बस व्यवसायीको मनलाग्दी र दादागीरिमा सरकार लाचार

अशोज १४, २०७३ मा प्रकाशित | 936 views

१४ असोज, काठमाडौं ।
दशैंमा यात्रुहरुलाई जथाभावी थोत्रा बसमा कोचेर बोक्न पाउनुपर्ने र टीकट मूल्य बढाएर लिन पाउनुपर्ने माग सहित बस व्यवायिहरुले बस सञ्चालनमा अवरोध गरिरहँदा सरकार लाचार देखिएको छ ।

नुवाकोट, रसुवा, सिन्धुपाल्चोक लगायतका जिल्लामा चल्ने अरनिको यातायात लगायतका बस व्यवसायिहरुले बस सेवा अवरुद्ध गरि यात्रुहरुलाई दुख दिइरहेका छन् । तर ति जिल्लाका प्रशासन मुकदर्शक बसिरहेको छ भने उनिहरुले अन्य बस तथा माइक्रोबसहरु समेत चल्न दिएका छैनन् ।

यसैबिच नेकपा एमालेका नेता रविन्द्र अधिकारीले दशैको समयमा सवारी व्यवस्थापन गर्नुको सट्टा सरकार मुखदर्शक बनेको आरोप लगाएका छन् ।

शुक्रबारको संसद वैठकमा बोल्दै नेता अधिकारीले दशैंमा घर जानको लागि नागरिकहरु टिकट खोजिरहेपनि व्यवसायीको दादागिरीका कारण टिकट पाउन नसकेको बताए ।

नेता अधिकारीले सिटभन्दा धेरै यात्रु चढाउन नपाए गाडी नचलाउने भन्ने व्यवसायीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकार र व्यवसायीको मिलेमतो रहेको आरोप लगाए ।

उनले भने  ‘जो व्यवसायीहरुले गाडी चलाउन मान्दैनन् उनीहरुको  दर्ता र रुटपर्मिट खारेज गर्न सरकार किन सक्दैन ?’

नुवाकोट र रसुवामा यातायात ठप्प

पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज नुवाकोट र रसुवामा यातायात ठप्प बनाएको छ । नुवाकोट र रसुवामा एकतर्फी यातायात सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि केरुङ यातायातले थप वस सेवा सञ्चालन गरेपछि पासाङल्हामुका वस सञ्चालकहरु विरोधमा उत्रिएका हुन् ।

आज विहानैदेखि पासाङल्हामु यातायात सेवा समितिका एक सय ५० भन्दा धेरै वसहरु सदरमुकाम विदुरसहित आसपासको सडकमा वस तेस्र्याएर अवरोध गरिरहेका छन् मुख्य सडकमा अन्य यातायातका साधन सञ्चालन गर्नै नसकिने गरी भएको अवरोधलाई स्थानीय प्रशासनले हटाउनका लागि पहल गरेको छैन । ढुंगे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा वसहरु लाइन लगाएर खडा गरिएको छ ।

राजमार्ग नै अवरुद्ध हुने गरी वस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारी साधन, भाडाका र अन्य मालबाहक सवारीसमेत आवतजावत गर्न समस्या भएको एक व्यापारीले बताएका छन् ।

केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले पासाङल्हामुले एकाधिकार तोडिएको विरोधमा यात्रा गर्न पाउने सर्वसाधारणको अधिकारमाथि प्रहार गरेको बताउनुभयो ।

केरुङ यातायात समितिले भने आफ्नो सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । उहाँले जिल्लाका सुरक्षा निकायलाई आवश्यक सहयोगको लागि आग्रह गरिएकाले आफ्नो समितिका वसहरुले नियमित सेवा दिने बताउनुभयो ।

बर्षौदेखि पुराना र थोक्रा गाडी सञ्चालन गर्दै आएको पासाङल्हामुको एकाधिकार तोड्दै नयाँ डिलक्स वसको सञ्चालनपछि पासाङल्हामु विरोधमा उत्रिएको यात्रुहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web