वनमन्त्री भन्छन्-‘संविधान कार्यान्वयनमा सबै दल एकहुनुपर्छ’

अशोज १८, २०७३ मा प्रकाशित | 779 views

१८ असोज, मकवानपुर ।
वनमन्त्री शङ्कर भण्डारीले संविधान पूर्ण कार्यान्वयनका लागि सबै दलको सहकार्य आवश्यक रहेको बताएका छन् ।

नजिकिँदै गरेको नेपालीहरुको महान पर्व बडा दशैँ, तिहार तथा छठको पूर्व सन्ध्यामा हनेपाली काँग्रेस मकवानपुरले मङ्गलबार बिहान हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान जारी गर्ने क्रममा एक भएका नेपालका प्रमुख राजनीतिक दलहरु संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने बेला आएको बताए ।

‘हालसम्म प्राप्त उपलब्धी कतै गुम्ने त हैन भन्ने आशंका बढ्दै गएको छ’, मन्त्री भण्डारीले भने, ‘उपलब्धीको संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि सबै दल फेरि एक ठाउँमा हुने बेला भएको छ ।’

संविधान कार्यान्वयनको क्रम सुरु भएपनि त्यो पर्याप्त नभएको भन्दै उनले २०७४ माघ ७ गतेसम्म संविधान कार्यान्वयन नभए मुलुक खतरामा जाने धारणा राखे । ‘संविधान जारी भएपछि मुलुक आर्थिक रुपमा समृद्ध हुनेछ, देशको विकास हुनेछ भन्ने विश्वास रहेको थियो, तर त्यो हुन सकिरहेको छैन’, भण्डारीले भने ।

तराई मधेशको आन्दोलनलाई राजनीतिक व्यवस्थापन गर्न नसकेको भन्दै उनले त्यसलाई दीर्घकालिन व्यवस्थापन गर्नु आवश्यक रहेकोमा जोड दिए ।

सांसद् एवम् नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्र बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडालगायतले चाडपर्वलाई खर्चिलो र भड्किलो नबनाउनको निम्ति अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web