बडा दशैंको महाअष्टमीमा महागौरीको पूजा आराधना गरिंदै

२३ असोज, काठमाडौं ।
बडा दशैंको नवरात्र अन्तर्गतको महाअष्टमीका दिन आज देशभर महागौरी देवीको पूजा आराधना सहित कालरात्री मनाइँदैछ ।

महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै कलपूर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने गरिन्छ ।

पशुबलि नचढाउनेहरू पनि जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

महाअष्टमीका दिन देशभरका विभिन्न शक्तिपीठहरुमा बली चढाउने र पूजाअराधना गर्नेहरुको घुइँचो लागेको छ । हनुमानढोकाको दसैँघरमा महाअष्टमीको मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाईंका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्री मनाउने चलन छ ।

यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ ।

बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ ।

यस अबधिभर मुलुकभर रहेका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गर्दछ । नवरात्रको अन्यदिनझैं आजपनि राजधानीका गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, मैतीदेवी, दक्षिणकाली, बज्रबाराही, जयबागेश्वरी तथा पलाञ्चोक भगवती, मनकामना, चुरेमाई लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

आज टोकियोमा मुक्ति एण्ड रिभाइवलको भव्य लाईभ कन्सर्ट हुँदै

२३ असोज, टोकियो ।
फुकुओकामा भव्य रुपमा लाईभ कन्सर्ट सकेको मुक्ति एण्ड रिभाइवल व्याण्डले आज जापानको राजधानी टोकियोमा विशाल लाईभ कन्सर्ट गर्दैछ ।

गोरेटो प्रोडक्सनले गर्न लागेको कन्सर्टमा अत्याधुनिक लाईटको व्यवस्था सहित सबै दर्शकले देखुन् भन्नको लागि कन्सर्ट भइरहँदा त्यसको भिडियो पछाडी भागमा ठूलो देखिने व्यवस्था समेत गरिएको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको महा अष्टमीका दिन पनि परेकाले आजको कन्सर्टमा नेपालीहरुको विशाल सहभागीता रहने देखिएको छ ।

आजको कन्सर्टको अधिकाशं टिकट विक्रि भइसकेकाले केही मात्र टिकट बाँकी रहेको भन्दै आयोजकले कार्यक्रम सुरुहुनु केही अघि कन्सर्ट स्थलमा आएर टिकट सुरक्षित गर्न अनुरोध गरेको छ ।

टोकियोको लाईभ कन्सर्ट इकेगामी काइखानमा साँझ ६ बजेबाट सुरुहुने छ ।

कन्सर्टमा नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले केको साँचो…,डल्ली रेशम…, नहेर मलाई…,चौबन्दी चोलो…,कलंकीको जाम… सहित आफ्ना दर्जन बढी लोकप्रिय गितहरु पस्कनेछ ।

अत्याधुनिक साउण्ड र लाईट सिस्टमको व्यवस्था सहित पहिलो पटक गर्न लागिएको लाईभ कन्सर्टको टिकटको लागि तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि टिकट बुकिंग गराउन सकिने छ ।

अनिस- ०८० ३२२२ १०२९
अमित- ०८० ४६५२ ७९९९
दिपेश- ०८० ३५५७ ३०५४
कृष्ण- ०९० ८३९३ ९१२७

टङ्किसिनवारीमा रोकेको लरीमा बस ठोक्किँदा दुईको मृत्यु, २४ घाइते

२२ असोज, मोरङ ।
मोरङको कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि कम्तीमा २४ यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना ४ ख ६०८० नंको यात्रुवाहक बसले शुक्रबार साँझ टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीलाई पछाडीबाट ठक्कर दिन पुगेको हो ।

दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९ का अभिषेक झाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य २४ यात्रु घाइते छन् । प्रहरीले बिच सडकमा लरी रोक्ने भारतीय चालक र बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कारवाही थालेको जानकारी दिएको छ ।

त्रिशुलीमा पूर्वमन्त्री घिमिरेका भाईको शव भेटियो, घिमिरेको पत्तो लागेन

२२ असोज, नारायणगढ ।
असोज ९ गते त्रिशुली नदिमा गाडी सहित खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरेको भाइको शव भेटिएको छ । बेपत्ता भएका घिमिरेसँगै उनको अर्का भाईको भने अझै पत्तो लाग्न सकेको छैन ।

घिमिरे चितवनको दारेचोकस्थित घोप्टेभीरमा जीप दुर्घटना भई त्रिशुलीमा खसेर बेपत्ता भएका छन् । भेटिएकामा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाई मोहन घिमिरेको शव भएको प्रहरील जानकारी दिएको छ ।

घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहु जिल्लाको देवघाट ४ बगई भन्ने स्थानमा शनिवार बिहान मोहन घिमिरेको शव भेटिएको हो ।

शवसँगै भेटिएको पर्स र लाइसेन्सका आधारमा उनको सनाखत गरिएको प्रहरीले जानकारी दिएको छ ।

असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाई र आमा बेपत्ता भएका थिए ।

एकहप्तासम्म गोताखोर लगाएर खोजि गर्दापनि शव नभेटिएपछि घिमिरेका परिवारजनले बेपत्ता सबैको कुशवको शव बनाएर दाह संस्कार गरिसकेका छन् ।

भोजपुरमा दशैं मनाउन पनि चामल भएन, खाद्य संस्थानले पनि बाँडेन

२२ असोज, भोजपुर ।
नेपाल खाद्य संस्थान भोजपुरको गोदाममा चामलको मौज्दात नभएपछि संस्थानले दशैको समयमा चालम बिक्री गरेन ।

यस बर्षको चामलको ढुवानी ठेक्का नलागेको र गोदाममा चामलको मौज्दात समेत सकिएकाले दशैको समयमा गोदामबाट चामल बिक्री नगरिएको संस्थानले जनाएको छ । केही समय अगाडीसम्म गोदाममा मौज्दात रहेको चामल बिक्री गरिएको भए पनि दशैको समयमा भने बिक्री गर्न नसकिएको नेपाल खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।

सदरमुकाम बाहेकका खाद्य संस्थानका डिपो अहिलेसम्म पनि सम्वन्धित निकायको बेवास्ताका कारण पुनस्थापना हुन नसक्दा ती स्थानहरुबाट समेत चालम बिक्री हुन सकिरहेको छैन ।

भोजपुर सदरमुकाम देखि दक्षिणमा रहेको घोरेटार डिपोमा अत्याधिक मात्रमा खाद्यन्नको माग हुने गरेको भए पनि त्यहाँ अहिलेसम्म पनि डिपो संचालन हुन नसकेको हो । नेपाल खाद्य संस्थान भोजपुरका शाखा प्रमुख तथा सूचना अधिकारी भक्तबहादुर भण्डारीले पटक पटक डिपो संचालनका लागि प्रधान कार्यालयमा माग गर्दा समेत सुनुवाई हुन नसकेको बताए ।

संस्थानले २०६० सालमा द्वन्द्वको समयमा बिस्थापित भएको घोरेटार डिपोबाट स्थानिय प्रहरी र राजनीतिक दलको रोहवरमा ठेकेदारले ढुवानी गरेको चामल बिक्री हुने गरेको छ । घोरेटार डिपोबाट दक्षिणी क्षेत्रका १५ बढी गाविसका स्थानियहरु लाभान्वित हुने गरेता पनि त्यहाँ माग अनुसार डिपो संचालन हुन नसक्दा बितरण हुन सकिरहेको छैन ।

खाद्यान्नको लागि ठेक्का लाग्ने प्रक्रिया हुदै छ त्यस पछि मात्र भोजपुरमा यस आर्थिक बर्षका लागि खाद्यन्न ढुवानी हुन्छ संस्थानका प्रमुख भण्डारीको भनाई रहेको छ । संस्थानले प्रधान कार्यालयको निर्णय अनुसार अरुवा सोना मन्सुली चामल ३६ र जिरा मन्सुली चामल ५० रुपैया ५० पैसा प्रतिकेजीका दरले बिक्री गर्दैै आइरहेको थियो ।

दशैं नौरथा देखी पाथीभर मन्दिरमा तिर्थयात्रिको भिड

२२ असोज, ताप्लेजुङ ।
नौरथा लागेसंगै तिर्थरहेको यात्रिको चाप रहेको  प्रशिद्ध पार्थीभरामा आज दुर्गा पक्षको सप्तमीको दिनमा पनि पाभिभरामा तिर्थयात्रिको चाप अझ बढेको छ ।

चिताएको मनोकांक्षा पुरा हुने विश्वसका साथ पाथीभरामा तिर्थयात्रिको चाप लाग्ने पाथीभरामा नौरथा लागेसंगै ह्वातै बढेको छ ।

बोका पाठी डोयएर तथा काधमा बोकेर लोराको साथमा पाथीभरा लम्कने तिर्थयात्रिको तातिनै देख्न सकिन्छ पाथीभरा क्षेत्रमा, सदमुकाम देखि काफ्ले पार्टी सम्म गाडीमा यात्र भएपनि त्यस भन्दा उकालो वाटो पैदाल यात्रा गर्नु पर्ने हुन्छ ।

पाथीभरामा अहिले झापा,मोरङ,सुनसरी विभिन्न जिल्ला सहित भारतको सिकिम,कालेपोङ,लगायतका तिर्थयात्री पाथीभरा भित्रिरहेका पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराइले बताउनुभयो ।

ताप्लेजुङमा पनि फुलपाती भित्र्याइयो

२२ असोज, ताप्लेजुङ ।
दसैंको सातौ दिन आज ताप्लेजुङमा पनि फुलपाती भित्र्याइएको छ ।

ताप्लेजुङमा रहेको सशस्त्र प्रहरी बलको कञ्चनजंघा गुल्मा र  नेपाली सेनाको नयां रणभिम दलको टोलि तोक्मेडाँडाँ स्थित सेनाको ब्यारेकबाट बेण्ड बाजा सहित जिल्ला प्रहरी कार्यालयमा गएर नेपाल प्रहरी सहित भएर प्रहरी कार्यालयमा रहेको नवदुर्गा भगवतीको पुजा गर्ने सलामि चढाउने र सेना र सशस्त्र प्रहरीको गुल्ममा फुलपाती लिएर फकेको छ ।

त्यहा फुलपाती भित्र्याएपछि प्रहरी टोलि फेरी कार्यालयमा फर्कन्छ ।

बिगतमा अघिल्लै दिन हाङदेवा गाविसबाट फुलपाती ल्याइएपनि पछिल्ला बर्ष ब्यारेक, गुल्म र कार्यालयमै राखेको फुलपाती जमरा भित्र्याउने गरिएको छ ।

दसैंको अवसरमा सशस्त्र प्रहरीले कञ्चनजंघा गुल्मको याङलेजुङ मन्दीर क्षेत्र, सिनाम र ढुङगेसाघुमा लिङगेपिङ थापेको छ ।

सशस्त्रले प्रत्येक बर्ष पिङ थाप्ने गरेको छ । दशैको समयमा थापिने पिङ  पछिल्लो समय लोप हुन थालको छ ।

दलहरुबीच दोहोरीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण टर्‍यो

काठमाडौं,असोज २२ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित गराउने विषयमा सरकार आफैं अन्योलमा परेको छ । सीले भारतको गोवा जाँदा वा फर्कंदा नेपाल भ्रमण गर्ने अपेक्षा गरिएपनि अहिले टरेको छ ।

नेपाल नआउने भन्दा पनि बंगलादेश जाने तर नेपाल नआउने चिनियाँ निर्णयले आफूहरुलाई दुःखी बनाएको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । ‘यसले नेपालको आन्तरिक राजनीति नै अन्योलमा पारेको छ,’ उनले भने, ‘यही विषयका कारण दलहरुबीच दोहोरी चलिरहेको छ ।

हामी प्रयास गरिरहेका छौं । अहिले नभए पनि पुसको अन्त्यसम्म ल्याउने प्रयासमा सरकार लागेको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ । चिनियाँ राष्ट्रपति सी असोज २८ मा बंगलादेशमा पुग्ने र भोलिपल्ट गोवा जाने भएका छन् ।

गोवा भ्रमण प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयका लागि सबै खाले प्रयास गर्ने उनी निकटस्थहरुले बताए । उनीहरुका अनुसार प्रधानमन्त्री भएपनि भारत भ्रमण गरेका र त्यही समयमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण तय समेत गराएका प्रचण्डले मुलुकका राजनीतिक सन्तुलनका लागि पनि चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने चुनौती देखिएको छ ।

फूलपाती: उखुदेखि अशोकको फूलसम्म

काठमाडौं,असोज २२ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उहाँले बताउनुभयो ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको हनुमानढोका हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिनुभयो ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सरस्वती सिंहले जानकारी दिनुभयो । यस वर्षको फूलपाती शनिबार अपराह्न ४ बजे भित्र्याइने कार्यक्रम छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ । रासस

आज फूलपाती, देशभरका शक्तिपीठमा पूजाआजा गरिँदै

काठमाडौं,असोज २२ । आश्विन शुक्ल सप्तमीका अवसरमा शनिवार देशभरका शक्तिपीठमा फूलपाती भित्रयाइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रयाउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिकाले जनाएको छ ।

फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।

सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ । अध्यक्ष गौतमका अनुसार कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् ।

डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौं,असोज २१ । डा. गोविन्द केसीले दशैं अवधिभर आमरण अनसन स्थगित गरेका छन् । शुक्रवार राती पत्रकार सम्मेलन गर्दै डा केसीले १२ औं दिनमा आमरण स्थगित गरेका हुन् । उनले चाडबाडलाई मध्यनजर गर्दै अनसन स्थगित गरेको जनाएका छन् ।  चिकित्सा क्षेत्रको वेथिति रोक्न,सरकारसंग भएका सहमति पालना गर्न माग गर्दै केसी  असोज ९ गतेदेखि नवौं पटक आमरण अनसन बसेका थिए ।

‘केसीले अनशन दशैंका लागि स्थगत गरेपनि त्यसपछि पुनः निरन्तरता दिने बताएका छन् । केसीको मागमा सम्बोधन गर्नुपर्ने व्यवस्थापिका संसद आगामी असोज ३० गतेसम्मका लागि स्थगित भइसकेको छ । भने भोलिदेखि दशैंका सार्वजानिक बिदा सुरु हुँदैछ । यो समयमा आफ्ना एजेण्डामा कुनै छलफल एवं औपचाकिर वार्ता नहुने अवस्था सिर्जना भएपछि केसी तत्कालका लागि अनशन स्थगन गर्ने अवस्थाम पुगेका हुन् ।

मुक्ति एण्ड रिभाइवल व्याण्डको लाईभ कन्सर्ट तयारी पुरा, टिकट सकिन लाग्यो

टोकियो ।
बडा दशैंको अवसर पारेर नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवललाई ल्याएर जापानमा रहेका नेपालीलाई मनोरञ्जन दिलाउन लागेको गोरेटो प्रोडक्सनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

मुक्ति एण्ड रिभाइवल व्याण्डले यही अक्टोवर ९ अर्थात् आइतबारका दिन टोकियोमा रहेका नेपालीहरुलाई नचाउने छ भने आज ७ तारिखका दिन फुकुओकाको मिनामीहलमा सयौं नेपालीहरुलाई नचाउँदैछ । फुकुओकामा मिनामी सीमिन हल फुकुओकामा कन्र्सट हुँदैछ ।

अक्टोवर ९ तारिखका दिन हुने लाईभ कन्सर्टको अधिकाशं टिकट विक्रि भइसकेको बताइएको छ । टिकट सिमित रहेकाले तत्काल बुकिंग गर्न अनुरोध गर्दै आयोजकले कलाकारहरु हिजो नै जापान आइपुगेको जानकारी दिएको छ ।

टोकियोको लाईभ कन्सर्ट इकेगामी काइखानमा साँझ ६ बजेबाट सुरुहुने छ । कन्सर्टको लागि मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकार जापान आएका छन् ।

अग्रिम टिकट बुकिगं गराएमा ३५ सय जापानी येन मात्र तोकिएको टिकट कन्सर्ट स्थलमै लिएमा भने ४ हजार येन तोकिएको छ ।

कन्सर्टमा नेपाली ब्लुज रक ब्याण्ड मुक्ति एण्ड रिभाइवलले केको साँचो…डल्ली रेशम…, नहेर मलाई…चौबन्दी चोलो…कलंकीको जाम। सहित आफ्ना दर्जन बढी लोकप्रिय गितहरु पस्कनेछ ।

अत्याधुनिक साउण्ड र लाईट सिस्टमको व्यवस्था सहित पहिलो पटक गर्न लागिएको लाईभ कन्सर्टको टिकटको लागि तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि टिकट बुकिंग गराउन सकिने आयोजकले बताएको छ ।

अनिस- ०८० ३२२२ १०२९
अमित- ०८० ४६५२ ७९९९
दिपेश- ०८० ३५५७ ३०५४
कृष्ण- ०९० ८३९३ ९१२७

मुक्ति एण्ड रिभाइवल व्याण्डको ९ अक्टोवरमा टोकियोमा भव्य लाईभ कन्सर्ट

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web