बाबुरामले भने-‘प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा मलाई रातभर निन्द्रा लागेन’

अशोज १५, २०७३ मा प्रकाशित | 889 views

१५ असोज, भक्तपुर ।
माओवादीमा कम्युनिष्ट नेताहरुमा सबैभन्दा बढी भारत परस्त वा निकट मानिनेगरेमा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

प्रचण्ड नेतृत्वमो माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका उक्त पार्टीका संयोजक रहेका भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका हुन् ।

नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराइले प्रचण्डको दुई साता अघि भएको भारत भ्रमणमा भएको २५ बुँदे सम्झौता देशको हितविपरित भएको अभिव्यक्ति दिएका छन् ।

भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको भन्दै-‘प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’ बताएका थिए ।

सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कु-चक्रमा पर्ने भट्टराईको चेतावनी छ ।

भट्टराईले देशलाई गम्भिर कुचक्रबाट जोगाउन संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए ।

पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न नसक्ने भन्दै भट्टराईले त्यसो भएमा देश विकास र समृद्धितर्फ अगाडि बढ्ने दाबी समेत गरे ।

सो क्रममा भट्टराईले भने-'प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छ्रैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।’

सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित भएको भट्टराईको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web