१६ असोज, काठमाडौं ।
हङकङको जोर्डनमा नेपाली युवाहरुबिच खुकुरी हानाहान भएपछि त्यहँको प्रहरीले गोली हानेर दुईजनालाई नियन्त्रणमा लिएको छ ।

नेपालीहरु आपसमा खुकुरी हानाहान गर्न थालेपछि प्रहरीले पाखुरा र खुट्टामा गोली हानेर दुई नेपालीलाई पक्रेको हो ।

आइतबार हङकङको जोर्डनमा जमघट भएका नेपाली युवाहरुबिच सामान्य हातहालतहालबाट सुरु भएको झगडा मारपिटसम्म पुगेको हो ।

खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका एक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै पाखुरा र खुट्टामा गोली हानेर दुईजना पीडकलाई पनि प्रहरीले समातेको छ । उनीहरुको नाम खुलिसकेको छैन ।

गोलीकाण्डको घटनापछि हङकङमा रहेका नेपालीहरुको गुण्डागर्दी र अवैध धन्धाको चर्चा हुन थालेको छ ।

अबैध रुपमा रेष्टुरेण्ट लगायत व्यवसाय गर्दै आएका धेरै नेपाली रहेको सो क्षेत्रमा हप्तैपिछेजस्तो नेपालीहरुबिच कुटाकुट हुने गरेको छ ।

अवैध रेष्टुरेण्टमा प्रहरीले छापा मारेपनि पछि फेरी त्यसै जरिवाना तिराएर छाडिदिंदा अवैध रेष्टुरेण्ट चलाउने र त्यस्तामा काम गर्नेहरुले दादागिरि देखाउँदै आएको बताइन्छ ।

यसरी गुण्डागर्दीमा लागेकाहरुलाई हगंकगंमा रहेका नेपाली व्यापारी, विभिन्न संघसंस्थाका नेताहरुले नै संरक्षण दिनेगरेको हंगकंगमा रहेका नेपालीहरुले आरोप लगाउने गरेका छन् ।

23.22¡ÆC