जापानको उत्तरपूर्वमा चाबा आँधि, सचेत रहन आग्रह

अशोज २१, २०७३ मा प्रकाशित | 1339 views

टोकियो ।
जापानको उत्तरपूर्वमा चाबा नामको आँधिका कारण सो क्षेत्रमा नागरिकहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

उत्तरपुर्वी क्षेत्रमा आँधिको प्रवेशसंगै भारी बर्षा र हावा हुरीले जनजिवन प्रभावित भएको छ ।
आँधि १२० प्रति घण्टाको दरले चलेको छ ।

अधिकारीहरुले आँधि पछि भारी बर्षा, चट्याङ र पहिरो जान सक्ने बताएको छ । साथै आँधिले विभिन्न उडान, यातायात प्रभावित भएको र विद्यालयहरु समेत बन्द गरिएको छ ।

समुन्द्रमा भएको न्यून चापका कारण आँधि आएको जापान मौसम विभागले बताएको छ । आँधिको खतरा रहेको समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिक्लन अनुरोध गरिएको छ भने सुरक्षाको लागि घरमै रहन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web