<p>पप्पु गुरुङ्, २३ असोज, दोधारा चाँदनी । नेपालीहरुको महान चाड विजया दशमी, तिहार र छठपर्वलाई मध्य नजर गरि दोधारा चाँदनी प्रहरीले अबैध मदिरा नियन्त्रण अभियान संचालन गरेपनि अचेल प्रहरी निष्कृय हुन पुगेका छन् । सस्तो लोकप्रियताका लागि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले संचालनमा रहेका अबैध (घरेलु) मदिरा नियन्त्रण अभियान संचालन गरेपनि केही दिनमै प्रहरी प्रशासन सुस्ताएको आरोप सरोकारबालाहरुको रहेको छ । चाड, पर्वको अवसरमा दोधारा चाँदनीका बिभिन्न स्थानमा अबैध (घरेलु) मदिरा नियन्त्रण गर्ने अभियान संचालन गरेर सस्तोमा प्रहरी प्रशासनले लोकप्रियता कमाउन खोजेकाले प्रहरीको अबैध मदिरा नियन्त्रण अभियान केही दिनमै सिमित हुन पुगेको आरोप समेत लगाएका छन् । नेपालीहरुको महान चाड विजया दशमी, तिहार र छठ पर्व नजिकिदै जाँदा प्रहरी प्रशासनले अबैध मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिनुको सट्टा मदिरा नियन्त्रण अभियान नाउको मात्र रहेको स्थानियहरु बताउन थालेका छन् । केही दिन अघि दोधारा चाँदनीको कञ्चनभोज क्षेत्रमा अबैध मदिरा नियन्त्रण पछि प्रहरी सुस्ताएको बताईएको छ् । प्रहरी श्रोत अनुसार अबैध मदिरा नियन्त्रण अभियानमा क्रममा छापा मार्न थालेपछि राजनितिक दबाब आउने गरेको छ् । “प्रहरी छापा मार्दा थुप्रै फोनहरु आउन थाल्छ्” प्रहरी श्रोतले भन्यो । प्रहरीको अबैध मदिरा नियन्त्रण अभियानले निरन्तरता नदिएका कारण दोधारा चाँदनीको विभिन्न स्थानमा अहिले पनि अबैध मदिरा उत्पादन र बिक्री वितरण खुलेआम हुने गरेको स्थानियहरुले आरोप लगाएका छन् । प्रहरीको उक्त मदिरा नियन्त्रण अभियान निरन्तरता दिदा विना अनुमति संचालित मदिरा पसल र घरेलु मदिरा नियन्त्रण गर्न सक्ने धारणा सरोकारवालाहरुको रहेको छ । दोधारा चाँदनीका बिशेष गरेर सिमा क्षेत्र कुतियाकवर, सुन्दरनगर, बडवाल टोल लगाएत अबैध मदिरा उत्पादन तथा बिक्री बितरण हुने स्थानहरुमा अबैध मदिरामा छापा मार्ने योजना बनाए पनि प्रहरीलाई राजनितिक दबाबको कारण मदिरा नियन्त्रण अभियान अन्तर्गत अबैध मदिरामा छापा मार्ने कार्य सुस्ताएको समाचार श्रोतको दाबी छ् । दोधारा चाँदनीमा मदिराकै कारण बिभिन्न झै–झगडा कुटपिट लगाएत अपराधिक कार्यमा हुने हुदा मदिरा नियन्त्रणमा राजनितिक दलहरुले समयमै चाँसो देखाउनु पर्ने एक थरीको भनाई रहेको छ् । चाड पर्व लक्षित विशेष योजना अन्र्तगत नेपाल प्रहरीले दोधारा चाँदनीमा अबैध मदिरा तथा मदिराजन्य बिक्री बितरण गर्ने स्थानहरुमा छापा मार्न मार्ने योजना बनाएको थियो । दोधारा चाँदनीका गाँउ तथा बस्तीमा मदिराको बारोवार बढी हुने हुदा उक्त मदिरा बिक्री बितरणले अपराधिक क्रियाकलाप गर्नमा बढावा दिने बताउदै अबैध मदिरा उत्पादन तथा बिक्री बितरण गर्ने कार्यको रोक लगाउन अभियान थाल्ने बताए पनि प्रहरीले कार्यान्वयमा ल्याउन सकेको छैन् । अबैध मदिरा उत्पादन तथा बिक्री बितरण गर्ने फर्म, खुद्र पसलहरुलाई बन्द गर्न वा लाईसेन्स लिएर कारोवार गर्न नियमित जानकारी गराउदा समेत अटेर गरेको हुदा अबैध मदिरा उत्पादन तथा बिक्री बितरण गर्ने स्थानहरुमा छापा मारेर बैधानिय मदिरा पसललाई मात्रै संचालनमा ल्याउने बताए पनि उक्त अभियान दबाबको कारण तुहिदै गएको बताईएको छ् । केही दिन अघि प्रहरीले सुरु गरेको अबैध मदिरा नियन्त्रण सुरु नहुदै तुहिएको स्थानियहरुको भनाई रहेको छ् । अभियानकै पहिलो दिन प्रहरीले दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको वडा नं. ७ कञ्चनभोजबाट ठुलो मात्रामा अबैध घरेलु मदिराको साथै मदिरा जन्य पदार्थ बरामद गरेको थियो । <br><br><br></p>
15.18¡ÆC