१८ असोज, सल्यान ।
सल्यानमा नयाँ विद्यालय व्यवस्थापन समिती गठन नहुँदा शिक्षकलाइ तलव खान समस्या हुने देखिएको छ । राजनीतीक दलहरुविच सहमती नहुँदा कतिपय विद्यालयमा व्यवस्थापन समिती गठन नै हुन सकेका छैनन् भने यसले शिक्षकलाइ तलव खान समस्या पर्ने देखिएको हो ।

शिक्षा ऐनको आठौं संशोधन अनुसार दसैं अगाडी नै समिती गठन गरिसक्नु पर्ने भएपनी पश्चिम क्षेत्रका एक दर्जन विद्यालय बाहेक अन्यमा गठन हुन नसकेको स्थानीय इन्द्र बहादुर बुढाथोकीले जनाए ।

क्रियाशिल राजनितिक पार्टीहरुले आफ्नो पक्षमा पार्ने उदेश्यले सहमती नगरेकाले समिति गठन हुन नसकेको स्थानीयहरुको भनाइ छ ।

यता जिल्ला शिक्षा कार्यालय सल्यानले भने जिल्लाभर विद्यालय निरिक्षक र स्रोतव्यक्तिहरु सम्बन्धित क्षेत्रमा पठाइएकोले समिती गठन प्रक्रियामा सहजता मिल्ने विश्वास गरेको छ ।

सहमति भएकोमा गठन प्रक्रिया अगाडी बढेको र सहमति नभएको खण्डमा छिटै सहमति हुनेमा आफुहरु आशावादी रहेको जिल्ला शिक्षा अधिकारि बरखु प्रसाद रजकले जनाउनुभयो । उहाँले शिक्षकलाइ तलव खुवाउन समस्या नरहेको जनाउनुभयो ।

विव्यस गठनमा सहमती नभएपनि माध्यामिक विद्यालयहरुमा प्रधानाध्यापक र लेखापालको संयुक्त दस्तखतबाट खाता खोलिएकोले समस्या नभएको उहाँको भनाइ छ । र अधारभुत विद्यालयहरुमा भने अलि समस्या रहेकोले उक्त तहका शिक्षकहरुलाइ प्रक्रिया मिलाएर तलब खुवाइने रजकले जनाउनुभयो ।

15.65¡ÆC