गतिरोध अन्त्यगर्न चार दलको १६ बुँदे सहमति पालना गर्नुपर्छ-गच्छदार

अशोज २०, २०७३ मा प्रकाशित | 737 views

२० असोज, बिराटनगर ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले मुलुकको राजनीतिक गतिरोध अन्तगर्न संविधान निर्माणको बेला  चारदलहरु बिच भएको १६ बुंदे सहमतिलाई आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै अध्यक्ष गच्छदारले, विसम परिस्थितीको वेला चार दलहरु बिच भएको १६ बुदलें सहमतिको अधारमा नै संविधान निर्माण भएको स्मरण गराउदै उहाले संविधान कार्याबन्यनका लागी पनी १६ वुदे सहमतीकै आधारमा दलहरु अगाडी वढनुपर्नेै बताउनुभयो ।

उहाले  १६ बुदें सहमति अधार मानेर अगाडी वढन सकेमा मात्र संविधान संसोधन हुने र आगामी निर्वाचनकमा लागी वाटो खोल्ने बताउनुभयो ।

प्रमुख दलहरुले आत्मआलोचना गरेर फेरी पुरानै स्थानमा आउनुपर्नेको विकल्प नभएको भन्दै अध्यक्ष गच्छदारले सहमति बिना संविधान संसोधन र  कार्याबन्यन नहुने भएकाले सरकारलाई सवैदललाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

निश्चित समय भित्र थारु र मधेशी माग कति सम्म पुरा गर्न सकिने भनेर प्रष्ट पार्दे सहमतिमा अघि बढ्नु पर्ने बताउनुभयो ।
उहाले तीन बुदे सम्झौता गरेर मधेशी मोर्चा पनि अलमलमा परेको बताउदै उहाले चाडै समस्या समाधान नभए स्थानिय निकायको निर्वाचन पनि हुन समस्या उत्पन हुनेभएकाले छठ सम्म दलहरु बिच सहमति हुनु पर्ने आवश्कता रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web