दशैंमा प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश

२५ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडा दशैंको अवसरमा शुभकामना सन्देश दिंदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाइ सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले दिएको दशैं शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र भएको उल्लेख छ ।

विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।” भनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले दाहालले दशैंलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् । यसलाई अझ विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार भएको बताएका छन् ।

दशैं शुभकामनामा राजनीतिक विषय खुसाउँदै प्रधानमन्त्रीले नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता,सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको चरणमा रहेको बताएका छन् ।

देश अब संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ भन्दैप्रधानमन्त्रीको सन्देशमा भनिएको छ– राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ।

वाइसिएलका केन्द्रीय सदस्यमाथि खुँडा प्रहार

२५ असोज, बैतडी ।
योङ्ग कम्युनिष्ठ लिग वाईसिएलका केन्द्रीय कमिटि सदस्य कमल बोहरा माथि साझँ खुडाँ प्रहार भएको छ ।

बैतडीको पाटनमा लागेको मेला बाट घर फर्किने क्रममा बोहरा माथी समूहमा आएका अज्ञात ब्यक्तिहरुले खुडाँ प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेको छ ।

परिवारका सदस्यहरु सहित बोहरा मेला हेरी घर फर्किरहेका बेला केहि ब्यक्तिले गाडि रोक्न लगाई परिवारका सदस्यहरु माथि हातपात गर्दै खुडाँ प्रहार गरेको घाईते बोहराले बताउनुभयो ।

घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको डिएसपि बाल नर सिहँ राणाले जानकारी दिनुभयो ।

उनिहरुले जात्रामा रागां काट्न लगेको खुडा प्रहार गरेको हुन सक्ने स्थानिय बसन्त बिष्टले बताउनुभयो । अहिले घटनाको थप अनुसन्धान भैरहेको छ ।

बडा दशैंको टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

काठमाडौं ।
यस वर्षको बडादशैंको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ ।

दशैंको टीकाका लागि आफ्नो पारिवारिक मिलनसहित सर्वसाधारणले पनि तयारी गरिरहेका छन् ।

दशैंमा टिकामा नयाँ नोट जोगाउन आग्रह

काठमाडौं ।
नेपाल राष्ट्र बैकले नोटको प्रयोग जतनका साथ गर्न सवैसंग अनुरोध गरेको छ ।

नोटमा रंग, अविर, अक्षता र पानी पर्दा नोटको आयु घट्ने भएकाले दक्षिणा दिदा वा लिदा, पूजा आजा गर्दा रंग र पानी नपारिकन सफाहातले मात्र नोटको प्रयोग गर्न र नोटको सुरक्षाका लागि नोटलाई कच्याककुच्चुक नपारिकन मनि व्याग वा पर्संको प्रयोग गरी नोटको जतन गर्न राष्ट्र बैकले अनुरोध गरेको हो ।

रंग वा अविर लागेका, केरमेर भएका र विग्रिएका नोट राष्ट्र बैकमा प्राप्त भए पछि बजारमा पठाउन नमिल्ने र यसलाई नष्ट गर्नुपर्ने भएकाले नोट जतनका साथ प्रयोग गर्न आग्रह गरिएको नेपाल राष्ट्र बैकका प्रवक्ता त्रिलोचन पगेनीले जानकारी दिनुभयो ।

५,१०,२०,५० र १०० दरका प्रति नोट छपाईमा २ देखि ३ रुपियासम्म खर्चहुने राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैकले दशैका लागि विभिन्न दरका ९ अर्व ३० करोड रुपिया नयाँ नोट बजारमा ल्याएको छ ।

टिकाको दिनपनि मानवअधिकार आयोग खुल्ला

२४ असोज, काठमाडौं ।
चाडपर्वका अवसरमा पनि राष्ट्रिय मानवअधिकार आयोग आधा दिनका लागि खुल्ला रहेको छ ।

आमनागरिकको मानव अधिकार संरक्षण कार्यलाई ध्यानमा राखी आयोगका कार्यालय र उजुरी शाखा दसैँ, तिहार र छठ बिदामा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोगका केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु खुल्ला राख्ने निर्णय गरेको छ ।

यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादति तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गरिने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौं ।
नेपाली सेनाद्वारा दसँैंका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

एकादशीका दिनसम्म जारी रहने सेवा अन्तर्गत विभिन्न मार्गका लागि आठ वटा गाडी सञ्चालन गरिएको छ ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दसैँका समयमा यात्रुलाई सेवासुविधा पु¥याउनका लागि निःशुल्क बससेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले दशैंको टिका लगाइदिने

२४ असोज, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले असोज २५ गते टीकाका दिन विहान १० देखि १२ बजेसम्म निजी निवास बालकोटमा परिवार तथा आफन्त र पार्टीका इच्छुक नेता तथा कार्यकर्ता र दिउँसो ३ बजेदेखि इच्छुकहरुसँग टीका लाउने र लाईदिने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडा दशैं २०७३ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

ओलीले नेपालीहरुको महान पर्व बडा दशैंले संविधानले निर्धारित गरेको समय सिमामा संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै  राजनीतिक शक्तिहरुमा प्रेरणा मिलोस भनी कामना गरेका छन् ।

अध्यक्ष ओलीले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालीहरुबीचको एकता र सदभावको निरन्तरता एवं राष्ट्रिय एकताको लागि पनि कामना गरेका छन् ।

Mahanawami Festival Today

The ninth day of the Bada Dasain festival Mahanawami  is being observed throughout the country today.

Animal sacrifices and special offerings are made at homes and the shrines of various goddesses and Shaktipeeths today.

Since early morning today, a large number of devotees visit the temples of goddesses Mahakali, Shri Mahalaxmi and Durga Bhagawati.

Devotees also throng the shaktipeeths of Dakshinkali, Guheshwari, Maitidevi, Kalikasthan, Naxal Bhagawati, Bhadrakali, Shobha Bhagawati, Bijyeshwori, Indrayani, Naradevi, Bajrabarahi, Raktakali, Bajrayogini and Sankata and offer prayers and sacrifices.

The festival is considered to be of special importance because goddess Chamunda had slain the Raktabij demon on this day of Mahanawami.

Chicken, ducks, goats, sheep and buffaloes are sacrificed in this festival. Vegetarians offer coconuts, radish, bottle-gourds, etc.

Machinery, arms and vehicles are cleaned and offered sacrifice on Mahanawami, the last day of Nawaratri.

Thousands of devotees offer worship at the Taleju Bhawani temple at Hanumandhoka. This temple is opened only once a year on the day of Mahanawami.

The worship of Sri Durga Bhawani at Dashainghars over nine days concludes formally on the day of Bijaya Dashami .

NHRC to remain open during festivals

National Human Rights Commission (NHRC) is open for half a day even during ths festive season for the convenience of the general public.

NHRC spokesperson Mohana Ansari informed that the NHRC's central, regional and sub-regional offices and the complaint units at these offices are open from 11 am to 2 pm everyday during Dasain, Tihar and Chhath holidays in view of the protection of the human rights of the general public.

Ansari said monitoring will be carried out regarding the violation of human rights and atrocities as well as serious incidents of rights infringement as per the need during this period.

NA launches free bus service for public

Nepal Army (NA) has launched cost-free bus services in eight designated routes within the Kathmandu Valley to alleviate the usual travel hassle faced by the passengers during the Bada Dashain festival.

The national army is operating eight buses at eight routes straddling multiple locations of the capital city which will continue until the day of Ekadashi. The vehicles will run two trips at 12 noon and 4 pm on Nawami and Vijaya Dashami, and three trips on Ekadashi day with additional trip to start at 6 am.

As part of the free bus service, the first route starts from Maitighar and runs through Naya Baneshwor, Koteshwor, Ekantakuna, Balkhu, Kirtipur, Kalimati, Tripureshwor to end at Ratna Park.

The second route will run through Bhadrakali, Jamal, Narayangopal Chowk, Budhanilkantha, Balaju, Sohrakhute, Kantipath and end at Maitighar whereas the third route passes through Maitighar, Kalanki, Thankot, Swoyambhu, Chauni, Tahachal, Teku with final destination at Thapathali. The fourth route starts from Maitighar and runs through Tinkune, Gaushala, Jorpati, Narayangopal Chowk, Lazimpath to Kantipath.

The fifth route starts from Thapathali and passes through Kupondole, Pulchowk, Jawalakhel, Saatdobato, Chapagaun, Tinkune, Baneshwor and Sahid Gate. The sixth route starts from Thapathali and passes through Kupondole, Pulchowk, Jawalakhel, Ekantakuna, Balkhu, Kalanki, Kalimati, Tripureshwor, Sahid Gate with final destination at Ratna Park.

Likewise, the seventh route runs starts at Maitighar and runs through Koteshwor, Surya Binayak and returns to Maitighar through the same route backward. The eight route starts from Sahid Gate and runs through Kalimati, Chauni, Swoyambhum, Gongabu, Samakhusi with final destination at Ratna Park.

NA Spokesperson, Tara Bahadur Karki, said the army launched the free bus service to provide festive time facilities to the commuters. A single bus has the capacity to load 30 to 40 passengers at a time.

बस दुर्घटना हुँदा १४ जना घाइते

२४ असोज, कैलाली ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको अतरिया नजिक गयराती बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् ।

बुटवलबाट महेन्द्रनगरतर्फ जादै गरेको लु १ ख ८७७६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते सवैको पदमा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

कैलालीका कारागारबाट ४ कैदी रिहा

२४ असोज, धनगढी ।
बडा दशैको अवसरमा कैलाली जिल्ला कारागारबाट ४ जनालाई कैदीलाई कैद मुक्त गरिएको छ ।

त्यसरी कैद मुक्त गरिएकाहरुमा जयलाल आर्चाय, भीखु चौधरी, हेमकर्ण साउद र धनीराम राना रहेका छन् ।

आर्चाय जुम्ला र बाकी तीन जना कैलालीका रहेको बताइएको छ ।

चालिस प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण सुध्रिएका उनीहलाई कैद मुक्त गरिएको जेलर पुष्कर खड्काले बताउनु भयो ।

उनीहरु कर्तब्य ज्यान मुदामा कैद सजाए भोगिरहेका ब्यक्ति हुन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web