१५ साउन, झापा ।
सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले छिमेकीसंगको सम्वन्ध सुधार वर्तमान सरकारको मुख्य काम भएको बताउनु भएको छ ।

झापाको शनिश्चरेमा आज मेरो रेडियो १०५ मेघाहर्जको उद्घाटनपछि समारोहमा बोल्दै सामान्य प्रशासन मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनलाई सरकारले अर्जुन दृष्टि बनाएको समेत बताउनुभयो ।

स्थानीय तह निर्धारणबाट हुने भौगोलिक पुनर्संरचना संगै गाउँस्तरसम्म नागरिकलाई सेवा पुर्याउने कर्मचारीकको व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालय यतिबेला प्रशासनिक पुनर्संरचनामा जुटेको मन्त्री बुढाथोकीले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका बुढाथोकीले संविधान कार्यान्वयन तथा सरकारका काममा एमालेले सघाउनु पर्ने बताउनु भयो ।

सांसद प्रेम गिरी लगायतले संविधान कार्यान्वयनमा नागरिक खबरदारीमा जोड दिनुभयो ।

17.12¡ÆC