१८ असोज, टोकियो ।
जापानको प्रमूख शहर नागोयामा यही अक्टोवर १० तारिखमा चलचित्र कालो पोथी प्रदर्शन हुने भएको छ । यसैगरि २३ अक्टोवरमा राजधानी टोकियोमा व्यवसायिक सफल चलचित्र झुम्की प्रदर्शन हुने भएको छ ।

राजधानी टोकियोमा ओस्कार मनोनित चलचित्र कालो पोथीको सफल प्रदर्शन गरेको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टको सहकार्यमा नागोया ब्रदर्शहुडले नागोयाको प्रदर्शन गर्न लागेको हो ।

नागोयामा १० अक्टोवरका दिन अपरान्ह १ बजे चलचित्र प्रदर्शन हुने भएको छ । नागोया आइचि प्रिफेक्चर हिगासी कु, हिगासीकुरा आइचि सेन्टरमा चलचित्र कालोपोजी प्रदर्शन हुनेछ ।

३ हजार जापानी येन तोकिएको टिकटको लागि सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । टिकटको लागि माथि तस्विरमा देखिएको नम्वरमा सम्पर्क गर्न सकिने बताइएको छ ।

यसैगरि टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले कालो पोथी चलचित्रको सफल प्रदर्शन भइरहेको बेलामा अर्को बहुप्रतिक्षित चलचित्र झुम्किको जापान प्रर्शन मिति तय गरेको छ ।

अपिल विस्ट फिल्म प्रोडक्सनमा बनेको चलचित्रलाई सिनेमा आर्टले निर्माण गरेको हो । चलचित्रमा दयाहांग सँगै नायिका रेश्मा गुरुगंको अभिनय रहेको छ ।

चलचित्र झुम्कि राजधानी टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिगं हल साँझ ६ बजे खुल्ने छ भने ठिक ६:३० बजेबाट चलचित्र प्रदर्शन सुरु हुने आयोजकले बताएको छ ।

अक्टोवर २३ तारिखका दिन प्रदर्शन हुने झुक्की चलचित्रको लागि २५ सय जापानी येन टिकट मूल्य तोकिएको छ । चलचित्र प्रदर्शन अयोजकले टिकट बुकिगं खुलिसकेको भन्दै समयमै टिकट लिन अनुरोध गरेको छ ।

22.7¡ÆC