२४ असोज, धनगढी ।
बडा दशैको अवसरमा कैलाली जिल्ला कारागारबाट ४ जनालाई कैदीलाई कैद मुक्त गरिएको छ ।

त्यसरी कैद मुक्त गरिएकाहरुमा जयलाल आर्चाय, भीखु चौधरी, हेमकर्ण साउद र धनीराम राना रहेका छन् ।

आर्चाय जुम्ला र बाकी तीन जना कैलालीका रहेको बताइएको छ ।

चालिस प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण सुध्रिएका उनीहलाई कैद मुक्त गरिएको जेलर पुष्कर खड्काले बताउनु भयो ।

उनीहरु कर्तब्य ज्यान मुदामा कैद सजाए भोगिरहेका ब्यक्ति हुन् ।

२४ असोज, धादिगं ।
गत वर्ष बैशाख १२ गतेको भूकम्पबाट विस्थापितहरु यसपटक पनि दशै अस्थायी टहरा मै बिताउन बाध्य छन् ।

भुकम्पबाट विस्थापितहरुको अझै पुनस्र्थापना हुन नसक्दा र पुनर्निर्माणको कार्यले गति लिन नसक्दा पीडितहरु मर्कामा परेका छन् ।

भुकम्पले घरवास उठेपछि री ५ धादिङका बुद्धसिंह तामाङ नीलकण्ठ १२ दामगाडे शिविरमा बस्दै आउनुभएको छ । गत वर्षको दशै त्रिपाल टहरामा अस्तव्यस्त बसाइमै मनाउन बाध्य भएपनि यो वर्ष भने गाउँमा गएर उमंगले मनाउने सोचमा हुनुहुन्थ्यो । तर भुकम्पले एकटुक्रो जग्गा जमिन वाकी नराखेपछि विस्थापित भुकम्प पिडित गाउँ फर्कन सकेका छैनन् ।

यसपटकको दशै पनि पीडितहरु अस्थायी टहरामै मनाउन बाध्य छन् । विस्थापितहरु मात्र होइन, भुकम्पले घर भत्किएपछि अधिकांश पिडितहरुको बास अझै पनि टहरामै छ । एकपछि अर्को गरी टहरा बनाउदा बनाउदा थाकेका पिडितलाइ हिजो आज टहरा नै प्यारो लाग्न थालेको छ ।

दशै तिहार नजिकीदै गर्दा यस वर्षको दशै टहरामै भएपनि खुषीले मनाउने सोचमा हुनुहुन्छ, नीलकण्ठ १२ धादिङकी उजेली कुमाल ।

भूकम्पजस्तो प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन तर भूकम्पपछि पीडित बनेकाहरुको समयमै बासको व्यबस्था हुन नसक्दा उनीहरु मर्कामा परेका छन् । पीडितहरुको थातबासको ब्यवस्था मिलाउने दायित्व सरकारको हो । तर करिब डेढ वर्षसम्म पनि उनीहरुको पुनस्र्थापना हुन नसक्दाको परिणाम पीडितले दसँै तिहारको खुसी साट्न पाएनन । अहिले धादिङका भुकम्प पिडितहरु सरकारले दशै मनाउने व्यवस्था मिलाइदिन्छ भन्ने आशामा बस्दा घरको न घाटको भएको बताउन थालेका छन् ।

२४ असोज, सल्यान ।
सल्यानमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । देवस्थल गाउँ विकास समिति वडा न ९ का ५२ वषिर्य जय बहादुर बुढाको मृत्यु भएको हो ।

आइतबार साँझ बाख्रालाई घाँस काटन घर नजिकैको भिरमा गएको समयमा लडेर घाइते भएको बुढाको आज उपचारका क्रममा सर्खुेतमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

भिरबाट झन्डै २ सय मिटरभन्दा तल लडेका बुढाको टाउको र छातीमा चोट लागेको थियो ।

२४ असोज, हङकङ ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आई सी सी विश्व कप एशिया छनोट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ ।

हङकङमा सोमबार भएको खेलमा नेपाल थाईल्याण्ड संग ३ विकेटले पराजित भएको छ । आईतबार भएको पहिलो खेलमा नेपाल आयोजक हङकङ संग ६ विकेटले पराजित भएको थियो ।

आईतबारको पहिलो खेल भन्दा नेपालले केहि राम्रो प्रदर्षन गरे पनि निर्धारित २० ओभरको क्षेतिमा ८ विकेट गुमाएर मात्र ७६ रन बनाउन सक्यो । पहिलो खेलमा ब्याटिङ्ग र बलिङ्गमा राम्रो प्रदर्षन गरेकी नेपालकी निर्मला शाहिले यस खेलमा पनि आफ्नो लय कायम राख्न सफल भईन् ।

निर्मलाले ४७ बलमा ४ चौकाको मद्दत्तमा सर्वाधिक ३६ रनको योगदान गरिन् । बलिङ्गमा पनि निर्मलाले आफ्नो पुरै ४ ओभरमा २ मेडन र मात्र ७ रन दिंदै ३ विकेट लिएकी थिईन् ।

भारतकने सेन्ट्रल रेल्वे टिममा ६ वर्ष उच्चस्तरिको क्रिकेट खेलेकी निर्मलाले पहिलो खेलमा पनि सर्वाधिक १८ रन बनाउनुका साथै बलिङ्ग तर्पm पनि सर्वाधिक २ विकेट लिएकी थिईन् ।

नेपालका अरु खेलाडिले यस दोस्रो खेलमा दोहोरो रन बनाउन सकेनन् ।
थाईल्याण्डको महिला टोलिले ७७ रनको विजयी लक्ष्ये १८।४ ओभरमा ७ विकेटको क्षेतीमा भेट्टाएको थियो ।

नेपालका लागि निर्मलाले ३ विकेट लिएकी थिईन भने अन्य २ विकेट सरिता मगरले र रुविना वेलबासेले १ विकेट लिएका थिए ।
थाईल्याण्डको राष्ट्रिय महिला टोली संग नेपाली राष्ट्रिय महिला टोलीको यो लगातार पाँचौ हार हो ।

अहिले सम्म भएका जम्मा ८ खेलमा थाईल्याण्ड ६ र नेपाल २ पटक विजयी भएका छन् । नेपालको तेस्रो खेल चिनको महिला टोली संग मंगलबार हुनेछ ।

हङकङमा सोमबार नै भएको अर्को खेलमा आयोजक हङकङले चिनलाई ४० रनले पराजित गरेको थियो ।

हङकङले दिएको १ सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा चिनले १८।५ ओभरमा ७४ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

पप्पु गुरुङ्, २३ असोज, दोधारा चाँदनी । कञ्चनपुरमा दशैका बेला २४ घन्टाका लागी मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा नियन्त्रण समिति कञ्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा दशैंका बेला २४ घन्टाका लागी मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो । “चाडपर्वका बेला मदिरा बिक्री वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै झगडा हुने, दुर्घटना निम्तिने र महिला माथि हिंसा लगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप न्यूनीकरणका लागि रोक लगाउने निर्णय गरेका छौ” – मदिरा नियन्त्रण समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले भनिन् । मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउनका लागि प्रहरीका सबै एकाइमा पत्राचार गरिएको उनले बताए । रोक लगाइएका बेला मदिरा बिक्री वितरण र सेवन गरेको पाइए हदै सम्मको कारवाही हुने बताइएको छ ।

२४ असोज, ताप्लेजुङ ।
जिल्लाको खेवाङ गाउं विकास समिति–४ स्थित बजारमा गयराती आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । डेढ करोड बढि क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

श्रीप्रसाद भट्टराई, ऋतुवर्ण दाहाल र कृष्ण प्रसाद दाहालको घर जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी जनाएको छ । घरसहित किराना पसलका समान र अलैचीको गोदाम जलेर क्षति पुगेको स्थानिय उमेस गौतमले बताउनुभयो ।

कृष्ण प्रसाद दाहालको घरको भान्साकोठाबाट आगो सल्किएको स्थानिय बताउँछन् । आइतबार पूरुष फुटबल फाइनल भएकाले आवतजावत गर्नेलाई खाजा नास्ता बनाउन भान्साकोठाको चुल्हो अवेरसम्म प्रयोग गरिएको थियो ।

आगो राम्रोसँग ननिभएकाले आगलागी भएको हो । रातको समयमै वरपरका सवै छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिईएकाले अरु घर आगलागीबाट जोगाउन संम्भव बनेको हो ।

दशैंमा घर जलेपछि तीन परिवार समस्यामा परेका छन् । घरमा भएको सबैजसो सामान र सम्पत्ती जलेपछि दशैं पाल टाँगेर बारीको पाटामा मनाउनुपर्ने भएको पिडितहरुले बताएका छन् ।

२४ असोज, एजेन्सी ।
जर्मनीमा अबको १४ बर्षपछि पेट्रोल तथा डिजेलबाट चल्ने गाडी चल्न नपाउने भएको छ ।

जर्मन सरकारले सन् २०३० देखि यस्ता गाडीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

जर्मनीको संसद 'बुन्डेसर्याट' ले पास गरेको बिल अनुसार सन् २०३० देखि जर्मनीमा पेट्रोल तथा डिजेलबाट चल्ने इन्जिन आयात, निर्यात तथा बिक्री गर्न पाइने छैन ।

जर्मनीको बुन्डेसर्याटले जर्मनीका १६ राज्यको प्रतिनिधित्व गर्छ । युरोपयिन युनियनमै यो नियम लागू गर्न जर्मनीको बुन्डेसर्याटले अनुरोध गरेको छ र लागू हुनसक्ने सम्भावना अधिक रहेको बताइएको छ ।

समाचार अनुसार अबको १४ वर्षपछि यूरोपियन यूनियनमा शून्य प्रदुषण उत्सर्जन गर्ने इन्जिन मात्र उपलब्ध हुनेछन् ।

पेट्रोल तथा डिजेलका साटो विद्युतीय वा हाइड्रोजन वा अन्य वैकल्पिक इन्धन प्रयोग गरिनेछ । जर्मनीले डिजेल तथा पेट्रोल गाडीमा प्रतिबन्ध लगाउने भएपछि इन्धनबाट चल्ने गाडीको यूगको अन्त्य हुन लागेको विश्लेषण गर्न थालिएको छ ।

स्मरणीय छ नर्वेले यसअघि नै सन् २०२५ देखि डिजेल तथा पेट्रोलका गाडी प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

२४ असोज, काठमाडौं ।
बडा दशैंको आज महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआराधना गरेर मनाईदैछ ।

आज विशेषगरि दुर्गाभवानीलाई पुजा आजा सहित बलि दिने प्रचलन रहेको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गरिन्छ ।

दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गर्ने गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने गरिन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गरिन्छ ।

आज बिहान हनुमानढोकामा सरकारको तर्फवाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजकै दिन सर्वसाधारणको लागि खुल्ला भएको छ ।

२४ असोज, काठमाडौं ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आई सी सी विश्व कप एशिया छनोट प्रतियोगिताको उद्घाटन खेलमा पराजित भएको छ ।

हङकङमा आईतबार भएको पहिलो खेलमा नेपाल आयोजक हङकङ संग ६ विकेटले पराजित भएको हो ।

टस जित्दै पहिलो ब्याटिङ्ग गरेको नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।

नेपाली महिला टोलीले १९.२ ओभरमा मात्र ७७ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालकी निर्मला शाहिले सर्वाधिक १८ रन बनाएकी थिईन् । भारतमा क्रिकेट खेलिरहेकी शाहि पहिलो प्रयास मै राष्ट्रिय टोलीमा पर्न सफल भएकी थिईन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीबाट पहिलो पटक खेलेकी निर्मला शाहिले बलिङ्ग तर्पm पनि सर्वाधिक २ विकेट लिन सफल भईन् ।

नेपालकी रुबिना क्षेत्री बेलबाशीले १२ र रस्मी शर्मा र्चालागाईंले ११ बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेन्न् ।

हङकङको महिला टोलिले ७८ रनको विजयी लक्ष्ये १६.३ ओभरमा ४ विकेटको क्षेतीमा भेट्टाएको थियो । नेपालको दोस्रो खेल थाईल्याण्डको महिला टोली संग सोमबार हुनेछ ।

नेपाली महिला टोलीले सन् २०१४ मा दक्षिण कोरियामा भएको एशियाली खेलकुद पछि यो नै पहिलो अन्तराट्रिय खेल खेलेको हो ।

राष्ट्रिय स्तरमा पनि खासै प्रतियोगिताहरु नभएको परिप्यक्षमा नेपाली महिला टोलीबाट यस पटक धेरै आशा राख्नु पनि महोत्वाकांक्षि हुन सक्छ ।

हङकङमा आईतबार नै भएको अर्को खेलमा थाईल्याण्डको महिला टोलीले चिनको महिला टोलीलाई ७५ रनले पराजित गरेको थियो ।

थाईल्याण्डले दिएको १ सय ८ रनको विजयी लक्ष्ये पछ्याउने क्रममा चिन मात्र ३२ रन बनाउँदा सबै विकेट गुमाउन पुगेको थियो ।

२३ असोज, काठमाडौं ।
बीमासेवालाई सवै जनताको पहुचमा पुर्याउने उद्देश्यले बीमा समितिको पहलमा नेपाल बीमक संघ र लघुवीत्त संघ बीच भएको संझौता आगामी कार्तिक महिनादेखि कार्यान्वयनमा आउने भएको छ ।

संझौता कार्यान्वयनमा आएपछि बीमा कम्पनीहरुले आवश्यकता अनुसारको बीमा लेख डिजाइन गर्न सक्ने र ती बीमा लेखलाई समितिले स्वीकृत गरेपछि लघुवीत्त संस्था मार्फत अनिहरुका ग्राहक समक्ष पु¥याउन सक्ने छन ।

देशव्यापि सञ्जाल भएको लघुवीत्त संस्था र बीमक संघ बीच भएको संझौताले न्यून आय भएका र पिछडीएका क्षेत्रका जनता बढि लाभान्वित हुने बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले जनाकारी दिनुभयो ।

हालसम्म मुलुकको कुल जनसंख्याको करिव १० प्रतिशत जनसंख्या बीमाको दायरभित्र रहेकोमा यी दुई संस्थाबीच भएको संझौताले बीमाको दायर थप विस्तार हुने समितिले जनाएको छ ।

२३ असोज, सुनसरी
सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा इटहरी ५ का मदन गुरुङ र कुमार गुरुङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको बेला मोटरसाइकल दुर्घटना भएको हो ।

सवारी साधन दुर्घटनामा ६५ घाइते

दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडा नारायणघाट सडकखण्डमा एक आपसमा ठोक्किदा ६५जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा नारायणघाट सडकखण्डको रमनटारमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

२४ असोज, नवलपरासी ।
नवलपरासीमा मुसलमान समुदायले दसैँका अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

नवलपरासी स्थित कावासोती कोइलापानीमा बस्ने समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।

त्यस अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य नन्दप्रसाद अर्यालले मुसलमान समुदायले समेत दसैँमा देखाएको चासोप्रति खुसी व्यक्त गर्दै यसबाट सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।