२४ असोज, काठमाडौं ।
चाडपर्वका अवसरमा पनि राष्ट्रिय मानवअधिकार आयोग आधा दिनका लागि खुल्ला रहेको छ ।

आमनागरिकको मानव अधिकार संरक्षण कार्यलाई ध्यानमा राखी आयोगका कार्यालय र उजुरी शाखा दसैँ, तिहार र छठ बिदामा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोगका केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु खुल्ला राख्ने निर्णय गरेको छ ।

यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादति तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गरिने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।

19.12¡ÆC