दशैंमा खानामा यस्ता होशियारी अपनाऔं

अशोज २३, २०७३ मा प्रकाशित | 1200 views

२३ असोज, काठमाडौं ।
चाडवाडमा खाद्य पदार्थको बिक्री-वितरण, खरिद तथा उपभोग बढ्ने गर्छ । खाद्य पदार्थमा गुणस्तरको कुरा गर्दा बजारमा पाइने सबै वस्तु गुणस्तरहीन नै हुन्छ भन्ने होइन ।

तर, केही खाद्य उत्पादन गुणस्तरहीन भएको हामीले बजार अनुगमनका क्रममा भेट्ने गरेका छन् ।

खाद्य उद्योग, खाद्य बजार, होटल, रेष्टुरेन्ट निरीक्षण तथा अनुगमनको हाम्रो अनुभवमा सामान्यतया ठाउँ अनुसार १० देखि २० प्रतिशत खाद्य उत्पादनमा कुनै न कुनै कैफियत पाइएको छ । यस्तो समस्या चाडबाडमा झन् बढी देखिने भएकाले उपभोक्ताहरु खाद्य पदार्थको गुणस्तरबारे चनाखो हुनु जरुरी छ ।

उपभोक्ताहरुले गुणस्तरीय खाद्य उत्पादन खरिद गर्ने क्रममा नठगिन केही सामान्य कुरालाई ध्यान दिनु आवश्यक छः

·  आफूले खरिद गर्ने डिब्बा, बोतल र प्याकेट बन्द खाद्य उत्पादनहरुको लेवल विवरण राम्ररी हेरेर उत्पादन मिति, उपभोग्य मिति, तौल, मूल्य, उत्पादकको नाम, ठेगाना, त्यस खाद्य पदार्थमा  प्रयोग भएको बनावटको मिश्रण आदि उचित र सही छ भने मात्र खरिद गर्नु पर्छ  ।

·  सिल र बिर्को खुलेको, च्यातिएको देखिए र शंकास्पद लागेमा त्यस्तो खाद्य पदार्थ खरिद गर्नु हुंदैन ·  सकभर आफूले उपभोग गर्दै आएको भरपर्दो एवं विश्वासिलो उद्योग एवं उत्पादकको खाद्य पदार्थ रोज्ने ।

·  कतिपय बेला चाडबाडको बेला पारेर नयाँ उत्पादकको उत्पादन देखिन्छन्, त्यस्ता उत्पादनलाई तुरुन्तै विश्वास गर्नु हुँदैन ।

·   खोलमा लेवल विवरण नभएका, अंग्रेजी, नेपाली बाहेकका नबुझिने विदेशी भाषामा लेवल विवरण भएका, घाममा पनर्े गरी प्रत्यक्ष रुपमा राखिएका वा सजाएका, भिजेका, ओसिलो ठाउँमा भण्डारण गरिएका, अखाद्य पदार्थहरुको नजिकै वा सँंगसँगै राखिएका खाद्य पदार्थहरु खरिद नगर्ने ।

·  अधिक मात्रामा रङको प्रयोग भएका, खुला रुपमा राखिएका, फोहोर ठाउँमा तयार पारिएका, सडेगलेका, धुवाँधूलो, कीरा जस्ता बाह्य पदार्थहरु सजिलै मिसिने ठाँउ एवं व्यस्त सडकपेटीमा राखिएका, फोहोरी तथा रोगी व्यक्तिले तयार गरेको वा बिक्री९वितरण गरेका, अस्वाभाविक रुपमा मूल्य घटाएर बिक्रीमा राखिएका खाद्य पदार्थहरु खरिद एवं उपभोग नगर्ने । स्वास्थ्य कर्मीको सुझाव छ ।

अन्त्यमा, स्वच्छ र गुणस्तरीय खानेकुरा नै स्वस्थ्य जीवनको आधार हो भन्ने तथ्य मनन गरी सोही अनुसार खाद्य पदार्थको छनोट, खरिद र उपभोग आग्रह गरेका छन् ।

साथै, स्वच्छ र  गुणस्तरीय खाद्य पदार्थको उत्पादन, खरिद बिक्री तथा उपभोगमा उत्पादक, बिक्रेता, उपभोक्ता र  नियमनकारी निकाय सबैको अहम् जिम्मेवारी रहेकोले खाद्य स्वच्छता कायम राख्न सबैको सहयोग अपरिहार्य हुन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web