ताथली भयो गजलमय

अशोज १८, २०७३ मा प्रकाशित | 1164 views

ताथली-भक्तपुर ।
भक्तपुरको पूर्वी भेगमा रहेको ताथली गजलमय बनेको छ । गजलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ भएको गजल महोत्सवले ताथली गजलमय बनेको हो ।

ताथलीमा पनि साहित्यिक गतिविधि अघि बढाउने तथा स्रष्टाहरुको साझा मञ्च बनाउने उद्देश्यले  गठन भएको ताथली साहित्य समाजको आयोजनामा भएको गजल महोत्सवमा ताथलीका मात्र नभएर भक्तपुर जिल्लाका स्थापित तथा नवोदित गजलकारहरुले गजल वाचन तथा गायन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गजलकार एवं भक्तपुरको गजल प्रणेता रोशनकुमार राजभण्डारीले ताथलीमा भएको गजल महोत्सवले सिंगो भक्तपुरलाई साहित्यको क्षेत्रमा सक्रिय हुन घच्घच्याएको बताउँदै गजल महोत्सवलाई निरन्तरता दिन अनुरोध गरेका थिए । विशेष अतिथिद्वय गजलकार रामबहादुर पहाडी र प्रा. डा. चुडामणि बन्धुले भक्तपुरको ताथलीका नवोदित गजलकार तथा स्रष्टाहरुको प्रयासका कारण ताथली गजल ग्राम बनेको बताउँदै गजलको क्षेत्रमा ताथलीले अग्रणी भूमिका खेल्ने बताएका थिए ।

विजया दशमीलाई थप सिर्जनशील बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ भएको उक्त महोत्सवमा सहभागी गजलकारहरुले देशले अहिले भोगिरहेको विभिन्न समस्यालाई विषयवस्तु बनाएर गजल वाचन गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुले आफ्नो गजल प्रस्तुत गर्दै व्यक्तिको सिर्जनशीलता र अभिव्यक्तिलाई अझ मजबुत बनाउन गजलले भुमिका खेल्ने गरेको बताएका थिए ।

सोही कार्यक्रममा अनाममण्डलीका विकास प्रहर, गजलकार प्रदिप मैनाली, स्रष्टा राजेन्द्र कोजू, सागर समीर,आरती ढकाल, सञ्जिता पन्थ,,दिलकुमार बाला, सिर्जना बस्नेत, अमृत थुयाजु, रमेश घिमिेर ‘कर्मशील मान्छे’, इच्छा इरानी, शितल मैनाली ‘दा¥ही भाइ’, आशिष तामाङ, प्रशान्त तामाङलगायतले समसामयिक विषयमा गजल वाचन गरेका थिए ।

सोही अवसरमा गजल गायक राजसागरले पनि गजल प्रस्तुत गरेका थिए । आयोजक समाजका अध्यक्ष राष्ट्रपुकारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम गजलकार खोजक हरिले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web