दसैँमा पूर्वाञ्चलको सुरक्षा कडा

२३ असोज, काठमाडौं ।
दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा पर्वलक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ ।

Muslim community extends Dashain wishes

The Muslim community of Nawalparasi today extended wishes on the occasion of the Bada Dashain festival.

The community from Koilapani of Kawasoti extended wishes on the occasion of Bada Dashain, Tihar and Chhath during a programme held by Peace Centre Nepal and Koilapani Muslim Society.

On the occasion, World Hindu Federation central member, Nanda Prasad Aryal, expressed joy at receiving the wishes from the Muslim community and said exchanging greeting as such will help in maintaining social harmony.

Brothers killed in bike accident

Two people died when a truck crashed onto a house after a break fail in Chandragiri municipality in the capital today.

The deceased have been identified as 50 year old Raj Kumar Dhakal and his wife 40 year old Durga Khatri. They were sleeping inside their house when the truck with the Indian number plate crashed in.

Similarly, two brothers have died after the motorcycle they were riding met an accident near Seuti river at Itahari Sub Metropolitan City –this morning.
Superintendent of Police (SP) Poshraj Pokharel of District Police Office, Sunsari, said the brothers were heading towards Itahari from Dharan . They have been identified as Madan Gurung and Kumar Gurung .

The police have attributed the cause of the accident to driving under the influence. Both the brothers died on the spot.

Meanwhile, as many as 65 passengers have been injured, 25 seriously, following a head-on collision involving two passenger buses at Ramantar in Makawanpur along the Hetauda-Narayangadh road section at around 4 am today.

According to the District Police Office, Makawanpur, The crash occurred place when a bus coming to Sarlahi from Kathmandu struck another bus en route to Nepalgunj from Biratnagar,
The critically wounded passengers were rushed to the Old Medical Hospital in Chitwan while nineteen others received treatment at the local primary health post.

Some 21 passengers sustaining minor injuries in the incident have been sent home following after primary treatment shared Superintendent of Police (SP) Meera Chaudhary.

दशैं मान्न काठमाडौंबाट २२ लाख घर लागे, अझै दुई लाख यात्रु बाहिरिने

२२ असोज, काठमाडौँ ।
बडा दशैं मान्नका लागि राजधानीमा अध्ययन, पेशा व्यवसाय गरेर बस्दै आएका करिव २२ लाख नेपालीहरु जन्मथलो र आफन्तकोमा हिँडेका छन् ।

काठमाडौँ उपत्यकाबाट आजसम्म २२ लाख यात्रु बाहिरिएको बताइएको छ ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दाबी गरेको छ ।

बिहीबार, शुक्रबार र शनिबार सबैभन्दा बढी यात्रुले काठमाडौं छाडेका छन् । यो क्रम केही कम भएर आज र भोली समेत जारी रहने देखिएको छ । ।

शुक्रबार करिव ३ लाख यात्रुले काठमाडौं छाडेकोमा आज पनि सोही संख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने क्रम रहेको प्रहरीले जानकारी दिएको छ ।

उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङलामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतर्फ लागेका छन् ।

दशैंमा काठमाडौंबाट साना ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको छ ।
सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २ सय सम्म सवारी आवतजावत गर्थे ।

अहिले दशैंको लागि काठमाडौंबाट घर लागेका यात्रुहरु दशैंको भोलिपल्टबाटै काठमाडौं फर्कन सुरु गर्छन् । यो क्रम पुर्णिमाको दिनदेखी बढेर करिव १ हप्ता सम्म रहनेगर्छ ।

काठमाडौंबाट लाखौं यात्रु बाहिरिएपछि काठमाडौंको सडकहरु भने सुनसान देखिन थालेका छन् । सडकमा छिटफुट सवारीका साधन गुडेको देखिन्छ भने काठमाडौंबाट बाहिरिने नाकाहरुमा भने अझै यात्रुहरुको चाप लाग्ने गरेको छ ।
यात्रुहरुले सहज रुपमा टिकट नपाएको तथा सामान्य भन्दा बढी रकम तिर्नुपरेको गुनासो गरेका छन् ।

दशैंका यात्रुले खचाखच बस जुध्दा कम्तिमा ६५ यात्रु घाइते, २५ गम्भिर

२३ असोज, हेटौँडा ।
बडा दशैंमा घरतर्फ जाँदै गरेका यात्रुहरु बोकेको बस एक आपसमा ठोक्किदा हेटौडामा कम्तिमा ६५ यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।

आज बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा दुवै बसमा रहेका यतिधेरै यात्रु घाइते भएका हुन् ।

प्रहरीका अनुसार बस दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् । उनिहरुको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गभइरहेको छ ।

सामान्य चोटपटक लागेका यात्रुहरुभने उपचार पछि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

दशैंमा खानामा यस्ता होशियारी अपनाऔं

२३ असोज, काठमाडौं ।
चाडवाडमा खाद्य पदार्थको बिक्री-वितरण, खरिद तथा उपभोग बढ्ने गर्छ । खाद्य पदार्थमा गुणस्तरको कुरा गर्दा बजारमा पाइने सबै वस्तु गुणस्तरहीन नै हुन्छ भन्ने होइन ।

तर, केही खाद्य उत्पादन गुणस्तरहीन भएको हामीले बजार अनुगमनका क्रममा भेट्ने गरेका छन् ।

खाद्य उद्योग, खाद्य बजार, होटल, रेष्टुरेन्ट निरीक्षण तथा अनुगमनको हाम्रो अनुभवमा सामान्यतया ठाउँ अनुसार १० देखि २० प्रतिशत खाद्य उत्पादनमा कुनै न कुनै कैफियत पाइएको छ । यस्तो समस्या चाडबाडमा झन् बढी देखिने भएकाले उपभोक्ताहरु खाद्य पदार्थको गुणस्तरबारे चनाखो हुनु जरुरी छ ।

उपभोक्ताहरुले गुणस्तरीय खाद्य उत्पादन खरिद गर्ने क्रममा नठगिन केही सामान्य कुरालाई ध्यान दिनु आवश्यक छः

·  आफूले खरिद गर्ने डिब्बा, बोतल र प्याकेट बन्द खाद्य उत्पादनहरुको लेवल विवरण राम्ररी हेरेर उत्पादन मिति, उपभोग्य मिति, तौल, मूल्य, उत्पादकको नाम, ठेगाना, त्यस खाद्य पदार्थमा  प्रयोग भएको बनावटको मिश्रण आदि उचित र सही छ भने मात्र खरिद गर्नु पर्छ  ।

·  सिल र बिर्को खुलेको, च्यातिएको देखिए र शंकास्पद लागेमा त्यस्तो खाद्य पदार्थ खरिद गर्नु हुंदैन ·  सकभर आफूले उपभोग गर्दै आएको भरपर्दो एवं विश्वासिलो उद्योग एवं उत्पादकको खाद्य पदार्थ रोज्ने ।

·  कतिपय बेला चाडबाडको बेला पारेर नयाँ उत्पादकको उत्पादन देखिन्छन्, त्यस्ता उत्पादनलाई तुरुन्तै विश्वास गर्नु हुँदैन ।

·   खोलमा लेवल विवरण नभएका, अंग्रेजी, नेपाली बाहेकका नबुझिने विदेशी भाषामा लेवल विवरण भएका, घाममा पनर्े गरी प्रत्यक्ष रुपमा राखिएका वा सजाएका, भिजेका, ओसिलो ठाउँमा भण्डारण गरिएका, अखाद्य पदार्थहरुको नजिकै वा सँंगसँगै राखिएका खाद्य पदार्थहरु खरिद नगर्ने ।

·  अधिक मात्रामा रङको प्रयोग भएका, खुला रुपमा राखिएका, फोहोर ठाउँमा तयार पारिएका, सडेगलेका, धुवाँधूलो, कीरा जस्ता बाह्य पदार्थहरु सजिलै मिसिने ठाँउ एवं व्यस्त सडकपेटीमा राखिएका, फोहोरी तथा रोगी व्यक्तिले तयार गरेको वा बिक्री९वितरण गरेका, अस्वाभाविक रुपमा मूल्य घटाएर बिक्रीमा राखिएका खाद्य पदार्थहरु खरिद एवं उपभोग नगर्ने । स्वास्थ्य कर्मीको सुझाव छ ।

अन्त्यमा, स्वच्छ र गुणस्तरीय खानेकुरा नै स्वस्थ्य जीवनको आधार हो भन्ने तथ्य मनन गरी सोही अनुसार खाद्य पदार्थको छनोट, खरिद र उपभोग आग्रह गरेका छन् ।

साथै, स्वच्छ र  गुणस्तरीय खाद्य पदार्थको उत्पादन, खरिद बिक्री तथा उपभोगमा उत्पादक, बिक्रेता, उपभोक्ता र  नियमनकारी निकाय सबैको अहम् जिम्मेवारी रहेकोले खाद्य स्वच्छता कायम राख्न सबैको सहयोग अपरिहार्य हुन जरुरी छ ।

बाजुरामा महाअष्टमीको रौनक

२३ असोज, बाजुरा ।
नेपालीहरुको महान चाड बडा दसैंको आज आठौं दिन अर्थात महाअष्टमी । महाअसष्टमीको दिन देशभर हर्ष उल्लासमय वातावरणमा मनाईरहेका खवर प्राप्त भएकाछन् । यतिवेला बाजुरामा पनि महाअष्टमी रमझमका साथ मनाउन थालेका छन् ।

हिन्दु परम्परा अनुरसार महा अष्टीमीको दिन देवी देवताको पूजा तथा बलिदान दिनाले मनोकांक्ष पूरा हुने धार्मिक विस्वास  छ । अहिले  बाजुराका विभिन्न क्षत्रेका शक्ती ठिंमा सामुहिक पूजा गरिदैछ । सदरमुकाम मार्तडीको बढिमालिका मन्दीरमा माहाँअष्टमी पूजागर्नेको लर्को लागेको छ ।

मन्दीरमा गई आफुले किनेको बोकाको बली गर्नाले मनोकाक्ष पूरा हुने विश्वास छ ।  सोही अनुसार परम्परागत रुपमा बोका बलि गरिदै आएको मन्दीरका पूजारीले बताएका छन् । त्यस्तै आजै कैलाशमाण्डौंको  नाटेश्वरी ,  कुलेदभमण्डौंको कोट कुडीको कुंडीकोट  जयवागेश्वरी, गुदुखाती लगायतका क्षेत्रमा रहेका मनदीरमा अष्टमी पूजा गरिएदै छ ।

गुदुखातीको  रहेमहां अष्टमीको पूजा चलिरहेको छ । बोकाको वलि दिनै पर्छ पर्छ भनने छैन आफ्नो सक्ती अनुसार नरिवल पेठो काटेर पनि मनाउन सकिन्छ प्रणवली रहितको पूजा झन राम्रो हुने पण्डित कुष्मराज पण्डितले वताउनु भयो ।

दसैंमा मार्तडी बजार सुनसान
सधैं ब्यस्त देखिने सदरमुकाम मार्तडी बजार दसैं लागे संगै सुनसान देखिएको छ । सदरमुकाम का झण्डैं असी प्रतिसत मान्छेले सदरमुकाम छोडेकाछन् । बजारको चोक गल्लीमा पाट्फुट् मान्छे देखिन्छन् भने । अधिकांश  होटल पसल बनद छन् । अधिकांश ब्यबसायि सदरमुकाम बाहिरका भएकाले उनिहरु दसैं माउन घरगए संगैं सदरमुकाम सुनसान हुने गरेको पाईनछ ।

यतिवेला गाउँमा भने निक्कै चहलपहल बढेको छ । आआफ्नो परम्परा अनुसार पूज ागर्ने । एक आपसमा सद्भाव बांड्ने गाउँवाहिर रहेका मान्छे भिने क्रम जारी छ । गाँका सार्वजनिक स्थान , पाटीपौवा धारा पधेंरामा दसैं मनाउनेको रौनक छाएको छ । हर्ष उललासमयवातारणमा दसैं मनाई रहेको पकारमहांसँघका अध्यक्ष मदनराज जैशीले बताएकाछन् ।

जंगली हात्तिको आतंक बढ्यो

२३ असोज, कञ्चनपुर ।
कन्चनपुरको भीमदत्तनगर नगरपालिका, दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोललगायत शुक्लाफाटा वन्यजन्तु आरक्षसँग जोडिएका बस्तीका स्थानीयलाई वर्षे्नि जंगलीहात्तीले दुःख दिने गरेको छ ।

सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले वर्षे्नि अन्नबाली नस्ट गर्नुका साथै स्थानीयका घर–टहरासमेत भत्काउने गरे पनि यसको समाधानतर्फ कुनै निकायको ध्यान जान सकेको छैन ।

कन्चनपुरको अधिकांश ग्रामीण बस्तीमा जंगलीहात्तीको आतंक बढेको हो ।

प्रायः गरेर अन्नबाली भित्र्याउनेबेलामा सीमावर्ती भारतीय जंगलबाट आउने जंगलीहात्तीको बथानले भीमदत्त नगरपालिका, झलारी पिपलाडी नगरपालिका, दोधारा–चादनी नगरपालिका, दक्षिणी क्षेत्र बाइसे विचवा, पुर्नबासलगायतका क्षेत्रमा आतंक मच्चाउने गरेको छ ।

यहाका स्थानीय दसैं मनाउन छाडेर अहिले हात्ती धपाउनै रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।

शक्तिपिठहरुमा महाअष्ठमी मनाईदै

२३ असोज, कञ्चनपुर ।
वडा दशैको आज आठै दिन कञ्चनपुर जिल्लाका विभिन्न शक्तिपिठहरुमा महाअष्ठमी मनाईदै छ ।

कञ्चनपुरको गोवरैयामा रहेको निंगलाशैनी माताको मन्दिरमा आज विहानैवाट श्रदालुहरुको भिड लागेको छ ।

जिल्लाका विभिन्न स्थानवाट वाजागाजा सहित मन्दिरमा वलि चडाउन रांगा,वोका ल्याउनेहरुको भिड लागेको छ । आज अष्टमिको दिन उक्त मन्दिरमा मेला समेत लाग्ने गरेको छ ।

कहाँ हराए प्रहरीको अबैध मदिरा नियन्त्रण अभियान ?

पप्पु गुरुङ्, २३ असोज, दोधारा चाँदनी । नेपालीहरुको महान चाड विजया दशमी, तिहार र छठपर्वलाई मध्य नजर गरि दोधारा चाँदनी प्रहरीले अबैध मदिरा नियन्त्रण अभियान संचालन गरेपनि अचेल प्रहरी निष्कृय हुन पुगेका छन् । सस्तो लोकप्रियताका लागि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले संचालनमा रहेका अबैध (घरेलु) मदिरा नियन्त्रण अभियान संचालन गरेपनि केही दिनमै प्रहरी प्रशासन सुस्ताएको आरोप सरोकारबालाहरुको रहेको छ । चाड, पर्वको अवसरमा दोधारा चाँदनीका बिभिन्न स्थानमा अबैध (घरेलु) मदिरा नियन्त्रण गर्ने अभियान संचालन गरेर सस्तोमा प्रहरी प्रशासनले लोकप्रियता कमाउन खोजेकाले प्रहरीको अबैध मदिरा नियन्त्रण अभियान केही दिनमै सिमित हुन पुगेको आरोप समेत लगाएका छन् । नेपालीहरुको महान चाड विजया दशमी, तिहार र छठ पर्व नजिकिदै जाँदा प्रहरी प्रशासनले अबैध मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिनुको सट्टा मदिरा नियन्त्रण अभियान नाउको मात्र रहेको स्थानियहरु बताउन थालेका छन् । केही दिन अघि दोधारा चाँदनीको कञ्चनभोज क्षेत्रमा अबैध मदिरा नियन्त्रण पछि प्रहरी सुस्ताएको बताईएको छ् । प्रहरी श्रोत अनुसार अबैध मदिरा नियन्त्रण अभियानमा क्रममा छापा मार्न थालेपछि राजनितिक दबाब आउने गरेको छ् । “प्रहरी छापा मार्दा थुप्रै फोनहरु आउन थाल्छ्” प्रहरी श्रोतले भन्यो । प्रहरीको अबैध मदिरा नियन्त्रण अभियानले निरन्तरता नदिएका कारण दोधारा चाँदनीको विभिन्न स्थानमा अहिले पनि अबैध मदिरा उत्पादन र बिक्री वितरण खुलेआम हुने गरेको स्थानियहरुले आरोप लगाएका छन् । प्रहरीको उक्त मदिरा नियन्त्रण अभियान निरन्तरता दिदा विना अनुमति संचालित मदिरा पसल र घरेलु मदिरा नियन्त्रण गर्न सक्ने धारणा सरोकारवालाहरुको रहेको छ । दोधारा चाँदनीका बिशेष गरेर सिमा क्षेत्र कुतियाकवर, सुन्दरनगर, बडवाल टोल लगाएत अबैध मदिरा उत्पादन तथा बिक्री बितरण हुने स्थानहरुमा अबैध मदिरामा छापा मार्ने योजना बनाए पनि प्रहरीलाई राजनितिक दबाबको कारण मदिरा नियन्त्रण अभियान अन्तर्गत अबैध मदिरामा छापा मार्ने कार्य सुस्ताएको समाचार श्रोतको दाबी छ् । दोधारा चाँदनीमा मदिराकै कारण बिभिन्न झै–झगडा कुटपिट लगाएत अपराधिक कार्यमा हुने हुदा मदिरा नियन्त्रणमा राजनितिक दलहरुले समयमै चाँसो देखाउनु पर्ने एक थरीको भनाई रहेको छ् । चाड पर्व लक्षित विशेष योजना अन्र्तगत नेपाल प्रहरीले दोधारा चाँदनीमा अबैध मदिरा तथा मदिराजन्य बिक्री बितरण गर्ने स्थानहरुमा छापा मार्न मार्ने योजना बनाएको थियो । दोधारा चाँदनीका गाँउ तथा बस्तीमा मदिराको बारोवार बढी हुने हुदा उक्त मदिरा बिक्री बितरणले अपराधिक क्रियाकलाप गर्नमा बढावा दिने बताउदै अबैध मदिरा उत्पादन तथा बिक्री बितरण गर्ने कार्यको रोक लगाउन अभियान थाल्ने बताए पनि प्रहरीले कार्यान्वयमा ल्याउन सकेको छैन् । अबैध मदिरा उत्पादन तथा बिक्री बितरण गर्ने फर्म, खुद्र पसलहरुलाई बन्द गर्न वा लाईसेन्स लिएर कारोवार गर्न नियमित जानकारी गराउदा समेत अटेर गरेको हुदा अबैध मदिरा उत्पादन तथा बिक्री बितरण गर्ने स्थानहरुमा छापा मारेर बैधानिय मदिरा पसललाई मात्रै संचालनमा ल्याउने बताए पनि उक्त अभियान दबाबको कारण तुहिदै गएको बताईएको छ् । केही दिन अघि प्रहरीले सुरु गरेको अबैध मदिरा नियन्त्रण सुरु नहुदै तुहिएको स्थानियहरुको भनाई रहेको छ् । अभियानकै पहिलो दिन प्रहरीले दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको वडा नं. ७ कञ्चनभोजबाट ठुलो मात्रामा अबैध घरेलु मदिराको साथै मदिरा जन्य पदार्थ बरामद गरेको थियो ।

सामाजिक कार्यमा भानुका बिद्यार्थीहरु

पप्पु गुरुङ्, २३ असोज, दोधारा चाँदनी । सामाजिक कार्यमा कञ्चनपुरको दोधारा चाँदनी बिद्यार्थीहरु उदाहरण बन्न थालेका छन् । बिद्यालय बिदाको समयमा दोधारा चाँदनी किशोर, किशोरीहरु सामजिक कार्य समेत गर्न थाले पछि स्थानियबासीहरु चकित पर्न थालेका छन् । दोधारा चाँदनीको भानु ब्यवसाय तथा प्राबिधिक उच्च माबिका कक्षा १२ का ईन्जियरिङ्ग पढदै गरेका पवन बहेक क्षेत्री र मनोज कार्कीको समुहले फुर्सदको समयमा सामाजिक कार्य गर्दै आएका छन् । उनिहरुले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको जगबुडा नदीमा अवस्थित झोलुङ्गे पुल मर्मत गरेपछि स्थानियहरु तिन छक्क पेरका हुन् । १४ देखि १५ वर्ष उमेरका कलिला हातले जगबुडा झोलुङ्गे पुलको फुस्केको नट कस्ने, टुटेका प्लेट मर्मत गरेर जडान गर्ने गरेपछि आवत जावत गर्ने स्थानियहरुले स–साना वालवालीकाहरुको काममा सघाएका थिए । उनिहरुले कडा मेहनत पुर्वक दिनभरी लगाएर जिर्ण बन्दै गएको जगबुडा नदीमा अवस्थित झोलुङ्गे पुलकको नट कस्ने, टुटेको प्लेटलाई बेल्डिङ्ग गर्ने गर्न थालेपछि पुलमा हिडनेहरु साना बालबालिकाको निश्वार्थ काम प्रति प्रभाबित भएर उनिहरुलाई सघाएका बताईएको छ् । उनिहरुले ४ महिना अघि पनि पुलको नट कस्ने, टुटेका पाताहरुलाई बेल्डिङ्ग गर्ने गरेका थिए । आफ्ना बिद्यार्थीहरु सामाजिक क्षेत्रमा निश्वार्थ मनले काम गर्दै गरेको खबर सुनेकोमा आफु निकै प्रबाभित भएको भानु ब्यवसाय तथा प्राबिधिक उच्च माबिका प्रधानध्यापक यज्ञराज पण्डितले बताएका छन् । “नानीहरुले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा हामी सबै बिद्यालय परिवार नानीहरुको कार्यको कदर तथा सम्मान गर्दछौ” माबिका प्रधानध्यापक पण्डितले भने–“मैले कक्षाको समयमा सबै बिद्यार्थीहरुको सामु उनिहरुको खुलेरै प्रशंसा गरेको छु साथै उनिहरु जस्तै निश्वार्थ मनले सामाजिक कार्य गरेर समाजमा उदाहरण बन्न सबै बिद्यार्थीहरु भनेको छु” प्रधानध्यापक यज्ञराज पण्डितका अनुसार कक्षा १२ का ईन्जियरिङ्ग पढदै गरेका पवन बहेक क्षेत्री र मनोज कार्की लगाएत अजय बहेकको टोलीले सानै भएपनि समाजको निम्ती सकारात्मक संदेश प्रवाह गरेका छन् । “बिगतमा जस्तै यस पटक पनि ३ जना साथीहरु संग सरसल्लाह गरेर पुल मर्मत गर्ने निर्णय गरेका हौं” बिद्यार्थी पवन बहेक क्षेत्रीले बताए । सरोकारवालाले जिर्ण बन्दै गएको पुल निमार्णमा चाँसो नदेखाएपछि हामी वालवालिकाहरुले स्थानिय श्रोत साधन उपयोग गरेर मर्मत गर्ने निधो गरेको पवन बहेक क्षेत्रीले बताए । उनिहरुले टोलीले फुस्कीएको नटबोल्ट कस्ने, टुटेका प्लेटहरु लाई बिल्डिङ्ग गर्ने गरेका छन् । हिड्न असहज बन्दै आएको पुलको मर्मत कार्यमा भानु ब्यवसाय तथा प्राबिधिक उच्च माबिका स–साना किशोरहरु कस्सीएपछि पुलमा हिड्नेहरुले पनि उनिहरुलाई मर्मत कार्यमा सघाउन थालेका बताईएको छ् । दोधारा चाँदनीमा बिभिन्न संघ संस्थाहरुले युवा तथा युवा लक्षित तालिम, गोष्ठी तथा सेमिनार संचालनमा ल्याएका परिणाम स्वरुप सामाजिक कार्यको प्रतिफलको कारण स–साना बिद्यार्थीहरु यसरी सामाजिक कार्यमा उन्मुख भएको हुनसकेको अड्कल काटिएको छ् ।  १ सय २५ मिटर लामो दोधारा चाँदनीको जगबुडा नदी माथी रहेको झोलुङ्गे मेहनत पुर्वक पुलको मर्मत गरेको भानुका अर्का बिद्यार्थी मनोज कार्कीले बताएका छन् । सामाजिक कार्यमा वालवालिकले गर्दै आएको उत्साहले समामाजले सकारात्मक पाठ सिक्दै सामजमा हुने सम्पुर्ण असजिलो कार्यमा बिद्यार्थीहरुको कार्यले नयाँ आयाम थपेको भानु ब्यवसाय तथा प्राबिधिक उच्च माबिका प्रधानध्यापक पण्डितको भनाई रहेको छ् ।

दशैको चिन्ता छैन दोधारा चाँदनीका बादी बस्तीमा

पप्पु गुरुङ्, २३ असोज, दोधारा चाँदनी । दोधारा चाँदनीको बादी बस्तीको दशै सुनसान भएको छ् । आफन्तहरु यसपटक दशैमा घर नफर्के पछि दोधारा चाँदनीको महाकाली नदीको किनारमा एक सामुदायिक बनमा अवस्थित बादी बस्तीमा यस पटकको दशैको रौनक देखिएको छैन् । उनिहरुलाई दशै आए नआएको पनि कुनै चिन्ता नै छैन् । उनिहरुको कसै घरले राम्रो खाना दिए उनिहरुको लागी त्यही दिन दशै मान्छन् । मादल बनाएर बिक्री गर्ने तथा दिनभरी गााउ घरमा मागेर साँझ बिहानको छाक टार्ने दोधारा चाँदनी नपा – ६ बादी समुदायका करिब ९ घरधुरी मध्ये गुजारा चल्न गाहे परेको बताउदै भारतको बिभिन्न स्थानमा मजुरी गर्न जहान परिवार संग पलाएन भए पछि अहिले जम्मा जम्मी १ घरधुरीमा बसोबास बस्दै आएका छन् । बिगतमा उनिहरुको आफन्त भारतको बिभिन्न स्थानबाट मजदुरी गरि फर्के पनि यस पटकको दशैमा उनिहरु नआएको बादी परिवारजनले बताएका छन् । बर्दियाबाट २०५१ सालमा उक्त स्थानमा बसेको बेला ९ घरधुरीका करिव ५० परिवारजन बस्दै आएका हुन् । मादलको लागी चाहिने काठ र छाला समेत नपाउदा उनिहरु मादल बनाउने कार्य ठप्प भएको बादी समुदायका एक अगुवा लोक बहादुर बादी बताउछन् । “यस पटको दशै पनि गाँउ बस्तीमा मागेर खानु पर्ने भयो” बिगतका केही दिनहरुमा छोराहरुले कमाई गरि ल्याएका पैसाले सबै मिलेर घरमा दशै मनाए पनि यस पटक भने घरमा खानको लागी एक छाक अन्न नभएको हुदा गाँउ, बस्तीमा मागेर दशै मनाउने बिचार रहेको अगुवा लोक बहादुर बादीको भनाई रहेको छ् । उनिहरुको बस्तीमा खाने पानीको लागी नल पनि छैन् । लोक बहादुर बादी अनुसार उच्च जातको घरमा रहेको नलमा पानी लिन जादा आफुहरुलाई असजिलो लाग्ने गरेको बताउदै महाकाली नदीको पानी प्रयोग गर्दै आएको हो । केही वर्ष अघि तल्लो जातका बासिन्दा भन्दै पानी लिन रोक लगाएपछि बादी परिवार महाकाली नदीको फोहर पानी खान बाध्य भएका छन् । गुजाराको लागी भारत पलाएन भएका १४ घरधुरी जती चाड पर्वको बेला मात्रै यहा आउने गरेको मान कुमारी बादी बताएका छन् । “अझै सम्म फर्केका छैनन् । तर यस पटक उनिहरु किन आएनन् कुन्नी । कुनै खबर नै आएको छैन्” मान कुमारी बादी अनुसार थोरै ऐलानी जग्गामा बस्दै गरेका बादी समुदायलाई सरकार उचित बासस्थानको ब्यवस्था गरिदिए उपकार हुने बताउछन् । “घरमा एक दाना रासन छैन कसरी मनाउने हो दशै” मान कुमारी बादीले भने– “हाम्रो लागी के को दशै ? पैसा हुनेहरुको मात्रै त हो । हामीलाई जुन घरले खान दियो त्यही दिन हाम्रो लागी दशै हुन्छ्” उनका अनुसार चाड पर्वको बेला भोज भतेर हुदा खाना बढी पाक्ने भएकोले चाड पर्वको दिन पाहुनाले खाएर बचेका मिठा परिकार खान पाईन्छ् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्येको समुदायको आनीबानी भने अरुको भन्दा पृथक् छ । अभावै अभाव झेल्दै र सहदै आएका दोधारा चाँदनीका बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घरजग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहदैनन् । न त उनीहरु आफनो पीडालाई आन्दोलन र विद्रोह बीउ नै बनाउने कुरा सोच्छन् । बादी परिवार यौन पेशामा संलग्न भएको भएतापनि दोधारा चाँदनीका बादी परिवार यो पेशाबाट टाढै बस्दै आएका छन् । कठोर जीवन, अभावले ग्रस्त । मान्छेले सहनै नसक्ने दुरावस्था झेलिरहेका भए पनि न सरकार, न त गैरसरकारी संघ संस्था कसैले पनि दोधारा चाँदनीका बादी समुदायको पीडा बुझ्न चाहेको देखिदैन् । नदी र खोला किनारमा बसोबास सुरु गरेको यस समुदायलाई साँझ–बिहानको छाक जुटाउन र एकसरो कपडा जुटाउन मुस्कील परेको अवस्थामा उनिहरुलाई दशै आएको खासै चिन्ता भने देखिएको छैन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web