१८ असोज, काठमाडौं ।
संसदको प्रयोग गर्न माहिर काँग्रेस एमाले मात्र होइन नयाँ धारको बताउने माओवादी पनि संसदको प्रयोग गरेर तलब भत्ता र बजेट कुम्ल्याउन एक हुनेगरेको तथ्य पुष्टि भइसकेको छ ।

सांसदहरुको तलब भत्ता बढाउँदा एकजुट हुने सबै सांसद बाहिर देखिंदा बिरोध गरेजस्तो गरेपनि बुझ्ने बेलामा भने लामो हात गर्दै पुगिहाल्छन् ।

यस्तै एक सांसद व्यवस्थापिका संसदको बैठकमा देखा पर्दै तलब भत्ता बृद्धि गरी साउनदेखिकै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।

कांग्रेसका सांसद राम अयोध्या प्रसाद यादवले मंगलवारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सभामुखलाई बढेको तलब भत्ता खोइ त भन्दै प्रश्न गरेका छन् ।

यसअघि कांग्रेसकै सांसद प्रेमकिशोर प्रसाद साहले पनि सांसदहरुको तलब भत्ताले काठमाडौंमा बस्न नसकिने भन्दै बृद्धि हुनुपर्ने माग गरेका थिए ।

मिडियाले सांसदको तलब भत्ता बढेको भनेर लेखेपछि घरबेटीले २० देखी २५ हजारसम्म घरबाट बढाएको भन्दै काँग्रेस सांसदले मिडियाले पनि जथाभावी लेखेको भन्दै आक्रोश पोखे ।

‘मिडियाले पनि सही समाचार संप्रेषण गर्नुस् । ०५२ सालदेखि सांसदको भत्ता बढेको छैन । पत्रपत्रिका पढेर घरबेटीले भाडा बढाइसके । तर हामीले पाएका छैनौं । अबिलम्ब सरकारले नियमावली बनाएर सुबिधा बढाएर साउनदेखिकै बढेको तलबभत्ता देओस् ।’ उनले संसदमा विशेष समय लिएर बोले ।

32.48¡ÆC