खाद्यसंस्थानले जिउँदो खसीको मूल्य किलोको ४ सय ५० तोक्यो

अशोज १६, २०७३ मा प्रकाशित | 1245 views

१६ असोज, काठमाडौं ।
दशैं तिहारको लागि नेपाल खाद्य संस्थानले बेच्ने जिउँदो खसिको मूल्य २५ किलोको खसिको लागि प्रतिकेजी ४ सय ५० रुपैयाँ तोकेको छ ।

संस्थानले आइतबारदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्दै मूल्य तोकेको हो ।

मनाङबाट पहिलो लटमा ल्याइएको ७ सय ५० च्याङ्ग्रा र तराइबाट भित्रिएको ४ सय जिउँदो खसीबोकाको बिक्री मूल्य तोकेको संस्थानले काठमाडौंको थापाथलिस्थित बाग्मती अञ्चल खाद्य गोदामबाट दिउँसो २ बजेदेखि बिक्री सुरु गरेको छ ।

संस्थानले जिउँदो च्याङ्ग्रा र खसीबोकाको मूल्य तोक्दै २५ किलोसम्मको जिउँदो खसी किन्दा प्रतिकिलो ४ सय ४० रुपैयाँ पर्नेछ ।

यस्तै २५ किलो भन्दा माथिको जिउँदो खसीको मूल्य प्रतिकिलो ४ सय ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ राखिएको छ ।

गतवर्षभन्दा खसिमा १५ रुपैयाँ र च्याङ्ग्राको ३० रुपैयाँ किलोमा मूल्य बढाएको संस्थानले तराईबाट थप खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं आउँदै गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web