१५ साउन, टोकियो ।
दशैंमा घर फर्कने तयारीमा रहेका एक नेपाली युवाको जापानमा निधन भएको छ ।

दक्ष कामदारको रुपमा कुक भिषामा जापान आएका स्याङ्ग्जा अर्जुनचौपार–९ केवरे लिडि घरभएका दिपक केसीको आज निधन भएको हो ।

जापान आएको १० महिना मात्र भएका दिपकको आज अचानक सुतेकै स्थानमा निधन भएको हो ।

टोकियोको सेतागाया कु गोतोजिमा बस्दै आएका दिपक शुक्रबार राती सामान्य अवस्थामा रहेपनि शनिबार विहान ४ बजे पिसाब फेर्न उठेको सँगै बस्दै आएका साथिहरुले बताएका छन् ।

शौचालय गएर आएर सुतेका दिपक बिहान काममा जाने बेलामा पनि नउठेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

उनी काम गर्दै आएको रेष्टुरेण्टका मालिक सुकबहादुर केसीले दिपकको निधनबारे बताएका हुन् । अचानक रक्तसञ्चार रोकिएर मृत्यु भएका भनिएका दिपकलाई विहान १२ बजेर ५८ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।

१० लाख बढी खर्च गरेर जापान आएपनि मुस्किलले दुई तिन लाख नेपाल पठाएको बताइएका दिपक यही दशैंमा घर गएर बिहे गर्ने तयारीमा रहेका थिए ।

उनको परिवारको आर्थिक अवस्था कमजोर रहेको र जापान आएको ऋण समेत तिर्न बाँकी रहेको उनका नजिककाहरुले बताएका छन् ।

मृतक दिपकको दाहसंस्कार तथा उनको परिवारलाई आर्थिक सहयोग गर्न स्याङ्जा समाज जापानले आर्थिक संकलनको अभियान थालेको छ ।

जसको लागि समाजको जेपी बैंकको खाता १०११०-६२२८६८९१ セン ザ サマーズ ジャパン मा जम्मा गरि सहयोग गर्न वा ९०८०-३३६७-२५४७० मोबाइल नम्वरमा सम्पर्क गरेर सक्दो आर्थिक सहयो गर्न स्यागंजा समाजले जापानवासी नेपालीहरुसँग अनुरोध गरेको छ ।

महिना दिनदेखी दुई नेपालीको शव अलपत्र
जापानमा महिनादिन अघि झुण्डिएर आत्महत्या गरेकी नेपाली विद्यार्थी टिना गुरुगं र अध्ययनै लागि आएका शिव रोका मगरको शव आर्थिक अभावमा जापानमा अलपत्र अवस्थामा रहेको छ ।

गैर अवासिय नेपाली संघ जापान सहित दर्जन बढी संघसंस्था र विद्यार्थी आवद्ध संस्थाहरुले रकम सहयोगको अनुरोध र संकलन थालेपनि यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।

मृतकहरुको परिवारले शव कुरेर बसेपनि जापानमा शव अलपत्रजस्तै अवस्थामा परेको छ भने यसअघि यस्तै मृत्यु र घाइतेलाई उठाएका रकम बढी भएकाहरुले सहयोग गर्ने तत्परता देखाएका छैनन् ।

आज मृत्यु भएका दिपक केसीको शव शदगत वा नेपाल पठाउने भन्ने टुंगो लागिसकेको छैन भने उनको दाहसंस्कारको लागि रकम कहिलेसम्ममा जुट्ला र कहिले दाहसंस्कार होला भन्ने अन्योलता बढेको छ ।

जापानमा सामान्य स्वास्थ्य हेरचाहको ज्ञान तथा तनाव, अस्वस्थता आदिका कारण नेपालीहरुको मृत्युको घटना दिन प्रतिदिन बढिरहेको छ ।

तर जापानमा रहेका ६० हजार बढी नेपालीहरुको संरक्षक मानिएको नेपाली राजदूतावास जापान, गैर आवसिय नेपाली संघ जापान लगायतमा केही ठूला संघसंस्था र आर्थिक रुपमा सम्पन्न नेपालीहरुबाट अपेक्षा गरेअनुसारको तदारुकता, सक्रियता र सहयोग नपाउँदा जापानमा रहँदा त सहयोग नपाएका नेपालीहरु मृत्युपछि पनि लासको बेहाल अवस्थामा पुगेको भन्दै जापानमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

टिना र शिवको शव नेपाल पठाउन काभ्रेली समाजको सहयोग

16.89¡ÆC