ने उदेश्यले सहमती नगरेकाले समिति गठन हुन नसकेको स्थानीयहरुको भनाइ छ ।

यता जिल्ला शिक्षा कार्यालय सल्यानले भने जिल्लाभर विद्यालय निरिक्षक र स्रोतव्यक्तिहरु सम्बन्धित क्षेत्रमा पठाइएकोले समिती गठन प्रक्रियामा सहजता मिल्ने विश्वास गरेको छ ।

सहमति भएकोमा गठन प्रक्रिया अगाडी बढेको र सहमति नभएको खण्डमा छिटै सहमति हुनेमा आफुहरु आशावादी रहेको जिल्ला शिक्षा अधिकारि बरखु प्रसाद रजकले जनाउनुभयो । उहाँले शिक्षकलाइ तलव खुवाउन समस्या नरहेको जनाउनुभयो ।

विव्यस गठनमा सहमती नभएपनि माध्यामिक विद्यालयहरुमा प्रधानाध्यापक र लेखापालको संयुक्त दस्तखतबाट खाता खोलिएकोले समस्या नभएको उहाँको भनाइ छ । र अधारभुत विद्यालयहरुमा भने अलि समस्या रहेकोले उक्त तहका शिक्षकहरुलाइ प्रक्रिया मिलाएर तलब खुवाइने रजकले जनाउनुभयो ।

शौचालय नभएपछि खुल्ला चौरमै दिशापिशाब

१८ असोज, रौतहट ।
घर घरमा चर्पी बनाउने अभियान चलिरहेपनि रौतहटमा अझै पनि कतिपयको घरमा शौचालय बन्न नसक्दा खुल्ला स्थानमानै शौच हुदै आएको छ ।

खुल्ला स्थानमा शौच गर्न जादा दुई दिन यता मात्रै २० जना भन्दा बढि लाई स्यालले टोकेर घाईते बनाएको छ । रौतहटको महम्मदपुर, गरुडाका बासिन्दा बिहानै खेतमा शौच गर्न जाने क्रममा स्यालले टोकेको हो ।

स्यालको टोकाई बाट महम्मदपुर गाबिसका ६० बर्षिय सुनापति दास, ४५ बर्षिय रामप्रित राय यादब, गरुडाका ४५ बर्षिय मोहन दास तत्मा, १३ बर्षिय भुबन साह, पुष्पान्जली देबी, मुन्नी देबी लगायत २० जना भन्दा बढि लाई स्यालले टोकेर घाईते बनाएको हो ।

उनीहरुको गरुडा स्थित हेल्थ ल्याण्ड हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ रिफर भएका छन । उक्त अस्पतालका प्रशासन फाँटका संजय चौधरीले स्यालले नाक, तिघ्रा लगायतका स्थानमा टोकेका बिरामी उपचारको लागि आएको बताउनु भयो ।

राज्यले सबैको घरमा शौचालय बनाउने अभियान चलाईरहदा लाखौ खर्च गरेपनि अझै स्थानीयस्तरमा चेतनाको बिकास हुन नसक्दा खुल्ला स्थानमा शौच गर्ने क्रम रहेको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web