टोकियो ।
जापानको उत्तरपूर्वमा चाबा नामको आँधिका कारण सो क्षेत्रमा नागरिकहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

उत्तरपुर्वी क्षेत्रमा आँधिको प्रवेशसंगै भारी बर्षा र हावा हुरीले जनजिवन प्रभावित भएको छ ।
आँधि १२० प्रति घण्टाको दरले चलेको छ ।

अधिकारीहरुले आँधि पछि भारी बर्षा, चट्याङ र पहिरो जान सक्ने बताएको छ । साथै आँधिले विभिन्न उडान, यातायात प्रभावित भएको र विद्यालयहरु समेत बन्द गरिएको छ ।

समुन्द्रमा भएको न्यून चापका कारण आँधि आएको जापान मौसम विभागले बताएको छ । आँधिको खतरा रहेको समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिक्लन अनुरोध गरिएको छ भने सुरक्षाको लागि घरमै रहन भनिएको छ ।

टोकियो ।
नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर जापानमा हुने दशौं जापानव्यापी फुटसलमा ८ टिमले उपाधिका लागि भिड्ने भएका छन् ।

जापानको सिजुओकामा हुन लागेको दशैंकप जापानब्यापी फुटसल प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

नेपाली जनसम्पर्क समीती जापानको आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ९ तारिखमा हुँदैछ ।

सिजुओकाको माकिगाया फुटसल मैदानमा विहान ११ बजेबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको आयोजना नेपाली जनसम्पर्क समिती जापानले गरेको हो ।

लिग चरणमा हुने खेलको उपाधी विजेतालाई ५० हजार तथा मेडल ,दोश्रो हुनेलाई तीस हजार तथा मेडल, अन्य विधाका उत्कृष्टहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा सहभागी खेलाडी तथा आयोजकलाई हौस्याउन र खेलको मनोरञ्जन लिन जापानबासी नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह समेत गरेको छ ।

२१ असोज, टोकियो ।
बडा दशैंको टिकाको दिनमा जापानमा डिजे पार्टी हुने भएको छ । आकर्षक नाच्नेलाई उपहार समेत राखिएको डिजे पार्टी हाइजीमा यूथ क्लब जापानले गर्न लागेको हो ।

हाइजिमा युथ क्लवले दशैंमा नेपालीबिच भेटघाट र रमाइलोको लागि डिजे पार्टी आयोजना गर्न लागेको बताएको छ ।

डान्स पार्टी आगामी अक्टोबर ११ तारिक बेलुका ६ बजे देखी शुरु हुने बताइएको छ ।

डिजे पार्टीमा डिजे नबिन डिजे लाक्पा र डिजे सरुनले मनरोञ्जन गराउने बताइएको छ ।

पार्टीमा उत्कृष्ठ डान्स गर्नेलाइ दुई सेट खाना र गायक राकेश लामाको एल्बमको दुई वटा सिडी उपलब्ध गराइने बताइएको छ ।

२१ असोज, धनगढी ।
कैलाली जिल्ला कारागारबाट गएराती एक जना कैदी फरार भएका छन् । घटनापछि कारगारमा डियूटीमा रहेका एक जना प्रहरी हवल्दारलाई नियन्त्रणमा लिइएको छ ।

मानव बेचबिखन मुदामा कैद भुक्तान गरिरहेका सुरज कोली कारागारबाट भागेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

धनगढी उपमहानगर पालिका ६ घर भएका कोलीको खोजी कार्य भइरहेको उहाले बताउनुभयो ।

कारागारको चौकीदार 'नाइके' रहेका कोली किनमेल गर्नका लागि बजार गएका वेला भागेको कारागारले जनाएको छ ।

'१२ बर्ष कैद सजाए पाएका उनको कैद भुक्तान गर्न एक बर्ष बाकी रहेको अवस्था उनी फरार भएका हुन् ।

कोली भागेको खवर ढिलोगरी पाएको प्रहरीले कारागारमा कार्यरत प्रहरी हवल्दार धन बहादुर बिष्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ ।

२० असोज, झापा ।

झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन लगायतका ६ सूत्रीय माग राखी ९ दिन देखि आमरण अनसनमा बसेका चैतन्यप्रकाश मैनालीको मागप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धता जनाउदै उनको जीवन रक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्थानीय शान्ति समिति सहित झापाका राजनीतिक दलहरुले स्वास्थ्य शिक्षा नागरिक समाज मेचीका तर्फबाट उठाइएका ६ बुँदे माग सम्वोधन गर्न र आमरण अनसनरत् समाजका उपाध्यक्ष मैनालीको जीवन रक्षाका लागि सरकार संग माग गरेका छन् ।

संवाद समूहको सचिवालय बिर्तामोडमा आज भएको समाजको वार्ता टोली,स्थानीय शान्ति समिति र राजनीतिक दलका नेताहरु वीचको छलफलबाट आमरण अनसनरत् मैनालीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै समस्या समाधानका लागि सरकार र सबै दलको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

‘बडादशैको मुखमा भएको आन्दोलनले स्थानीय शान्ति समिति, हामी राजनीतिक दललाई अझ गम्भीर बनाएको छ’– निर्णयमा भनिएको छ–‘आन्दोलनको स्वरुप परिवर्तन गरी मैनालीको जीवन रक्षा गर्न र यस विषयलाई निरन्तर खबरदारी गरी समस्या समाधानमा अग्रसरता लिन आन्दोलनरत् पक्ष , मानवअधिकारवादी, नागरिक समाज, सञ्चारक्षेत्र, राजनीतिक दल, स्थानीय प्रशासन, सरकारसहित सरोकारवाला सबैमा अनुरोध गर्दछौं ।’

मैनाली असोज १२ गतेदेखि स्वास्थ्य शिक्षा नागरिक समाज मेचीकोतर्फबाट आमरण अनशनमा बस्नुभएको हो ।

स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश, समितिका पूर्व संयोजक तथा नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सन्देश, नेकपा एमाले झापाका सचिवालय सदस्य शिव ढुंगेल, राप्रपा नेपाल झापाका सचिव केशवप्रसाद ओझा लगायतले समाजले उठाएको मागप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो ।

दलका नेताहरुले मैनालीको आमरण अनसनप्रति सरकार गम्भीर नभएको भन्दै समस्या समाधानका लागि तत्काल निकास खोज्न आग्रह गरे ।

२० असोज, भोजपुर
पूर्वी पहाडी जिल्ला भोजपुरमा जिल्ला प्रहरी कार्यालय र मातहतले संचालन गरेको गाँजा फाडानी अभियानमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै भोजपुरमा बिहिवार एक प्रहरी हवल्दार पुरस्कृत भएका छन ।

६१ औ प्रहरी दिवसको अवसर पारेर प्रहरी हवल्दार सिकेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । पुरस्कृत यादवलाई गाँजा फडानी अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै रणबम गण भोजपुरमा निमित्त गणपति हरी श्रेष्ठले पुरस्कृत गरेका हुन ।

सोही क्रममा शहिद परिवारको तर्फबाट मनमाया तामाङ्गलाई जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी काजीकुमार आचार्यले दोसल्ला ओेढाएर सम्मान समेत गरे ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रहरी दिवसका अवसरमा आयोजित ब्याडमिन्टनका बिजेता प्रहरीहरुलाई समेत पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छ ।

जिल्ला प्रहरी कार्यालयले र मातहतका प्रहरी कार्यालयहरुबाट गत बर्ष मात्र ३ सय ३९ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट भएको थियो भने यो आर्थिक बर्षमा समेत सो अभियान जिल्ला जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

२० असोज, बिराटनगर ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले मुलुकको राजनीतिक गतिरोध अन्तगर्न संविधान निर्माणको बेला चारदलहरु बिच भएको १६ बुंदे सहमतिलाई आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै अध्यक्ष गच्छदारले, विसम परिस्थितीको वेला चार दलहरु बिच भएको १६ बुदलें सहमतिको अधारमा नै संविधान निर्माण भएको स्मरण गराउदै उहाले संविधान कार्याबन्यनका लागी पनी १६ वुदे सहमतीकै आधारमा दलहरु अगाडी वढनुपर्नेै बताउनुभयो ।

उहाले १६ बुदें सहमति अधार मानेर अगाडी वढन सकेमा मात्र संविधान संसोधन हुने र आगामी निर्वाचनकमा लागी वाटो खोल्ने बताउनुभयो ।

प्रमुख दलहरुले आत्मआलोचना गरेर फेरी पुरानै स्थानमा आउनुपर्नेको विकल्प नभएको भन्दै अध्यक्ष गच्छदारले सहमति बिना संविधान संसोधन र कार्याबन्यन नहुने भएकाले सरकारलाई सवैदललाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

निश्चित समय भित्र थारु र मधेशी माग कति सम्म पुरा गर्न सकिने भनेर प्रष्ट पार्दे सहमतिमा अघि बढ्नु पर्ने बताउनुभयो ।
उहाले तीन बुदे सम्झौता गरेर मधेशी मोर्चा पनि अलमलमा परेको बताउदै उहाले चाडै समस्या समाधान नभए स्थानिय निकायको निर्वाचन पनि हुन समस्या उत्पन हुनेभएकाले छठ सम्म दलहरु बिच सहमति हुनु पर्ने आवश्कता रहेको बताउनुभयो ।

काठमाडौं,असोज १९ । फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आयो । हेर्दा राम्रो अनुहार देखियो भन्दैमा कन्फर्म नगर्नुस् । किनभने, त्यसै गर्नाले अहिले केही मानिस दिनहुँ प्रहरीको अपराध महाशाखा धाउँदा हैरान छन् । फेसबुकमा केनी जोनसन नाम राख्ने, फोटो पनि आकर्षक राख्ने र नेपाली महिलालाई फ्रेन्ड रिक्वेष्ट पठाउने धन्दा चलाएका व्यक्ति नभेटेर हैरान छ । त्योभन्दा बढी हैरानीमा छन्, उनको प्रलोभनमा परेर लाखौं रकम उनले भनेको अकाउन्टमा हालिदिँदा ।

दर्जन बढी महिला पीडित छन् । जोनसोनले व्यक्तिगत आयस्रोतबारे सम्बन्धित महिलालाई जानकारी दिँदै आफूप्रति आकर्षित गर्थे । त्यस्ता महिलालाई उपहार स्वरुप कसैलाई महंगा मोबाइल, कसैलाई ल्यापटप पठाउँथे । प्रहरी अनुसन्धानमा उनले ४० लाखसम्मको सामान पठाउने र पाउने व्यक्तिलाई एअरपोर्ट ट्याक्सबापतको तीनरचार लाख रुपैयाँ भारतीय बैंकमा डिपोजिट गर्न लागउँथे । त्यसो गर्नुअघि सामान ड्राफ्ट गरिएको ट्याग नम्बरसमेत पठाउँथे । उनले भने बमोजिमको रकम जम्मा गर्नुअघि भारतको नम्बरबाट नेपाली महिलालाई फोन आउँथ्यो ।

ती व्यक्तिले रकम पठाउन नेपाली नागरिकको सम्पर्क नम्बर र नेपाली बैंकको खाता नम्बर पनि दिन्थे । तर, विश्वासका कारण ती खातावालासँग सम्पर्क नै नगरी पीडितले भारतीय बैंकमा पैसा जम्मा गरे । अहिलेसम्म पीडितले ३२ लाख नेपाली रुपैयाँ उनको भारतीय खातामा हालिसकेका छन् । यसरी पैसा पुग्ने तर सामान नआउने । एक जना महिलाले जब यही क्रमबाट अरु पनि ठगिएका चाल पाइन्, अनि बल्ल प्रहरीमा उजुरी गरिन् भनेर आजको जनआस्था साप्ताहिकमा खबर छ ।

काठमाडौं,असोज १९ । सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा अनुभवी गोताखोर, विभिन्न प्रविधि र उपकरणसहित परिचालन गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा गृहमन्त्री निधिले विशेष समय लिएर बोल्दै सो जानकारी गराएका हुन् ।

घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा सशस्त्र प्रहरी, विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसएसपीको कमान्डमा ६० जना, जिल्ला प्रहरी कार्यालय चितवनका एसपीको कमान्डमा ३० जना, नेपाली सेनाको विपत् व्यवस्थापन गण चितवनका क्याप्टेनको कमान्डमा ३० जना परिचालन गरिएको गृहमन्त्री निधिले जानकारी दिए । त्यस्तै, नारायणी नदीको तल्लोतटीय क्षेत्रमा थप चार सय ४० सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको उनको भनाइ छ । ‘उहाँ (घिमिरे)को खोजीकार्यलाई सरकारले निरन्तरता दिइरहेको छ,’ मन्त्री निधिले भने, ‘अत्याधुनिक प्रविधि र उपकारणसहित सुरक्षाकर्मीहरू परिचालन गरी खोजीकार्य अझै जारी छ ।’

सरकारले घिमिरेको खोजीका लागि इमर्जेन्सी फल्ड लाइटसहितका डुंगाहरू, वाटर फुड, अन्डर वाटर क्यामेरासहित सोलारजस्ता उपकरण तथा प्रविधिको प्रयोग गरेको छ । घिमिरेको खोजीका लागि सरकारले सशस्त्र प्रहरीका र देशभित्रका अन्य अनुभवी गोताखोर परिचालन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिमिरेको खोजीकार्यलाई प्रभावकारी बनाउन दिएको निर्देशन अनुसार खोजीकार्य तीव्र पारिएको गृहमन्त्री निधिको भनाइ छ ।

९ असोजमा भएको दुर्घटनामा पूर्वमन्त्री घिमिरेका तीन दाजुभाइ अझै बेपत्ताकै स्थितिमा छन् । तर, परिवारका सदस्यहरूले भने कुशको शव बनाई उनीहरूको सांस्कृतिक रूपमा दाहसंस्कार गरिसकेका छन् । दुर्घटना भएकै दिन घिमिरेकी आमा लक्ष्मी घिमिरे, आफन्त नारायण काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला परेको थियो । सोही गाडीमा रहेका नेपाल प्रहरीका हवल्दार विष्णु राईलाई दुर्घटनास्थलबाट जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको थियो भनेर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

१९ असोज, काठमाडौं ।
अन्तबाट ईन्धन किन्न नपाउने सम्झौता गराएर नाकाबन्दी गर्दै हेप्दै आएको भारतले फेरी पनि आगामी १५ बर्ष अन्यदेशबाट ईन्धन किन्न नपाउने सम्झौता गर्न नेपाललाई प्रस्ताव अघि सारेको छ ।

नेपालले भारतले नाकाबन्दी गरेपछि गत बर्ष चीनबाट पनि इन्धन ल्याउने सम्झौता गरेपछि उक्त सम्झौता र चीनसंगको सम्वन्ध बिगार्नेगरि भारतले यस्तो प्रस्ताव नेपाललाई गरेको हो ।

नेपाल–भारत प्रबुद्ध समूहको मंगलबार नयाँदील्लीमा सुरु दोश्रो बैठकमा भारतीय पक्षले इन्धनमा नेपाली ईन्धन बजारमा आफ्नो एकाधिकार कायमै राख्न यस्तो प्रस्ताव नेपाललाई गरेको हो ।

रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम सम्पन्न गर्न नेपालले उक्त प्रस्ताव मान्नुपर्ने सर्त भारतले राखेको छ ।

यद्यपि नेपालले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ । भारतले नाकाबन्दी गरेपछि नेपालले व्यापार विविधिकरण गर्ने भन्दै चीनबाट ममेत इन्धन ढुवार्नी गर्न व्यापार सम्झौता गरेको थियो ।

सोमबार दिल्लीमै भएको अर्को बैठकमा भारतीय आयल कर्पोरेसनका अधिकारीले समेत नेपाल आयल निगमको टोलीसँग सोही प्रस्ताव राखेको बताइएको छ ।

१९ असोज, काठमाडौं ।
नेपालीहरुको महान चाड बडादशैंको पाँचौ दिन आज पनि देशभरका दुर्गा देवीको मन्दिरमा पूजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

दशैंको पाचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजाअर्चना गरिंदैछ । बडा दशैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलनअनुसार हिजो श्वेतवर्णकी स्कन्दमाताको पूजा गरिएको हो ।

काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, मैतीदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको घुइंचो लागेको छ ।

त्यस्तै काठमाडौं उपत्यका बाहिरका पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, दन्तकाली, जलपादेवी, छत्रेश्वरी, मनकामना, बागेश्वरीलगायतका शक्तिपीठहरुमा पनि विहानैदेखि दुर्गा भवानीको पूजा अर्चना भैरहेको छ ।

दशैंको पाँचौं दिन काठमाडौंको टेकुस्थित पचली भैरवको पूजा गरी जात्रा मनाउने परम्परा पनि रहँदै आएको छ ।

पप्पु गुरुङ्ग, १८ असोज, दोधारा चाँदनी । दोधारा चाँदनीका महिलाहरु समुहिक रुपमा आजबाट ३ दिने मैनबत्ती उत्पादन तालिम संचालन गरेका छन् । ३ दिने मैनबत्ती तालिम उद्घघाटन कार्यक्रमका सभापति सामुदायमा आधारित एकता समुहका अध्यक्ष टिका मगर रहनुभएको थियो भने प्रमुख अतिथी दोधारा चा“दनी नगरपालिका कार्यालय सयुक्त वडा कार्यालयका सचिव मोहन सुनार रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथीमा समुदायमा आधारित कार्य सन्जाल सस्था जनजागृती बिकास समाजका अध्यक्ष मान बहादुर राना , नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिका सभापती डम्मर चन्द, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य ईन्द्र बहादुर राउत रहनुभएको थियो ।

यस्तै अतिथीमा युएसएआईडी किसान परियोजनाका श्रोतब्यक्ती तथा पा्रबिधिक वीर बहादुर थापा, समुदायमा आधारित कार्य सन्जाल संस्था जनजागृती बिकास समाजका सहजकर्ता रेशम बोकटी, एकता समुहलाई जग्गा दान गर्ने जगगा दाता करन मगर, लगाएत जन्नजागृती बिकास समाज अन्तर्गत रहेका मुलसमिती र मुलसमिती भित्र रहेका समुदायिक समूह प्रतिनिधि र एकता समुहका सम्पुर्ण सदस्य गरि ६० जनाको उपस्थिती रहेकोे थियोे ।

दोधारा चाँदनी जर्काटोलमा रहेको ४० सदस्यीय सामुदायिक एकता समुहका महिलाहरुले मैनबत्ती उत्पादन गरेर समुहको कोष बढाउने निर्णय गरेको छ् । उद्धघाटन सत्रमा बक्ताहरुले महिलाहरु समाजमा गरेको उत्साहजनक कार्यको स्वागत गर्दै दोधारा चा“दनीका बजारहरुमा स्थानिय महिलाहरुले बनाएको मैनबत्ती बिक्रि बितरणमा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । ३ दिने मैनबत्ती तालिम एकता समूह ले बाहिरी सहयोग बिना आफ्नै आन्तरिक कोषको परिचालन गरेर समूह सदस्यहरुको बचत बाट पहिलो प्रारम्भिक चरणमा ३० हजार बराबरको कच्चा पदार्थ महेन्द्रनगर बाट खरिद गरि ३ दिन सम्म तालिम सिकेर सम्पुर्ण सदस्यहरुले समुहिक रुपमा मैनबत्ती उत्पादन गरेर कोष बढाएर गाँउ घरको बिकासमा खर्चने कार्य सकारात्मक तथा उल्लेखनिय भएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती डम्मर चन्दले बताउनुभएको छ् ।

“आज समुहको महिलाहरुले गरेको कार्य उल्लेखनिय तथा पुर्ण सकारात्मक तथा सोचनिय छ्” नेपाली काग्रेंस दोधारा चा“दनी नगर सभापती चन्दले बताउनुभयो । उक्त तालिमका प्रशिक्षक नगर स्तरिय महिला मुल समिती दोधारा चा“दनीका पुर्व अध्यक्ष तथा मैनबत्ती तालिमका प्रशिक्षक उमा राना रहनुभएको थियो । उत्पादीत गरेको मैनबत्ती दोधारा चा“दनीका गा“उ स्तरमै विद्यालय, किराना पसल र स्थानीयले दैनिक प्रयोजनका लागी प्रयोग हुने हुदा आफुहरुले अवस्था हेरर समुहले नियमित उत्पादन गर्ने सोच बनाएको समुहका अध्यक्ष टिका मगरको भनाई छ् ।